Prachanda threatens Nepal and Nepalis

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरकार ढालिए जनविद्रोहमार्फत जनगणतन्त्र ल्याएर सत्ता कब्जा गर्ने प्रधानमन्त्रीको चेतावनी, देशको अस्तित्वसमेत नरहने ठोकुवा प्रचन्डको हाल सम्मकै कडा धम्की आफै सत्तासिन प्रधानमन्त्री भएर जनबिद्रोह मार्फत सत्ता कब्जा गर्ने धम्की दिदै प्रचन्डले फेरी गिरिजा, माधव नेपाल , झलनाथ र अन्य बिपक्षी नेताहरुलाई नराम्ररि झझस्काएका मात्र छैनन माओवादीको खिलापमा रहेका देशी बिदेशी सबैलाई औंला समेत् देखाएका छन । प्रधानमन्त्रीको यो धम्की पछी नेपालको राजनितीमा फेरी अर्को बादल मडारिन थालेको आभाश हुन्छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ढालिए जनविद्रोहमार्फत जनगणतन्त्र ल्याएर सत्ता कब्जा गर्ने चेतावनी दिएका छन्। नेकपा माओवादी र नेकपा एकता केन्द्र मसालको एकता घोषणासभालाई सोमबार राजधानीमा सम्बोधन गर्दै उनले वर्तमान सरकार ढालिए देशको अस्तित्वसमेत नरहने ठोकुवा गरे ।´ ´आफैंले काम गर्न नसकी यो सरकार ढले नेपालको अस्तित्व नै खतरामा पर्नेछ। विदेशी प्रतिक्रियावादी र यथास्थितिवादीले ढाले त्यसविरुद्ध महान जनविद्रोह हुनेछ। र जनगणतन्त्र ल्याई सत्ता कब्जा हुनेछ´ दाहालले भने- ´यसलाई कसैले रोक्नसक्ने छैन।´ उनले वर्तमान सरकार जनयुद्ध र १९ दिने जनआन्दोलनबाट आएको भन्दै यसअघिका सरकारलाई ढाल्ने र बनाउने भनेर ´नहेर्न´ समेत आग्रह गरे। उनले यो सरकार ढाल्ने भनेर सोच्नुसमेत आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नुजस्तो हुने दाबी गरे। ´कतिपयले यो सरकार ढल्छ भन्ने सोचेका छन्। यस्तो सोच्नु आत्मघाती हुनेछ आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नुजस्तै हुनेछ´ प्रधानमन्त्री दाहालको स्पोष्टिक्ति थियो- ´यो विगतको सरकारजस्तो होइन।´उनले सरकारलाई ´डुंगा´ को संज्ञा दिँदै डुंगा डुबे त्यसमा सवार सबै डुब्नेसमेत चेतावनी दिए। उनले डुंगामा १२ बुँदे सम्झौता गर्ने सबै दलसमेत सवार रहेको तर्क गर्दै आफैं सवार रहेको डुंगामा प्वाल पारेर नडुबाउन आग्रह गरे। दाहालले डुंगामा प्वाल पारेर डुबाए आफूहरु उत्रने तर डुबाउनेहरु नै डुब्ने ठोकुवा गरे। ´डुंगामा प्वाल पार्ने कोसिस नगरुन्। हामी त रबर बोकेर हिँडेका छौं। पौडन जानेका छौं। उत्रिहाल्छौं । तर प्वाल पारे १२ बुँदे सम्झौता गर्नेहरु सबै डुब्छन्´ दाहालको कथन थियो। वर्तमान सरकार ढाल्न खोजिएको प्रसंग उप्काउँदै उनीहरुलाई चेतावनी दिदै भने ´यसबारे विचार गरे राम्रो होला।´ माओवादीले लोडसेडिङ बढाएको झूट भएको तर्क गर्दै प्रधानमन्त्री दाहालले ´यसअघिका सरकारका भ्रष्ट काम´ ले यसो हुन गएको दाबी गरे। उनले ३० वर्षको पंचायत र १२ वर्षको संसदीय कालमा सरकारले गरेका गलत कामकारबाहीले यस्तो भोग्नुपरेको तर्क गरे। उनले आफ्नो नेतृत्वमा रहेको सरकार लोडसेडिङविरुद्ध रहेको बताए। ´जसले ३० वर्ष र १२ वर्षसम्म भष्टाचार गरे। त्यसैका कारण बढेको हो लोडसेडिङ। यो सरकार त लोडसेडिँगको विरुद्धमा छ´ उनले भने। उनले आफू सिँहदरबार र बालुवाटार पसेपछि भ्रष्टाचारको फोहोररुपी डंगुर सोहोर्दासोहोर्दै हैरान भएको बताउँदै सबै जनतालाई गैंती-बेल्चा तयार पारेर सफा गर्न आग्रह गरे। सिंहदरवार र बालुवाटार गएर थाहा पाएँ फोहोर सफा गरी साध्य नै रहेनछ। सबैलाई गैंती बेल्चा