कसैले के छ? भनेर सोध्यो भने तपाइ के भन्नु हुन्छ? कसैलाइ भेट्दा वा फोनमा कुरा गर्दा सोधीने बाक्य नै हो यो। कुराकानि बढाउन सजिलो, औपचारिकता निभाउन सजिलो, अझ त्यो भन्दा बढी नयाँ कुरा थाहा पाउन सजिलो। समाजको एउटा चलन, कुरा गर्ने तरिका। नेपालमा हुँदा "हालखबर के छ? "भनेर कसैले सोधी हाल्यो भने "आरामै छ" भनिन्थ्यो वा "राम्रो छ" भनिन्थ्यो। सन्चो नभए पनि सन्चै छ भनिन्थ्यो, बाटोमा बसेर के लामो कुरा गर्नु भनेर। सकेसम्म औपचारिक्ता छोटै होश् भन्ने इक्ष्या हुन्थ्यो मेरो। केहि कुरा नै छ भने पनि पछि आफै थाहा पाइहल्छ नि हल्ला चले पछि भन्ने लाग्थ्यो। तैपनि कोहि कोहि १५ मिनेट लामो "के छ?" भनेर सोध्थे, भएभरको रामकहानी सकेपछि पनि "अनि?" भनेर सुनिरहने। सानैदेखि अरुसङ नरम भएर बोल्नु पर्छ भन्ने मन्त्र सुनिरहेकोले "के छ?" को मुख्य मुख्य र सहायक बिशय बस्तु सक्दा पनि फुल बुट्टा भरेर कथा सुनाउनु पर्थ्यो। तेहि भएर "के छ?" भन्ने प्रश्नको उत्तर गार्हो थिएन, केहि नैं केहि भैरहेकै हुन्थ्यो। टोलमा रोचक घटनाहरु हुन्थे। एकपटक बिहानै छिमेकीको घरमा "शुभ बिबाह" को रातो तुल देखेर बिहान "वाक" जाने सम्मानिय ब्यक्तिको मुटु झन्डै रोकिएको थियो। त्यो घरमा बिबाह योग्य कोहि थिएनन्, दुइटा छोरा बिदेशमा पढेर उतै घरजम गरिसकेका र घरमा आमा र बुबा मात्र थिए। पछि थाहा भयो राति कहाँबाट उपद्र्या केटाहरुले बिबाहको तुल ल्याएर राखिदिएका रहेछन्। त्यो घटनापछि "के छ?" को मुल बिशय कति दिन सम्म त्यहि भयेको थियो। अब अहिलेको कुरा गरौं। कसैले के छ? भने म "उस्तै छ" भन्छु। "उस्तै भन्नाले।" फेरि प्रश्न आँउछ भन्ने डरले नैं "केहि छैन" भन्छु। "कस्तो केहि छैन भन्या? बोल्न पनि पैसा पर्ने जस्तो।" भनेर एकजना दिदीले चित्त दुखाउनु भएपछि म फेरि के छ ? को पुरै उत्तर दिन थालेको छु। मेरि एउटी साथीले अस्ति फोन गरी, फेरि प्रश्न उहि थ्यो "के छ ?" "रुघा लागेर नाक बन्द छ।" "अनि?" "जाँच छ।" "अनि।" "भोक लाग्या छ।" "अस्ति पनि तैले यहि भन्या थिइस् मलाइ। अस्तिको होइन, अहिले को हालखबर सोधेको तँलाइ। अहिले के छ?" "मैले पनि अहिलेको कुरा गर्या। अस्तिको होइन।" मलाइ नि रिस उठ्यो भएको कुरा गर्दा पनि फेरि "अहिले के छ रे?" "तंलाइ त लामै रुघा लाग्दो रहेछ, २ महिना अघि पनि रुघा नैं लागेको थ्यो, बोल्न मन छैन भन न खुरुक्क।" निक्कि झर्की फोनमा। " २ महिना अघि रुघा लाग्याथ्यो, क्लारिटिन खाँए, १ हप्ता नाक सुख्खा भयो, अर्को हप्ता फेरि चिसो भयो, फेरि नाक बग्न थाल्यो, घाँटि चिलायो, खोकि लाग्यो, रुघाले ग्रस्त बनायो।" पूर्ण बिबरण दिंए, सके मेरो रुघाको रिपोर्ट नै बनाउछे कि भनेर। "बेसार पानी खाइस्?" "खाँए।" "नाइकुइल ट्राइ गर।" "गरें" "अरु के के गरिस्?" "एलर्जी र रुघाको सबै औसधी खाइसके। तैपनि उस्तै छ।" आफुलाइ टिस्स्यु पेपर लिन हतार भैसकेको थ्यो। नाकबाट गंगा जमुना बग्दैथ्यो। निक्कि ठुलै सोचमा थी उता। "अनि अरु के छ त?" "अहिले मलाइ हाछिँउ आउन लागिराको छ।" "तेस्तो जाबो नाक काटेर फालिदे।" निक्कि हाँसी मज्जाले मेरो रुघा लागेको नाकमा उपहास गर्दै। देख्नु भयो "के छ?" कति असंबेदनशिल हुन पुग्दो रहेछ कहिलेकाहि। चुपै लागें, अब त कुरा सके हुन्थ्यो नि। फेरि सुरु गरी। "अस्ति पनि जाँच नैं भन्थिस् नि।" कति लामो कुरा गर्नु पर्या हं आफुलाइ यस्तो गार्हो भाको बेला। "फेल भये नि।" "राम्रो पढ्नु छैन।" फेरि उल्टै अर्को आरोप। "प्रश्नै नपढेको आये पछि के त?" "ल ल ! राम्ररि पढ!" भन्दै बल्ल फोन राखी। मैले भगवानलाइ धन्यबाद दिए। यो "के छ?" ले मलाइ धेरै सतायो प्रभु अरु "के छ?" को उत्तर दिन नपरोस्। मलाइ मात्रै यस्तो हो कि अरुलाइ पनि। सोचे मिनिलाइ मेल नलेखेको धेरै भाको थ्यो। उसले पनि "के छ?" भन्ली भन्ने डर। यो बेला म सङ खाली उहि पुरानै उत्तर मात्र छन्, नयाँ केहि भाको छैन भन्दा पनि कोहि पत्याउदैनन्। मिनि त होइन मैले सारालाइ मेल लेखेर सोधें "के छ?" साराले तुरुन्तै रिप्लाइ लेखी। "खुशीको खबर छ।" मेरो आफ्नै नभएपनि साथीको भएपनि केहि त भएकै रहेछ भनेर मलाइ पनि खुशी लाग्यो तर अर्को लाइनमा लेखिएको थियो।" मिनि छिट्टै आमा बन्दैछे।" मलाइ ठुलो झट्का लाग्यो। आफुलाइ मात्र होइन अरुलाइ "के छ?" भनेर सोध्दा पनि अनपेक्षित उत्तर आँउदो रहेछ। मिनि १८ बर्स मुनिकि होइन, बच्चा नै जन्माउन नसक्ने पनि होइन। तर तेत्रो २ बर्स संगै बस्दा पनि मैले उसको ब्वाइफ्रेन्ड देखेकी थिइन, न त उ बिबाहित थी। एक बर्स अघि मात्र उ र सारालाइ बैंककमा छोडेर आँउदा मिनिले त्यस्तो खुशीको खबर सुनाएकी थिइन। असंभव! यस्तो हुनै सक्दैन। मैले अनुमान लगांए, अड्कल काटे। मलाइ बिस्वास लागेन। फेरि सारालाइ मेलमा सोधे "मिनिको बिहे भयो?" "छैन।" साराले यसरी उत्तर दिइ, मानौं यो कुनै ठुलो कुरा होइन। म झनै दुबिधामा परें। अरु कुरा सोध्न मिल्ने कि नमिल्ने? मलाइ लाग्यो सारा म संग जोक गर्दैछे। अर्को मेल लेखे "प्लिज सारा! यस्तो कुरामा म संग जोक नगर।" अब त मलाइ अरुले "के छ?" भनेर सोध्दा पनि पीर, अरुलाइ "के छ?" भनेर सोध्न पनि डर लाग्न थाल्यो। क्रमश: Last edited: 24-Jan-09 04:58 PM Last edited: 24-Jan-09 04:59 PM Last edited: 30-Jan-09 02:23 PM
crazy_love · Jan 24, 2009 4:54 PM · 59,492 views
धेरै दिन पछि साझा खोलेको स्वस्थानि को महिनामा नाकमहात्म्य पढ्न पाइयो I sallute ur versatility first!!!!!!!नया प्रयोग ,उत्तम प्रयोग ,शुरु देखि अन्त्य सम्म हाँसियो !!!! तर लगाएको आरोप चाहिँ मन परेन , मैले तिम्रो नाक कहिले माँगे ??? फुच्चेले नाक माग्यो भनेर गफ दिने साहिँलि?????
fucheketo · Feb 2, 2009 9:21 AM
क्रेज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज मारी हसाएर रमाइलो भयो यार, एका बिहानै हासियो, दिल खुलाएर अनी "बार्ह हाते पटुकी....." नाच्ने दिदिको एक हात ले तिम्रो नाक खुलेको हो? लौ न.... कहाँ हुनुहुन्छ उहाँ? मलाई पनि दिदिको हात काम लाग्ला जस्तो छ बेला बेला मा, बरु कत्तिको सार्हो थ्यो? रुघा सहन गाह्रो कि दिदिको हात? जुन सजिलो त्यही उपाय रोज्ने म प्रेज, कता हो तिमी? धेरै नहराउन सिसु
Dipika02 · Feb 2, 2009 9:34 AM
क्रेजी, यु रक गर्ल। मज्जाको हासो हासियो,दिमाग नै फ्रेश हुने गरेर। नेपे दाजु ले भने झै एसो बाहिर नि निस्किनु पर्यो। अर्को नौलो प्रस्तुती को प्रतिक्षा मा। क्रेजी रिडर -बिस्टे
बिसà¥à¤Ÿà¥‡ · Feb 2, 2009 9:48 AM
मुइँचा ज्या मरु - उकेला छन्त ह्याका चोनौ ज्या दुसा: ला खुरु खुरु ज्या याना चोने का जि मुइँचा ख: मथु थो मुइँचा न हिही
serial · Feb 2, 2009 10:11 AM
>गजलको आशामा छु म पनि ल त्यसोभए एउटा तात्तातो शेर: अचानक उनको मूर्तिवत् स्थिरता र दीर्घ मौनताले हुनैलाग्या थ्यो मेरो हृदयाघात प्राण त बल्ल फर्क्यो जब विस्फोट भयो उनको हाछ्युँ विराट ध्वनीका साथ ! Nepe Bless You !
Nepe · Feb 2, 2009 2:27 PM
ओह हो बाह्र हाते नभर बिस हाते भको भये त खत्तम नै हुने थियो होला नि है । हा हा हा । गूड वान । लेखम है लेखम अरु पनि । Crazily waiting for another crazy story from crazy love.
Harka_Bahadur · Feb 2, 2009 2:45 PM
ma mare! crazZ nakeswori maicha ki jay jay jay! estai estai nakemahatmya feri feri padhna paiyous maicha! dippuu, aba ali fursad bahyo aba harauna sisu, khai timi pani lekha na.
pjna007 · Feb 2, 2009 5:58 PM
चिप्ले! एउटा नाक छ, त्यो पनि फुच्चेले (फुच्चेकेटो हैन नि) मागेर हैरान गर्छ। फुच्चे, म त तिम्रो नयाँ कथा कहिले पढ्ने भनेर कुरिराको। धेरै नकुराउ, नाकको हालत नाजुक छ। फुच्चे तिमिले नाक माग्या हैन र? ए, तिमि त फुच्चेकेटो पो त। बल्ल सम्झें। दिपु, तिम्रो ठेगाना लेखेर पठाउ म त्यो दिदीलाइ मेलबाट पठाइदिन्छु। नाक त अझै बग्दैछ साथी। प्रेज्जको चालामाला बुझ त एकचोटि। आजकाल भेटघाट नैं गार्हो छ। बिस्टे, धन्यबाद! बाहिर निस्कन त मन लाग्छ तर चिसो धेरै छ के। लहरे! योम्मा, बिर्खेको घरबाट कुखुरा चोरेर खाको!! त्यो पनि आधारातमा एक्लै पोलेर खाको। पख अब भन्दिन्छु बिर्खेलाइ। नेपेज्यु! वा वा! क्या राम्रो गजल। तर हाँछिउले बोर गर्यो नि। हर्के! २० हातको त सारी हुन्छ होला है? जे भए पनि त्यस्को गीत चाँहि नबनोस्। कमेन्टको लागि धेरै धेरै धन्यबाद! प्रेज्ज! तिम्रो दर्शन गर्न कुन मन्दिरमा जानु पर्छ र के के नैबेध्य चढाउने पर्छ? जानकारी पाम त।
crazy_love · Feb 2, 2009 7:58 PM
hey crazZ maicheswori, naivedya bhaneya afulai man perne khaneykura haina? malai momo naivedya chadhau
pjna007 · Feb 9, 2009 5:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion