बुढो बाजे सँग मन को कुरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चैने केरे नेपाल मा हुँदा बन्दी भएर काम पाइएन ।  अम्रिका मा हुँदा मन्दी भएर काम पाइएन  । आफु बुडो सधैं बेगारी । सुपारी टोक्दै घाम तापेर डलर् मा किनेको केरा खाएर बस्या छु।  खैरे लाई गफ्फ दिनु आएन । फाक फाक फुक फुक नै धेरै गर्छे छिमेकी  काली ले पनि। फुर्सँदा कुरा गर्ने मान्छे पनि कोइ नाइ । अनी त पुछर अगाडि भाको मुसो हल्लाउदै खोले यो चौतारी । अब कस्को चैने केरे फुर्सत छ । लौ आउ बा मिठा मिठा गफ  गरु । नातिनि नानी हरु मेरो दाहिने तिर अलिक नजिकै छेउ  मै टासिएर बसेपनी हुन्छ  । नाती हरु चै उता अली पर देब्रे तिर बस अनी आउ लौ  गरौ कुरो ।  

BudoBaaje · Jan 24, 2009 7:31 PM · 14,698 views

3 Replies

कुरो त गर्ने तर के कुरो भनेर भन्नु पनि त परोनी । तेसै कुरो गरौ भनेर बुढो पल्टेर मात्र कहाँ भो र कि कसो ? Last edited: 24-Jan-09 09:49 PM

hyperthread · Jan 24, 2009 9:49 PM

ए बाबु ल आइस मुसो चलाएर   आइज आइज  ।बजिया ले खल्ती भरी मकै लिएर आएछ   ।  यता  सुकुल ओछ्याएर बस मुसो चलाएर । दाइने तिर हैन ए लठ्ठु   यता देब्रे  तिर । दाइने पट्टी त नतिनी नानी हरुको लागि हो के । अनी खै त आज तेरा सेना मेना पनि देख्दिन । झगडा त गर्या छैनस नि मुसो चलाएर । अब त आइ  हालिस । बस् न एक्छिन मुसो चलाएर । गठ्ठे बज्जे लाई एसो अलिकती चिनी सापटी लेन बाबै भनेर  चिलिमे माइलो का पठाको  अहिले सम्म अन्मरिया हैन  । त्यही निरौलो केटो सँग लैबरी गर्दै मस्तिर पो मन्टे छ मुसो चलाएर । अब कुरो भन्ने कुरो पनि त्यसै गर्न भएन । कुरो को नियम कानून  पनि बनाउन पर्‍यो । त्यसै बात् मारेर भएन क्यारे मुसो चलाएर । देश भरिका नेता मिलेर त  देश को एउटो   मुलो कानून बनाउन सक्या छैनन । म एक्लो बुडो लाई त ट्याम लाग्छ  नि बाए । धैर्य गर के धैर्य मुसो चलाएर

BudoBaaje · Jan 24, 2009 10:18 PM

हन बाजे, नातिनीहरुका बाउ हरु पल्टन बाट आछन् । तिम्रो नातिनीहरुलाई छेउ  मै टसाएर राख्ने बानि पनि थाहा पाछन । तिम्रा त्यो तालु टाउकोमा फुरौंला उठाउने हल्ला चल्याछन ।   त्यहि भएर, म त भन्छु , यो तुलसी को मँठा जाने बेँला, नातिनीहरुलाई छेउमा ल्याम्ने भुल चाँहि नगर है बुढा , बरु कोहि नातिनी तिम्रो छेउमा आए भने हाम्रा घराँ पठाईदेउ, बाउ ससुराली गाछन , आमा माईती गाछन, २ , ३ दिन नभै आम्दैनम् भन्याछन् । ल है बुढा, बरु तिम्लाई गोडा २, ४ कोसा केरा र  गोडा २ जति सुन्तला किन्दिम्ला।  ल बुढा तिमी चाहि राम नाम जपेर बस, अहिले, म त उपल्ला गाउतिर लागे, पल्लाघरे धनीराम कि काईली छोरी, प्याउली ,  पनि त्यतै जादै छे रे , यसो मकै खट्टे खादै म पनि उहि संग उँभो लाग्नु पर्ला  , बरु हाम्रा ढिँया आए भने ,  गोठाँ लएर एसो किला मा अढ्काईदेउ, है बुँढा  ! फेरी भरे फर्केर स्वश्थानी पनि सुन्नु छ । थप गुनगुन को लागी http://sapanasansar.com हेर्नुहोला ! Last edited: 24-Jan-09 11:26 PM

sapanasansar · Jan 24, 2009 10:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all