प्लेनले ढिला गरेन । ३ नबज्दै सरोज जी बिराटनगर एयरपोर्टमा थिए । उनलाई लिने गाडी आइपुगेको थिएन । रिक्साको तानातानबाट उम्किएर उनि पारि पट्टिको खाजा खाने छाप्रोमा छिरे । गाडी आउन अझै समय थियो । पर्खिने विचार गरे । उसो त ओभरसियरलाई प्लनेमा हिड्ने सुविधा थिएन । पुराना भरपर्दा प्राविधिक, इच्छा विपरित सरुवामा परेकाले हाकिमले आनाकानि नगरी सहमति दिएका थिए । सरोज जी प्रशन्न देखिएका थिएनन् । चिया आइपुग्यो । चुरोट सल्लाएर उनि छाप्रोको झ्याल बाहिर टोलाउन थाले । उनका विचारहरु नियन्त्रित थिएनन् । चुरोट तनाई पनि ढिलो थियो । विचारहरु घरि यता खेल्थे घरि उता । चिया सकिन बाँकि नै थियो । एउटा लामो सर्को तानेर चुरोट निभाए, अनि बाहिर टहल्न थाले । अफिसको गाडि आई पुग्यो । झोला पछिल्तिर मिल्काएर उनि ड्राईभरसँगै को सिटमा बसे । ‘नारायण जी कता हुनुहुन्छ?’ ‘आउँछु भन्दै हुनुहुन्थ्यो, खोई कता फल्ट भएछ, हेर्ने थाल्नु भयो । अबेर होला भनेर म यता आंए ।‘ ‘ए ए, अनि हाकिम साहेबहरु नि?’ ‘१ जना सर काठमाण्डौं जानु भएको छ, अरु त यहि हुनुहुन्छ ।‘ गाडि कन्चनबारी हुंदै दुहबि तिर बढ्यो । सरोज जी झ्याल बाहिर एकोहोरिए । उनले विश्वास नै गरेका थिएनन् , हल्ला हल्ला मै सरुवा भयो । हाकिमले पनि त्यति राम्रो मान्थे, उनि त पर्दै नपर्नु पर्ने सरुवामा । ‘युनियनको राजनिति हो सबै । युनियन लाएर सरुवा गराएका हुन् ।‘ उनको शंका यहि थियो । ‘राजनिति गर्ने हरु नै अगाडि बढ्छन् यो देशमा । प्राधिकरण त्यसै डुबेको हो र! कति मजाको घर पाइक जागिर, देखी सहेनन् असति हरुले ।‘ साह्रै रिस उठेको थियो उनलाई । ‘आखिर ओभरसियरमा काम गरेको ७ बर्ष भईसकेको थियो । कतै का. मु. दिएर पठाएका भए पनि पछि छोरो पढाउने खर्च बन्थ्यो नि । दुहबि पठाइ दिए , न केहि न केहि, सुख्खा तलब । मरिहत्ते गरेर त अब काम गर्दिन् । जसो तसो १ बर्ष कटाएर काज सरुवा भएपनि गराउँछु ।‘ गाडी दुहबी पुगिसकेकै थिएन् सरोज जी ले मनमनै अठोट गरिसकेका थिए । उनि अलिक हलुका भए । ‘सर, एकै छिन है ।‘ दुहबीबजारमा ड्राईभरले ‘डवलमजा’ किने । ‘सर लिने?’ खासै अम्मल नभएपनि उनलाई खान मन लाग्यो । ‘डबलमजाको’ रन्को संगै गाडी दुहबीको विद्युत अफिस पुग्यो । नारायणजी अफिसमै रहेछन्, उनि आइपुगे । ‘हेर्नु न लिन आउंला भन्दै थिए, सरले बोलाउनु भयो, अनि गाडी पठाईदिए । राम्रैसंग आइपुग्नु भयो नि?’ ‘होईन, ठिकै छ । आईपुगिहाले नि ।‘ ड्राईभर र नारायणजीका कुरा बाझे पनि उनलाई त्यति अफ्ठ्यारो लागेन । नारायणजीका पछि लागेर उनि हाकिम भेट्न गए । औपचारीक भलाकुसारी पछि नारायणजीले उनलाई गेष्टहाउसमा पुर्याईदिए अनि बेलुका खानाको निम्तो संगै केहि समयलाई बिदा भए । गेष्ट हाउसमा कोहि थिएनन् । ‘हाकिम त चिनेकै हुन्, तर मान्छे अलि ठिटौले छन् ।‘ सरोज जीलाई कामको त्यस्तो पिरोलो थिएन । ‘डेरा खोज्न नारायण जीलाई नै भन्नु पर्ला ।‘ चुरोट सल्काउँदै उनले आफै संग सल्लाह गरे । ६ बजि सकेको थिएन, नारायणजी मोटरसाईकलमा आईपुगे । ‘तपाईलाई पनि उत्ति चल्दैन, मेरो पनि सासु आउनु भएको छ, बरु कुनै दिन सेकुवा खान बिराटनगर जाउँला आज सोझै जाउँ है?’ नारायणजीले आफ्नो समस्या राखे । ‘होईन पर्दैन, अचेल छोडिएको छ, खासै खान्न ।‘ ४ बर्ष संगै काम गरेका हुनाले नारायणजीको परिवार चिनेकै थियो । खासै अफ्ठ्यारो भएन । यता उताका हाल खबर पछि सरोजले बिस्तारै डेराको कुरा उप्काए । तर नारायणले बीचैमा कुरा काटे । ‘हेर्नुस, डेरा खोज्न पर्दैन । त्यो अर्को चाहि ईन्जिनियर छ नि, त्यसको सरुवा भइसकेको छ , काम कुरो मिलाएर २०-२५ दिनमा रवाना बुझ्छ होला, त्यतिन्जेल गेष्टहाउसमै बस्नुस, अनि क्वाटर्रमा सर्नु होला ।‘ ‘हाकिमले देलान र?’ ‘नदिएर हुन्छ? एक वचन सोधौला, नमाने हामीले जानेको छ । सोझो भएर संधै पेलिन हुन्न सरोज जी ‘ ‘कुरो त ठिकै हो तर खै?’ ‘ होईन दाजु, यी हाकिम नरम नै छन् ।‘ नारायणकि दुलाहिले पनि कुरा थपिन् । सरोज भलादमी र भरपर्दा मान्छे थिए । सगै बस्दा नारायणलाई राम्रो सहयोग गरेका थिए । काम मा पनि पारिवारि रुपमा पनि । सरोजको गैर मनासिव सरुवा र त्यसबाट परेको असर उनका हितैषीलाई थाह थियो । नारायण त झन नजिक का मान्छे। सरोज केहि दिन गेष्टहाउस मा नै बसे । पढाइको बेला को कुरा अलग, तर बिहेबारि पछि उनि सधै जहान सँगै बसेका मान्छे । यता उताको खासै अम्मल नलिएका, आचरंणमा बसेका । तराईको पानी पचाउन सकेनन्, बजारको खाना ले सरोजलाई राम्रो गरेन । रुचि पनि भएन । साथी भनेका नारायण जी नै थिए दुखेसो पोखे, राम्रो खाने ठाउँको बन्दोबस्त गरिदिनु पर्यो भनेर । ‘एउटा ठाउँ त छ, तर एक चोटि नसोधि हुदैन । पहिले म कुरा गर्छु अनि तपाईलाई भनौला है!’ नारायणजीले झिनो आशा देखाए । ………….क्रमश: meaninglessthinkings@somewhereondearth Last edited: 26-Jan-09 05:25 AM
somewhereondearth · Jan 26, 2009 5:21 AM · 22,746 views
राम्रो प्रस्तुती छ् सोमे ज्यु। बिराटनगर नपुगे पनि आँखामा आयो। लौ अर्को भाग को प्रतिक्षामा।
बिसà¥à¤Ÿà¥‡ · Jan 26, 2009 9:02 AM
‘एउटा ठाउँ त छ, तर एक चोटि नसोधि हुदैन । पहिले म कुरा गर्छु अनि तपाईलाई भनौला है!’ lau maryo... this is the expression which came to my mind after reading to the end. let's see milchha ki mildaina .. nahunu parne kuro huna lageko jasto lagyo... As usual awesome writing some jyu.
सानà¥à¤¨à¤¾à¤¨à¥€ · Jan 26, 2009 10:27 AM
lau yo ta malai maan paryo.. chittai arko bhag paskinu hola... padhda ramailo cha....ani arko bhag ko pratikshya ma chu.. chito rakhnu hola!
perfectionist · Jan 26, 2009 10:49 AM
टेलिफोन अफिस तिरको सरुवाको कुरा गर्या होला सोमे जी ले भन्ठान्या त बिजुली अफिस को रैछ ! राम्रो प्रस्तुती !
ritthe · Jan 26, 2009 12:35 PM
सोम ज्यु, बिचरा सोझो सरोज लाई कहाँ पुर्याउन लाग्नु भएछ त नारायण जि ले...... लौ न धेरै पछी आउनु भयो नि, यो पालिको बिश्राम त अलिक लामै भएन र? जे होस् रमाइलो कथा पढ्ने मौका फेरी दिनु भएकोमा धन्यवाद। बरु अगाडि बढाउनुस् है छिटो छिटो
Dipika02 · Jan 27, 2009 12:53 PM
khai teleserial jastai hapta ma ekchoti aauni haina hola ni.. lau na.. asti dekhi kurya kuryai bhaiyo.. chito paskium na... kurda kurda jawani jana lagi sakyo...
perfectionist · Jan 28, 2009 11:25 AM
सोमे आयो, नयाँ कथा ल्यायो, खोइ सोमे????????? फेरि हरायो।
crazy_love · Feb 1, 2009 8:02 PM
बिस्टे ज्यु, समय निकालेर पढिदिनु भएकोमा धन्यबाद । सान्नानि जी, हेरौ तपाईको अड्कल पुग्छ कि पुग्दैन । नहुने कुरा हुन कि यदा कदा भइरहने कुरा हुन त्यो चाहि भन्न अफ्ठ्यारो कुरा हो । पढिदिनु भएको मा धन्यबाद । perfectionist जी, मन पराई दिनु भएको मा धन्यबाद । बाँकि भाग टाँसेको छु, हेरिदिनु हुन्छ भन्ने छ । and im sorry for being late on updating the thread. ritthe dai, अब टेलिफोन अफिसलाई राजिनामा हानियो । हेर्दे जाउँ जीवनले कता कता हुत्याउँछ । dipika02 जी, पढिदिनु भयो धन्यबाद । हेर्नु न, खोई यो बिरानो मा के ले के ले त्यसै तानि रहन्छ, वरिपरि भएर पनि हराइ रहिन्छ !!! साईलीं, लौन नि तिम्रो कुरो गरि साध्य छैन, फेरि हाल खबर नसोध्नु साईली संग भनेका छन् फुच्चेहरुले । पढिछौ, खुशी लाग्यो के रे !!! समय निकालेर पढिदिनुहुने सबै साझाबासी लाई धन्यबाद । -somewhereondearth
somewhereondearth · Feb 2, 2009 4:53 AM
बाँकि भाग....... Normal 0 false false false EN-US X-NONE NE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} ‘हाम्रै राम बाजेका आफन्त हुन रे । खाना त ठिकै छ भन्छन् , तर बजार पारि छ । टाढा हुन्छ होला तपाईलाई ’ एउटा चिया बसाईमा नारायणले कुरा निकाले । ‘के भयो र टाढा भएर, हतार केहिको छैन बिस्तारै हिडौला नि!’ सरोजलाई बजारको खानाले दिक्क बनाईसकेको थियो । सरोज ले खाना खाने ठाउँ पाए, थोरै मान्छेले मात्र खाने, राम्रै थियो । सरोज धेरै बोल्न नरुचाउने, गमक्क परेका मान्छे थिए । सधैं भादगाउँले टोपी लगाउँथे । खाने ठाउँका नियमित गफमा उनी त्यति लाग्दैन थिए । ‘सरहरुको त राम्रो छ नि, २-३ बर्षमा एक एउटा घर बन्छ, हाम्रो पो गाह्रो ।‘ अरु अफिसका कर्मचारीले कहिले कांहि ब्यंङ्ग हान्दथे । सरोज मुस्काई मात्र रहन्थे । हुन पनि नारायणले बिराटनगरमा नै २ वटा घर बनाएको हल्ला थियो । सरोज ले सोध्न मनासिब ठानेनन् । जरुरी पनि लागेन । सरोज को अफिस चल्न थाल्यो । उनको बिहान पत्रिकामा बित्दथ्यो । चुरोट तनाई बढेको थियो । ‘डबलमजा’ उनको पनि बानि बन्यो । जीवनमा हामी कति कुराहरुको, अवस्थाहरुको प्रभावहरु यस्ता बनाइदिन्छौ, हामीलाई पारि पट्टिको आयाम छुन मन लाग्दैन् । हामी नै त्यसलाई झन् झन् अफ्ठ्यारो बनाइ दिन्छौं । आफ्नै नियमित आयामहरुमा सन्तुष्ट भइदिन्छौ । अनि कसै गरि परिवेशले हुत्याईदिएर त्यहां अल्झाईदिएपछि, मन त्यहां पनि भुलिन्छ । हामी त्यसका पाटाहरु केलाउन थाल्दछौ । अब त्यो उस्तो बिरानो रहँदैन, अभ्यस्थ भईदिन्छौ । सरोज अपवाद थिएनन् । त्यहि माथी अफिस भनेको एउटा लत नै थियो । सरोजको यो लत झन् छिप्पिएको थियो । जति नै गाह्रो मानेर आए पनि सरोजले आफ्नै ढंगले काम शुरु गरे । हुन पनि उनको उमेर बितेको थियो ट्रान्सफर्मर, रिले अनि फिडरहरुमा, अलग कसरि रहन सक्दथे ! सरोजले अफिस बुझ्दै गए । हाकिम उस्ता खारिएका थिएनन् । निर्णय दिन समय लगाउने, लोसे । टेक्निसियन, लाईनम्यानको रुटिन र खटाई मा समस्या; ढिलो निर्णय गर्दा को प्रभावहरु; ग्राहक र प्राविधिक समस्याहरु , सवै थिए अफिसमा । कतै बस्दा एकै छिन खेलाएको ढुङ्गा त प्यारो हुन्छ, सरोज त झन गांसिएका थिए प्राधिकरण संग । उनले अफिसमा चाख लिदै गए । सरोज फुर्सद नै थिए । गेष्ट हाउसको बसाई, उनलाई प्रसस्त समय भयो । उनि अफिसमा नै रुमलिन्थे । हाकिम ठिटा थिए, प्राविधिक रुपमा दक्ष भएपनि, परम्परागत कर्मचारीतन्त्रलाई चलाउन नसकेको जस्तो देखे सरोजले । भन्ने, गर्ने केहि थिएन, चुप लागेर बसेरहे आफ्नो अवलोकन सँगै । नारायण सधै छिटो पुगेका हुन्थे । खाना खाएर हाजिर गर्न जांदा प्राय ढिलो हुन्थ्यो सरोजलाई । सरोज पुग्दा उनि हाकिम संग खास खुस मै हुन्थे । एक दुइ दिन त सामान्य नै लागेको हो तर हरेक पल्ट देख्दा, सरोजलाई खासै निको लागेन । पहिलेका कांचा नारायणको निकै चुरि फुरि बढेको पाए । दिनहरु छोटा हुँदै गए । खाना खाएर फर्कदा झमक्क रात पर्न थाल्यो । सरोजलाई समस्या नै हुन थाल्यो । रातबेरात बजार हुँदै एक्लै हिड्नु पर्ने । अनि सँधै जसो हाजिरमा ढिला हुने । फेरि उनी अझै गेष्ट हाउसमा नै बस्दथे । सरुवा भएका ईन्जिनियरले रवाना बुझेका थिएनन् । क्वार्टर खालि भएन । सरोजलाई अफ्ठ्यारो लाग्यो । डेरा बस्ने बिचार गरे । संयोगले खानाखाने ठाउँ नजिकै डेरा पनि भेटियो । सहयोगी नारायण नै थिए । एक वचन नसोधि बस्न अफ्ठ्यारो हुन्थ्यो । तर किन किन सरोजलाई नारायणसंग सोध्न मन नै भएन । साहै गाह्रो लाग्यो । उनि द्विविधामा परे । ‘हेर्नु न नारायण जी, म त डेरा बसौं जस्तो लाग्यो, बेलुका फर्कदा पनि निकै अंध्यारो हुन्छ । यहां पनि गेष्ट हाउसको गेष्ट हाउस नै भईयो, अफिस पनि हाजिर लाई अबेर हुने-----“ एउटा मर्मतको काम मा प्रसंग मिलाएर उनले नारायण जी लाई आफ्नो विचार राखे । ‘पर्दैन हो, सरोज जी । गेष्टहाउसमा बस्दा के भो त? आफ्नै ठाउँ हो, टर्च बाल्ने हिड्ने । केहि हुन्न । किन समस्या लिएको? अफिस ढिला भएर के भो त? हामी कुरो मिलाउँला नि ।‘ वरिपरि लाईनम्यान हरु थिए । ड्राईभर झन नजिकै थियो । सरोजलाई नारायणको कुरा भन्दा उनको खरो भाषा मन परेन । तह एउटै भएपनि सरोज नारायण भन्दा सिनियर थिए, काम को अनुभव पनि दक्षता पनि उनकै राम्रो थियो । नारायणलाई काम राम्रो संग सिकाएका पनि सरोज ले नै थिए । एक किसिमको हुकुम दिएको जस्तो लाग्यो । ‘हाकिम लुरे भएर चाप्लुसी गरेर गोजीमा हालेको हुंदो हो, मलाई किन बढि अर्ति दिएर ठूलो बन्छ!' सरोजलाई रिस उठ्यो । तर सोझै मुख फर्काएनन् । ‘होइन नारायण जी, तपाईको कुरो मनासिब हो, तर मलाई यहां अफ्ठ्यारो लाग्यो, त्यसै एकोहोरो गेष्टहाउसमा बस्न मन लागेन । आफ्नै डेरा भए, कोहि संग तल परिन्न नि!!’ सरोजले नारायणको सुझाव ठुक्क्राई दिए । ‘ए भाई, त्यो बुसिङ्ग (bushing) राम्ररी कस त, लुज कनेक्सनमा स्पार्क हुन्छ । थाह छैन भने हामीलाई सोध, बढि जान्ने भएर काँचो काम नगर ।‘ स्टाफ संग खासै नझर्किने सरोज आज झर्किए । डेराको प्रसंग त्यसै मोडियो । पछि सरोजलाई खटपटि थयो । बेलुका निन्द्रा परेन । ‘चापलुसी गरेर के भयो त, कुरो त मेरै हितको गरेका हुन् । जाबो एक बर्ष बस्नु छ, जता बसे नि भै गयो । बित्थामा सम्बन्ध किन बिगार्नु!!’ उनको मन पोल्यो । नारायण जी संग झर्किन हुंदैन थियो । अब अर्को समस्या डेरा को भयो । बस्ने कि नबस्ने? त्यसै अफ्ठ्यारो । बैना बट्टा गरि सकेका थिए । फेरि, उनलाई धेरै दिन गेष्टहाउसमा बस्दा अफ्ठ्यारो जस्तो थियो । सरोज डेरामा नै बस्ने भए । खासै बिलासी मान्छे थिएनन्, सामान्य सर्जाम जुटाए । ‘उनलाई सल्लाह दिनु थियो, दिए । मान्नु नमान्नु मेरो ईच्छा। मन लाग्यो डेरा बसे, उनको बिराउने केहि गरेको छैन् । उनलाई पर्दा मैले पनि उनलाई सहयोग गरेको हुं । म भन्दा साना मान्छे हुन्, ठूलो हुने काम केहि छैन । राम्रो संग बोलेकै छ । रिसाए मेरा बाख्रा हर्किदैनन् ।‘ सरोज आफैसंग खुकुलो भए । गेष्टहाउसमा बस्दा किन किन सरोजलाई दबेको जस्तो अनुभव थियो । डेराले उनलाई स्वतन्त्र बनायो । अफिस चल्दै गयो । नारायण जी र सरोजको व्यवहार, बोलिचाली सामान्य रह्यो । नारायण जी त्यति झ्याम्मीएर बोल्दैन थिए । सरोज पनि हुरुक्क भएर पछि लागेनन् । तर दुवै आवश्यक बोलचाल भइ रह्यो । बिस्तारै सरोजलाई अफिस खल्लो लाग्न थाल्यो । हाकिम बेला बेला काठमाण्डौं गईरहन्थे । अनि हर्ता कर्ता नारायण नै भएका थिए । कसलाई कता खटाउने, कसलाई के अह्राउने, नारायण नै हाकिमलाई सबै सुझाव दिन्थे । हाकिम पनि सजिलै त्यहि सुझावलाई आधार मानेर तोक लगाउँदथे । हाकिम संगको निकट्ताले हो वा व्यक्तिगत रवाफले, कर्मचारीहरु नारायणजी संग हच्किन्थे । सरोजलाई एक्लिएको अनुभव हुन थाल्यो । कति ठाँउमा प्राविधिक रुपमा मनासिव नहुने निर्णयहरु भईदिन्थे, सरोजलाई भन्न पनि अफ्ठ्यारो लाग्न थाल्यो । भन्न पनि सक्दैन थिए । उनि भित्र भित्रै गुम्सिदै गए । उनलाई खासै दायित्व पनि दिईएको थिएन् । अफिस सकेर छिट्टै डेर फर्कन थाले । दिनहरु बित्दै गए । सरुवा भएका ईन्जिनियरले रवाना लिए । उन
somewhereondearth · Feb 2, 2009 5:04 AM
हफ्ता दिन पछि साझा खोलियो यस्तो राम्रो कोसेलि पाइयो !!!!दाई मलाई कति मन पर्यो भनेर साध्य छैन ,साझा मा यस्तो कथा जन्माएकोमा धन्यवाद पनि ,प्रिथक !!!!!! किन यति दिन लेख्न मन नलागेको भनेको त यस्तो पो रैछ !!! अरु भलाकुसारि मेसेन्जरमाँ!!!!
fucheketo · Feb 2, 2009 8:43 AM
लामो अन्तराल मा आउनु भयो सोमे ज्यु, सरुवा हुँदा को पिडा सरोज जि जस्ता हरेक कर्मचारी को सरुवा र तेस्बाट पैदा हुने अन्तरद्वान्द को प्रस्तुती राम्रो छ्। प्राधिकरण र त्यहा हुने काम्काज को बखान ले कतै तपाईं नै त सरोज जि हैन जस्तो लाग्यो।
बिसà¥à¤Ÿà¥‡ · Feb 2, 2009 10:49 AM
नमस्कार बन्धु, सरुवा कथा अनंदायक छ , पुरा पढने चाहना थियो तर थ्रेअद नै भेत्युना सकिन. कथालाइ निरन्तरता नै नदियेअको हो कि यसको बाकी अंश अर्को थ्रेअद मा छ ? कसैलाई जानकारी भए सुझाब दिनु होला धन्यवाद
sumiraj007 · Dec 13, 2015 6:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion