“तिमीलाई अझै खोज्दै नै होलान् भागेर आएका होलाउ , आज को रात यतै बस !!!!” उसले म माथि दया देखाई ।खोई के भनि चिनुम म उसलाई । अँध्यारोमा राम्ररी देखिसकेको थिईन ।तर ठिकठाकनै लाग्थि । मलाई उसमा भन्दा आफुलाई बचाउनमै ज्यादा ध्यान थियो । गाउँ देखि धेरै तल भएको त्यो घरको बारेमा त्यो बाटो हिँड्दा चियापसलमा धेरै सुनेको थिएँ उ बेचिन्छे अरे भनेर !!! “होइन म पुगिहाल्छु आजै आफ्नो गन्तव्य सम्म !!”मैले उसको आग्रह टार्न खोजेँ । अथवा भनौ मलाई उसको संसर्ग सँग डर थियो । “बस बस एक रात मेरोमा गुजार्दैमा तिम्रो क्रान्ति अछुतो हुन्न ,अहिले निस्के चाहेको ठाउँमा पुग्छौ कि कब्जामा पर्छौ के थाहा ?” उसले फेरि मलाई सचेत गराई । मैले आफ्नो बढिसकेका पाइलाहरु फेरि उसको कोठामै फर्काएँ । भित्र को अँगेनोमा अझै केहि डढेका दाउरा का कोइलाहरु रातै थिए ।त्यहिँ माथि को टुकि परबाट हामी भएसम्म आफ्नो मधुरो प्रकाश फ्याल्न असफल प्रयास गर्दै थियो । म त्यसलाई नियालिरहेँ । “खाना खाएको छैनौ होला ?” मैले टाउको मात्र हल्लाएँ नखाएको जनाउनलाई । मेरो बोलिको स्वाभिमान ले उसँग माग्न चाहिरहेको थिएन भने मेरो पेटको बिवशताले भने उसको बोलिको चाहना राखेको थियो ।दिउँसो को चार बजेदेखि म भागिरहेको थिएँ ।अहिले त मेरो साहस पनि गलेको थियो । मेरो विश्वास पनि गलेको थियो । “म सँग बोल्न हुन्न हो ?” उसले फेरि प्रश्न राखि अनि चुलो तिर लागि ।चुलो माथिको टुकि निभिसकेको थियो ।उसलाई यसपालि मेरो मौनता सम्भावित लाग्यो क्यारे !! म पनि उसको पछि पछि लागेँ । थोरै मकै भुटी र रंग हालेको उमालेको पानी बनाई । म अझै पनि चुप थिएँ । “तिमीलाई मेरो बारेमा सबै थाहा छ हो?” उसले आगोबलेको दाउरा थोरै अरु भित्र झोसी । उसको अनुहार पहिलो चोटि अलि राम्ररि देखियो । उसको उमेर पक्कै पनि बाइस तेइस भन्दा धेर होईन तर धेरै भोगिसकेको जस्तो गम्भिर तर चिटिक्क मिलेको ,गोलो अनुहार पहिले गोरै थियो होला घामले डढाएर कालो भएजस्तो थियो । “अलि अलि हल्ला सुनेको छु !!!” मलाई अचम्म लाग्यो आखीर उ मलाई के सोध्न चाहन्छे ।एक छिन आफ्ना सबै शब्द तौलेर मात्र उत्तर फर्काएको थिएँ । म उसलाई आरोपनै लाउन त सक्दिन ।आखिर उसले हर रात नयाँ शरिर साटासाट गरेको मैले देखेको त थिईन । “मलाई लागिरहेको थीयो तिमीलाई मेरो बारेमा थाहा छ भनेर ,तिम्रो म प्रतिको नजरले नै सबै बताउँदै छ !!!!!!!!!सबै कुरा हरु हल्ला हुँदैनन ।“ उसले मैले नलगाएको आरोप स्विकारी । म चुप भएँ एकछिनलाई अनेक प्रश्नहरु दबाएर आफुभित्र !! “किन त आखिर ?” एकछिन पछी मैले नै क्रमभंग गरेँ ।म जान्न चाहन्थे त्यसको पछि रहर ,बाध्यता ,बिवशता वा आवश्यकता के थियो भनेर ? “सबै किनको जवाफ हुँदैन होला ,तिमी सबै कुरा त्यागेर जंगल जंगल भागी भागी ज्यान माया मारेर किन हिँड्दैछौ त ?” उसले आफ्ना हात सेकाउन लाई थोरै कोइलाबाहिर निकाली ,तातिएको कोईला दिन नचाहि नचाहिनै भए पनि थोरै प्रकाश बिउँझाउँदै थियो । उसका हातका औँलाहरु लामा लामा थिए । उसको हातमा चुरा थिएन ।चुरा मात्र किन कुनै पनि श्रिंगार रहेनछ उसमा मैले पत्ता लगाएँ ।चिसिएको त्यो रातमा अँगेनो को छेउ शायद हामी दुवैलाई प्यारो लागेको थियो गफ हरु उब्जिँदै थिए त्यसैले । “तिमी र मेरो किन मा फरक छ !!” “खासै छैन !” उसले कुरा छोट्याई । “हाम्रो क्रान्ति प्रत्येक नेपालीको लागि हो !” मैले सँधै मनमा दोहोर्याउने गरेको कुरा फेरि दोहोर्याएँ । “कस्को विचारमा !” “त्यो सत्यता हो तिमी बुझ्दिनौ के हो क्रान्ति भनेर !” “ठिक भन्यौ मेरो बिचार मा म बाँच्नु मात्रै पनि मेरो सफलता हो , पैसा मेरो आवश्यकता हो र शरिर माध्यम ,म तरुनि रहुन्जेल मात्रै कमाउँछु ।त्यसपछिको लागि पनि त अहिल्यै कमाउनु पर्छ । मैले तिम्रो जस्तो क्रान्तिको आश पनि राखेको छैन । म तिमी जत्तिकि विद्वान छैन नि त ।“ “आज भन्दा दुइ वर्ष अघि म भागेको मेरो घरबाट !!!” उ चुप लागि । मैले पुलुक्क उ तिर हेरेँ । म सुन्न चाहन्छू भनेर म उसलाइ जनाउन चाहन्थेँ । ‘घरले त्यसपछि मलाई हेर्न चाहेन ,बुढा कतार तिर लागेपछि म एक्लि भएँ !!” “त्यसपछि शुरु गर्यौ तिमीले आफुलाई बेच्न सोच उसले के भन्छ जब उसलाई यो थाहा हुन्छ ।“ “के सोचोस् उसले उ फर्किएन , मात्र उ मरेको खबर आयो !” उसले सजिलै आफ्ना ब्यथाहरु पोखिदिई । म चुपचाप भएँ । मैले आखिरमा आफ्नो विचारको दरिद्रता नै पोखेको रहेछु । थोरै आत्मग्लानि भए झैँ भयो । “तिम्रो हातको घाउ के को हो ?” “गोलिको छर्रा छोएर निस्कियो ।“मैले आफुलाई गर्वान्वित महसुस गरेँ आखिर उसले केहि त देखि मैले मेरो क्रान्तिको लागि दिएको । “भविष्य छ लाग लाग ,नुन हालेको तातो पानि तताईदिन्छु सेक ठिक होला दुइचार दिनमाँ !!” “म भविष्य सोचेर लागेको हैन !!!” “होला तर नसोचेपनि भविष्य उज्वल छ युद्द टुंग्याउन सके !” “तिम्रो भनाइ को आशय के हो ,तिमीलाई कति थाहा छ र हामी के सोचले युद्दमा होमिएको भनेर ?” हुन त आजलाई उसले मेरो ज्यान बचाएकी थिई तर उसको म प्रतिको ब्यवहार असभ्य लाग्यो । “तिमीले अघि के भन्यौ रे ?” “कतिखेर ?” “यति चाँडै बिर्सिएको ?हाम्रो क्रान्ति प्रत्येक नेपालि को लागि हो ।“ “म त्यो बिर्सिन्न र कहिल्यै बिर्सने पनि छैन !!!” “उ त्यो ओछ्यान का टाटा हरु म हेरेर छुट्याउन सक्दिन कुन कसले छोडेको हो भनेर ,तिमी बिर्सिन्छौ तिम्रा कुराहरु कहाँ कतिखेर तिमीले के पोख्यौ ,के बाँड्यौ !!!!” “म बिर्सिन्न मेरो विश्वास अटल छ !!!” “वा तिमीलाई प्रत्येक नेपालिमा को को पर्छ भनेर थाहा छैन वा त्यो प्रत्येक नेपालीमा म पर्दिन !!!” म चुप भएँ त्यो मध्यरातमा उ मलाई मेरो अनुहार ऐनामा देखाउन चाहन्थि !!! तर मैले सहन गर्न सकिन बाहिरको डर भन्दा भित्रको सामनागाह्रो भएर आयो मलाई । म जुरुक्क उठेँ मेरो झोला बोकेँ । उ पछाडि बाट चिच्याउँदै थिई । “तिमी प्रिथक छैनौ र समानता क्रान्ति होईन समाजले मलाई जुन नजरबाट हेर्छ म तिमीलाइ त्यहि नजरबाट हेर्छु ,तिमी मात्र थप अध्याय हौ ,भोलिको सुनौला आशमा आज क्रान्तिको खोस्टो बोक्दै भागेको अध्याय!!!!!!!!!!!!!!!” समाप्त !!!!!!!!!!!!!१
fucheketo · Jan 13, 2009 8:42 AM · 19,692 views
“तिमी प्रिथक छैनौ र समानता क्रान्ति होईन समाजले मलाई जुन नजरबाट हेर्छ म तिमीलाइ त्यहि नजरबाट हेर्छु ,तिमी मात्र थप अध्याय हौ ,भोलिको सुनौला आशमा आज क्रान्तिको खोस्टो बोक्दै भागेको अध्याय!!!!!!!!!!!!!!!” कुरा धेरै गहिरो छ, कथा यति मै नसिद्धिए हुन्थ्यो जस्तो लाग्यो। दोस्रो भाग पनि लेख न। फुच्चेकेटो कि जय!
crazy_love · Jan 13, 2009 9:32 AM
Fuchhe keto.., Loved it , very good writing skill. Keep it up. Last edited: 13-Jan-09 10:44 AM
nmsake · Jan 13, 2009 10:44 AM
कुरो त तिखो कोट्यायौ नि भाई, निकै माझिएको, छिप्पट लेखाई । बाँकि झगडा भरे मेसेन्जरमा, तिम्रो ब्याट्टरि टिक्यो भने!!
somewhereondearth · Jan 13, 2009 1:09 PM
फुचचे केटो ज्यु, दह्रो गयो नि एस्पाली, जेन्तेन गरेर पढेर बुझाए आँफैलाई। जे छ् तेही अन्तिम कै पाटो मा पाये “तिमी प्रिथक छैनौ र समानता क्रान्ति होईन समाजले मलाई जुन नजरबाट हेर्छ म तिमीलाइ त्यहि नजरबाट हेर्छु ,तिमी मात्र थप अध्याय हौ ,भोलिको सुनौला आशमा आज क्रान्तिको खोस्टो बोक्दै भागेको अध्याय!!!!!!!!!!!!!!!” जय फुचचे। अनी त्यो समाप्त को अन्त मा १ हाल्नु को अर्थ चाइ बुझ्न सकिन,पहिलो भाग को सामाप्ती त हैन,दोश्रो भाग आउन बाँकी हो त ?
बिसà¥à¤Ÿà¥‡ · Jan 13, 2009 1:58 PM
फुच्चे, पढ्दा कथामा नै चुर्लुम्म दुबें। गहकिलो लेखाइ त तिम्रो सधैं नै हुन्छ यो पनि त्यस्तै। दुबैको आ-आफ्नै ब्यथा,मैले पनि पढुन्जेल सुरुमा "उ" पात्रले भन्न खोजेको बुझेकी थिईन तर अन्तिममा आएर प्रस्ट भएँ। राम्रो छ त भन्नै पर्दैन
Dipika02 · Jan 14, 2009 9:54 AM
कुरा बुझे मरिजाम।
Jhapali_Thito · Jan 15, 2009 3:27 PM
crazy कथा सिद्धियो ,हत्तेरि खोई कुरा बुझेको!!! nmsake thanx !!! सोम दाई आवश्यकता नै अविष्कार की जननी हुन अरे , बिरक्त लागेर लेखेको यस्तो भयो तँपाई सँग के झगडा जे भन्नु हुन्छ भाईले लक्ष्मण जस्तै मान्दिन्छ । बिष्टे धन्यवाद ,अनि त्यो एक झुक्किएर परेको त समाप्त पनि मोनालिसास्माईल भएछ !! दिपिका धन्यवाद अरु त सबै ठिकै हो हामीले पनि केहि पढ्न पाउनु पर्यो नि!!! झापालि ठिटो ,एउटा झापालिले अर्को झापालीको कथा नबुझेको??लौ अचम्मै भयो ।
fucheketo · Jan 16, 2009 11:24 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion