के माधव नेपालजी को दिमागी सन्तुलन खुस्किए हो र ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो भनाइ मेरो होइन। हाम्रो प्रधानमन्त्री को हो। पुरा समाचार यहा पढ्नुस्। Source: www.eNepalnews.com प्रधानमन्त्रीद्वारा माधव नेपालको मानसिक सन्तुलन गुमेको घोषणा! Written by Administrator    Wednesday, 28 January 2009 08:40 प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका शीर्षस्थ नेता एवम् संविधानसभा संवैधानिक परिषद्का अध्यक्ष माधवकुमार नेपालको मानसिक सन्तुलन गुमेको घोषणा गर्नुभएको छ। गत सोमबार बिहान रेडियो नेपालको समय सन्दर्भ कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले घोषणा गर्नुभयो, 'माधव नेपालजीको मानसिक सन्तुलन गुमिसकेको छ र उहाँका अभिव्यक्तिहरू आपराधिक छन्।' यसो भनिरहँदा उहाँले मानसिक सन्तुलन गुमिसकेको व्यक्तिलाई संविधान निर्माणजस्तो संवेदनशील कार्यका लागि विशेष जिम्मेवारी किन दिइएको हो सो भने खुलाउनुभएन। प्रचण्डले डाक्टरी रिपोर्टका आधारमा  नेपालमाथि त्यस्तो टिप्पणी गर्नुभएको हो या अन्य कुनै आधारमा भन्ने पनि स्पष्ट हुन सकेन। तर, उहाँले नेपालको मानसिक सन्तुलन गुमेकोचाहिँ आत्मविश्वासका साथ सार्वजनिक रूपमै बताउनुभयो। उहाँले नेपालमाथि यस्तो टिप्पणी गर्नुको कारण भने माधव नेपालले यसै साता माओवादी भ्रातृ संस्थाको उच्छृङ्खल व्यवहारलाई लिएर दिनुभएको अभिव्यक्तिलाई लिएर हो। पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीसँगको भिडन्तमा घाइते भई अस्पतालमा भर्ना भएका अनेरास्ववियुका कार्यकर्ताहरूलाई भेट्ने र उनीहरूको अवस्था बुझ्ने क्रममा घाइतेहरूको दारुण अवस्था देखेर दुःखी एवम् आक्रोशित हुनुभएका नेपालले आक्रमणकारीहरूलाई 'अपराधी' भनी आलोचना गर्नुभएको थियो। उहाँले वाईसीएललगायत माओवादीको भ्रातृ संस्थाका कार्यकर्ताहरूलाई आपराधिक जत्था भनेर टिप्पणी गर्दै तिनलाई हथकडी लगाएर जेलमा थुन्नुपर्ने बताउनुभएको थियो। यसै विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया जान्न खोज्दा उहाँले माधव नेपाललाई मानसिक सन्तुलन गुमेको व्यक्ति भनी टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीले यस सम्बन्धमा माधव नेपालसँग आफ्नो भेट नभएको बताउँदै भेटेर कुरा गर्ने इच्छा भएको जानकारी पनि कुराकानीका अवसरमा दिनुभएको थियो। प्रधानमन्त्रीले यसै विषयलाई लिएर सहमति र सहकार्य टुट्न नहुने विचार पनि सो अवसरमा व्यक्त गर्नुभएको थियो। @धटना र विचारवाट साभार      

rmxyz · Jan 28, 2009 10:09 AM · 2,599 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all