गाई को पुछर समातेर बैतर्नी गर्ने बेला भकी मेरी बि बि सि ( बुढी बुढी तर एकदम च्वाँक ) लाई जसै तसै हवाइजहाज् मा घिस्याएर भए पनि गाई खाने देश मा त ल्याइयो । मेरी बि बि सि पनि त्यत्ती सजिलै हवाइजहाज् मा उल्टी गर्दै त किन आउथ्यी र ? अम्रिकाने हरियो पत्ती ले नहिर्काउन्जेल त टस् का मस नै भा'थिन । अम्रिकाने ढिडो भन्दै हट् डग् खुवएर राख्या छु । समस्या भनेको गणित को हो । नेपाल मै बुदो भाको यो हाड जत्ती घोटे पनि दुई कन्ती भात खाने मेरी बि बि सि लाई पाल्न गाह्रो भो । नेपाल मै छाडेर आउ भने पनि बबन सिंह को आँखा लाग्ला भन्ने पिर । अब गर्नु पो के ? ग्यास स्टेसन मा काम लगाउ काले ले शूट् प्राक्टिस गर्ला भन्ने पिर । यसो मल तिर लगाउ भने काले ले जमैकन भनेर फकाउला भन्ने पिर ।बच्चा हेर्ने काम लगाउ उसैलाई कस्ले हेरोस् ? बिउटी पार्लर् मा त के गर्थ्यी र ? आफ्नै गुन्यु कत्ती फुस्केको छ उस्लाई थाहा हुन्न । फेरी कतै काम नलगाए भैंसी पाल्न पनि गाह्रो हुन्छ । भैंसी नपालु दुध किनेर खानु पर्ने हुन्छ फेरी । अनी एस्सो ठंडा दिमाग ले बिचार गर्द घर मै बसेर गर्ने काम भेटे जस्तो सुकै काम पनि मेरी बि बि सि ले घर मा मकै गोडे जस्तो , ढिकि कुटे जस्तो सजिलै निखन्थ्यी । अली अली पदेकी पनि छ मोरी ले । अम्रिका मै सानै मा मास्टर गर्या भन्छे। अब त्यो घर मै बसेर एस्सो अली अली डलर् कमाउने कतै बाटो छ कि ? कसै लाई त्यस्तो जानकारी भए मलाई सुइको देउन बा । बुढी पाल्न साह्रै गाह्रो भो
BudoBaaje · Jan 22, 2009 3:37 PM · 5,316 views
have you done economics analysis properly to see if it is advantageous to retain BBC or purchasing milk from the market?
Ved555 · Jan 22, 2009 7:07 PM
त्यसो भने जस्तै गरेर नाती बाबु ले भन्न खोजे को चै के नि ? बुबु किनेरै खा भुइसी चै नपाल भन्या त हैन ? त्यसो गर्न नि अली मिलेन । प्याकीट को बुबु ले पाडा पाडी दिदैन क्यारे । आफुलाई त एस्सो बारी मा मल जल हाल्न भुइसी को गोबर पनि चाहिन्छ । कालै मोटै भये पनि आफ्नो भुइसी त आफ्नै हो नि हौ । खुट्टि लाउन पनि पर्दैन । अनी जहिले जत्ती बेला जसरी दोए पनि हुन्छ । हे नाती बाबु पनि काम को चै कुरा गरम न हो । मेरी बि बि सि लाई घर मै बसेर एस्सो डलर कमाउने बाटो चाइयो के । अन लाईन , मा फुन मा के के मा हुन्छ होला नि । छैन कुनै त्यस्तो उपाए ? भैंसी पनि गोठ् मै बसोस घास पनि घर मै आओस अनी बुबु पनि घर मै खान पाइयोस। छैन र त्यस्तो कुनै काम ?
BudoBaaje · Jan 22, 2009 8:27 PM
बुढोबाजे ले पनि हसाउनु भयो मजैले। भाषा चै निकै राम्रो लाग्यो। साहित्यकार को जस्तो। बरु कुन स्टेट कुन् शहरमा हो भन्नु भए को भये अली हुन्थ्यो कि।
rmxyz · Jan 23, 2009 2:18 PM
बुढा बाजे नि... घरा भैंसी पालेर नि हुन्छ,औरिका जस्तो ठाममा नि त्यो पनि पढिलेखी गरेको भैंसी घरमा बानेर राख्ने कुरा नगरनुस् नत्र तेही भैंसी हात्ती भर झन पाल्न गाह्रो हुन्छ,एसो बाहिरको हावा खान,अरु गाई भैंसी सँग नि घुल्मिल हुन दिनुस् न बाजे। भैंसी पनि गोठ् मै बसोस घास पनि घर मै आओस अनी बुबु पनि घर मै खान पाइयोस भनेर का हुन्छ औरिकामा।
बिसà¥à¤Ÿà¥‡ · Jan 23, 2009 2:31 PM
पाडा पाडी छन कि छैनन नि बा? अनी त्यो हरियो पत्ता छ भने त के को पिर र नि बा लाई सरकारले पाल्दिन्छ नि भैंसी , बसेर दुहुनी खानि अरे भई हालो । घरै बसी बसी अर्नी काम पाउन गार्हो होला नि बा, अहिले फोकटमा गर्दिन्छु भन्दा नि नपाईएला जस्तो जमाना छ । भैंसी बाहिर फेरा नडुलाउनु होला है बा धेरै, फेरी कस्तो राम्रो भैंसी दुध पनि टन्न दिन्छ होला भनेर आँखा लाउलान र फेरी अर्को भर्खरको पहिला बेते खोज्न पर्ला । ल ल गूड् लक छ है बा
Stat · Jan 23, 2009 2:32 PM
oh ho budo bajey ley kya ramro lekheko, sahityakaar nai ho ki kya ho..kya lekhna janey buda ba. khoi ghar mai basera garney kaam ta pawoona garo huncha bajey baru mall tirai kaam khojeko ramro, jamaican bhanera kaley ley pachi lagla bhanera baru nadaraye huncha baru eso powder sowder ghasera kaam tira pathawooney ni budi lai. nepal bata lyayera chahi thikai garnu bhayo natra tyo baban singh moro ko k bhar. naaatewoo hai baje amrica ma j sukai bhaye pani manchey chahi bhokai mardaina tesailey nateewoo hai baje sabai thik bhai halcha. baru eso miley dukha sukha ka kura aaja lekhum na tapain ley lekheko padna ekdum majja aayo.
dipulata · Jan 23, 2009 2:39 PM
Baaje, timilai kina pada padi chahiyo aba yo marne bela ma? Ani, baje lai, eklo jyan tyo pani marni bela ma dheria dudh khanu parne hoina kyare, bahira kai dudh khaye bhaihalyo ni; dherai paisa jane pani hoina kyara, goda sayek Amriki rupiya phyakidiye ta testa bhaisi chhani chaani milchhan ni Amrika ma ek raat ka lagi. tesaile Baaje lai ta sachai bhanne ho bhane ta dudh pani nachahine ho, stripper club gaye ra aliber madira sangai drishya-paan gare pugi halyo ni baaje lai. tesaile ke ko tensiion ho bajelai bhaisi palne? baru damlo phukayera chhodi deu timro bhaisi, hami samhalula ni; bhaisi lai kaam garne tensiion pani nahune, ulto hami nai ghasa pani time mai khuwaula, dudh pani time mai duhamla ek saaj matrai bhaye pagi halyo ni hamilai, padapadi pani baje lai bhanda ta hamilai nai chahinchha, barsaute banamla ni bhaisi lai, 2-3 barsha ta bhaisi ko pariwar niyojan nagarne, la ja ta.
ctal · Jan 23, 2009 3:51 PM
हैन बाजे तिम्रो भैंसी त मुखिया को मा बन्दकी छ भन्ने सुन्या थे त कैले रिन फुकुवा गर्यौ, साउले रिन नतिरे सम्मा भैंसी मै दुन्छु भनेर लगेको जस्तो लाग्या थ्यो, कैले अम्रिका ल्यायौ। ल जे भये पनि अब चै भैंसी लाई जता पायो तेतै चौर तिर नछोड यहाँ त छाडा राँगा हरु धेरै छन फेरी बाली लाग्या लाग्यै होला र पाडा पाडी स्यार्दै को हैरान होला नि। तिम्रो भैँसि ले दुद धेरै नै दिन्छे भने त एसो मल तिर प्रदर्सनी मा लैजाउ न, न पहिलो पुरस्कार नै पो मिली हाल्छ कि। ल् जे गरे पनि सोचेर मात्रै गर है फेरी टाउको झोला जिउ खोला होला र बिचल्ली होला नि।
pacific salmon · Jan 23, 2009 7:35 PM
लौ हेर ! नकच्चरा नाती हरु को सल्लाहा ! कुरो भनेको कहिले काही त आँफै मिलाएर बुझेको राम्रो नि ! खानु छ आफ्नो कत्ती अरुलाई सम्झाइ रहनु ! अब बुडो भये पनि लाज त लाग्छ नि अली अली । तर मुखै नफोरी भुरा हरु ले कुरो बुझेनन । गाला चाउरी परे पनि सर सामन चै तग्डै भकोले गर्दा मेरी भाग्यवान दुई जिउ कि छे के । भन्न लाई नि लाज मर्दो । अब अढै खुट्टे पाडो निस्कने बेला भकी मेरी थाला परेकी बि बि सि लाई कसरी घर बाहिर पठम् । लोक लाज को पनि त डर् हुन्छ नि ।ससुरा साथी ले उता गाम मा त्यसै त मेरी मुना जस्ती कल्कलाउदि छोरी थोते बुडा सँग परि भनेर त्यसै देखी सक्दैनन । झन बेथा लगेको बेला काम मा पठाको थाहा पाये भने त साली भिसा मा यतै ल्याएर बुडी बनाउने सोचेकी मख्मली लाई यो मात्तेको भेना सँग किन पठाउथे र बुडा ले ? कुरो चै एस्सो आँफैले मिलाएर बुझेर गतिलो सल्लाहा देउ न बा । लौ लौ राम्रो सल्लाहा दिने लाई एउटो इनाम् पनि दिउला । अम्रिका मा समुन्द्र को कीनारा मा हिंड्न पर्छ रे भनेर यता आउने बेला मा ससुरा साथी ले देको एउटो ली को प्यान्ट छ । त्यस्को च्यान ले माल सामन चेप्ला भनेर नलगाई राख्या छ त्यही दिउला है । खाली गिल्ला मात्र गर्छन् मोरा हरु । काम चै गरन अनी पाउला च्यान भाको लि को प्यान्ट है ।
BudoBaaje · Jan 23, 2009 8:52 PM
HAHAHAHA yo budo baje ta khatrai lekhney raicha khoji khoji padna maan lagney. k garney baje tapain ko दुई जिउ bhako bajai lai kata kaam payeyela bhanera tahai bhayena GC bhako manchey k chinta liyi ranu jabo kaam ko amrica basunjel akhir haad ghotera kaam garnai parcha baru dherai chinta naliwoo hai baje
dipulata · Jan 23, 2009 9:49 PM
आहा! क्या रमाइलो धागो रहेछ बुढा बाजेको। लेखाइ हेर्दा उमेरमा राम्रै स्कुल ( दरबार हाइ स्कुल ) मा पढेको जस्तो लाग्यो। ल गूड् लक ।
Maalpaani · Jan 24, 2009 8:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion