प्रचन्डको सरकार र उमा सिंहको हत्या !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजो कांग्रेसले लाउडा खाएको थियो, एमालेले सडकका बारहरु भाचिएको देखियो आज नेपालमा "नय नेपाल"को सपना देखेका ति जनताहरुले कुन तमशाहरु देखिरहेका छन भन्ने कुरो यहाँ उल्लेख गर्नु नपर्ला । ००७ साल, ०४६ साल अनी त्यसपछिको जनआन्दोलनले दिएको जनादेश बाट आज जनताले के पाए ? फेरी त्यही महँगि ? लोड्सेडिङ ? अनी उमा सिहहरुका हत्या ? आज जनताले नौलो बिचार उठाए भने प्रचन्ड देश कब्जा गर्ने धम्की दिन्छन । उनी नेपालीका प्रधानमन्त्री हुन कि वाइ. सि. एलको कमान्डर ? अब हामी यहाँ बुझौ कि तिनले १५ बर्षामा स्कुल सकेको के अर्थ ? २५ बर्षमा क्रान्ति गरेको के सार ? १० बर्ष जङलमा कन्दमुल खाएको के माने ? अब हामी भनौ कसका लागि लडेका रहेछन त प्रचन्ड एन्ड कम्पनी ? फेरी कांग्रेस र एमालेको पालाको जस्तै भ्रस्टाचार र लाचारिको शासन देखाउने भए किन अलाप्नु पर्‍यो - "नया नेपाल"को मन्त्र अनी पुकारा ? यसरी प्रचन्डको भक्ती गाथा गाएर लेख्ने "शिर्शक" किन उमा सिंहको शिर्सक बनेन ? यो प्रचन्डको भक्तिगाथा गाउने बेला होइन । देश जलेको बेलामा, हाम्री र निर्दोश उमा सिंहकी आमा रोएर ढलेको बेलामा, आतंकले सबैको मन बलेको बेलामा प्रचन्डले गर्ने कुनै उदघाटनको कुनै अर्थ छैन - अब । अब बिचार  मर्न लागेको बेलामा निर्दोश जनता मरेको कथाले बल्झिएको हाम्रो मनको ज्वालाले प्रचन्ड र बामदेवहरुको बिरोधका खातिर समानताको भित्तोमा निर्दोशताको कलमले आक्रोशको उद्घाटन गर्न अगाडि बढ्ने बेला हो यो ।

vivasg · Jan 14, 2009 12:42 AM · 12,296 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all