Baburam Bhattarai- Is he good or what?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाबुराम भट्टराईलाई शुभकामना मनुज चौधरी मानिसहरू राजनीतिमा सामान्यतया दुई कारणले लाग्ने गर्छन् । एउटा, सफलता हात परेमा त्यसले दिने सान, शक्ति र दामका लागि । अर्को, साँच्चिकै समाज र राष्ट्रको रूपान्तरणका लागि । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', अर्थमन्त्री बाबुराम भट्टराई र कैयौँ माओवादी नेताहरू दोस्रो वर्गमा पर्छन् भन्नेमा कुनै शंका छैन । उनीहरूसँग धेरैको वैचारकि मतान्तर होला तर तिनले ज्यानलाई हत्केलामा राखेर देशै बनाउन हतियार उठाएका हुन् भन्नेमा कम्तीमा यो स्तम्भकार विश्वस्त छ । तर, यहाँ सबै माओवादी नेताहरूको होइन, सरकारमा महत्त्वपूर्ण भूमिका निर्वाह गररिहेका र राज्यको रूपान्तरणमा प्रत्यक्ष असर पार्ने कदमहरू चालिरहेका अर्थमन्त्री भट्टराईका बारेमा मात्र चर्चा गर्न खोजिएको छ । कहिलेकाहीँको क्षुद्र भाषा, अशिष्ट आक्रोश, आफैँ मात्र ठीक भन्ने अभिमानपूर्ण आग्रह र आसेपासे तथा आफ्नाहरूलाई कृपा गर्न खोज्ने कमजोरीले उनको राजनीतिक यात्रालाई धमिल्याइदियो भने भिन्दै कुरा, नत्र उनको राष्ट्र रूपान्तरणको दृढ चाहना र त्यसै अनुरूपको आचरणलाई उदाहरणीय मान्नुपर्छ । उनले कैयौँ कांग्रेसी नेताहरूले झैँ पाँचतारे होटलको बारमा हि्वस्की दन्काउँदै राजनीतिक आदर्श छाँटेनन् र अहिले पनि भोजभतेरमा उनी सामेल हुन त्यति रुचाउँदैनन् । अध्ययनशील छन् र उनको सम्पूर्ण ध्यान वास्तवमै राष्ट्रको रूपान्तरणमा केन्दि्रत छ । उनीसँग निकट रहेर काम गररिहेका कांगे्रसी पृष्ठभूमिका मेरा एक जना मित्रले भन्थे, "त्यो मान्छेको पेटमा देशका लागि केही गर्नैपर्छ भन्ने संकल्पको आगो बलिरहेको छ ।" र, त्यो आगोका झिल्काहरू विस्तारविस्तार बाहिर देखिन थालेका छन् । राजनीति स्क्यानडिनेभियन मुलुकहरूमा झैँ कल्याणकारी राज्यको अवधारणाबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता राख्ने हुनाले भट्टराईले बजेटमा प्रस्तुत गरेका र सरकारले कार्यान्वयन गर्न थालिसकेका कैयौँ कदमहरूको यो स्तम्भकार साँचो प्रशंसक रहेको छ । बजेटको परण्िाामस्वरूप यो महिनाको सुरुमा एउटा साह्रै राम्रो समाचार बाहिर आयो तर त्यसलाई पत्रपत्रिकाहरूले खासै महत्त्व दिएनन् । बजेटमा उल्लेख भए अनुरूप सरकारले पुस महिनाको पारश्रिमिकबाट एक दिनको तलब युवा स्वरोजगार कोषका लागि भनेर कट्टा गरििदएको छ । यसरी तलब काटिनेमा संवैधानिक पदाधिकारी, सरकारी कर्मचारी, संस्थानका कर्मचारी, शिक्षण संस्थाका शिक्षक एवं कर्मचारी तथा निजी र गैरसरकारी संस्थामा कार्यरत कर्मचारीसमेत छन् । यसबाट ५० करोड रुपियाँ संकलन हुने अनुमानका आधारमा सरकारले सोही रकम बराबरको कोष खडा गरसिकेको छ । रोजगारीमा रहेका व्यक्तिहरूले बेरोजगारलाई सहयोग गरी आत्मनिर्भर बनाउन सहयोग गर्नु सो कोषको उद्देश्य रहेको छ । यो यति राम्रो कदम हो कि वास्तवमा त्यसको बयान गरेर साध्य छैन । त्यसैले सारा निजी उद्योगधन्दा र व्यापारीहरूले पनि सके वर्षमा दुईपल्ट नसके एकपल्ट सो कोषका लागि आफ्नो एक दिनको पारश्रिमिक दान दिने परम्परा सुरु गर्नुपर्छ, सक्नेहरूले नसक्नेहरूलाई अलिकति मात्र सहयोगको हात बढाउने हो भने पनि समाजको सकारात्मक रूपान्तरण धेरै सहज हुनजान्छ । भट्टराईले साना ऋणीहरूको साँवा तथा ऋण मिनाहा गर्न अनि विधवा, अपांग र दलितलगायत कतिपय पिछडिएका वर्गका सदस्यहरूलाई मासिक भत्ता दिन चालेका कदमहरूले पनि तल्लो तप्काका नेपालीहरूलाई केही न केही राहत पुर्‍याउनेछ । त्यसैगरी, निजी क्षेत्रको प्रवर्द्धनबाट आर्थिक वृद्धि हासिल गर्ने र सरकारी अग्रसरतामा सहकारीहरूको स्थापनाद्वारा समाजमा समानता र न्याय प्रवर्द्धन गर्ने दुईखुट्टे अर्थतन्त्रप्रतिको सरकारी प्रतिबद्धतालाई प्रशंसनीय प्रयास मान्नुपर्ने हुन्छ । कृषि औजार उत्पादन गर्नेजस्ता राष्ट्रिय प्राथमिकताका कतिपय सरकारी उद्योगहरूलाई सरकारी सहयोगमा पुनः सञ्चालनमा ल्याइने भएको छ । यो विश्व ब्यांकजस्ता दाताहरूले घोकाउन खोज्ने निजीकरणको अन्धो मन्त्रविपरीतको कदम भए पनि, नेपालजस्तो गरबि देशमा राष्ट्रिय महत्त्वका कतिपय उद्योगहरूमा सरकारको हात रहनुपर्छ भन्ने मान्यताप्रति सम्भवतः कैयौँ विज्ञहरूको सहमति रहनेछ । यी सबै अग्रसरताका लागि आर्थिक स्रोतको आवश्यकता पर्छ भन्ने कुरामा भट्टराई पूर्ण रूपमा सचेत देखिन्छन् । धेरैले अत्यन्त महत्त्वाकांक्षी भनेर आलोचना गरेका भए पनि अर्थमन्त्रीले त्यस्तो बजेट पेस गरेर पार्टीहरूमा हि्वस्की सुर्काउँदै र मन्त्री हुनाको रवाफ ढल्काउँदै हिँडेका छैनन् । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा ३२ प्रतिशतले राजस्व वृद्धि गर्ने उनको लक्ष्य थियो । बजेट दुई महिना ढिलो प्रस्तुत गरएिको भए पनि गत आर्थिक वर्षको तुलनामा राजस्व संकलनको दर झन्डै ३५ प्रतिशत बढी रहेको अर्थ मन्त्रालयका एक जना उच्च अधिकारीले यस स्तम्भकारलाई बताए । सरकारले राजस्व अभिवृद्धिका लागि देखाएको तदारुकता साँच्चिकै उदाहरणीय छ । हालसम्म कर नतिरी कमाइएको सम्पत्तिको यही माघ मसान्तभित्रमा १० प्रतिशत कर तिर्ने हो भने स्रोत खुलाउनु नपर्ने व्यवस्था, घरभाडा करलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता र निश्चित रकमभन्दा माथिको सवारी साधन, घर र जग्गा किन्दा स्रोत खुलाउनुपर्ने व्यवस्था अत्यन्तै सकारात्मक कदमहरू हुन् । त्यसैगरी, विदेशी सहायताप्रतिको तीव्र आशंका र विश्व अर्थतन्त्रमा आएको अनपेक्षित गिरावटका बाबजुद विदेशी सहयोग भित्रिने क्रम जारी छ । ६६ अर्बको अनुमानित विदेशी सहायतामध्ये ८० प्रतिशत सहयोग हासिल हुने अधिकारीहरूले अपेक्षा गरेका छन् । सरकारको मितव्ययितासम्बन्धी निर्देशिका मन्त्रिपरष्िाद्कै कैयौँ मन्त्रीहरूले पालना गरेका छैनन् तर भट्टराईले सो निर्देशिका हालसम्म पूर्ण इमानदारीका साथ पालना गररिहेका छन् । अन्य माओवादी मन्त्रीहरूले त्याग्न नसकेका विदेश भ्रमणका बेला प्राप्त हुने भैपरी आउने खर्चको सुविधा भट्टराईले लिने गरेका छैनन् भने उनले आफ्नो विदेश भ्रमणको टोली पनि सानो राख्ने गरेका छन् । यी साना कामहरू होलान् तर तिनले ठूलो प्रतीकात्मक महत्त्व राख्छन् । सिंगो स्तम्भ नै भट्टराईको गुणगानमा खर्चिंदा कतिपयलाई 'अति' गरेझैँ लाग्ला । तर, डा. उपेन्द्र देवकोटाजस्तै सम्पन्न, समृद्ध र आरामदायी जीवन व्यतीत गर्ने क्षमता भएका व्यक्ति, परविारको खासै पर्वाह नगरी अत्यन्त सामान्य जीवन व्यतीत गर्छन् र समाज एवं राष्ट्रको न्यायपूर्ण रूपान्तरण र विकासका लागि एकोहोरो दृढताका साथ लागिरहन्छन् भने वैचारकि मतभेद किन नहोस्, सबैले उनलाई सलाम गर्नु राम्रो हुनेछ । भट्टराईलाई यो स्तम्भकारको धेरैधेरै शुभकामना ! window.google_render_ad();

pokhreli29 · Jan 25, 2009 8:47 AM · 18,398 views

9 Replies

He may be a good person but we should not forget that he is behind killing our 15000 Nepalese.

Hoowdy · Jan 25, 2009 9:40 AM

Baba kati tarif hau..............ali ali naramro kura ni gari diye hunthiyo. Yaha ta prachanda ra baburam le ta kehi naramro garekai rahenachan. Funny.......Kun maobadi Patrika bata aako ho yo lekh. Janadesh ki my republica. 

no_quiero · Jan 25, 2009 9:59 AM

really??????

Mr Nice Guy · Jan 25, 2009 11:10 AM

Hoowdy and no quiero, I think we should appreciate what Baburam has been doing/trying to do for the country. By the way, this piece was copy-pasted from 'Nepal' Weekly of Kantipur Publications. Last time I checked Kantipur Publications was not the mouthpiece of the Maoists. And the number of people killed during the so-called People's War was not 15K. It is estimated to be around 13K. That too most of them were killed by the police and the army. It is true that the Maoists launched the insurgency, but the government forces killed more people than the Maoists. It is not to say that the Maoists did a good job. However, it looks like every thing they do look yellow to your 'jaundiced' eyes. I don't think that is fair.

pokhreli29 · Jan 25, 2009 7:26 PM

I think government is responsible to figure out how many were killed by armies and maoists. Now since maoists r in government its not a big deal, but it should be fair enough so that they dont blame armies for everythg. Then we can judge out how good or bad they r. May be there are some good maoists but there are more bad than goods and their so called affiliated organizations like YCL is masking them. We still need to wait and see what and how they are going to change Nepal. But,in meantime they need to control the activities of YCL or should initiate to control all the violent activities.

pacific salmon · Jan 25, 2009 8:30 PM

 From   http://www.baburambhattarai.co... : काठमाण्डौं, पुस २९ : सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले निर्देशिका जारी गरे पश्चात आज अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूलाई गृह मन्त्रालयले दिएको बा १ झ ८२२२ नम्बरको किया कार फिर्ता गर्नु भएको छ । मन्त्री भट्टराईले आज यो गाडी गृह मन्त्रालयमा फिर्ता गर्नु भएको हो । भट्टराई मन्त्री भएर पद तथा गोपनीयताको सपथ लिएका दिन यो गाडी गृह मन्त्रालयले उपलव्ध गराएको थियो । गृह मन्त्रालयले यो कार हरेक मन्त्रीलाई उपलव्ध गराउँदै आएको छ । अधिकांश मन्त्रीहरुले दुई दुई वटा सरकारी गाडी प्रयोग गरिरहेका छन् । भट्टराई अहिले एउटा मात्र बा १ झ ७९१४ नम्बरको गाडी प्रयोग गर्नु हुन्छ । यो गाडी यस अघिका अर्थमन्त्री डाक्टर रामशरण महतले प्रयोग गर्नु भएको थियो । यस अघि पनि नेता भट्टराईले अमेरिकामा विश्व बैंकको सम्मेलनमा भाग लिन जाँदा खर्च विश्व वैंकले नै वेहोरेका कारण राज्यको ढुकुटीबाट केही पनि खर्च गर्नु भएन । साथै कतारमा भएको संयुक्त राष्ट्र संघीय सम्मेलनमा जाँदा ८७ हजार राज्य बाट प्राप्त रकम मध्ये १० हजार मात्र (टेलिफोन र ड्राइभरलाई टिप्स) खर्च गरी बाँकी रकम राज्यलाइ नै फिर्ता गर्नु भएको थियो

Slackdemic · Jan 25, 2009 9:45 PM

guys, try to appreciate good works done by anybody irrespective of their political background or belief.Hats off to baburam bhattarai ....truly inspirational figure....if only we had like about a dozen such icon in our government!!!

gedagudi · Jan 25, 2009 10:35 PM

gedagudi What is that persons end objective is to sell fear and distribute terrorism?? Terrorists cannot do anything good and all this is propaganda work. Let me see a real garbage disposal system in KTM, "OR" (not and) Solve the electricity problem. NO, they will talk about all BS and no real work that affects the people. So I don’t buy the above...    

MN_Nepali · Jan 26, 2009 3:25 AM

I agree (more than 100%) with MN Nepali. They know very well how to sell the cheap popularity. I never heard from him/them what would be their/his vision/blue print for a New Nepal. Saying we will do this and that does not buy anything, you should have a plan how to make a new building first. What would be the reasons, the killing/intimidating the people (does not matter whether they are innocent or not) of opposite faith can not be justified. In a country where you have more than 14 hours of load shedding, spreading the propaganda of double-digit growth is just a white dream, you may achieve those growth in the ledger of falsified calculation like the Satyam’s IT-based accounting, but in real, a just no more than a nonsense talk. Its a shame for the government, double digit growth? This is the time to show the results, otherwise they will prove themself that they are no difference than previous regime.        

kc_japan · Jan 26, 2009 4:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all