प्रचण्डविरुद्ध साउथब्लकमा सुदको उजुरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचण्डविरुद्ध साउथब्लकमा सुदको उजुरी २-माघ-२०६५,बिहिवार सत्ताको नेतृत्व गरेर पनि दिनदिनै विद्रोहमार्फत् सत्ता कब्जाको धम्की दिइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड का विरुद्ध भारतको परराष्ट्र मन्त्रालय  साउथब्लक मा उजुरी परेको छ। नेपालका लागि भारतीय राजदूत राकेश सुदले प्रचण्ड नेतृत्वको सरकार र नेकपा माओवादी नसुध्रिएकाले र उसले मुख्य रुपमा चार–पाँच विषयमा तत्काल आफूलाई नसुधारेमा भारतले दिँदै आएको समर्थन फिर्ता लिनुपर्ने भनी लिखित धारणा साउथब्लकमा बुझाएका छन्। ती विषयहरूबारे भने स्रोतले गोप्यताका कारण बताउन चाहेन। साउथ ब्लकमा आफू विरुद्ध उजुरी परेको बुझेपछि प्रचण्डले अमरेश सिंहसँग मंगलबार एकै दिन लञ्च र डिनर खाएका छन्। सोमबार भारत फर्केका सिंहलाई मंगलबार लञ्च खान बालुवाटारमा बोलाएर दुई घण्टाजति छलफल गरेका थिए र थप छलफलका लागि बेलुका डिनरमा समेत बोलाएका थिए। सिंहसँग प्रचण्डले भारतीय 'इन्ट्रेस्ट' पूरा गर्ने बताएर भारत रिझाउन खोजेको स्रोतको भनाइ छ। एकातिर सत्तामा टिक्न प्रचण्डले भारत रिझाउन अनेकौं प्रयत्न गरिरहेका छन् भने अर्कोतिर भारतबाट 'ग्रिन सिग्नल' नपाउँदा 'विद्रोह गरी सत्ता कब्जा' गर्ने धम्की सार्वजनिक रुपमै दिइरहेका छन्। प्रचण्डको सत्ता कब्जा गर्ने धम्की भारत घुर्क्याउने खेल भएको बुझाइ भारतको छ। बुधबार बर्दियामा आयोजित थारुहरूको एक कार्यक्रममा प्रचण्डले तराईमा तीन सशस्त्र समूह एक भएको कुरालाई घुमाउरो पाराले दिँदै भनेका थिए– 'ती शक्तिलाई विदेशीले पनि उचालिरहेका छन्।' प्रचण्डले रक्षामन्त्री रामबहादुर थापा बादललाई अघि सारेर चीनसँग निकटता कायम गर्न थालेदेखि र चिनियाँहरूको बढ्दो नेपाल भ्रमणपछि भारत प्रचण्डसँग सशंकित बन्दै आएको छ। सत्ताको नेतृत्व गरेर पनि सत्ता कब्जाको रणनीतिमा रहेको माओवादीको चाल बुझेपछि भारत प्रचण्डसँग झनै सशंकित भएको छ। न्यायालय र सेनालाई तहसनहस बनाउन सकेमा सजिलै सत्ता कब्जा गर्न सकिने माओवादी विश्लेषण भारतले राम्ररी नै बुझेको पनि छ। प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाउने माओवादी सोच सत्ता कब्जाकै नियतसँग गाँसिएको थियो। तर, कटवालले पनि आफूविरुद्धको प्रचण्डको कार्डलाई भारततिरै फर्काइदिएर पद जोगाउन सफल भएका छन्। भारतको देहरादुनमा भारतीय सेनाका प्रमुखसँगै 'डिफेन्स कोर्ष' गरेका कटवाललाई प्रचण्डको सनकको भरमा हटाउन नमिल्ने दबाब भारतीय संस्थापनलाई भारतीय सेनाका तर्फबाट दबाब परेको र त्यसैकारण प्रचण्डको उक्त कदमको भारत सरकारले विरोध गरेको अहिले आएर प्रस्ट हुन थालेको छ। प्रधानसेनापति कटवाल फेर्ने घटनाको पछाडि सेना समायोजनको विषय पनि गाँसिएको स्रोतको दाबी छ। स्रोतका अनुसार कटवाल फाल्दा सेना समायोजन आफैं अनुकूल गर्न सकिने र अनुकूलता सिर्जना गरेर सेनामै विद्रोह गराई सत्ता कब्जा गर्ने प्रचण्डको रणनीति थियो। यो रणनीति सफल नहुँदासम्म प्रचण्ड सेना समायोजन गर्ने पक्षमा छैनन्। अस्थायी शिविरमा रहेका माओवादी लडाकुहरूकै कारण पनि प्रचण्डले बारम्बार सत्ता कब्जाको धम्की दिने गरेका छन्। सेना समायोजन गरिदिँदा परिस्थिति आफू अनुकूल हुन नसकेमा 'कब्जा' गर्न नसकिने सोच पनि उनीमा छ। त्यसैकारण सकेसम्म सेना समायोजन नगर्ने र तिनैलाई देखाएर कब्जाको धम्की दिने र सत्तामा टिकिरहने प्रचण्डको योजना हो। सेना समायोजन गर्न नचाहनुको अर्को कारण आर्थिक पनि छ। प्रहरीलाई राज्यले करिब छ अर्ब, सेनालाई करिब १० अर्ब बजेट छुट्याएको छ। तर, अस्थायी शिविरका माओवादी लडाकुहरूको भरणपोषण र हेरचाहका नाममा करिब आठ अर्ब बजेट छुट्याइएको छ। शिविरका माओवादी लडाकुहरूले मासिक १५ सयदेखि ३५ सय रुपियाँ मात्र पाउने गर्छन्। बाँकी रकम कहाँ जान्छ? माओवादी पार्टीमा। त्यसकारण करोडौं करोड रकम आफ्ना सेनाका नाममा पार्टीमा भित्र्याउन पाइन्छ भने हतारमा किन गर्नुपर्‍यो समायोजन? त्यसैले माओवादी कमसेकम अर्को निर्वाचनसम्म सेना समायोजन गर्न चाहँदैन। अनुकूलता हुँदा तिनैको आडमा सत्ता कब्जा गराउने र नपर्दा तिनलाई शिविर बाहिर निकालेर विद्रोह गराउने माओवादी रणनीति छ। यो परिस्थितिमा प्रचण्डलाई कस्न भारतले क्षेत्रीय शक्तिका रुपमा उदाएका मधेसी जनाअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीलाई आन्दोलनमा जान उकासेको छ। तमलोपाले आन्दोलनमा जाने निर्णय नै गरिसकेको छ भने कतिबेला सरकार छोडेर फोरम र सद्भावना पनि आन्दोलनमा जाने हुन्, टुंगो छैन। सरकारविरुद्ध मधेसी शक्तिहरूलाई भारतले नै उचाल्न लागेको हो भन्ने बुझेर प्रचण्डले फोरमलाई महाधिवेशनबाट फुटाउन करिब चार करोड लगानी गरेको खुलेको छ। महाधिवेशन सम्पन्न गर्न परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई बुझाएको उक्त रकम विजय गच्छदार र जेपी गुप्ताहरूलाई पाखा लगाएर पार्टी कब्जा गराउने रणनीति अन्तर्गत दिइएको हो। गच्छदार र गुप्तालाई पाखा लगाउनुको अर्थ फोरम फुट्नु हो। फुटेको अवस्थामा उसको शक्ति कमजोर हुँदा आफू बलियो हुने माओवादीको बुझाई छ। अर्कोतिर फुट्दै फुट्दै विभिन्न चिरामा बाँडिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाको तीनवटै समूह अहिले एकीकरणको प्रक्रियामा छन्। उनीहरू एकीकृत भएर संगठित रुपमा लड्दा समस्या झनै बल्भि्कने र तराई अझै तहसनहस हुने स्थिति आउँछ। ठीक त्यही बेला बार्गेनिङ गरेर प्रचण्डलाई गलाउने भारतको योजना छ। सत्ता टिकाउन प्रचण्ड पनि भारतसँग लम्पसार पर्न थालेका छन्। Sambodhan Weekly/Main News sourece:http://www.weeklynepal.com/ind...

Everest2 · Jan 16, 2009 9:06 PM · 2,584 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all