अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा हालै पशु पंक्षिमा देखिएको प्राण घातक रोग बर्ड फ्लुको निवारणको लागि बर्तमान सरकारले आवश्यक कदम नचालेको आरोप लगाउदै  देश भरका कुखुराहरुको संगठन अखिल नेपाल कुखुरा संघले माघ २० गते देखी देशब्यापी रुपमा आन्दोलनको घोषणा गरेको छ ! संघका अधक्ष्य लोकल बहादुर कुकुकु का अनुसार बर्ड फ्लु को नाममा हालै पशु पंक्षि नस्ट गर्ने काममा बर्ड फ्लुले सन्क्रमित नभएका निर्दोश कुखुराहरुले समेत  ज्यान गुमाउनु परेकोले यस आन्दोलन को घोषणा गरिएको हो ! बर्तमान सरकारको यस्तो कदम प्रती अखिल नेपाल कुखुरा संघ घोर भर्तसना गर्दछ वहाँले भन्नु भयो ! संघका बागमती अञ्चल इन्चार्ज फ्रेश प्रशाद रातोसिउरे ले बर्ड फ्लु को नाममा निर्दोश कुखुरा कुखुरीहरुको हत्यामा बिदेशी चलखेल भएको बताउनु भयो ! हालै एउटा नमुना परिक्षणका लागि लण्डन पठाएकोमा बिषयलाई लिएर रातोसिउरेले हाम्रो आन्तरिक मामलामा बिदेशी हस्तछेप नरुचाउने  समेत बताउनु भयो !

ritthe · Jan 29, 2009 11:21 AM · 10,542 views

6 Replies

हैन यिनी हरु आन्दोलन गर्न सामर्थ्य छन र भनेको? अब झोक्र्याएर बस्नु भन्दा काटिकुटी पारेर खाइदिए कती जाती हुन्थ्यो होला भनेका होलान, जे होस् समाचार चाँही दर्हो छ है

Parbatya · Jan 29, 2009 12:22 PM

म चाँही 'ले-अफ' मा पर्छु कि पर्दिन भनेर ज्योतिसीलाई हात देखाउनु पर्‍यो भनेर गा'को ! 'भाइ आज हाम्रो 'हात डाउन' (शिक्षक को 'पेन डाउन'जस्तै होला) रे ! हाम्रो माग पुरा नभये सम्म कसैको हात सात चीना सीना हेर्दैनौ भन्न थाले !  ज्योतिसहरु बाँकी थिए आन्दोलन गर्न तिनिहरुले पनि सुरु गरे हिजो बाट ! हजारौ हजार कुखुरा मारिए झापामा ! ति मारिएकालाई सहिद घोषणा गर्ने माग धन्न अघी सारेका छैनन भन्नु पर्‍यो !  

ritthe · Jan 29, 2009 12:34 PM

लोल रिट्ठे लोल। अखिल नेपाल कुखुरा चोर् संघ द्वारा आन्दोलन पारी एकबद्धता हालै अखिल नेपाल कुखुरा संघद्वारा घोषित अघोषित आन्दोलन प्रति अखिल नेपाल कुखुरा चोर् संघ हार्दिक समर्थन गर्दछ। कुखुराहरु यसरी बर्ड फ्लु को नाम मा मारिंदा हाम्रो इमान्दार पेशा माथि नै कहिलेइ न आएको शंकट आइ परेको छ। बडो मुश्किलले २-४ कुखुरा चोरी बिक्री गर्न जांदा पनि बर्डफ्लु को डर ले हिजी अस्ती भन्दा चौठाइ मात्र भाउ दिने हुनाले सदियौं देखी चल्दै आएको यस पेशामा आश्रित करोडौं कुखुरा चोरका परिवारमा हतमुख जोड्ने समस्या आइपरेको छ। देश लोकतन्त्र फ्लु ले जर्जर भएको बेला आम जनता को ध्यान र ज्ञान अन्त मोड्न बर्डफ्लु को हल्ला चलाएको चल्ला चल्ला लाई थाहा भएकै  कुरा हो। हाँस फ्लु, भाईंसी फ्लु , बङ्गुर फ्लु , खसी फ्लु न आइकन बर्ड फ्लु मात्र आउनु मा ठुलो षड्यन्त्र को गन्ध भेटिन्छ।   तसर्थ सरकार संग कुखुरा छोरा शंकटकाल तत्काल घोषणा गरी सम्पूर्ण पीडित जनको भरनपोषण को जिम्मा लिन जोरदार माग गर्दछ। निर्दोष कुखुराहरुको निर्मम हत्या को भ्रत्सना गर्दै आइन्दा यस्तो अमानबिय कार्य नगर्न नगराउन सम्बधित सबैमा सचेत गराइन्छ।   अध्यक्ष, काले भाले कुखुरा चोर्। Last edited: 29-Jan-09 01:18 PM

rahulvai · Jan 29, 2009 1:18 PM

अनी त्यो कुखुरा अधिकार कर्मी पनि त होलान नि , बर्ड फ्लु का भाईरस को सगठन के भन्दै छ ? बल्ल बल्ल बिकसित् मुलुक बाट लखटेर भारतमा पनि बस्न नदिए पछी नेपालमा समेत् बिरोध गर्न थाले भनेर पिर मान्दै होला

Parbatya · Jan 29, 2009 1:32 PM

हाहाहा ठुल्दाइ ! संगठन माथि संगठन आन्दोलन माथि आन्दोलन >काले भाले कुखुरा चोर खान नपाए भित्ता फोड< बाल्यकाल याद आयो ! त्यही त पर्बते, त्यो फ्लु लाई पनि पर्नु पीर परेछ ! चाइना, ईन्डिया हुँदै नेपाल आ' थ्यो अब अमेरिका को भिसा सजिलै मिल्ने भये अप्लाई नि गर्थ्यो होला ! गार्हो छ तेइ भएर ढुक्क छ हाम्लाई !

ritthe · Jan 29, 2009 1:49 PM

ha ha ha ha ha ha haaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa........... Ritthe ra Rahaudai le "kukhura" ko parikar serve garnu bhayechha Sajha ko menu ma; Sajha taste nai balla tasty lagyo dherai din pachhi.

ctal · Jan 29, 2009 3:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all