सजिलो- गार्हो (कबिता)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गजल लेख्न अल्छी गरेर कबिता (?) जस्तो गरेर टाँस गरि दिएँ - कस्तो भयो थाहा पाउँ !   सजिलो – गारो     केलाउंदै नकेलाई चामल समय लाग्ला तर मन्द आंचमा पकाउन सजिलो होला ! सम भोगको अनुभब या बलात्कारको कारण, मान्छे जन्माउन सजिलो होला ! फोहोर भनि फालिए पनि कहिले कांहि बिऊ बनेर बोट उम्रन सजिलो होला ! दूई चार जनाको लगानीमा भब्य उद्योग ठड्याई पैदाबर निकाल्न सजिलो होला ! मनले थाम्न नसक्दा नशाको चाहना, मन्द बिषै पनि निल्न सजिलो होला ! रक्तपातयूक्त रक्तपात बिहिन क्रान्ति ल्याउन सजिलो होला !   गारो त्यो पो हुन्छ – ढुङ्गा मिसिएको भात निल्न मान्छेको रुपमा जन्मेकालाई मान्छे बनाउन बोटमा फलफूल फलाउन पैदाबरलाई बजारमा टिकाउन सिकिस्त कलेजोलाई सम्झाउन शान्तीलाई बचाउन !    

shirish · Jan 19, 2009 3:41 PM · 15,068 views

4 Replies

वाह ! वाह शिरिष दाई , वाह ! अझ एक लाइन थप्ने ध्रिष्तता गर्दै छु। मानव रुपधारी दानवलाई मान्छे बनाउन लाशमाथि उभिएकालाई  जीवन बुझाउन अझ कती गाह्रो होला, अझ कती साह्रो होला।

rahulvai · Jan 19, 2009 3:50 PM

ह्र - निकाल्न सकिएन हो !   र्‌+ह गर्दा नि भएन भन्या !

shirish · Jan 19, 2009 4:55 PM

ह्र हुन्छ शिरिष दाई। h र r सँगइ राख्दा unicode मा। साझा को लिन्क बाट।

rahulvai · Jan 19, 2009 5:25 PM

  "मान्छेको रुपमा जन्मेकालाई मान्छे बनाउन" वास्तवमै असम्मभव जस्तै छ । शिव प्रकाश

sprakashp · Jan 19, 2009 6:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all