Govt. can do nothing to make them to wear uniform!!!!! These fu*&king ass holes (employee at the TIA) are most corrupted official in the world. I bet. They don’t wanna wear uniform cause they don't wanna be recognized while taking money from people. Our airport doesn’t seem like an international airport. Damn… you can smoke while you are waiting for your luggage!!!! If you know somebody they will escort you outside without getting inspected. You don’t have to pay custom no matter what you bring if you know somebody there. You see custom, immigration officials walking around for nothing except looking for ‘Murga’. You see polices look at you if you kind enough to give them ‘Baksis’. God Bless Nepal. विमानस्थलमा सुरक्षा: कर्मचारीले पोसाक लगाउन मानेनन् काठमाडौं, पुस २७ - अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गृह मन्त्रालय र अख्तियारको निर्देशन नागरिक उड्डयन कार्यालयका कर्मचारीको असहयोगले कार्यान्वयन नभएको खुलासा भएको छ । उनीहरूले कर्मचारी र यात्रु छुट्याउन सबै निकायका कर्मचारीले पोसाक र परिचय पत्र झुन्ड्याउनुपर्ने प्रावधान नमानेका हुन् । विमानस्थलको सबैभन्दा जिम्मेवार निकाय उड्डयन कार्यालयकै कर्मचारीले लगाउन मानेका छैनन् । 'डेढ महिनाअघि विमानस्थलमा कार्यरत सबै निकायका प्रमुखको बैठकबाट 'जनवरी २' देखि अनिवार्य रूपले पोसाक लगाउने निर्णय कडाइका साथ कार्यान्वयन गर्ने सहमति गरेका थियौं, सहमति कार्यान्वयन गर्न खोज्दा उड्डयन कार्यालयका कर्मचारीले सात दिनको थप समय मागे' विमानस्थलस्थित प्रहरी प्रमुख गणेशराज राईले भने । सुरक्षा निकायले आइतबार बिहान छ बजेदेखि नलगाउनलाई प्रवेशमा रोक लगाएका थियो । बिहान साढे आठ बजेसम्म प्रवेश नदिएपछि नियमित जहाजको उडान अवरुद्ध हुने भयो भन्दै उड्डयन कार्यालयका महाप्रबन्धक त्रिरत्न मानन्धरको अनुरोधपछि सुरक्षा निकायले परिचयपत्र हेरेर छाडिदिएको थियो । कर्मचारीहरूभित्र जान नपाएपछि विमानस्थल प्रवेशद्वारमा केही समय होहल्ला गरेका थिए । सुरक्षा व्यवस्था अन्तर्राष्ट्रिय स्तरका नभएको भन्दै दिल्लीमा केहीअघि भएको नेपाल भारतबीचको सुरक्षासम्बन्धी सचिवस्तरीय बैठकमा भारतीय पक्षले गम्भीर प्रश्न उठाएपछि नेपालको गृह प्रशासन विमानस्थलमा कडाई गर्न लागिपरेको छ । युनिर्फम र नामसहितको परिचय पत्र नलगाउने कार्यमा केही कर्मचारीको 'नियत खराब' रहेको अधिकारीहरू बताउँछन् । त्यस्ता कर्मचारीले अन्य सीधासाधा कर्मचारीहरूलाई पनि प्रभावमा पारी युनर्फम लगाउने समूहमा ल्याउने गरेका छन् । युनिर्फम लगाएर बदमासी गर्न नसकिने र गरे पनि पछि सहजै खुल्ने भएकाले केहीले अभियानकै रूपमा युनिर्फम नलगाउने पक्षमा होहल्ला गर्दै आएको स्रोतले बताएको छ । 'निर्णयमा सबै निकायका प्रमुखहरूले सहमति जनाएपछि अधिकांश निकायका कर्मचारीहरूले युनिर्फम लगाउन थालेका छन् तर युनिर्फम लगाएर अग्रपंक्तिमा बस्नुपर्नेहरूले सहयोग नगर्दा सुरक्षा व्यवस्थामा समस्या आएको छ' विमानस्थल प्रमुख राईले कान्तिपुरलाई भने । विमानस्थलमा खटिने सबै कर्मचारीलाई सम्बन्धित विभागले युनिर्फम र त्यसबापत भत्ता दिन्छ । युनिर्फमबापतको रकम र भत्ता खाइरहेका छन् । कामको प्रकृति छुट्याउन र अनुशासित देखाउन प्रायः विमानस्थलमा काम गर्ने सबै निकायका कर्मचारीले युनिर्फम र छातीमा तस्बिर, नाम र दर्जा खुल्ने गरी परिचयपत्र लगाउने गर्छन् ।
bisal · Jan 12, 2009 10:14 AM · 11,165 views
They should Hire New People & suspend those people who do not follow the rules. This way more employment will be generated and the existing employees will be forced to follow the rules. If the people think that the government have to fulfill their demands, then as a good citizens, the people have to follow the rules & regulations too. Prosperity andnepal developement of a country is the responsibility of both the government and the citizens of that country cause as the citizens of a democratic country...... JAI NEPAL
kathmandurocks · Jan 12, 2009 3:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion