ए रात्तै दुई चार महिना यसो खैरे खैरी को देँसा के आको उता नेपाँला त सप्पै सके छन मुसा चलाएर । काटी कुटी उम्रे देखी खुम्री सम्मा साखा सन्तान सप्पै छोरा छोरी मिलेर के रे अंश बन्डा गर्न लागे छन। तीन लाई म नभाको मौका पार्नु परेको । असात्ती मोरा हरु । दाजु भाई भनेर क्यार्ने हो ? खोट्टो पोइसा को पनि चैने जो केरी भ्यालु नभाका दन्त द्वारे हरु। भन्ने बेन्ला चै, मुसा चलाएर लौ दाजु जानुस् अली अली कमाएर अनी बिदेश को शिप सिकेर आउनुस् अनी चैने केरे सगै मिलेर बिजिनेस गरम्ला नत्र पोइसो ब्यान्का मै राखेर भये पनि खाम्ला भनेर फकाइ फुल्याये । होन्त घर को अर्थिक अवस्थै जर्जर भैसक्यो भनेर हान्निये आफ्नी भुइसी लिएर। जत्ति डलर् , पाउन्ड, भाट्, रियाल ,भारु , यान पठाएपनी दुलो परेको डोको जस्तो कहिले नभरिने अरिङाल् हरु को धोक्रो। अब त केही ले पुगेन मुसा चलाएर ........ अब अहिले त दाई हाम्ले त सर सम्पती जग्गा जमिन सप्पै बाड्न लाग्यौ भनेर पो चिठ्ठी पठाउछन होइ हैन ऐ कत्ती उदेक उदेक सुन्नु पर्ने हो यहाँ ? हुन्छ हुन्छ । जे गरे पनि हुन्छ मुसा चलाएर । मुला जस्तो बाउ बाजे ले अर्जेको सम्पत्ति लाई काट् कुट गरेर खाडँला हालेर सिन्की बनाएर खाए पनि हुन्छ । अलिकती काट्नु मधिसे लाई दिनु अलिकती बाहुन लाई , लिम्बु लाई खम्बु लाई, भुजेल लाई , चेपाङ लाई, रेक्सवाला लाई, महिला लाई , टुटल् भाङल् टिना फलाम लाई, किसान लाई , दलित लाई ,दलक लाई , पीडित लाई , पिडाक लाई , मौ बादी , खाउ बादी , आदिबासी , शाहीद परिवार, कोइराला परिवार, शाह परिवार , बरुवाल , थरु वाल , दारु वाल , ब्यापारे ,चेपारे, जन्जाती , माग्नेजाती , चोर् डाँका का सन्तति , एड्स पीडित बादी पीडित, जाली पीडित, थगिएका मासिएका, भगाईएका, भागीएका, लोग्ने मरेका , श्वासनी हराएका, बौ मरेका ,बाउ लाई मारेका सप्पै ले लिनु मुसा चलाएर । सप्पै लाई देउ । सप्पै ले आफ्नै आफ्नै गरी खाउन । आफ्नो परिवार बनाउन । हामी बुडा बुडी को भाँगा कती बिघा पर्छ छुट्टै लेराउ यहाँ मुसा चलाएर । अब मो पुनी के लाई काम छु र ? म अनी मेरी भैंसी मिलेर हामी आफ्नै देश बनाम्ला । म पनि अब गणतन्त्र बुदाबाजेस्तान को राष्ट्रपती मेरी बि बि सि राष्ट्रपतिनी लौ जा । बरु मेरो देश मा बस्ने नागरिक हरु चै खोज्न पर्ला । नेपाँला त सप्पै राजा हुने भै गए के रे मुसा चलाएर बरु कसैलाई नयाँ देँसा बस्न भये नागरिकता बिक्रिमा छ है । मेरो बि बि सि लाई फून गरे हुन्छ है त मुसा चलाएर
BudoBaaje · Jan 26, 2009 10:07 PM · 14,364 views
बुधो बाजे कुरो त दामी छ। तर एसरी अनैतीक लुसाचुन्डी लाई कसरी रोक्नेहोला।
zigkbcnp · Jan 26, 2009 11:42 PM
यो त लुछा चुडी हैन बा । मो त ह्या मेरो बुढोबाजेस्तान को मार्केटिङ् गर्न आ हुँ मुसो चलाएर । हेर भबिस्य का मेरा नागरिक हरु, अरु अरु मौ बादी, लिम्बु वान , बाहुन, मधिसे हरु को जस्तो हुन्न मेरो देँसा । म बेलै मा संबिधान बनाउछु। मेरो देँसा बिजुली को पनि ब्यवस्ता छ , पानी छ , झरना छ , पढ्न सस्तो छ , मेरो देँसा मान्छे मार्दुनम् मुसो चलाएर । आउ आउ सप्पै जना मेरो देँसा बस्न निवेदन हाल , अनी चैने जो केरे बुढोबाजेस्तान लाई बिस्तारै स्वीजर्ल्यान्ड बनाम्ला है मुसो चलाएर
BudoBaaje · Jan 26, 2009 11:56 PM
बाजे, हामी जस्ता ठिटा लाई के के फाईदा छ तिम्रो देशमा भन अनी भिसा लाउन आम्ला नि, अब आफ्न देशाँ बस्न दिएनन क्यारे तिमेर्को भाग त छैन, तँ कुनै क्याटगोरी मा पर्दैनस भन्छन बरु बाजेस्तान मा अल्ली हरियाली धेरै भएको ठाम कता हो भन है
Stat · Jan 27, 2009 7:33 AM
के भन्या ए भैरे त्यस्तो मुसो चलाएर ? मेरो देँसा के छैन भनेर सोधन । के छ भनेर सोधेर मेरो देस कै बेइज्जत तूत । अब भनेर भन्नै पर्दा मेरो देँसा बफे सिस्टम् छ बाबै मुसो चलाएर । आँफैले आफुलाई चाहिने चाहिने सिस्टम् बसौदा हुन्छ । अब सप्पै लिम्बुवान खम्बुवान , मधेसी , पहाडे, थारु हरु घर घर मै आउन थालिसके छन । आउ मेरो देँसा बसम भनेर । मैले त समय को कमी भएर बिज्ञापन पनि गर्न पा हैन मुसो चलाएर ।एक्लो ज्यान ले कता कता मात्रा के के लछान्रु? उता गाम्मा पैले पैले गाइखाने भाषा का स्कुल हरु बाट बच्चा तान्न आए जस्तै आका आइ छन रे मुसो चलाएर । अब बेलै मा मेरो देँसा आयौ भने मलाई पनि मान्छे हरु को खाचै छ के रे । जुन चैने केरे क्षेत्र बर्ग क्ष्यमता अनी चैने केरे जुन जस्ता खाले मान्छे बतुल्छौ त्यसइ को मन्तरालय दिम्ला नि मुसो चलाएर । लौ लौ गोडा बिसेक मेंरा देँसा बस्ने त्यो आधा आकाश ढाक्ने बर्ग ल्यायौ भने बनै दिम्ला नि तिम्लाई पनि नारी कल्यान मन्त्रालय को मुन्तरी । मुसो चलाएर
BudoBaaje · Jan 27, 2009 11:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion