दुवै देशद्वारा निगरानी गरिने सीमा अतिक्रमणको विरोध:- कान्तिपुर संवाददाता इलाम, पुस २७ - सीमा अतिक्रमण विरोधमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बूवान भोलेन्टियर्सले आइतबार पशुपतिनगरमा प्रदर्शन गरेको छ । करिब तीन सयको संख्यामा रहेको समूहले मार्चपाससहित अतिक्रमण विरोधमा नाराजुलुस गरेको थियो । जुलुसपछि फाटकमा आयोजित कोणसभामा बोल्दै भोलेयन्टियर्सका कार्यबाहक संयोजक फक्तालुङ योङहाङ र केन्द्रीय सदस्य थाम्सहाङ लावतीले अतिक्रमित भूमि फिर्ता नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए । श्रीअन्तु-८, गुफापातल र पशुपतिनगर, पुलखोलामा सीमा अतिक्रमणको समाचार सार्वजनिक भएपछि राजनीतिक दल, विद्यार्थी संगठनलगायतले कडा विरोध जनाउँदै तत्काल अतिक्रमति क्ष्ाेत्र खाली नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन् । एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमणको निन्दा गरेको छ । जिल्ला संयोजक जितबहादुर राई र सचिव सन्तकुमार तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतको हस्तक्षेपकारी नीतिको विरोध गरिएको छ । सीमा अतिक्रमणप्रति अनेरास्ववियु जिल्ला कमिटी इलामले ध्यानार्कषण भएको जनाएको छ । युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन� ��त्रीसमक�� �ष ज्ञापनपत्र पठाउँदै अतिक्रमण समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । जिल्ला सचिव नवराज शंकरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अतिक्रमणको पछिल्लो संस्करणविरुद्ध डटेर सामना गरिने जानकारी गराइएको छ । श्रीअन्तु-८, गुफापातल क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि र दसगजा क्षेत्र मिचेर एसएसबी क्याम्प राख्न थालेपछि जिल्लास्थित सरकारी कार्यालयले पनि चासो देखाएका छन् । दुवै देशका स्थानीय अधिकारीले दिनहुँजसो यस क्षेत्रको निरीक्षण गरिरहेका छन् । स्थानीयस्तरका सरोकारवाला दुई देशकै सरकारी निकाय पनि आपसमा छलफल गर्ने पक्षमा छन् । 'भारतीय पक्षको वन विभाग छलफल गर्न इच्छुक देखिएकोे छ,' पशुपतिनरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज मल्लले भने, 'सोमबारलाई उनीहरूले नेपाली पक्षलाई बोलाएका छन् ।' नेपाली पक्षबाट सुरक्षा निकाय, प्रशासानिक फाँट, वन कार्यालय, नापीलगायत सरकारी कार्यालयले त्यहाँ निगरानी बढाएका छन् । भारतीय पक्षबाट पनि वन विभाग र सुरक्षा निकायको टोलीले शुक्रबार त्यहाँको स्थलगत निरीक्षण गरेको थियो । जिल्लास्थित सरकारी निकाय पनि गुफापातल, पशुपतिनगरको पुलबजारलगायत सम्पूर्ण सीमा क्ष्ाेत्रमा देखिएको समस्या समाधन हुनुपर्नेमा लागिपरेको छ । '७२/५ के ४ नम्बरको पिल्लरले सीमा इंकित गरेअनुरूप एसएसबी क्याम्प नै दसगजा क्ष्ाेत्रमा पर्ने प्रस्ट भएकाले विज्ञको टोलीले तत्काल सीमा निर्धारण गर्नुपर्छ,' वन कार्यालयका हरिनारायण चौधरीले भने । गुफा पातलमा ११ रोपनीभन्दा धेरै जमिन मिचिएको नापी शाखा इलामले प्रारम्भिक निष्कर्ष निकालेको छ । सो स्थानमा भारतले हाल रहेको अस्थायी क्याम्पलाई स्थायी बनाउन खुट्टीसमेत गाडेको छ । त्यस क्ष्ाेत्र आसपास पहिले भारतले वृक्षरोपण गर्दा स्थानीयले उखेलेर फालेका थिए । 'त्यहाँ रहेका बिरुवाको संरक्षण हाल भारत पक्षबाट भइरहेको छ,' पशुपतिनगरका बासिन्दा मिलन क्षेत्रीले भने, 'क्याम्प रहेनजिकैबाट भारतले सुरुमा बाटो बनाए पनि पछि नेपाली भूभाग भनेर रोकेको थियो ।'
maylumaya · Jan 16, 2009 9:25 PM · 50,435 views
Akhil Nepal Free Student Union (ANFSU) visits Susta, Nepal borders.
maylumaya · Mar 2, 2009 4:42 PM
India Seema Surcha Bal (SSB) army encroachment in Pashupathi nagar, east Nepal border. Pashupathi nagar locates next to Ilam east nepal. Maoists stage protest against border encroachment
maylumaya · Mar 2, 2009 4:47 PM
Lack of the Nepal government presence around the Susta land of Nepal. - No border watch and patrol. - No care about Nepali border and border crimes from Nepali government and political parties.
maylumaya · Mar 2, 2009 4:59 PM
.
Maylumaya · Mar 6, 2009 10:34 PM
Greater Nepal is not impossible! window.google_render_ad(); Phanindra Nepal, Lecturer Patan Multiple Campus He is at the moment a Lecturer at the Patan Multiple Campus in Lalitpur, Nepal. He is considered to be a reservoir of knowledge and a commanding authority as regards the “Greater Nepal†theory to which he prefers to call a Movement. Mr. Phanindra Nepal is working as a secretary to the Border Concern Civil Forum. Mr. Nepal is concurrently the chairman of “Unified Nepal National Front†as well. He has several books to his credit and many thought provoking articles which have been published in several national and international newspapers. He is also the author of books entitled “The ABC of Greater Nepal†and “Nepal-Tista to Sutlejâ€. He has also edited a book on “The reality of Indian encroachment in Sustaâ€. Last week, we met this nationalist at a seminar and approached for an interview to which he readily agreed-Below the results-ed. Read more http://www.telegraphnepal.com/...
maylumaya · Mar 12, 2009 9:51 PM
गाविसबाट वडामा खुम्चियो सुस्ता:- काठमाडौं, चैत २- भारतले अतिक्रमणको निशाना बनाउँदै आएको नवलपरासीको सुस्तामा अब एक हजार हेक्टर जमिन मात्रै नेपालीसँग छ । १५ हजार हेक्टर जमिनमध्ये १४ हजार हेक्टर भारतीय पक्षले हडपेको स्थानीयवासी बताउँछन्। नयाँ पत्रिकामा पर्शुराम काफ्ले लेख्छन्- दुई दशकअघि सिंगो गाविस रहेको सुस्ताको अब एउटा वडामात्रै नेपाली नियन्त्रणमा छ । सीमारक्षाका लागि खटिएको नेपाली सशस्त्र प्रहरी बलले त्यही वडाको मात्रै सुरक्षा दिइरहेको छ। नवलपरासीको दक्षिण-पूर्वी भागमा रहेको सुस्ता हाल त्रिवेणी सुस्ता गाविसमा गाभिएको छ । सुस्ताको वडा नम्बर ४ मा हाल तीन सय ३५ परिवारका तीन हजार तीन सय ३७ जना बसोवास गर्दै आएका छन्। तीमध्ये अधिकांशको जमिन भारतीय अतिक्रमणमा परेको ´सुस्ता बचाऊ´ आन्दोलनका उपाध्यक्ष आदम खाँले नयाँ पत्रिकासँग भने। तत्कालीन राजा महेन्द्रले ०२२ स्ाालमा पहाडी मूलका पूर्वसैनिक परिवारलाई पुनर्वास योजनाअन्तर्गत सुस्तामा बसोवास गराएका थिए। किशोर गुरुङको नेतृत्वमा पहाडीहरूको बस्ती बसालिएको थियो सुस्तामा । हाल मुसलमानलगायतको बस्ती छ। भारतीयहरूले सैनिक टोल, पण्डितटोल, भन्टाबारी, धनैया, पक्लिहवा, ढोङसोतासहित सातवटा वडाहरू आफ्नो अधीनमा लिएका छन्। आदमका अनुसार नेपाली वडाहरूमा हाल भारतको बिहार राज्यका रमपुरुवा, भेडियारी, लक्ष्मीपुरका किसानले खेती गरेका छन्। भारतीय सीमा सुरक्षा बल -एसएसबी फोर्स) ले भेडियारी, रमपुरुवा र ब्यारेक स्थापना गरेर सुस्तालाई तीनतिरबाट घेरेको छ। भारतीयहरूको २१ नम्बर बटालियनले सुस्तामा अतिक्रमणका लागि सहयोग पुर्याएको स्थानीय बासिन्दाको आरोप छ। सुस्तामा इन्सपेक्टरको नेतृत्वमा राखिएको नेपालको सीमा सुरक्षा बलले भने अतिक्रमण हुन बाँकी भू-भागमा मात्रै गस्ती गर्ने अनुमति पाएको छ । ´हामीलाई विवाद नभएको नेपाली जमिनको पल्लो छेउसम्म मात्रै हेर्ने आदेश छ, त्यहीअनुसार गस्ती गरेका छौँ,´ सीमा सुरक्षा बल सुस्ताका सशस्त्र प्रहरी निरीक्षक लवकुमार सापकोटाले भने। उनले सीमा सुरक्षा बल स्थापना भएपछि सुस्तामा थप अतिक्रमण नभएको बताए । सीमाविद् चेतेन्द्रजंग हिमालीका अनुसार सुस्तामा अतिक्रमण हुनबाट बचेको वडा नम्बर ४ लाई ०३८ सालमा त्रिवेणी गाविसमा समावेश गरिएको थियो। सुस्ता गाविस सदरमुकामबाट १५ किलोमिटर टाढा छ । ०३८ अघि सुस्ता बेग्लै गाविस थियो । सन् १९६९ जनवरी २४ र २५ मा तत्कालीन परराष्ट्रमन्त्री गेहेन्द्रबहादुर राजभण्डारी र भारतीय समकक्षी दिनेश सिंहको नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको बैठकमा ´फिक्स्ड बाउन्ड्री सिस्टम´ अनुसार सिमाना तय गर्ने नीतिगत निर्णय भएको थियो। नारायणी नदीको धार नेपाली जमिन भएर बग्न थालेपछि भारतीयहरूले सुस्तामा अतिक्रमण गर्न थालेका हुन् । वि.सं. १९०२ मा आएको भीषण वर्षाले १२ हजार आठ सय बिघा नेपाली जमिन काटेको थियो भने ०११ सालको वर्षाले ६ हजार बिघा, ०२९ सालमा एक हजार बिघा र ०३७ सालमा एक सय ५० बिघा जमिन काटेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ छ । नारायणी नदीमा २४ किलोमिटर लम्बाइमा नेपाल-भारत सीमाना रहेको छ। ०२२ सालमा नेपाल सरकारले भूपू सैनिक बसाए पनि लालपुर्जा नबनाइदिएको सुस्तावासीको गुनासो छ। सुस्तामा ०३२ सालदेखि प्रहरीचौकी, स्वास्थ्यचौकी, प्राथमिक विद्यालय र हुलाकको स्थापना गरिएको थियो। भारतीय सीमा सुरक्षा बलले ०२० सालमा सुस्तामा आक्रमण गरेको थियो । त्यतिवेला नेपाली सुरक्षा बलका चार जवान तथा सुस्ताका सर्वसाधारण पीताम्बरजंग राणाको हत्यासमेत भएको थियो । ०२७ सालमा सुस्ताको जमिन नापी हुने वेलामा स्थानीयवासी चन्नर चमारलाई भारतीय प्रहरीले पक्रेर बेतिया चौकीमा लगेर थुन्यो । ´त्यस बेलादेखि ०६२ सालसम्म पटकपटक सीमा मिचिएको हो,´ आदमले सुनाए। सीमाविद् श्रेष्ठका अनुसार धनैया, भेयियारी, सकरदिन्ही र सुस्ता ००७ सालसम्म एउटै कित्ता थियो । ००७ सालमा कांग्रेसले राणाविरुद्ध सशस्त्र संघर्ष गर्ने वेलामा सुस्ता जनक्रान्तिको हेडक्वार्टरका रूपमा स्थापित थियो। मुक्ति सेनाका कमान्डर इन चिफ पूर्णसिंह खवास ´ठाकुर´ नै सुस्तामा बसेका थिए। डिसी-३ विमान राखिने एयरपोर्टसमेत सुस्तामा रहेको सीमाविज्ञहरूको भनाइ छ । ०४६ सालको जनआन्दोलनमा पनि आन्दोलनकारीको हेडक्वार्टर सुस्तामा राख्न भारतले नेताहरूलाई सुझाव दिएको थियो। भारतले सुस्तामा रेडियो स्टेसन र पञ्चायतको विकल्पमा निर्वासित सरकारसमेत स्थापना गरिदिने प्रस्ताव गरेको सीमाविद् श्रेष्ठले दाबी गरेका छन् । आफूहरूलाई धेरै नेताले दिएका आश्वासन खेर गएको सुस्तावासीको भनाइ छ । ´हामीलाई प्रचण्डले भन्नुभएको थियो, ´हाम्रो सरकार आएपछि अतिक्रमित भूमि फिर्ता गर्छौँ,´ सुस्ता बचाऊ आन्दोलनका उपाध्यक्ष आदम खाँले भने, ´तर, उहाँको आश्वासन कता गयो, यहीँबाट जितेका सभासद् हृदयेश त्रिपाठीसमेतले खुट्टो टेकेका छैनन् ।´ एक वर्षअघि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल सुस्ता पुगेका थिए । ´सुस्तामा पाइलो राख्ने राज्यको सबैभन्दा माथिल्लो ओहदाका मान्छे नै पोखरेल थिए, त्यसपछि कोही आएनन्,´ आदमले भने । पोखरेलले त्यतिवेला स्वास्थ्यचौकी दिने प्रतिबद्धता व्यक्त गरेर फर्केका थिए । स्वास्थ्यचौकीमा एउटा अहेव पनि आए, तर तीन-चार महिना बसेर गए । अहिले त भएका औषधी पनि सड्न लागेका छन् । डाक्टर छैनन्। जग्गा मिचिएको विषयमा स्थानीय प्रशासनले कुरासमेत नसुन्ने आदम बताउँछन् । ०६२ साउनमा जग्गा मिचिएको विषयमा रिपोर्ट दिन सदरमुकाम कावासोती जाँदा तत्कालीन सिडिओ निरञ्जन बरालले हप्काएको सुस्तावासीहरूको दुखेसो छ । ´हामी केही गर्न सक्दैनौँ । विवादमा आउनुछैन हामीलाई,´ तत्कालीन सिडिओ बरालले यसो भनेर सुस्तावासीलाई फर्काइदिएका थिए। सुस्ता बचाऊ आन्दोलनकी नेत्री लैला वेगमका अनुसार नारायणी नदीमा पुल नभएका कारण भारतीय बजारमा किनमेलका लागि जानुपर्ने सुस्तावासीहरूको बाध्यता छ। ´सुस्ता बचाऊ आन्दोलनमा लाग्नेहरूले बिहारी बजारमा किनमेल गर्न जान पाउँदैनन्,´ लैलाले भनिन्, ´हामीलाई बिहारका प्रहरीले अपराधीको सूचीमा राखेका छन् । हामी सबैको रेकर्ड उनीहरूसँग छ।´ वषामा नारायणी तर्न नसकेका वेला आवश्यक सरसामान किन्न भारत जानुपर्ने र उनीहरूको दुव्र्यवहार खेप्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। http://www.dainikee.com/news/i...
Maylumaya · Mar 15, 2009 6:53 PM
Nepal - india border pillar
Maylumaya · Mar 22, 2009 2:44 PM
thanks mulmaya ho ki maylumaya for posting these things, but u know what I don give a **** for this things. I guess people like me, peace lovers I explain, are not interested in these kinda conflicts. We are trying to recover from that dark period of war and trying to start our country from the lowest level and at this point we need unity of people (not only civilians but also army, police and other officials) for development of our country. U might be that fadindra nepal to post such junks to get people's attention, if not then u r behind a fat smelly balls of him, I know that person and he tried his hands in politics but didn't get success so he have come up with something new to create chaos. This move is not at all good for us, which make people outrageous and stage some protests in the street, again Nepal bandh... and the conflict between police and civilians, thats all... do u really want this??? why don't you understand that we need to unite and try to help our country instead of fighting with each other. Now, U'll point me that u want to fight against India not our own people, but more than 10 years of war wasn't enough for you, have u ever thought where our country's resources have gone and from where we are surviving economically... I donot mean to be Indian's slave now, but we can keep peace and harmonious relationships with all the countries around us and stay strong inside the country so no one can point a finger on us. I personally don't need greater Nepal, it may sound conservative but I am happy for what I have and I am really satisfied, so I request this move to opt out and you can form a new group to hols peace inside the country with peacefully environment...
sathi_meroo · Mar 22, 2009 6:25 PM
मधेसी हरु धम्की दिन्छ कि "तराइ एक मधेस हुने मात्र होइन, मधेस एक राष्ट्र हुनेछ"
Maylumaya · Mar 24, 2009 12:32 AM
देशको सुरक्षा र फाईदा लाई बिचार गरी नेपाल-भारत सीमामा पस्स्पोर्ट र भिसा प्रनाली लागु गर्ने 'Passport system at Nepal-India border essential to protect national interest':- A CA committee on protection of national interests has proposed to introduce passport system along Nepal-India border to protect national interest, Rajdhani daily reported. Committee chairman and leader of the Unified CPN (Maoist) Amik Sherchan told the daily, such proposal was made based on the suggestions of the people. 'We have proposed to adopt passport system along the border as an open border has increased the vulnerability of national interests,' Sherchan said. A passport is required for a Nepali to enter China, while no such document is required to enter India. The proposal was made in order to synchronise the border policy with both the neighbouring countries. The committee has also suggested to state clearly the border policy in the constitution. nepalnews.com Apr 04 09
maylumaya · Apr 4, 2009 6:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion