this note i took from facebook friend.i hope you will enjoy reading this one ओबामासंगको मेरो भेट Share Sat 8:57pm | Edit Note | Delete ओबामासंगको मेरो भेट सहदेब पौडेल न्यूयोर्क सन २००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोली अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे कसरी रास्ट्रपति बन्ला....भरखरको छ.. परम्परागत उसको छाला छैन..कपाल पनि सेतो खैरो छैन. तर पनि सबैले उनलाई आशाबादी दृष्टिले हेरेको हुनाले मलाई उनका बारेमा जान्न मन लाग्यो. एकदिन मैले मेरो बिदेशी साथिलाई सोधे."यो बाराक ओबामा भनेको कस्तो मान्छे हो? को हो उ "?साथीले भन्यो "उ तिमी जस्तै हो".मेरो साथीले बराक ओबामा "म जस्तै हो" भन्नुको अर्थ थियो युवा जोश जागर भएको , परिबर्तन मन पराउने र जे पनि गर्न सक्छु भन्ने सकारात्मक सोच भएको ब्यक्ति ! मेरो साथीले ओबामा म जस्तै हो भने पछि मलाई झन ओबामाको बारेमा थप कुरा जान्न, पढ्न मन लाग्यो.पुस्तकालयमा गएर उनका जीबनी,उनका पुस्तकहरु र दैनिक जसो हुने भाशणहरुलाई ध्यान दिएर सुन्न थाले....र बिस्तारै.... ओबामामा मैले आफुलाई देख्न थाले.. र म भित्र ओबामा देख्न थाले..बास्तवमा धेरै समानता थियो. अहिले त्यहि ब्यक्ति बाराक ओबामा अमेरिकाको रास्ट्रपति भएका छन. बिस्वको शक्तिशाली नेता बनेका छन र म उनको सम्पूर्ण समर्थक बनी सकेको छु ,उनी मेरो प्रेरणा बनेका छन र म मा उनको प्रभाब बढेको छ.तेसैले त जसरी भएपनी म बाराक ओबामालाई भेटन चाहन्थे.झन उनी रास्ट्पति भएपछि त उनलाई भेटने र नजिक बसेर कुरा गर्ने उत्साह निकै नै बढेको थियो .सपथ ग्रहणको दिनमा जसरी पनि वॉशिंगटन पुग्छु भन्दा भन्दै पनि जान पाइएन.म यो नया युगको नया नेतालाई जसरी पनि भेट्छु. मैले दृढ निश्चय गरे र यो मेरो सपना भयो. तर कसरी भेट हुन सक्छ ? संसारका शक्तिसाली नेतालाई म जस्तो एउटा साधारण नेपालीले कसरी भेटन सक्छ?केही उपाए छ त? मैले कामना गरी रहे...उनको यो कार्यकालमा जसरी पनि भेटन पाऊ भनेर... म उनको वेबसाइटको सुरुदेखिकै पाठक हु. हरेक दिन नया नया ईमेल अथवा भिडिओहरु इमेलमा आई रहन्छ . यस्तैमा ओबामाको कार्यक्रमको बारेमा.एक दिन एउटा यस्तो ईमेल आयो....ओबामाले रास्ट्रपति पद भार सम्हालेको उपलक्ष्यमा आफ्नो अनलाईनका पाठकहरु मध्ये १०० जनालाई व्हाइट हाउसमा भेट घाट गर्ने रे. र जसले चाडो ईमेल मार्फ़त चाढै रेस्पोन्स गर्छ अर्थात सुरुको सयजनाले यो मौका पाउने छ भन्ने ईमेल रहेछ.मैले तुरुन्तै यो ईमेलको रेस्पोन्स गरी हाले.करोडौ पाठक भएको यो साईटमा मेरो ईमेल ले के मौका पाउला र....यो कुरा यत्तिकै भयो.....भोली पल्ट बधाई भन्दै अर्को ईमेल आई पुग्यो. खोलेर हेर्छु त मेरो नाम त्यो सय जनाको सुचिमा परेछ.ओ हो यो ईमेल पाए पछि मेरो खुशीको सिमानै रहेन..रास्ट्रपति संग भेट गर्ने दिनको निम्तो र मिति र समय सहित निमन्त्रणा पत्र हुलाक बाट आउदै छ रे....भने पछि त मेरो सारा सरीर खुसी ले नाच्न थाल्यो.अनेक थरि कल्पनाले म प्रफुलित भए.जे सोचेको थिय त्यहि पुरा हुने भयो.मैले यो कुरा मेरो त्यहि साथिलाई खुसी हुदै सुनाए र भने म व्हाइट हाउस जादै छु रास्ट्रपतिलाई भेटन...सुरुमा उसले पत्याएन.. पछि निमन्त्रणा पत्र देखाए पछि उसले पत्यायो र के गर्ने होला...कस्तो लुगा लगाउने होला..कसरी हात मिलाउने होला जस्ता बिषयमा मैले उ संग छल फल गरे...उसलाई रास्ट्रपति मानेर मैले हात मिलाउने र छोटो कुरा गरेको जस्तो अभिनय पनि गरे..मेरो खुसीमा मेरो साथी झन धेरै खुसी भयो.. पहिलो कुरा त के लगाएर जाने होला भनेर सोचे...राम्रो कोट किन्नु पर्ला र कोट र पाइंट नै लगाउनु पर्ला जस्तो लाग्यो तर दोस्रो बिचार आयो यो म संग जोडिएको कुरा हो...म संग मेरो देश नेपाल जोडिएको छ... नेपाली पन देखाउने मौका पनि त हो नि यो अन्तररास्ट्रीय स्थरमा . नेपाल छाडदा बोकेर आएको दौरा सुरुलाई सम्झिए .निकै राम्रो थियो...ढाका टोपी पनि थियो..कोट चाही नया किन्नु पर्ने भयो दौराको रंग संग मिलने... यी सबै तयारी एकै दिनमा सकेर म रास्ट्रपति भेटन उग्र प्रतिक्षामा बसे .भोली पल्टै व्हाइट हाउसबाट सहभागीहरुलाई लिन लिमो कार आउने कार्यक्रम थियो. म सम्पूर्ण तयारीका साथ बसे.... साथीलाई फ़ोन गरे र उसले "good luck" भन्दै भन्यो be your self and don't be so excited. मैले thank you भन्दै फ़ोन राखे... तल सडकमा लिमो कार आएको ख़बर आयो म मेरो डिजीटल कैमरा फोन र रास्ट्रपतिको लागी उपहार बोकेर लिमो चढे..ओ हो यो छ्ण मेरो जीबनको महत्व पूर्ण छ्ण थियो.जे जे अहिले भई रहेको थियो यो सबै मेरो जीबनमा पहिलो पटक हुदै थियो. म खुसी र उत्साहले प्रफुलित थिए...लिमो कार बिस्तारै व्हाइट हाउस तीर बढ्यो.कारमा भएका बिशेष सुरक्षा कर्मीहरुले मेरो उत्साह सजिलै पढे. र सोधे यो हात को के हो? मैले भने "यो रास्ट्रपति को लगी उपहार हो". उनिहरूले मलाई कैमेरा र सेल फ़ोन लिएर जान नमिल्ने कुरा येसैबेला बताए. अब के गर्नु आफ्नै कैमेराले रास्ट्रपतिको फोटो खिचौला भनेको कस्तो नमज्जा हुने भो...तर केही छैन त्यहि व्हाइट हाउसका फोटो ग्राफरले हाम्रो फोटो त खिचिदी हाल्छ्न होला नि भन्ने सोचे .लिमो कार व्हाइट हाउस नजिकैको रास्ट्रपति निवासमा रोकियो. त्यहा म जस्ता ९९ थरि ब्यक्तिहरु एक दमै उत्साहित भएर बसी रहेका रहेछन. म लिमो बाट ओर्लने बित्तिकै सबैले पहिला मेरो ढाका टोपि र मेरो लवाई हेर्दै मेरो अनुहार हेरे.मैले सबैलाई मन्द मुस्कानका साथ हेरे. यो भिडमा त बाल बालिका,ब्रृद्द, महिला, युवा सबैको उत्तिकै सहभागिता रहेछ. त्यति मात्र कहा हो र? उपस्थित अनुहारहरु कोही कोरियन,चाइनीज , भारतीय,अफगानी,ईरानी,इराकी,प्यालेस्टैनी,इजराइली , मेक्सिकन सबै थिए...म बिस्वको बहु भाषी बहु सांस्क्रृतिक सहरमा बसेकोले उनिहरुको घर देश ठम्याउन गाह्रो भएन....यी सबैले आफ़्नो घर देशको परिचय दिने पोशाक लगाएका थिए..आफ्नो अनुहार कालो बुर्काले छोपेकी महिलासंग मेरो आंखा जुध्यो र हेल्लो भन्दै परीचय गरे. उनको नाम त बिर्से तर उनी हालसालै प्यालेस्टाईनको गाजांबाट अमेरिका शरणमा आइपुगेकी रहिछन आफ्नो जिउ ज्यान जोगाउदै.उनको आखामा परिवार र देश घर गुमाएको भाब सजिलै पढ्न सकिन्थ्यो . उनी मसँग धेरै बोल्न चाहिनन .त्यसपछि म अली बढि उमेर देखिने दारी जुंगा पनि नकाटेको अली मैलो मैलो देखिने कम्बल जस्तो गम्लन्ग ओडेर बसेको मान्छेको छेउमा गएर हेल्लो भन्दै मेरो नाम बताए....उसले पनि आफ्नो नाम र देश बतायो. उ अफगानी रहेछ. उसले युद्धमा आफ्नो घर परिवार सबै गुमाएको रहेछ...अहिले बाराक ओबामालाई भेटेर येस्तै घटना अर्को परिवारलाई नहोस भन्न आएको रे! अर्को एउटा मान्छे म संग how are u भन्दै हात मिलाउन आई पुग्यो मैले हात मिलाए र मैले उसको नाम र देश सोधे उ इराकी रहेछ मलाई उसंग धेरै कुरा गर्न मन लागेन. तर उ भने म संग कुरा निकै गर्न उत्सुक जस्तो देखिथ्यो. मलाई त्यहि घटनाको यहाँ सम्झना भयो.....जुन तपाई कालो दिन भनेर सम्झनु हुन्छ . उ संग मलाई कुरा गर्न मन लागेन. त्यहि भीड़मा एक बुवा आफ्नी घाइते छोरी बोकेर उभी रहेका रहेछन आत्मघाती बम हमलामा अनाहक परेको रे पकिस्तान मा ! आफ्नो सानो अनुहार सेतो बुर्काले छोपेकी र आफुलाई ईरानी बताउने एक बालिका हातमा सेतो गुलाबको फूल बोकेर उभिरहेकी थीईन. अन्य ब्यक्तिहरुमा अमेरिकन युवा युबतीहरु हातमा कागज पत्र र फाइलहरु र बोकेर उभी रहेका थिए भने रोगी र बृद्दहरु व्हील चियरमा बसी रहेका थिए. . मैले यो बाहिर उभिएको समयको राम्रै संग सदुपयोग गरे.अहिले यहाँ भेट भएका धेरै ब्यक्तिहरुको सम्पर्क ठेगाना केहि टिप्न पाईएन किन भने हामीलाई कापी कलम केहि लान दिएको थिएन....सम्झना भयो त केबल यी सबैको देश र परिबेश. लाग्थ्यो यी सबै संग ओबामालाई सुनाउने धेरै कुराहरु थिए...हामी सबै उत्साहको साथ रास्ट्रपतिलाई भेटन पर्खि रहेका थियौ....अबको केहि मिनेट्मै बैठक कोठाको ढोका खुल्ने छ र हाम्रो भेट हुने छ आशाको साथ उदाएका ओबामासंग. बिस्तारै बैठक कोठाको ढोका खुल्यो रास्ट्रपति ओबामा स्वयम् ढोकाबाट निस्केर सबैलाई अगाडि आउन आग्रह गरे.हामी बिस्तारै लाममा बसेर अगाडी बढेऔ. रास्ट्रपतिले हसिलो पाराले भने" यसलाई आफ्नै घर सम्झनु होला र एता उता घुम्नु होला तर केहि पनि सामानहरु चलाउने र फ़ुटाउने चाही नगर्नु होला ".. अबको यो दृश्य मेरो मानस पटल सदा सर्बदा रही रहने छ मेरो पालो आयो म मुसुक्क हास्दै...मैले बर्षौ देखि देखेको चिनेको जस्तो मेरो मिल्ने साथी संग भेट्न अगाडि बढे झै ... एउटा साधारण देखिने तर महत्व पूर्ण मान्छे अमेरिकाको रास्ट्रपति संग अत्यन्त आत्मियताका साथ हात मिलाए . उनले पनि मलाई बर्षौ देखि जानेको चिनेको जस्तै गरी हात मिलाउदै भने how are you buddy ?मैले i am doing great .. we all are doing great भने..त्तेत्तिनै बेला उनले मेरो टोपी प्रति इंगित गर्दै भने "nice hat " मैले thank you भने र i have gift for you भनेर आफ़्नो उपहार अगाडि राखे...मेरो उपहार थियो त्यहि ढाका टोपी! मैले टोपि दिदै भने यो संपूर्ण नेपालीको तर्फ़बाट तपाईलाई बधाई स्वरुप उपहार... म तपाईलाई टोपी लाइदिन दिन चाहन्छु भने र उनले सहर्ष स्विकार गरे र मैले टोपी लागाई दिए...र तुरुन्तै उपस्थित फोटोग्राफरहरुले हाम्रो फोटो पनि खिचिदिए... यो बिचमा उनले मेरो बारेमा भन्दा पनि नेपालको बारेमा सोधे..कस्तो छ आज भोली भनेर...मैले भने...राम्रो हुदै छ...पहिले जस्तो युद्ध छैन तर पनि जनताहरुको अनेकौ बहानामा अपहरण र हत्या भई रहेछ..तपाईले जस्तो परिवर्तन र आशाको संचार कसैले गर्न सकिरहेको छैन......नेताहरु देश कमजोर बनाएर पार्टी बलियो बनाउदै छन... लेख्ने र बोल्नेहरुले अझै पनि डराई डराई लेख्नु परी रहेको छ... आदि आदि. यो २/३ मेनेटको समयमा मैले के के भने के के ! तर यही बिचमा ओबामालाई एक पटक नेपाल आउन निमन्त्रणा दिन भने भुलिन .मेरो निमंत्रणा सहर्ष स्वीकार गर्दै उनले हुन्छ पनि भने ..मेरो खुशीको सात समुन्द्र पारी पुग्यो ...सात माहादेश डुल्यो मेरो खुशिले ..यो मेरो लागी मात्र होइन एक नेपाली भएकोले यो संपुर्ण नेपालको गर्बको कुरा थियो...मेरो खुसीको कुनै देश थिएन.... म अगाडी बढे..छेउमा फर्स्ट लेडी मिसाइल ओबामा र छोरीहरु हातमा डिजीटल कैमरा बोकेर उभीरहेका थिए...मैले फर्स्ट लेडी मिसाइल संग पनि हात मिलाए र छोरीहरुलाई हेल्लो गरे....ओ हो मेरो सुद्धि!! मैले फर्स्ट लेडीलाई उपहार लान भुसुक्कै बिर्से छु...कम से कम एउटा पस्निमाको सल मात्र लिएर गएको भए पनि कस्तो राम्रो हुन्थो ...के गर्नु यसरी उपहार लिएर जाने संस्कार बिस्तारै सिक्दै छु...तर मैले केहि उपहार नदिए पनि उनको मन्द मुस्कानमा कुनै कमी थिएन.....उनी thank you for coming भन्दै सबैलाई ककटेल लाउन्ज तीर जान आग्रह गर्दै थिइन ... म बिभिन्न कुराहरु मनमा खेलाउदै र त्यो ठुलो बैठक कोठाको दृश्यहरु हेर्दै अगडि बढे....र कल्पिये... .म एउटा साधारण मान्छेले आज अमेरीकाको रास्ट्रपतिलाइ भेटन पाए....मेरो खुशीमा सारा नेपालीहरु कति खुशी र गर्बित भए होलान....ओबामाले ढाका टोपी लगाएर म संग खीचेको फोटो भोली सारा पत्र पत्रिका, टी भि सबै तीर आउछ होला....कतिले मेरो अन्तर्बाता पनि लिन्छन होला..नेपाल सरकारले पनि सम्पर्क गरेर के के सोध्छन होला.....ओ हो म त कति महत्वपूर्ण ब्यक्ति हुने छु.यस्तै कुरा मनमा खेलाउदै म बिस्तारै ककटेल लाउन्जमा पुगे जहा थरि थरिका पिय पदार्थ र स्नायाक्सहरु थियो. सफा र सुन्दर टेबल कुर्शीले कोठा सजिसजाऊ थियो..... साधारण भेटघाट सकिए पछि सबै ककटेल लाउन्जमा जम्मा भए ...रास्ट्रपति पनि आई पुगे र सबैलाई यसरी भेटन पाएकोमा र सबैले आफ्नो समय निकालेर भेटन आएकोमा धन्यबाद भने.स्याम्पेन्को ग्लास समाउदै! म पनि उत्साहित हुदै स्याम्पेनको ग्लास समाते............ ............तर दुर्भाग्य बस मेरो हातबाट स्याम्पेनको ग्लास चिप्लियो र भुईमा ठुलो आवाज निकाल्दै झ्यारम्मssss फुट्यो........ ........ म झसंग भएर बिउझिए... यती खेर मेरो अलार्म घडीमा बिहान ५ बजेको घन्टी एक सुरले बजी रहेको थियो.............. Updated on Saturday - Comment - Show Comments (29)Hide Comments (29)
kohot_yo · Feb 2, 2009 2:45 PM · 18,609 views
wow
neerman · Feb 2, 2009 3:25 PM
Great Writing Skill
babbal123 · Feb 2, 2009 4:00 PM
Awesome, nicely presented. Keep it up.
nissan2006 · Feb 2, 2009 4:11 PM
Very Very nicely Written.. Tapai ko sapana sachoo hosss ani first lady lai gift lanu nabhulu hola.. Tara even it was a mere dream, the love you have shown is simply great..Thanks for sharing.
stylish · Feb 2, 2009 4:15 PM
Whoever wrote this, This is simply great. In the beginning I thought it was all real though I had second thought that it can be dream later. Everybody should read this once at least.
gc1488 · Feb 2, 2009 4:22 PM
hey buddy, at the end of your nepali drama i saw some word in english "Updated on Saturday - Comment - Show Comments (29)Hide Comments (29)" where did you copied it from?
target2green · Feb 2, 2009 4:53 PM
WOW!!
suravishrestha · Feb 2, 2009 4:55 PM
hey target2 green ,this note i copied from the facebook.he is in my friend list.if you have facebook account you can add him as a friend. he is sahadev poudel and i think he also does himali swarharu online radio in new york.. i was amezed to read this..that's why i was sharing here...
kohot_yo · Feb 2, 2009 7:55 PM
Interesting one! Thanks for sharing!
crazy_love · Feb 2, 2009 8:00 PM
hi friends: Kohotyo's posting didn't display in my computer. It is like this ओबामासंगको मेरो �­ेटसहदेब पौडेल न्यूयोर्क what can I do then? Please suggest
kbhom1 · Feb 2, 2009 8:16 PM
hello ..kbhom1 it should display easily.the font is in Unicode Nepali.let me find some way... O by the way this article also published in www.nepalipost.com i hope you can read there..
kohot_yo · Feb 2, 2009 8:48 PM
Wow!! Impressive..Hopefully it was a real one... NepaliThita
Nepali Thita · Feb 3, 2009 8:36 AM
Yea ..EkChoti Paddnalaai Impressive nai chha.
kohot_yo · Feb 3, 2009 7:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion