A new start of war: सशस्त्र समूहद्वारा प्रहरी चौकीमा आक्रमण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Now it seems it'll continue forever in this new Nepal:   १ प्रहरीको मृत्यु, १ घाइते माओवादीबाट छुट्टिएको समूहले आक्रमण गरेको प्रहरीको आशंका दिलबहादुर छत्याल, नेपालगन्ज, माघ २५ प्युठानको स्याउलेबान प्रहरी चौकीमा शुक्रबार राती एक सशस्त्र समूहले आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। आक्रमणकारीले प्रहरीको हातहतियार पनि लुटेर लगेका छन्। यो चौकी सदरमुकामदेखि १०/१२ घन्टाको पैदल दुरी छ। शुक्रबार राती १२ बजेतिर ५०/६०जनाको समूहमा आएको सशस्त्र समूहले रोल्पाको सिमानासँग जोडिएको उक्त प्रहरी चौकीमा आक्रमण गरेको हो। मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मदनबहादुर खड्काका अनुसार सशस्त्र समूहको आक्रमणबाट मृत्यु भएकामा प्युठान निवासी सुमन जीसी छन्। घाइतेको अवस्था सामान्य छ। चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना प्रहरी कार्यरत थिए। बिहानसम्म सबै जना सम्पर्कमा आइसकेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र समूहले ५ थान राइफल लुटेर लगेको प्रहरी नायव महानिरीक्षक खड्काले बताए। दाङ, रोल्पा र प्युठान सदरमुकामबाट थप प्रहरी बल घटनास्थलतर्फ पठाइसकिएको जानकारी उनले दिए। गएको प्रहरी टोलीले आक्रमणकारीको खोजी गर्नेछ। आक्रमणको जिम्मेवारी कसैले पनि लिइसकेको छैन। प्रहरीले भने माओवादीबाट असन्तुष्ट भई छुट्टिएको समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरेको छ। प्रहरी टोली पुगिनसकेकाले विस्तृत जानकारी आउन बाँकी छ।

naivelyStupid · Feb 7, 2009 1:06 AM · 1,939 views

1 Reply

Its not new ...once the country goes through civil unrest n civil war small war lords n fraction group will born everyday...Maoist started this now ..we have smaller fraction group in tarai now its moving towards pahad..aani Nepal maoist pani khulne bhoo..so.......dont' go to far look @ afganistan ...so many warlords..look @ afrika ...its normal.......coz they belive gun bring results nn de 'll do it........

crazy_boi · Feb 7, 2009 4:16 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all