सर्वोच्च अदालतमा "बर्डफ्लू पीड़ित कुखुरा" समूह द्वारा मुद्दा दायर काठमांडू, माघ १६ २०६५ हल्लै हल्ला को भर मा निर्दोष आम कुखुराहरु माथि भएको अत्याचार र निर्मम हत्याको घोर बिरोध गर्दैइ आज कुखुराहरु (भाले पोथी लगायत चल्ला चल्ली) ले आजै देखि "बर्डफ्लू पीड़ित कुखुरा" समूह गठन भएको घोसना कुखुरे पत्रकार सीसी धमला को "Corruptor's Club" मा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका छन| आजै सो समूहका अध्यक्ष भाले कान्छा ज्यु ले सर्वोच्च अदालतमा आफु र आफ्नो समूहका साथीहरु माथि भएको अत्याचारको बिरुधामा मुद्दा पनि गरेको छ | मुद्दा दायर गर्न आएका हजारौ कुखुरा को भीड़ ले आज सर्वोच्च अदालत वरिपरी को स्थिति तनावग्रस्त रहेको समाचार छ | नेपाल का कुखुरा हरु को आन्दोलनलाइ समर्थन गर्दैइ "बिश्व कुखुरा संघ" ले पनि ईमेल मार्फ़त एक्यबढ़ता जनाएको कुरा "बर्डफ्लू पीड़ित कुखुरा" समूह को बिदेश बिभाग का कुखुरे बैस चदेका चिकन कुमार पंक ले जानकारी गराउनु भयो | साथै समूह ले आफ्ना चरणबद्ध आन्दोलन को बिबरण पनि सार्वजनिक गरेका थिए जसमा एक दाना पनि नखाई सहीद गेट मा रिले अनसन बस्ने, पोथी समूह द्वारा अंडा बन्द को घोसना जसका लागी सबै पोथी हरु ले एक महिना सम्म अंडा नपार्ने, र परी आएको खन्द मा छुट्टै कुखुरे राज्य को समेत माग रखने जनाएका छन | आन्दोलन आजै देखि चरम बद्ध रूप मा सुरु भएको घोसना गर्दैइ मारीएका कुखुराहरु लाइ स-सम्मान सहीद घोसना गर्न र सहीद गेट मा अर्को गेट थपि तेस्मा पहिलो कुखुरा सहीद श्री लाल बहादुर भाले ज्यु को सालिक रख्न्न समेत माग गरेका छन | स्रोत: www.thecosmosphere.com
super007 · Jan 29, 2009 4:15 PM · 4,492 views
कुखुराको सालीक शहिद गेटमा राख्ने मागको आज शहिद गेटका चारै शहिद हरुले बिरोध जनाएका छन। उनिहरुको भनाइ के छ भने, त्यहाँ कुखुराको सालीक राख्नेहो भने रात भर स्याल ले दु:ख दिने छ ।
hundari · Jan 29, 2009 5:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion