फागुनदेखि साताको ७० घण्टा लोडसेडिङ घट्ने जलस्रोत सहसचिव उपाध्यायको दाबी २९-पुस-२०६५,मंगलवार काठमाडौं। जलस्रोत मन्त्रालयका सहसचिव अनुप उपाध्यायले फागुनको दोस्रो हप्ताभित्र हप्ताको ७० घण्टा लोडसेडिङ घट्ने बताउनुभएको छ। उहाँले अपुग विद्युत आयातका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएकाले लोडसेडिङ व्यापक घट्ने दाबी गर्नुभयो। मध्यमर्स्याङदीबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा प्रसार गर्ने काम अगाडि बढाइएको तथा भारतबाट थप विद्युत आयात गर्न पहल गरिएको पनि उपाध्यायले जानकारी दिनुभयो। उपाध्यायले दुई महिनाभित्र दुहवी कटैया प्रसारण लाइनको मर्मत पूरा हुने भएकाले थप विद्युत आयात गरिने बताउनुभयो। नेपाल विद्युत प्राधिकरण भार नियन्त्रण महाशाखाका प्रमुख शेरसिंह भाटले दैनिक १६ घण्टाको लोडसेडिङ नघट्ने बताउनुभयो। मध्यमर्स्याङदीबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा प्रसार शुरु भइसकेकाले लोडसेडिङ नघट्ने बताउनुभयो। फागुनको पहिलो हप्ता दैनिक ६ घण्टा लोडसेडिङ घटाएर १० घण्टामा पुग्ने उहाँको भनाई थियो। हाल भारतबाट ३० मेगावाट, कुलेखानीबाट ४६, डिजेलबाट २० र अन्य जलविद्युत आयोजनाबाट २६० मेगावाट माग पूर्ति गरिरहेको बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले सरकारले लोडसेडिङ घटाउन गम्भीरता नदेखाएको आरोप लगाउनुभएको छ। उहाँले तत्काल लोडसेडिङ घटाउन भारतबाट विद्युत आयात बढाउन प्रक्रिया थाल्नुपर्ने तथा डिजेल प्लान्ट महंगो भएकोले अन्य विकल्पको खोजी गर्नु उपयुक्त हुने सुझाव दिनुभयो। अर्थविद डा.भोला चालिसे सरकारले ठूलो जलविद्युत आयोजना निर्माणका लागि काम थाल्नुपर्ने बताउनुभयो। ४–५ वर्ष लोडसेडिङ अन्त नहुने स्पष्ट भइसकेकाले आगामी दिनका लागि काम थाल्नुपर्ने बताउदै जलस्रोतमन्त्रीले माथिल्लो कर्णाली र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तामाकोशीमा आफै पुगी जलविद्युत आयोजना निर्माणमा लाग्नुपर्ने बताउनुभयो। window.google_render_ad(); Close Window
babbal123 · Jan 14, 2009 5:05 PM · 2,220 views
ghanta mula.. tyo ta sab lai tha cha ni garmi lagechi pani badcha khola ma ani 70 ghnata load shedding ghatcha... tara 30 ghanta samma chai huncha hola
Khairey · Jan 14, 2009 7:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion