Source: http://sapanasansar.com नेपाल प्रहरी द्वारा ३ बोरा मानव खप्पर बरामद ! सपनासंसारले पोस्ट गरेको ! | यताउती बाट, समाचार •Sunday, January 18, 2009 अन्तराष्ट्रिय समाचार एजेन्सी हरु मा निकै चर्चा पाएको यो समाचार , नेपाली समाचार माध्यममा खासै चर्चा पाउन सकेन , साहेद राजनैतिक चहल पहल माझ यो समाचार झिनो हुन सक्छ, समाचार माध्यम हरुलाई । तर सपनासंसार लाई भने यो समाचारले कता कता भित्र भित्रै त्रास फैलायो । गत बुधबार अर्थात जनवरी १४ तारीख का दिन, नेपाल प्रहरी ले दक्षिण पूर्वी नेपाल को भारतीय सिमान नजिकै रहेको काकडभित्ता सहरमा, रहस्यमयी तरिकाले राखिएको ३ बोरा मानव खप्पर बरामद गरेको छ । रोएटर्स समाचार एजेन्सी ले नेपाल प्रहरी लाई उढृत गर्दै अगाडि लेख्छ, नेपाल प्रहरी ले ३ वटा बोरामा राखिएकि करिब १६८ थान मानव खप्पर बरामद गरेको छ । "हाम्रो दैनिक बोर्डर प्याट्रोल गर्दै गर्दा, यि ३ बोरा मानव खप्पर हरु बाटोमा बेवारिसे अवस्थामा फेला पेरको हो", प्रहरी अधिकृत यादव ढकाल बताउछन् । ढकाल ले यी खप्पर कहाबाट कसरी कहा लान ल्याईएको हो भन्ने जानकारी नेपाल प्रहरी लाई अहिले सम्म नखुलेको बताउछन । प्रहरीका अनुसार, मानव खप्पर हरु बहुमु्ल्य सझावटिय बस्तु बनाउन प्रयोग गरिन्छ । आशा गरौं यी मानव खप्पर पछाडि कुनै रहस्य लुकेको नहोस ।
nepaliboy111 · Jan 18, 2009 9:06 PM · 12,675 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion