विदेशमा नेपालीको एकता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विदेशमा नेपालीको एकता अनिल पाण्डे anilmelvin@hotmail.com www.hamrosamaj.net मैले अघिल्लो एक लेखमा निवेदन गरेको थिएँ “सङ्घौ शक्ति कलियुगेु अर्थात् कलियुगमा शक्ति भनेकै संगठनमा निहित हुन्छ । त्यहीं तथ्य म यहाँ पुनर्पुष्टि गर्नलागिरहेको छु । नेपालबाट काम अध्ययन र विभिन्न रुचि पूरा गर्ने उद्देश्यले विदेश आएका नेपाली विभिन्न संगठनमा आवद्धछन् । विदेशमा जब एक नेपालीलाई कुनै पनि समस्या आइपर्छ तब अर्को नेपालीले सहायता गर्ने परिपाटीको विकास हुँदैछ । यो पंक्तिकारले विगत दुई दशकदेखि पसिना बगाइरहेको अमेरिकाको क्षेत्र क्यालिफोर्नियाको सनप्रुा_िन्सस्कोको कुरा गर्ने हो भने न्यान्सी अर्थात् अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेका नेपालीहरुको संगठनले नेपाली समुदायबीच सद्भाव र सहयोग बढाउन उदाहरणीय योगदान पुर् याइरहेको छ । त्यसैगरी मदरल्याण्ड नेपालजस्ता संस्थाहरु पनि सोही उद्देश्यका लागि समर्पित छन् । यस पक्तिकारलाई के लाग्छ भने जतिसुकै क्षमतावान भएपनि जब कुनै नेपाली अमेरिकाजस्तो भिन्न परिबेशको मुलुकमा आइपुग्छ उसलाई पेशागत हिसावले कुनै अमेरिकी स्वामित्वको संस्था उपयोगी हुनसक्छ तर जब भावनात्मक पक्ष अगाडि आउँछ तब नेपालीको मन केबल नेपालीले मात्र जित्नसक्छ । यही तथ्य बुझेर हुनसक्छ अमेरिका आएका नेपालीको ९० प्रतिशत वैवाहिक सम्बन्ध झण्डै नेपालीसंगै भएको पाइन्छ । भावना संवेग र संस्कारले आफ्नो भिन्न सम्प्रेषणको आधार निर्माण गरेको हुन्छ । हामी एक नेपालीको अनुहार हेरेर उसको ईच्छा र रुचि अनुमान गर्नसक्छौं तर विदेशीको सक्तैनौं । त्यसैले एक नेपालीका लागि अर्को नेपाली नै अन्तर हृदयको मित्र बन्नसक्छ आत्मीय साथी हुनसक्छ । यस सन्दर्भमा अत्यन्त लोकपि्य एक लोककथा उल्लेख गर्न चाहन्छु । एकादेशमा एक आकर्षक मुसो थियो । मुसो जब जवान भयो तब उसलाई लाग्यो म यति “हयाण्डसम छुभने मैले सन्सारको ठूलो व्यक्तिसंग किन वैवाहिक सम्बन्ध नराख्ने उसले आकाशतिर हेर् यो । सूर्यलाई शक्तिशाली देख्यो । सूर्यलाई गएर भन्यो “यस संसारमा मैले तपाईंलाई निकै शक्तिशाली प्रज्वलित र सबैले मानेको व्यक्ति ठहर् याएँ । तपाईंकी छोरी मलाई दिनुपर् यो ! सूर्यले मुसाको फुर्ति देखेर शिरदेखि पाउसम्म हेर्दै मुस्कुराएर भने “म कहाँ ठूलो छु र बाबु कालो बादल आउँछ मलाई झ्याप्प छोपिदिन्छ मेरो उज्यालो सबैतिर पुग्नै पाउँदैन बादल पो ठूलो त ! मुसो फनक्क फर्किया र बादलको घरतिर लाग्यो । बादलले पनि मुसाको फुर्ति शिरदेखि पाउँसम्म हेरेर मुस्कुराउँदै भन्ो म कहाँ ठूलो छु र बाबु हावा-हुरी आउँछ फ्याट्ट उडाएर लगिहाल्छ । म त चाहेको ठाउँमा टक्क अडिन पनि सक्तिनँ विवाह गर्न हतारिएको मुसो हावा-हुरीको घरतिर दौडियो । हावाले भन्ो “म कहाँ ठूलो छु र बाबु बेगले दौडन खोच्छु अगाडिका विशाल पहाडहरुमा म ठोकिन्छु । ठोिकंदा-ठोिकंदा जीवनबाटै विरक्त भएको छु । मुसो अब पूर्व परिचित पहाडतिर लाग्यो । पहाडले झस्किदै दुःख पोख्यो उस् म के खाएर ठूल्ोा हुनु तपाईंहरुले नै मलाई खाएर भित्रभित्रै खोक्रो पारिसक्नु भएको छ । तपाईं मुसाहरु नै ठूलो पो त ! यति जबाफ सुन्नु के थियो तन्नेरी मुसोले आफूसंगै हुर्की-बढी गरेकी एक मुसीलाई सम्भुयो । उसलाई भेटेर भनिदियो- आइ लभ यु ! यस कथाको मर्म हामी नेपालीले विदेशमा आएपछि अझ राम्ररी बुझेका छौं । व्यावसायिक उद्देश्यले आजको बजार अर्थ-व्यवस्थ्ाामा कोसँग कतिखेर सम्बन्ध राख्नुपर्छ- भन्न सकिन्न । जस्तो यो लेखक बर्कलीमा रेष्टुराँ व्यवसायसँग संलग्न छ यसका जतिपनि शुभचिन्तक नेपाली साथीहरु छन् नजिक आउने काम परेसम्म मेरो व्यवसायलाई सघाउन आइपुग्छन् । उनीहरुको आगमनले म संलग्न रहेको रेष्टुराँले अतिरिक्त ग्राहक प्राप्त गर्दछ । त्यस्तै मेरी जीवन-साथी रीना ले यहाँ व्युटिपार्लर खोलेकी छन् उनको व्यवसाय राम्रैसंग चल्ोको छ । त्यसको कारण छ नेपाली समाजको सहयोग । अहिले मेरो परिवारले सनप्रुा_िन्सस्कोमा सोही व्यवसाय विस्तार गरेको छ त्यहाँ पनि नेपाली समाजको पूर्ववत सहयोग प्राप्त हुने विश्वास हामीलाई छ । मैले अमेरिकाका विभिन्न शहरमा नेपालीले व्यापार व्यवसाय साचालन गरेको पाएको छु । यो अत्यन्त प्रसन्नताको विषय हो । मैले सम्बन्धित व्यवसायका नेपाली मालिकसंग सोधखोज गर्दा के पाएँ भने नेपाली समुदायको सहयोग उहाँहरुका लागि आधारभूत सम्पत्ति बन्न पुगेको रहेछ । कति ठाउँमा त नेपाली समुदायको सहयोग नहुने हो भने व्यापार-व्यवसाय तुरुन्तै बन्द गर्नुपर्ने अवस्थ्ाा रहेको पनि पाइयो । नेपालको छिमेकी मुलुक भारतका नागरिकहरुमा आफ्नै समुदायलाई प्रोत्साहन गर्ने बलियो संस्कार बसेको छ । अर्को छिमेकी मुलुक चीनका नागरिकले विश्व बजारमा चाइना टाउन को भिन्न पहिचान नै बनाइसकेका छन् । हामी नेपालीमा यो संस्कार पूर्ण रुपले विकास हुन बाँकी छ । दुई पाइला बढी िहंडेर नेपालीकै रेष्टुराँमा गएर खाने एकछिन कुरेर नेपाली ब्युटिसियनबाटै श्रृंगार गर्ने सोधखोज गरेर नेपालीकै सेवा पाउन लागिपर्ने अभ्यास अझ बढाउन सकिने सम्भावना छ । विदेशमा पाँच-दशबर्ष अगाडिजस्तो शिला खोज्ने अवस्थामा अब नेपाली समाज छैन । हाम्रै समाजमा सुन्दर मुसीहरु छन् । तीखा दाँत भएका मुसाहरु को पनि कमी छैन । हामीले केबल आफ्नो जाति संस्कार र संस्कृतिको प्रबद्र्धन गर्ने भावनाको मात्र विकास गरेपुग्छ । मलाई विश्वास छ- आगामी दिनमा यस संस्कारको अझ विकास हुनेछ

motherland Nepal · Jan 19, 2009 2:03 AM · 13,470 views

3 Replies

0 %

gyanguru · Jan 19, 2009 3:19 AM

                                           0 %

MujiKanchha · Jan 19, 2009 5:00 AM

One day... Nepal could be part of the India....

Maylumaya · Jan 22, 2009 12:08 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all