chor nepali haru!!!!!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इराकमा नेपालीहरु सडकमा रात बिताउन वाध्य   देवेन्द्र भट्टराई बीबीसी नेपाली सेवाका खाडीक्षेत्र सहयोगी     झण्डै दुईसय जना नेपाली कामदारहरू सडकमा अलपत्र परिरहेका बताइएको छ इराकको राजधानी बगदाद आसपासका ठूला होटल र कन्टेनरका छेउमा सैयौं नेपाली कामदारहरू लामो समयदेखि अलपत्र परेर दिनरात बिताइरहेका छन्। बगदादस्थित एउटा अड्डामा सुरक्षा अधिकारीका रूपमा काम गर्ने सुनसरीका कुमारजंग कार्कीका अनुसार त्यस्ता नेपालीहरूको स्थिति अत्यन्त नाजुक छ। "सबै गरेर कम्तीमा २०० नेपालीहरु त्यस्तो अवस्थामा छन्", उनले भने। चितवन घर भएका महेन्द्र सापकोटाले गत १० दिनदेखि कन्टेरनरमुनि रात बिताउंदै आएका छन्। १३ बर्ष साउदी अरेबिया र मलेसियामा काम गरेको अनुभवमा एजेन्टको भरोसामा परेर भदौको अन्तिम साता उनी रोजगारीका लागि इराक भित्रिएका हुन्। झापाका एक एजेन्ट मार्फत दुई लाख बीस हजार रूपैंया तिरेर काठमाण्डूबाट करांची र दुबई हुंदै बगदाद उत्रेका सापकोटाको आएको दिनदेखि सडकमा बास छ। मासिक ८०० डलर तलब हुने आश्वासनमा भान्से काम गर्न आएका उनलाई त्यहां एजेन्टले भेटेर दिनमा एक चोटी खाना खान चामल र दालसम्म दिने गरेका छन्। महिनामा ८०० डलर तलब पाइने आशमा इराक पुगेका कतिको विचल्ली भएको छ तर काम र कम्पनीको टुंगो नहुंदा, उनीहरूले सडकपेटीमा नै पकाइबनाई खाना खाईरहेका छन्। आफन्तको जालो सापकोटासंगै अहिले झण्डै २०० नेपाली, घटीमा १० दिन र बढीमा ५ महिनादेखि सडकको बास गरिरहेका छन्। नेपालीलाई अलपत्र पार्ने एजेन्टका ५/७ वटा फोन नम्बर रहने गरेको र आफन्त वा नातेदारकै जालोमा त्यस्तो म्यानपावर व्यवसाय संचालन भैरहेकोले कहीं कतैबाट पक्राउ पर्ने स्थिति नरहेको अर्का एक पीडितले बताए। कन्टेनरमुनि बास बस्दै आएका धनुषाका अर्का एकजना पीडितका अनुसार दिनको एक बोतल पानी र एक छाक खानाका भरमा दिन बिताइरहेका नेपाली मध्ये ७ जनालाई जन्डिस र जरोले थला पारेको छ। केही अलपत्र नेपालीलाई सहयोग गरेका कुमारजंग कार्की भन्छन्, "नेपाली कामदार अलपत्र परेको खबर आएपछि अमेरिकी सरकारसंग हारगुहार गर्दै उद्धार गर्नु परिरहेको छ। तर अहिलेको बिचल्ली हेरिनसक्नुको छ।" उनी भन्छन्, "त्यसमा पनि एउटै एजेन्सी र एजेन्टले बारम्बार अलपत्र पारेको खबर बाहिर आएपनि त्यसप्रति कामदारहरूले ध्यान नदिनु आश्चर्यको कुरा हो।   http://www.bbc.co.uk/nepali/ne...

grunzgurkha · Jan 22, 2009 9:11 PM · 2,134 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all