तयार पारेर फोहर सफा गर्न आग्रह गर्छु´ दाहालको कथन थियो। उनले यो देशलाई सफा गर्ने काम कम्युनिष्ट र देशभक्तले मात्र गर्नसक्ने दाबी गरे। ´सफा गर्ने काम कम्युनिष्ट र देशभक्तहरुको मोर्चाबाट मात्र सम्भव छ´ दाहालले भने। अध्यक्ष दाहालले सबै कम्युनिष्ट समूहलाई ध्रुवीकरणको प्रक्रियामा आउन आग्रह गरे। उनले त्यसो हुन नसके मोर्चाबन्दी गरेर अघि बढ्न अपिल गरे। उनले कम्युनिष्ट एक भएर देशभक्तको मोर्चाबन्दीले मात्र जनसंविधान बन्ने तर्क गरे। उनले सबै देशभक्त र वामपन्थीको एकताले मात्र शान्ति प्रक्रिया र संविधान बन्न सक्नेसमेत बताए। अध्यक्ष दाहालले २१ औं शताब्दीमा एउटै कम्युनिष्ट पार्टी बन्ने सम्भावना बढेको बताउँदै त्यसले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नसक्ने ठोकुवा गरे। एउटै कम्युनिष्ट पार्टी बनाउने सवालमा कम्युनिष्ट घटकमा देखिएको अहंकार सबभन्दा घातक रहेको बताए। उनले त्यसलाई त्याग्नसमेत आग्रह गरे। संविधानसभा चुनावमा आफूले कम्युनिष्ट एक भएर जाने प्रयास गरे पनि अहंकारकै कारण सफल नभएको र कम्युनिष्टको दुई तिहाई आउन नसकेको दाबी गरे। कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि कसैसँग पनि सम्झौता नगर्ने दाबी गरे। उनले नेपाली भूमि अतिक्रमण गरी बसेका विदेशी सेनालाई खेदिने र स्वाधीन नेपाल बनाउनेसमेत बताए। ´देशलाई स्वाधीन बनाउन कसैसँग पनि सम्झौता हुँदैन। सीमा अतिक्रमण गरेको सहँदैनौं। विदेशी सेना लखेटेर स्वाधीन हुन्छौं´ श्रेष्ठले भने । उनले देश बचाउने कुरामा कुनै पनि सम्झौता गर्न नहुने तर्क गरे। आफ्नो दल १२ वर्षअघिको संसदीय व्यवस्था र संसदीय गणतन्त्रको पक्षमा नरहेकोसमेत बताए। उनले जनताको गणतन्त्र र जनसविधान बनाउन कम्युनिस्ट पार्टीबीचको एकता प्रकि्रया र देशभक्तको मोर्चाबान्दीलाई तीब्रता दिइने जानकारी दिए। ´एउटै कम्युनिष्ट पार्टी बनाउने प्रक्रियामा जानेछौं । र पुष्पकमल दाहालकै नेतृत्वमा क्रान्ति पूरा गर्नेछौं´ श्रेष्ठको दाबी थियो ´त्यो टाढा छैन निकट भविष्यमै गरिनेछ।´नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य एवं एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य नरबहादुर कर्माचार्यले आफूले नयाँ जनवादी क्रान्ति हेरेर मर्ने धोको रहेको बताए। चार जना मिलेर स्थापना गरेको कम्युनिष्ट पार्टीको स्मरण गर्दै नेता कर्माचार्यले सबै कम्युनिष्ट पार्टीलाई एउटै पार्टीमुनि गोलबन्द हुनसमेत अपिल गरे। एकीकृत नेकपा माओवादीलाई शुभकामना दिदै नेकपा एमाले केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले विचार मिल्ने एकता र नमिले कम्युनिष्ट पार्टीहरुले मोर्चाबन्दी गर्नुपर्ने बताए। उनले सबै कम्युनिष्ट पार्टीले आफ्ना कमजोरीलाई हटाउनसमेत आग्रह गरे। ´मन नमिले मोर्चाबन्दी गरेर कम्युनिष्ट पार्टी अघि बढ्नुपर्छ। दुई दलबीचको यो एकताले त्यसलाई बल मिल्ने छ´ श्रेष्ठको भनाइ थियो। संयुक्त मार्क्सवादीका महासचिव लोकनारायण सुवेदी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पनि शुभकामना मन्तव्य दिएका थिए। आइतबार नेकपा माओवादी र नेकपा एकताकेन्द्र मसालबीच एकीकरण भई बनेको एकीकृत नेकपा माओवादीको सोमबार एकीकरणको घोषणासभामार्फत सार्वजनिक गरिएको थियो। - किरण पुन Posted by Ram Prasad Khanal at 8:00 AM 1 comments Links to this post

grgDai · Jan 13, 2009 1:59 PM · 52,489 views

31 Replies · Showing 21 - 31
Page 2 of 2

Maoists gonna screw Nepalese nicely with cream... Turbulence... did you mean that?

Ved555 · Jan 13, 2009 8:19 PM

DHIKKAR cha maoist ra maoist supporter lai.

santul · Jan 13, 2009 9:24 PM

A complete F**king failure govenment in the history of Nepal. Go f**k urself Maobadi.

santul · Jan 13, 2009 9:25 PM

Lol Poor prachande Pahupati ko Pujari ko Decision garna nasakne le  Nepal ko Lagi K nai Garla ra!!!!!!!!!!!!!!!!! Stilll lets see  .......... Hope Dies Last      Vanchhan.

sabaiko satru · Jan 13, 2009 11:56 PM

TURBULENCE,"All you bastard who are jealous about Maoist can go and kill yourself. Maoist are here to rule Nepal for next 20 years no matter what!" AYYY STOOPID IDIOT TURBULENCE !!!! WE ARE JELOUS ? WTF !!! AND WHY ARE WE JELOUS AGAIN ? YESTAAA GADHAAA HARU LAI KE BHANNEY.  WE ARE ALL LOOKING FOR BETTERMENT OF NEPAL UNLIKE BITCHES LIKE YOU WHO IS TRYING TO HOLD ON TO POWER AT THE EXPENSE OF PAIN AND SUFFERING OF NEPALI JANATA.  20 YRS ? HA HA HA IF YOUR LEADERS LIKE PRACHANDEY KEEP UP WITH THEIR ANTICS LIKE THE ONES ABOVE...HE HE THEY WOULD BE LUCKY IF THEY LAST 5 YRS. HA HA HA   TURBULENCE,"They will  ultimately make Nepal a  better Country than those bastards Panche, Congresse or Male. If other party plays fair game, Maoist will also play fair game. One should not forget Maoist still have 20,000 armed men and women. " REALLY ? YOU REALLY THINK IDIOTS LIKE PRACHANDEY WILL MAKE NEPAL A BETTER PLACE ? HA HA HA THIS MORON HAS YET TO ADDRESS THE LOOTING, EXTORTION, RAPING, MURDER ETC. ETC.  I DON'T SEE NO DIFFERENCE BETWEEN THESE MOTHAFAKKARS THAN THE PREVIOUS ONES. IF OTHER PARTY PLAYS A FAIR GAME REY ? ARE YOU FAKKING OUT OF YOUR MIND ? WHY THE FAAK SHOULD THEY PLAY A FAIR GAME WHEN THE MOIST THEMSELVES WERE BRANDED TERRORIST FOR THE PAST TEN YRS.  AND THREATENING US WITH THAT 20,000 ? he he  SOUND MORE LIKE A MOB OR A TERRORIST THAN A POLITICAL ORGANIZATION.

BathroomCoffee · Jan 14, 2009 8:59 AM

babbal123 · Jan 14, 2009 11:43 AM

instead of making this fagot like speech i would urge him to send those unemployed or say berojgar illetrate and fagots like YCL and UMl cadres to build dams across koshi river that was flooded  months ago to built bridges .....roads .....to built dams and embankments ......of course i would urge him to sent those fagots to built damages done to the hydro power projects in the past across the country ,,,,,not to show dadagiri in the vegetable market, temples and ofcourse media stations .......IF HE DOES THIS HE WILL I MEAN OBVIOUSLY GET A LITTLE BIT OF NEPALESE SUPPORT .....otherwise if he wish to capure our freedom by this kind of  funny bhasan ....we all know and got two words  ..........  get a life man ....r u that weak now ....shame on you ....

raju161 · Jan 14, 2009 1:42 PM

Daka le garera dekhaunu kehi china khali bhasan le dadagiri dekhaudai bas chor..Bides ghumnu ra bhasan chitnu bahek aru kam nai pako china yo bajiyale.

jeera marich · Jan 14, 2009 4:36 PM

.hmmessage P { margin:0px; padding:0px } body.hmmessage { font-size: 10pt; font-family:Verdana } You must know,   Prachanda's family 1. Samir Dahal (Under-secretary of PM's office), son of Prachanda's younger brother Narayan Dahal 2. Ganga Dahal (Officer of PM's office), Prachanda's younger daughter (Indian citizen) 3. Gangaram Dahal (un-appointed foreign relations officer), Prachanda's own brother 4. Renu Pathak (CA member), Prachanda's daughter 5. Arjun Pathak (Officer of CA), Prachanda's son-in-law 6. Prakash Dahal (Prime Minister's PA/accountant), Prachanda's son, salary equal to the under-secretary 7. Narayan Dahal (CA member), Prachanda's nephew 8. Thakur Bhatta (Prachanda's brother-in-law) 9. Another son-in-law (contractor of Chitwan Cantonment)   Baburam's relatives 1. Hisila Yami (Tourist Minister), Baburam's wife 2. Taranaj Pandey (PM's adviser), Baburam's nephew 3. Praya Yami (National Planning Commission), Hisila's older sister 4. Timila Yami (Chairperson of Drinking Water Project), Hisila's older sister 5. Chirik Shova (member of Kathmandu Drinking Water), Baburam's older sister 6. Baburam's younger brother (Tariff -fixing Committee), Head of Kathmandu Drinking water. 7.   C. P. Gajurel's first cousin, Head of Land Reform Commission.

binodb · Jan 14, 2009 8:42 PM

Prachanda, along with bunch of illiterates , with the exception of one that lost his way is trying to mislead the country. I personally believe that he is HITLER OF GERMANY. It is believed that a spider went up Hitler's nostrils and he would do say and act the way he did. Prachanda and the so called MAOIST is a disaster for a country like NEPAL. If this is to go on for the next couple of years, we will not be far off than countries like NORTH KOREA AND BURMA. Prachanda and the  YCL  ARE NO DIFFERENT THAN SADDAM AND HIS THUGS. I am sure one of these days one of em' will bust his as...s

nned_help2009 · Jan 14, 2009 9:53 PM

discussion link Maoist Haters link

kalu_prasad · May 19, 2010 7:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all