बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र ,,,,,,,,,,,, म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन ,,,,,,,,,,, मात्र पहाड बनाउँछु ,बादल का केहि आक्रिति बनाउँछु अनि लाग्छ यी मैले नै बनाएका कुनै पुरानै कुनै चित्र सँग दाँजिदैछन तँ राम्रो कि म राम्रो भन्ने होडमा । मेरा आफ्नै सन्तान हरु एकआपसमा प्रतिद्वन्दि भएर लड्दैछन अनि म चुपचाप धेरै बेर फेरि खाली क्यान्भास लाई हेरेर घोरिएर बस्छु कहिले उ फुरुंग परेर दंग परेर म उसको सामु पुग्ने बित्तिकै चित्र उब्जाउँछ । उसको आगनिमा बासन्ति सुगन्ध छरेर पहिलिएर उजेलिदिन्छ तर कहिले मरुभुमि बनेर जति रंग छरे पनि कहालिलाग्दो,जे पनि निलिदिन सक्ने कालो आकाश बन्छ मेरो क्यान्भास । मलाई मात्र यतिमा सन्तुष्टि छ चाहे उ रिसाओस् , खुसाओस् त्यो मेरो आफ्नो क्यान्भास हो मेरो हक भएको कसैले खोस्न नसक्ने । छुट्टि लिनै पर्ने भयो शौख जस्तो गरेर पालिरहेको मेरो कामबाट मैले मनमनै सोचेँ अनि भोलिपल्ट बिहानै कुनै अन्जान यात्रा मा दुई चार दिन रन्थनिन जानेछू । यात्राले पक्कै पनि मेरो सामु केहि त उभ्याईदेला जस्लाई म मेरो चित्रमा उभ्याएर मेरो सृजनामा मिसाउन सकुँ अनि निक्लेको नयाँ रंगलाई म सन्तुष्ट भएर यहि हो मेरो उपलब्धि भनेर मुस्काउनेछु मैले मनमनैँ सान्त्वना दिएँ । मैले सुनेको छु कुनै पनि कुरा मा पारंगतता हाँसिल गर्न बारम्बार गर्नुपर्छ तर सृजना जब जब जन्मिन्छ बारम्बार हुँदा रंग पातलिन्छ । म त्यसैबाट बच्नलाई नै होला यसपल्ट छोटो भगाई भाग्न खोज्दैछु । अचानक मेरो फोनको घण्टि बज्यो । “तिमीले चित्र कोर्न छोड्दैछौ रे हो ?” फोन को पल्लो पट्टि स्त्री ध्वनी तरंगित भयो ।अनुहार कस्तो थियो थाहा छैन तर बोलि पक्कै पनि मधुरो थियो । “माफ गर्नुहोला मैले यहाँ लाई चिनिन नि !!!”मलाई अचम्म लाग्यो मैले चित्र कोर्न छोड्ने कुरा बाहिर फैलाएको पनि छैन कसरी थाहा पाइ उसले ?वा मेरा मनका कुरा बुझ्नलाई संसार प्रयत्न गर्दैछ ?हुनसक्छ मान्छेको मन अर्को मान्छे को लागि खालि क्यान्भास न हो जसमा उ आफुले मन लागेको रंग पोखेर उ राम्रो नराम्रो भएको एकोहोरो फैसला सुनाइदिन्छ मेरो मन पनि दुनियाँको नजरमा नकोरिएको चित्र हो जसलाई दुनियाँ कोरेर तँ यस्तो छस भनेर मलाइ मेरै अस्तित्वको एकोहोरो फैसला सुनाउनेछ । “मलाई सतहि चिनजानमा विश्वास लाग्दैन ,फोस्रो चिनाइ चिनेर तिमी के नै गर्छौ र ?” “तिमीलाई मेरा चित्रहरुको बारेमा थाहा छ , म चित्र बनाउन छोड्दैछु भनेर पनि थाहा छ , म केवल तिम्रो नाम जान्न चाहन्छु तिम्रो अस्तित्व जान्न चाहन्छु !!!” म पनि तिमी सम्बोधन माँ झरेँ उसले मलाई यति नजिकै बाट बुझेकी छे भने उ पनि पक्कै नजिककै कोहि होली , कोहि होली मेरो चित्रकी प्रशंसक जस्ले मेरो चित्र हेरेर मलाइ चिन्ने प्रयास गरी यति सम्म को प्रयासकि मेरा पछिल्ला चित्र हरु मात्र हेरेर पनि उसले मेरो बोली बुझि म दुइ चार दिनलाई चित्र बनाउन छोड्दैछु भन्ने सम्म बुझि मैले निष्कर्ष निकालेँ । “नाम र अस्तित्वको के सम्बन्ध ?नामले अस्तित्वमा फरक पार्छ र ???” थोरै मुस्कान छरिएर फोनको यता पट्टि पनि आयो । म कुर्सिमा अडिएँ । हो नामले अस्तित्वमा फरक पार्दैन मैले मनमनैँ स्विकारेँ । म उसलाई केवल उ भनेर चिन्छू । “के चाहन्छौ त ?” “तिम्रा चित्र हरुमा प्रिथकता ,तिम्रा क्यान्भासमा नयाँ रंग !!!” “किन ?” “मलाई तिम्रा चित्रहरु एकदमै राम्रा लाग्छन् तर हेर्दै जान्छू मलाई लाग्छ तिमी प्रिथकता खोज्दै जहिल्यै एउटै चोकमा ठोक्किन्छौ !!! कुनै चित्र हेर्दा लाग्छ तिमी त्यो बाटो बाहेक अरु बाटो हिँड्न डराउँछौ ,कुनै चित्र हेर्दा लाग्छ तिमीलाई डर लागेको होईन तिमीलाई अरु बाटोहरुको बाटोमा थाहै छैन ,कुनै चित्र हेर्दा लाग्छ तिमी बुझ पचाईरहेका तिमीलाई अरु बाटो थाहा नभएको ,कुनै चित्र हेर्दा लाग्छ तिमी यहि बाटोमा दक्षता खोज्न चाहन्छौ !!!!!!” “के तिमीलाई थाहा छ त म के चाहन्छु !!!” “तिमी आँफैलाई थाहा छैन मलाई कसरि थाहा हुन्छ ?” उ हाँसी । “हैन मलाई लाग्यो तिमीले म भन्दा धेरै मलाई बुझेकी छ्यौ !!!” “हुन सक्छ !!!” “अब के कोरौँ त म ,तिमी देउ मलाई उपाय म मेरो यात्रा रोक्नेछु , मेरा ब्रश हरु मेरो रंगको डब्बा म अहिल्यै उठाउनेछु तिमी मलाई मात्र विषय देउ आक्रिति देउ !!!!!!” “तिमी आफ्नो चित्रमा मलाई कोर्न सक्छौ ?” उसले एकछिन रोकिएर आफ्ना शब्द हरु फ्याँकी । मलाई कुरा बुझेको भान भयो । मेरी प्रशंसक मेरो हातबाट आफ्नो तस्विर कोराउन चाहन्छे । त्यो पछि सम्म उसले सजाएर राख्नेछे आफ्नो कोठामा यो उसले बनाएको तस्विर हो भनेर देखाउनेछे जगतलाई र मख्ख पर्नेछे । मैले बेक्कारमा उसलाई विशेष सोचेछु उ मात्र मेरी प्रशंसक हो मात्र जसलाई थोरै थोरै रंगका ग्यानहरु त छन् जसलाई उसले शब्दजाल बुनेर विद्दता देखाई । “त्यसो भए कहिले भेट्ने त हामी !!!!” मैले उसलाई जिस्क्याउँदै सोधेँ । “मैले कहिले भेट्ने भनेँ र ?” “चित्र कसरि बन्छ त ?” “तिमी ले कल्पनामा बनाएको आक्रिति सँग म मेरो अस्तित्व दाँज्न चाहन्छु तिम्रा रंगले कत्तिको आवाज चिन्दो रहेछ म जाँच्न चाहन्छु !!!! म हर रात तिमी सँग फोन मा बिताउनेछु र तिमी मेरो तस्विर आवाज सँग दाँजेर मेरो मुटुको गहिराई चिनेर बनाउनेछौ ! जसरि मैले तिम्रा चित्रहरु बाट मात्र पनि तिमीलाई बुझेकि छु त्यसरि नै तिम्रा चित्रै बाट म आफुलाई पनि बुझ्न सकुँ भन के यो प्रिथक विषय मन्जुर छ ????” यसपालि भने उ मलाई विशेष लागि अँध्यारोमा उसको घुम्रिएको लामो कपाल भित्र उसको अनुहार डुबे जस्तै लाग्यो । “मन्जुर छ ।“मैले बिस्तारै भनेँ । उसले फोन राखि मैले बिस्तारै ब्रश उठाएँ अनि आफ्नो क्यान्भासमा नयाँ भित्तो टाँसे । क्रमश: Last edited: 03-Feb-09 09:30 AM Last edited: 03-Feb-09 09:42 AM
fucheketo · Feb 3, 2009 9:26 AM · 46,580 views
अत्यन्त रोचक शुरुवात्। फोन गर्नेको नाम फेरि सुधा नै हो त? अर्को भागको प्रतीक्षामा।
chipledhunga · Feb 3, 2009 9:39 AM
हे फुच्चेकेटो! अब चित्र कोर्न थाल। प्रक्रितिसङ रङ सापट लिउ र सुधालाइ जिबन्त बनाउ प्रभु। अर्को भागको ब्यग्र प्रतिक्षामा।
crazy_love · Feb 3, 2009 10:02 AM
phone garne ko nam sudha hoina aakirti hola , nice starting . keep it up .. waiting for another part...
nepalibabu101 · Feb 3, 2009 10:03 AM
सुरु को एक दुई हरफ पढेर त अलिक कडा होला कि जस्तो लाग्या थ्यो,तर पढ्दै जादा पो स्वाद पाएँ , सोमरस को हल्का नशा चडिरहेको थियो ठ्याक्कै रोकिदिएर बोर भयो। लौ प्रभो कोरम कोरम उन्को चित्र कोरम। गजब को सुरुवात छ्।
बिसà¥à¤Ÿà¥‡ · Feb 3, 2009 2:16 PM
At first it was really hard for me to understand but now it's getting really interesting waiting for you next part hopefully you not gonna make us wait for long.
shantee · Feb 4, 2009 9:27 AM
Chipledhungaa hahahahaha.............SUDHA nice name hai !!!!! Crazy What do u think what is the possibility of u knowing that girl ???? Nepali babu 101 therez nothing in the name रे क्या !!!!! आ जे सुकै होस् मोरिको नाम !!!! बिष्टे सोमरसको नशा जति हलुका चढ्यो त्यति रमाइलो है ल दोस्रो पेग टक्र्याएँ प्रभो !!!! shanti हो र के गर्ने यि केटीहरु बुझि साध्ये नै हुन्नन् जति बुझु भन्यो उति गाह्रो !!!
fucheketo · Feb 6, 2009 5:44 AM
मैले धेरै बेर सोचेँ , घोरिएर सोचेँ अब के हो त उसको आक्रिति को शुरुवात ,ब्रश रंगमा नचोबिकन नै मेरो हातमा गोल गोल घुमिरहेको थियो मानौँ उ पनि म जत्तिकै ब्याकुल छ उनको चित्र बनाउन मेरी नयाँ कला उनी जसलाई आफ्नो नाममा खासै गर्व छैन , उ आफ्नो नाम लुकाउन चाहन्छे तर आफ्नो अस्तित्व म बाट कोराउन चाहन्छे किन थाहा छैन , उ पोतिन चाहन्छे मेरै ब्रशहरुबाट तर आफु म बाट लुक्न चाहन्छे किन थाहा छैन । मलाई मात्र यति थाहा छ ,उसले आफु जस्तै धेरै रहस्य हरु म बाट लुकाउन चाहन्छे तर पनि म उसलाई बुझुँ भन्ने चाहन्छे ।उसको खुलापन र उसको लुकाइएको पाटो एकै सिक्काका दुई पाटाहरु हुन् जसलाई मैले एउटै चित्रमा उतार्नु पर्ने हुन्छ । मैले धेरै बेर उसलाई खेलाएँ । मैले घुम्रिएको कालो लामो कपाल रोजेँ उसको लागि किन थाहा छैन ।शायद मलाइ घुम्रिएको कपाल मन पर्छ र रहस्य पनि । उसको कपालले मेरो पहिलो नजर पर्दा उसको अनुहार किन छोप्यो थाहा छैन । मलाई लाग्छ आँखामा पारदर्शिता हुन्छ र जब चित्र मा आँखा खोलिन्छ तब त्यो चित्रमा रहस्य कोर्न सकिँदैन । म लियोनार्दो दा भिन्चि होईन जसले मुस्कानमा रहस्य लुकाए । म देखिरहेको छैन उसका आँखाहरु । म मात्र उसको लामो घुम्रिएको कपालले छोपेको उसको अनुहार देखिरहेको छु । जो पहेँलो मैनबत्तिको धिपधिपे प्रकाश मा देखिँदै मेटिँदै गर्छ । हो मैले पाएँ विषय , नाम नभएकी मेरी प्रशंसक लाई राख्ने कोठा । हुन त म उसलाई मुटुमैँ बसाउन पनि सक्छु तर उसको लागि यो त्यस्तो कोठा होस् जसमा मैनबत्तिको धिपधिपे प्रकाश पर बाट बल्दै निभ्दै गर्नेछ । अँध्यारो उसका रहस्यहरु लुकाउनेछ र मैन बत्ति उसका देखाउने पाटाहरु देखाउने छ । मेरा ब्रश हरु एकाएक उठे हलुका पहेँलो रंग कालो छायाँ मा धसिनलाई !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! मैले उसलाई थोरै थोरै गर्दै चिन्न बाँकि थियो । म उसका शब्द शब्द लाई तौलिन चाहन्थेँ उसलाई चिन्नलाई त्यसकारण उसको आक्रिति उभिने भाग मात्र पोतियो । उसको अनुहार अझै छोपिएको थियो । तर उसले मलाई बेलुका फोन गर्छु भनेकी पनि त थिई । फोन को घण्टी बज्यो । मेरा हात हरु अधैर्य भएर लम्किसकेको भए पनि म थोरै अडिएँ । म उसलाई देखाउन चाहन्थेँ म उसको फोन पर्खिएर बसिरहेको छैन पेन्टिंग रोकेर !!!!! “फोन उठाउन किन ढिलो ?” “तिम्रै चित्रमा ब्यस्त थिएँ !” मैले उसलाई ढाँट्न खोजे । “किन ढाँट्छौ ?तिमी अझै मलाई चिन्न खोज्दै छौ !!! तिम्रो ब्रशले मेरो लागि मात्र पर्याप्त ठाउँ बनाइसके होला जहाँ म अट्न सकुँ !!!!!!!!” उ हाँसी । मलाइ लाग्यो त्यो हाँसो म माथी थियो । “आखिर तिमी सावित के गर्न चाहन्छौ ?” म त्यसलाई आश्चर्य भनौँ वा आवेग भनौँ । म उसमाथि रिसाउन त पक्कै पनि सक्दिन किनकि पहिलो दिनमैँ मनमा कब्जा जमाउनेलाई रिसले हराउन सकिँदैन । “मैले मात्र तिमीलाई त्यो बन्ने प्रयत्न नगर जो तिमी होईनौ भन्न मात्र खोजेको हुँ ।“ “तिमी आफ्नो नाम किन बताउन्नौ ?” शायद म उसँग उसको परिचयको भिख माग्दै थिए । त्यो म हैन मेरो विवशता बोल्दै थियो । “नाम मा के नै राखेको छ र ?” उसले फेरि कुरा बंग्याई । किन राखेको छैन नाममा उसको नामको चर्चा दोस्रो चोटि भइसक्यो उ किन बुझ्दिन !!!! “केहि छैन छन त !!!”मैले दोस्रो चोटि आत्मसमर्पण गरेँ । “पर्ख न भख्खर त दुई चोटी भयो ।“ उ फेरि हाँसी । हाँसो स्वच्छन्द थियो ,नशालु थियो गुलाबी थियो । उ पक्कै मुस्कानकी धनी हुनु पर्छ । यस्तो मुस्कान जसले रितु हरु माथि नै आधिपत्य जमाओस् । शिशिरको सिरेटोको विचमा बसन्त छरोस् । उसको मुस्कान उसका ओठ ओठमा छरिएको हुनुपर्छ उसको शालिनता उसको अनुहार ले झल्काए पनि । तर कसरी झल्काओस् उसको शालिनता उसको अनुहारले त्यो त अझै पनि उसको कपालले छोपिरहेको छ । उ किन पर्दा उठाउँदिन आफ्नो अनुहार बाट ???? म उसको अनुहार हेर्न चाहन्छु एक पटक लाई मात्रै भए पनि उ निश्छल ,निष्कपट छे छैन जाँच्न चाहन्छु । जसरि उसले मेरो झुट मेरो बिवशता सम्म बुझेकी छे म पनि उसको पारंगतता नाप्न चाहन्छु मेरो चित्रमा उतार्न चाहन्छु । उ पक्कै पनि सरल छैन । उ अझै गहिरिँदै जाने छे । “कता हरायौ ? दोस्रो भेटमा मात्र ओठ किन तिमी यति ढिलासुस्ति गरिरहेको छौ मेरो चित्रमा ?” उ नभनिकन मेरा मनका कुरा हरु बुझिदिन्छे मानौँ मेरो मनले म भन्दा पहिले उ सँग सल्लाह गर्छ । साँच्चै मेरो मन बेइमानी भएको छ । “म तिमी सँग केहि लुकाउन सक्दिन मैले स्विकारेँ !”मैले हारेर जवाफ फर्काएँ । “म पनि !! कहिले काहिँ तिमि आफ्ना चिन्ने आँखा हरुलाई विश्वास गर्दैनौ ,जति म तिमीलाई विश्वास गर्छु त्यति तिमी आँफैमा गर्दैनौ !!” “किन ?” “म तिमी बाट कोरिन चाहन्छु , म पुर्ण हुन चाहन्छु तिमी मेरो किन आधा आकृति बनाउन खोज्छौ किन आधा आकृतिलाई लुकाउन खोज्छौ ? तिमी मेरो अनुहार किन खोज्दैनौ ? तिमी सक्छौ भने मेरो केश उठाउने प्रयास गर ,अनि त म कोरिनेछु ।“ “शायद तिमी ठिक भन्छौ !” “म सँधै ठिक नै भन्छु ,तिमी अझै म बाट केहि खोजिरहेको होलाउ !” “के ?” “मेरो नाम हाहाहाहा!!!!” उ फेरि एउटा मधुर हाँसो हाँसी फोन तरंगित भयो उसले फोन राखेको मैले यता बाट सुनेँ । उसले भनेको ठीक थियो मैले रोजेको क्यान्भास पहेँलो प्रकाश भए पनि अँध्यारिएको थियो । म कसरि उसलाई यो तिमी हौ भनेर देखाउ जहाँ म नै केहि देख्न सकिरहेको छैन । क्यान्भासको भित्तो उज्यालो हुनै पर्छ मैले मनमनैँ सोचेँ । मैले हिजो देखि बनाएको भित्तो हटाएँ । अनि सोचेँ बिहानी बिस्तारै बिस्तारै लालिमा छर्दैछ अवश्यम्भावि रातको वास्ता नगरी । उसको मुस्कान जस्तै उ सँधै फोन मा यसरि नै हाँसि रहोस् । थोरै रातो रंगलाई पहेँलो मा मिसाए ब्रश चोबेँ बाहिर निकालेँ अनि ब्रश लाई नियाँले रंग को थोपा थोपा कण कण मा एउटा रहस्य पोतिएको थियो , उन्माद थियो , स्वच्छन्दता थपिएको थियो नशा चढेको थियो उसमा जस्तै । हो उ पोतिन चाहन्छे ,कोरिन चाहन्छे उ लुकेर नै भए पनि दुनियाँ को सामु देखिन चाहन्छै पोखिन चाहन्छे !!!!!!!!!!!!!!!!!!! क्रमश: Last edited: 06-Feb-09 05:53 AM
fucheketo · Feb 6, 2009 5:46 AM
“म तिमी सँग केहि लुकाउन सक्दिन मैले स्विकारेँ !”मैले हारेर जवाफ फर्काएँ । “म पनि !! कहिले काहिँ तिमि आफ्ना चिन्ने आँखा हरुलाई विश्वास गर्दैनौ ,जति म तिमीलाई विश्वास गर्छु त्यति तिमी आँफैमा गर्दैनौ !!” “किन ?” “म तिमी बाट कोरिन चाहन्छु , म पुर्ण हुन चाहन्छु तिमी मेरो किन आधा आकृति बनाउन खोज्छौ किन आधा आकृतिलाई लुकाउन खोज्छौ ? तिमी मेरो अनुहार किन खोज्दैनौ ? तिमी सक्छौ भने मेरो केश उठाउने प्रयास गर ,अनि त म कोरिनेछु ।“ lau maryo aba fuchele k ko chitra banaune ho???????????
crazy_love · Feb 6, 2009 10:32 AM
मजा आयो, शैलि, ढाँचा, बहाब सबै थोक । .कोही तिमी संग किन जिस्कियोस् र अनायासै !!! मीठो अनुरोधलाई पाखालाई दिने पगलिहरुलाई तिमी यसरी पछ्याई दिन्छौ, जान पनि कहां जालिन र उम्केर !!! म भाईको लखेटाई हेरि रहुंला । कहां शान्त रहन्छ र मन जब कोहि नियोजित जिस्कन्छ । हार्नु केहि छैन, जीते एउटा अर्को कथा । लागि पर राजा । -somewhereondearth
somewhereondearth · Feb 6, 2009 3:44 PM
crazy..............hahahahaha.......जति चिनुँ भन्यो उ उति गहिरिन्छे के गर्ने के गर्ने ????? दाइ धन्यवाद , मेरो लखेटाई केहि जितेरै बिश्राम लेला जस्तो छ दाई !!!
fucheketo · Feb 9, 2009 5:40 AM
रंगहरुको समायोजन यसपालि अद्वितिय थियो । नहोस् पनि कसरी म जे जन्माउँदैछु त्यो तस्विर युगमा जन्मिन्छ म नभेटिकन नै कसैलाई बुझ्दैछु उसका मुस्कानहरु सँग खेल्दैछु उसका रहस्यहरुलाई पत्रपत्र उक्काउँदैछु । उ थोपा थोपा मा पग्लिँदैछे मेरा आकारहरु मा !!!! मैले ब्रश टक्क रोके अनि चित्रको परिधि भन्दा बाहिर राखेँ यसपालि उजेलिएको थियो क्यान्भास र मैले उसको केशराशि बनाईसकेको थिएँ उसको गोलो अनुहार लाई ठाउँ छोडेर ।उजेलिएको क्यान्भासमा उसको कालो कपाल उसको कल्पनामा बिताएको यो रात जत्तिकै बाक्लो थियो । मैले उसको आग्रहमा पनि उसको अनुहार कोर्नै पर्ने थियो जुन मेरो यात्राको रोमान्चकता थियो । मलाई एउटा मात्र कुरा उसको अनुहारको बारेमा थाहा छ के भने उसको आँखा का परेलीहरु लामा र आँखा गहिरो छ ।कुनै जंगल विच छोपिएर बसेको कसैको आँखा नपरेको तलाउ जस्तो । किन कि उसले मलाई त्यसमा डुबाउने आँट गरेकी छे । उसलाई थाहा छ जब म उसका आँखा हरुमा हराउँदै जानेछु म अरु कुराहरु बिर्सिँदै जानेछु मलाई आफ्नो अस्तित्व भन्दा पनि उसको चित्रमा कोरिएको उसको आँखा प्यारो लाग्नेछ र त उ उघारिइन खोजेकी थिई चित्रमा। उसको फोनको घण्टि बज्यो!!!!मैले दोस्रो घण्टिको मौका दिइन !!!!! “के गर्दैछौ ?” “अहिले अडिएको छु मलाई डुबाउने आँखाको खोजिमाँ!!!” उ मुस्कुराई !सन्तुष्ट थिई उ ।। हरेक स्त्रिचरित्रलाई प्रशंसा मन पर्छ । म त उसको प्रशंसाको पहाड बनाउँदैछु । “कति कोरिएँ त म ?” “भन्दैछु नि आँखाको खोजिमा छु !” “कस्तो छ त मेरो आँखा ?” “पक्कै पनि गहिरो ,कसैलाई बगाउन सक्ने लहरहरु भएको !!!एउटा सिंगो समुन्द्रको शक्ति भएको ” “तिमी मेरो धेरै तारिफ गर्छौ मलाई सामान्य बनाउन किन चाहन्नौ !” उसले थोरै आपत्ति जनाई । त्यो उसको आपत्ति नै त पक्कै पनि होईन होला । मनको बोलि नसुनिएँ पनि उ पक्कै पनि खुशि थिई । उ मेरो मुखबाट पक्कै पनि अरु तारिफ सुन्न चाहन्थी । जसरि मेरा चित्रबाट उसले मलाई चिनिरहेकी थिई म पनि बिस्तारि बिस्तारि मेरो कोठाको एकान्तमा उसलाई अनुभव गर्न थालेको थिएँ । हो मलाई चित्र बनाउन सजिलो हुँदै गएको थियो । “कसले भन्छ तिमीलाई तिमी सामान्य छौ भनेर !!” “मलाई आफुलाई लागेको मात्र हो , तर अब त म तिम्रै सोचलाई प्राथमिकता दिँदै छु नि त !” “के थाहा तिमीले धेरै कुरा अझै लुकाएकै छौ !”कुराकानि हलुका भइराखेकोले त्यहि मौका को फाइदा उठाउने प्रयास गरेँ । “तिमीलाई म घमण्डि लाग्छ हो , जानी जानी कुराहरु लुकाउने ?” उ फेरि गम्भिर भइ शायद !! !!!!! म फोन बाट उसको अनुहारको भाव किन नियाल्न सक्दिन ? “लाग्दैन तर जब जब तिमी कुरा हरु लुकाउँछौ म फेरि हारे जस्तो लाग्छ !” “को सँग ?म तिम्रो प्रतिद्वन्दि होईन !’ “मलाई थाहा छ शायद आँफै सँग !हेर तिम्रो लागि म आँफै सँग युद्द गर्दैछु । आँफै आफुसित क्रान्ति गर्छु ,फेरि आफुलाइ सम्झाउँछु आफु आफैसित वार्ता गर्छु फेरि झगडा पर्छ आँफैसँग “ “तिमी चित्र नकोर्ने भए पक्कै पनि लेखक हुन्थ्यौ । मलाई तिम्रो चित्र मात्र होईन तिम्रा शब्दहरु पनि मन पर्छन् । अब मलाई कोर्ने जिम्मा तिम्रै छ तिम्रो चित्रको अन्त्यको ब्यग्रताको साथ प्रतिक्षामा छु।“ “शायद आजको रात सम्पुर्ण रात !!!!” उसले फोन राखि म आफ्नो कार्यमा ब्यस्त भएँ । उसको आँखा गहिरिँदै गयो म आफै बनाउँदै आफै त्यसमा हराउँदै गएँ । गोलो अनुहारमा उसको गहिरो आँखा ,मुस्कान छरिएको ओठ यसरि जडिदै गयो मानौँ मैले रंग मेरा ब्रशहरु बाट नभएर प्रक्रितिबाट सापटि लिएको छु ।चित्र जीवन्त हुँदै गयो । उ अब फोनबाट नभएर चित्रै बाट मलाई बोलाउँछे जस्तो लाग्यो । मैले उसलाई समय दिएको थिएँ उसको चित्रको अन्त्यको !!!! अब दुइघण्टा पछि उसले फोन गर्छु भनेकी थिई मलाई उसको रुपलाई अन्तिम पोलिस दिनु थियो । मैले घोरिएर लगभग बनिईसकेको चित्रलाई हेरेँ चित्र लगभग लगभग तयार थियो । सोचेँ अब बनिइसकेकि छे उ ,कोरिइसकेकी छे उ !!!!मैले दिनरात एक गरेको छु यो चित्र को समाप्तिमा !!!!! उसको चित्र को अन्त्य मैले सम्पुर्ण रुपमा उसलाइ चिनेको कुराको एउटा प्रमाण हो । जसलाइ उ मेरो हातबाट प्रमाणित गर्न चाहन्छे । यसपछि न उ आफ्ना बारेमा बताउँदै टाढैबाट भएपनि म सँग घण्टौ बिताउनेछे न म उसलाई उसको बारेमा सोध्न सक्नेछु । यो चित्र को अन्त्य हामी विच बितिसकेको समयको परिणाम हो । जति जति यो समय बढ्दै जानेछ त्यति त्यति यो चित्र खारिँदै जानेछ । के अपुर्ण छोडुँ त यो अद्वितिय कलालाई म ? यो कला होइन ,यो मेरो साधना हो ,यसको अपुर्णता मेरो जीवन हो , जब सम्म उ बनिइसक्दिन तबसम्म उसमा सीमा छैन कुनै उ फैलिन सक्छे सम्पुर्ण आकाश भरी तर जब यो चित्र पुर्ण हुनेछ म उसलाइ आकार दिँदैछु , म उसका सिमाहरु तोक्दैछु । होला उ म बाट पुर्णता चाहन्छे तर मलाई त उसको अपुर्णता मन परेको हो । मैले निर्क्यौल गरेँ म उ सँग माफि माग्नेछु । म सँधै तिम्रो चित्रमा केहि न केहि थपिरहन चाहन्छु । मैले आज पनि पुर्णता पाइन भनेर भन्नेछु । मैले घडि हेरेँ अब करिब पन्ध्र मिनट बाँकि थियो । अनि फोनको घण्टि हेरेँ मानौँ बर्षौ देखि म त्यसको प्रतिक्षामा छु !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! मलाई समाप्त लेख्न मन छैन ।म यो कथामा पुर्णता चाहन्न म चाहन्छु म लेखिरहुँ लेखिरहुँ !!!!!!!!! Last edited: 09-Feb-09 05:48 AM
fucheketo · Feb 9, 2009 5:41 AM
ट्रिङ ट्रिङ् "हेलो! हेलो! टाउको मात्र बनाएर जिउ चाहि खोइ नि?" हा हा हा पुरुषलाइ चाहि प्रसंसा सुन्न मन लाग्दैन र? कथामा अझै कौतुहुलता जन्मिदै छ। तिमिले समाप्त भन्न खोजेको त होइन है? कि हो?
crazy_love · Feb 9, 2009 8:20 AM
अनुहार नै पूरा नकोरी समाप्त गरिदिएको त? “तिमी चित्र नकोर्ने भए पक्कै पनि लेखक हुन्थ्यौ । मलाई तिम्रो चित्र मात्र होईन तिम्रा शब्दहरु पनि मन पर्छन् ।" "सुधा"ले राम्रै चिनेकी रहिछन् फुच्चेको बहुआयामिक प्रतिभालाई।
chipledhunga · Feb 9, 2009 9:03 AM
फुचचे कथा लाजवाब छ्, जसरी प्रकृती सँग रङ सापट लि लि कन उस्को चित्र कोरयोउ तेसै गरी शब्दकोश बाट पनि शब्दहरु चोरी चोरी यो कथा बुनेका छौ। अब त नशामा चुर्लुम्मै डुबेको जस्तो लाग्यो,म आफ्नो भर्सन को उस्लाई कल्पिएर। अनी अरु पनि रङ भर्दै जाउ प्रभो। अत्ती सुन्दर।
बिसà¥à¤Ÿà¥‡ · Feb 9, 2009 11:03 AM
well said... यसको अपुर्णता मेरो जीवन हो , जब सम्म उ बनिइसक्दिन तबसम्म उसमा सीमा छैन कुनै उ फैलिन सक्छे सम्पुर्ण आकाश भरी तर जब यो चित्र पुर्ण हुनेछ म उसलाइ आकार दिँदैछु , म उसका सिमाहरु तोक्दैछु । होला उ म बाट पुर्णता चाहन्छे तर मलाई त उसको अपुर्णता मन परेको हो । ।।।।। केहि भनिरहन मन लागेन, तिमीले कथा अपुरो राखेर नै जित्यौ!!!
somewhereondearth · Feb 9, 2009 11:19 AM
katha ma 'samapta' malai kahilei man parrdaina, tara yo katha adhuro nai sundar--ati sundar lagyou-- fuche ki jay ho.
pjna007 · Feb 9, 2009 5:12 PM
फुच्चे, तिमीले तोकेको सिमा भित्र रहेकी तिम्रो सुधा कस्तो बन्यो होला भन्दै पढ्दै गएकी त सधैं केही न केही थपिरहन्छु पो भन्छौ तिमी त धेरै नथप रंग फेरी त्यती राम्रो आक्रिती बिग्रिन्छ सधैं तिमी क्रमश राखेर गायब हुन्थ्यौ, यो पटक चै पुरै कथा एकै चोटि पढेँ। कस्तो चित्त बुझ्ने कथा लेखेको, पढिसकेपछी पनि सोचिरहन वाध्य बनाउने।
Dipika02 · Feb 10, 2009 9:14 AM
ramro cha.
sajha_addict · Feb 10, 2009 10:44 PM
WOW! What a wonderful imagination! Thx for the beautiful story !
haawaa · Feb 11, 2009 9:02 AM
crazy -त्यसको पेन्टिंग यति नै गर्नु पर्ला जस्तो छ ,समयले काहिँ न काहिँ चित्र र वास्तविकता लाई सँगै उभ्याउला अनि सोधुँला मेरो चित्र अपुरो रहेको मा गुनासो छ कि छैन भनेर ???? सोम दाइ त्यसलाई सम्झाइदिनु है फुच्चे अलि अलि पागल छ भनेर !!!जे होस् जित पक्का थियो हैन दाई!!! pjna caught u in sajha after long time thanx for reading my अधुरो कथा!!!! दिपिका खोइ के कोर्नु ने मेटाउनु हुँदै नभएकी(सुधा) सँग माया लाउनु जति रमाइलो केहि हुन्न रहेछ थाहा छ उ छैन उसको अस्तित्व छैन तर मन उसैलाई खोज्छ । उसकै नाम हरेक कथाहरुमा दोहोर्याउँ जस्तो लाग्छ !!!!! sajha addict ,hawaa thanx for the comment!!!!!!!!!!!! मेरो पागलपन पढेर साथ दिने सबैलाई धन्यवाद!!!!
fucheketo · Feb 12, 2009 10:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion