From www.hamroblog.com प्रचन्डको सम्बोधनको मुख्य अंश हिजोसम्म यो देशमा राजामहाराजा थिए । हामी आपुना सबै सौभाग्य र दुर्भाग्यका लागि तिनैलाई जिम्मेवार ठान्थ्यौँ । तर सराप्न र दोष दिनका लागि अब ती छैनन् । अब यो देशको लगाम हामी नागरिकहरुका हातमा आएको छ । तर हामी के गरिरहेका छौँ कहिलेकाहीँ मलाई लाग्छ हामी अराजकताको पराकाष्ठातिर गइरहेका त छैनौँ बन्द विरोध र हडताललाई यति सस्तो बनाएर कसरी बन्छ नयाँ नेपाल सरकार वा अन्य कुनै पनि पक्षसामु असन्तोष प्रकट गर्ने विरोध व्यक्त गर्ने वा कुनै माग पूरा गर्न दवाव दिने क्रममा बन्द चक्काजाम र तोडफोडको सहारा लिनु असन्तुष्ट प्रकट गर्नेहरुको दिनचर्या जस्तो भएको छ । विमति र दाबी प्रकट गर्ने यो संस्कृति र शैली शान्ति-प्रकि्रयाको अपेक्षा विपरीत छ । उसो त विमति र दावीको यो संस्कृति र शैली प्रकारान्तरले संविधान लेखन-प्रकि्रयामा पनि वाधक भइरहेको छ । अग्रगामी शान्ति र सामाजिक न्यायको पक्षमा उत्पादनशील तथा रचनात्मक ढङ्गले उपयोग हुनुपर्ने युवा ऊर्जाको यसरी दुरुपयोग भइरहेको देखेर म असाध्यै चिन्तित भएको छु । यस प्रसङ्गमा म सम्बन्धित सबैलाई विशेष गरेर मुलुकको ऊर्जाशील युवा समुदायलाई हार्दिक अनुरोध गर्दछु- नकारात्मक द्वन्द्व र आपसी प्रतिशोधमा खर्च भइरहेको युवा ऊर्जालाई अब उत्पादनशील र रचनात्मक काममा प्रयोग गरौँ । नेपाललाई हामी सबै मिलेर आज राम्रो नबनाए कहिले राम्रो बनाउने नेपाललाई हामी सबै मिलेर राम्रो नबनाए कसले राम्रो बनाउने ? म यो कुरा स्वीकार गर्दछु सरकारको गति र कार्यसम्पादन नागरिकहरुको चाहनाअनुसार हुन सकेन । नयाँ सरकारसँग नागरिकहरुका अत्यन्त धेरै अपेक्षा थिए जुन गलत थिएनन् । तर आज सरकार साचालनको पाँच महिनाको अनुभवपछि स्पष्टसँग भन्नुपर्दछ- राज्यसत्ताको पुरानो स्वरुप संस्कृति र शैलीका कारण नाटकीय सुधार सम्भव हुँदो रहेनछ । फेरि सत्ता साचालनमा हाम्रो कुनै अनुभव पनि थिएन । एक करोडको बङ्गलामा बस्ने र साठी लाखको गाडी चढ्नेले घर अगाडिको खाल्डोमुनि कहिल्यै एक टि्रप गिट्टी खसाल्दैन बरु त्यो खाल्डो हेर्दै सरकारलाई नै गाली गर्छ । आफैँले फालेको केराको बोक्रोमा चिप्लेर लड्नेले ऐनामा आपुनो अनुहार हेर्दैन बरु कुनै अदृश्य शुत्रुलाई सराप्छ । मानिसहरु चिया पसलमा गफ गरेर क्यारेम वा तास खेलेर वा मदिरालयमा बसेर दिनदिनै घण्टौँ बिताउँछन् । तर वर्षमा एक घण्टा पनि देशका लागि श्रमदान गर्न तत्पर हुँदैनन् । देशभक्तिलाई हामीले केवल वचनविलास वा भावुक कविता वा कोरा नारामा बुझेका छौँ । देशभक्तिको अर्थ त देशका लागि हामीले गर्ने बौद्धिक आत्मिक तथा भौतिक योगदान पो हो । अबको एक सातापछि दाइजो प्रथालाई पूर्णतः निषेध गरिने छ । दाइजो दिने र लिने दुबै कानुनतः दण्डका भागिदार हुनेछन् । विवाह वा अरु समारोहहरुलाई किफायती बनाउन यो सरकार कटिबद्ध छ । यस्ता समारोहहरुमा निश्चित संख्याभन्दा बढी मानिस सहभागी हुन नपाउने कानुन कडाइका साथ पालना गरिने छ । सानाभन्दा साना कुरामा पनि विदेशीको मुख ताक्ने प्रवृत्तिले हामीलाई कहिल्यै स्वाभिमानी र आत्मनिर्भर हुन दिनेछैन । यो बाटो फलानो देशले बनाइदिएको हो यो आकासे पुल फलानो देशले बनाइदिएको हो यो राजमार्ग फलानो देशले बनाइदिएको हो भनेर मात्र हामी कहिलेसम्म बस्ने खै हामी आफैंले बनाएको बाटो आकासे पुल लोकमार्ग रङ्गशाला । आजको चमत्कारिक सूचना प्रवाहको युगमा नागरिकका कान आँखा र मुखसमेत मिडिया हुन् । म मिडियालाई विशेष आह्वान गर्न चाहन्छु- हामी नवनिर्माणको बिन्दुमा छौँ । हामीले सधैँ नकारात्मक समाचार पढयौँ र समाचारमा केवल राष्ट्रको निराशालाई पढ्यौँ । आउनोस् अब हामी आशा र सम्भावनाका समाचारहरु पढौँ । मिडियाले नागरिकहरुलाई राष्ट्र निर्माणका लागि प्रेरणा दिई प्रोत्साहित गरोस् । मिडियाले नागरिकहरुमा नवजागरणको चेतना भर्न र आत्मत्यागको भावना जगाउन योगदान गरोस् । आपुनो सामाजिक दायित्वलाई आत्मसात् गरी नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग परिसङ्घ र नेपाल च्याम्बस्र अफ कमस्रजस्ता संस्थाले यो अस्पताल यो विश्वविद्यालय र यो सडक बनाएको हो भनेर गर्व गर्ने दिन कहिले आउला आशा गरौँ- हामीलाई छिट्टै नै त्यो दिन देख्न पाउने सौभाग्य प्राप्त हुनेछ । प्रधानमन्त्री र मन्त्रीहरु आपुनो कार्यक्षेत्र मूल दायित्व तथा प्राथमिकताभन्दा बाहिरका खुद्रा-मसिना काम तथा व्यर्थका औपचारिकताहरुमा अल्मलिएको विषयमा नागरिकहरुका तर्पुबाट गर्ने गरिएका टिप्पणी तथा आलोचनाहरुलाई मैले ध्यानपूर्वक सुनेको छु । यी टिप्पणी र आलोचनाहरुलाई सम्मान गर्दै आइन्दा प्रधानमन्त्री र मन्त्रीहरुले बिहान वा बेलुका व्यक्तिहरुका खुद्रा-मसिना अनुनय-विनय गुनासा र दुखेसा सुन्ने र अभिवादन ग्रहण गर्ने कार्यबाट पन्छेर समयमा नै आ-आपुना कार्यालयमा पुग्ने आवश्यकता र औचित्य हेरी सामूहिक वा व्यक्तिगत भेटघाट र छलफलसम्बन्धी सबै कार्य कार्यालयमै गर्ने व्यवस्था मिलाइने छ । प्रधानमन्त्री र मन्त्रीहरुबाट नातावादको व्यवहार गरिँदै छ र उनीहरु विलासमुखी जीवनशैलीतर्पु लहसिँदै छन् भनी नागरिक तहबाट गरिएका गुनासाहरुलाई मैले गम्भीररुपले लिएको छु । आइन्दा नागरिकहरुले यस्ता गुनासा गर्नु नपर्ने स्थितिको सिर्जना गर्न म मन्त्री परिषद्का साथीहरुको सहयोगबाट सामूहिकरुपले प्रयास गर्नेछु ।
CHYAME KANCHA · Jan 25, 2009 11:00 AM · 15,700 views
where did prachanda addressed these things. i mean on what occasion.
pacific salmon · Jan 25, 2009 11:43 AM
Action speaks louder than words.
no_quiero · Jan 25, 2009 11:49 AM
del Last edited: 30-Jan-09 01:14 PM
GP · Jan 25, 2009 5:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion