के अब पनि ने क पा माओवादी पार्टी मानवहरु को पार्टी भन्न मिल्छ? राम हरी श्रेष्ठका हत्या आरोपि काली बहादुर खाम लाई बढुवा गरी केन्द्रिय सदस्य मा ल्याए पछी यो जल्लादहरु को पार्टी , हत्याराहरुको संगठन, दानवहरुको झुण्ड भन्न कर लाग्दैन र? - 2009-01-15 07:44:43 रामहरि हत्याका आरोपी माओवादी केन्द्रीय कमिटीमा घनश्याम ओझा, तिलक पोखरेल, युवराज आचार्य/माइरिपब्लिकाडटकम, काठमाडौं, माघ २ सत्तारुढ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले व्यापारी रामहरि श्रेष्ठ हत्याका मुख्य आरोपी कालीबहादुर खाम ´विविध´लाई आफ्नो केन्द्रीय कमिटीमा ल्याएको छ। माओवादीले खामलाई अहिलेसम्म केन्द्रीय कमिटी सदस्यका रुपमा सार्वजनिक गरेको छैन। तर, एक माओवादी स्रोतले माइरिब्लिकाडटकमलाई दिएका जानकारीअनुसार हालै नेकपा (एकता केन्द्र–मसाल)सँग भएको एकताको पहलको सुरुमा खामविरुद्धको कारवाही फिर्ता लिइएको र विस्तारित १०६ सदस्यीय केन्द्रीय कमिटीमा समावेश गरिएको छ। एकताकेन्द्र–मसालसँग एकीकृत भएपछि पार्टी केन्द्रीय सदस्यीय संख्या १७५ पुगेको छ। खामलाई माओवादी केन्द्रीय कमिटीमा समावेश गरिएको स्वीकार गर्दै वरिष्ठ माओवादी नेता सीपी गजुरेलले सन् २००५ मा पार्टी केन्द्रीय सदस्य रहेका आधारमा खामले समेत केन्द्रीय कमिटीमा जिम्मेवारी पाएको माइरिपव्लिकाडटकमलाई बताए। रोल्पाको चुनावाङमा भएको माओवादी केन्द्रीय कमिटीको चर्चित बैठकपछि यसको केन्द्रीय समितिलाई ९५ बाट घटाइ ३५ सदस्यीय बनाइएको थियो। “पार्टी केन्द्रीय कमिटीमा पुनर्स्थापना गर्नु एउटा पक्ष हो भने खामविरुद्धको पार्टी कारवाही एकदमै अर्को पक्ष हो”, गजुरेलले भने। चितवनको शक्तिखोरस्थिति माओवादी जनमुक्ति सेनाका कमाण्डर खामले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई अपहरण गर्न गत जेठमा आदेश दिएका थिए। जनमुक्ति सेनाहरूले दिएको यातनाक कारण उनको माओवादी शिविरमा मृत्यु भएको थियो। श्रेष्ठको हत्यापछि माओवादीले खाम फेला नपरेको भन्दै आफ्ना दुई कार्यकर्तालाई प्रहरीमा सुम्पिएको थियो। हत्याको लगत्तै माओवादीविरुद्धको आक्रोश सडकमा पोखिएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले रामहरिकी श्रीमती रमिला र भाइ ज्ञानकुमार श्रेष्ठलाई भेटेर पार्टीले घटनाका बारेमा छानविन गरी दोषीमाथि कारवाही गर्ने आश्वासन दिएका थिए। गृहमन्त्रीले खामको खोजी भइरहेको दावी गरे पनि संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय नेपालले खाम अझै शक्तिखोर शिविरमा भएको जानकारी यसले हालै सार्वजनिक गरेको विज्ञप्तिमार्फत् दिएको थियो। खामलाई भेट्ने आफ्नो अनुरोधलाई माओवादी नेतृत्वले वास्ता नगरेको समेत यसले उल्लेख गरेको थियो। संचार माध्यमहरूले रक्षा मन्त्री रामबहादुर थापा मगरले चितवन भ्रमणका क्रममा गत कात्तिक ६ गते खामलाई भेटेको समाचार दिएका थिए। चितवनका स्थानीय संचारकर्मीले उक्त भेटका बारेमा किटानी समेत गरेका थिए। उनीहरूले खामलाई भेटेको देखेको दावी समेत गरेका थिए। यस मुद्दामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले रक्षामन्त्री थापालाई प्रष्ट पार्न दवाव समेत दिएको थियो। थापाले भने खामलाई आफूले भेटेको भन्ने दावीलाई अस्वीकार गरेका थिए। http://dainikee.com/news/index...
rahulvai · Jan 14, 2009 9:52 PM · 2,477 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion