Continued from rajit dai's note: http://www.facebook.com/note.p... Also can be found at http://www.facebook.com/home.p... टोनीको जस्तो मेरो कपाल, दुबो झै मौलाएन रकिको जस्तो मेरो यौबन, बैशले बौलाएन डिङ्गो बुटमाथी च्यातिएको पेन्ट बस्नै जानेन खुस्कन लागेको पेन्टमा पैसा पस्नै मानेन मेरो गेट अपले कैले पनि, उसलाई निम्तो गर्दै गरेन अनि त के को पर्नु लभ पर्दै परेन । सँगै बेन्चमा बस्दा उस्को कलमको मसी कैलै सकिएन उस्को खुट्टा मेरो खुट्टामा एक फेरो पनि धसिएन आशा थियो sorry र please को तर त्यताबाट त्यसको उत्पति नै भएन मेरो दुर्भाग्य भिरालो desk बाट, उस्को pen , pencil झर्दै झरेन अनि त के को पर्नु लभ पर्दै परेन । न त मुखले राम्रो शुसेलि नै दियो न त राम्रो सँग जिब्रो नै पड्कियो उसँग बोल्दा उस्को प्रशंसाको, शब्द कैलै फुर्दै फुरेन one-to-one secret कुरा गर्ने, साईत कैलै जुर्दै जुरेन गफको topic tutorial बाट, लभमा कैलै सर्दै सरेन अनि त के को पर्नु लभ पर्दै परेन । report बनाउने scale pencil सधै ऊ आफै ल्याउने सिकाउँ कि केहि भन्यो आफू, ऊ course पैलै भ्याउने रुझ्ली कि कैले ऊ भनी सधै छाता बोकी हिड्थे मै पनि तर झरी पनि कस्तो साला झर्दै झरेन अनि त के को पर्नु लभ पर्दै परेन । अनि त के पर्नु लभ पर्दै परेन (अमेरिकी version :) ) कालीले I love u, भन्दै भनिन खैरिनीले झन, गन्दै गनिन Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो Department बेग्लै, भेट्नै गारो त्यस्को English नि, बुझ्नै सारो मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन । अनि त के पर्नु लभ, पर्दै परेन ।। नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ? जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ? यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन । आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।। Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ? दिनहुँ नुहाई zatak नै छरे नि खौरेर दारी, सिनित्तै परे नि English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन । अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।। समाप्त । Last edited: 07-Feb-09 09:01 PM Last edited: 07-Feb-09 09:02 PM
jsn · Feb 7, 2009 8:56 PM · 26,766 views
ha ha ha ha......................., dami rahechha.
ctal · Feb 7, 2009 9:54 PM
Nice one!!!!!
BT · Feb 7, 2009 10:34 PM
hahahaahahahaah welcome bhai welcome !!!!!!!!!!!!!!!!!!!!!!IOE ko shaan JSN beimaan!!!
fucheketo · Feb 8, 2009 5:57 AM
welcome vai welcome.. you JSN ko chakkar maile bujhina.. ke kura ho fuchche?? ani to jsn.. timro yo love pardai parena chain.. khub facebook ma hit vayeko dekheko thiye.. comment garna matra napayeko ho, la aayechau... aaba timro palo... -somewhereondearth
somewhereondearth · Feb 8, 2009 11:31 AM
Magh ma goru byayo feri pulchowk ko yaad aayo !!!
gyanguru · Feb 8, 2009 6:32 PM
yo pakka pani subash pandit hunu parchha...........haha
Captious · Feb 9, 2009 12:18 AM
dai tapaiko bhai ma bhaye jastai eutaa chha k electrical ma mero pani bhai tapaiko pani bhai SAJHA ma ayechha keto !!!!
fucheketo · Feb 9, 2009 5:53 AM
kasto thyakkai chinnu bhayeko daiharule, ani JSN ko chakkar khasai kehi bishesh hoina, Jhumka, sunsari Nepal ko short form haleko ni :)
jsn · Feb 9, 2009 11:35 AM
एउटा पुरानो हिट कविता फेरी माथि धकेल्दै छु ....सप्पै पढ्नुस है ..... - थाहाछैन (थाने)
ThahaChaena · May 2, 2013 3:42 PM
गजब छ बा !!!
bittertruth · May 3, 2013 9:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion