म भोट हाल्न चाहन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माफी बक्सियोस् हजुर म भोट हाल्न चाहन्न । मैले चुनेकाले बोल्न नपाउने भए मैले जिताएकाले पद नपाउने भए जितको अर्थ चै के त ? यदि हार्नेकै बोलबाला चल्ने भए चुनबी रंगमन्चमा अभिनय गर्न चाह्न्न अबदेखि म भोट हाल्न चाहन्न पैले रुख अनि सुर्य हंसिया हथौडालाई दिएकै हु बहुदल, लोकतन्त्र गणतन्त्र देखेकै हु जुन जोगि आएनि कानै चिरेका के नै फरक पर्‍यो र खै? आफन्तकै पेट भरे सबैले मलाई कसले सम्झ्यो र खै? कत्रो आश थियो मेरो भोटले सुब्यवश्था ल्याउला भन्ने जनताका हक अधिकार सुनिश्चित् गर्ला भन्ने किशोरहरु दिउसै मरिदा मेरो भोट केहि बोलेन जनताका आवाज दबाइदा मेरो भोटले प्रदिबाद गरेन कलमहरु भांचिदा समेत मेरो भोटले मुख खोलेन मेरो भोटको के अर्थ येदि मेरो सुरक्षा गर्न सक्दैन भने मेरो बोल्ने र लेख्न्ने अधिकार सुनिश्चित् गर्न सक्दैन भने भैगो, यो गल्ति दोहर्‍याउन चाहन्न अबदेखि म भोट हाल्न चाहन्न।

pashupati Shrestha · Jan 17, 2009 2:53 AM · 15,201 views

3 Replies

dherai ramro chha pashupati jee yestai ho, jyanmara gunda jangali haru le desh chalayepachi.

CHYAME KANCHA · Jan 17, 2009 7:32 AM

gajab ko, manparyo.

ctal · Jan 17, 2009 10:37 AM

शिकार्,शिकारी र चारो   चारो-जनता   हाडिमा भुट्यो राणाले पञ्चायतले ताप्केमा सुकायो डिंकीमा राखी कङ्रेसले कुट्यो एमालेले चलायो जातोमा राखी माओबादिले पिठो बनायो।   शिकार-देश   रगत चुस्यो राणाले पञ्चायतले लंगडो बनायो कङ्रेस, एमालेले छप्कायो भाग-भन्डा गरी मस्त तेलमा भुटेर भतेर मनायो जंगल थर्कायो शहर पड्कायो माओबादिले छला र हड्डीको सुप बनायो   शिकारी-नेता   तिर हान्यो राणाले पञ्चायतले छुरी चलायो कङ्रेस, एमालेले तरबार्,खुकुरी, खुडा हल्लायो डाँडामा बसी माओबादिले बम पड्कायो,गोली चलायो।   सारांश:- एका देशमा नेपाल भन्ने देश थियो भ्रस्ट नेता भन्ने जन्तुले अस्तु बनाएर गंगामा बगायो

lopchanlama · Jan 23, 2009 8:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all