मिच्ने क्रम जारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वर्षौंदेखि सीमा अतिक्रमणको चपेटामा परेको नेपालले पूर्वी सीमामा फेर िसमस्या झेल्नुपरेको छ । भारतीय पक्षले पूर्वी इलामको भूभाग पुनः अतिक्रमण गरेर सीमा सुरक्षा बल -एसएसबी) क्याम्प राखेपछि उसको हेपाहा प्रवृत्ति जुर्मुराएको हो । श्रीअन्तु गाविस-८, छब्बीसे क्षेत्रको करबि १५ रोपनी नेपाली भूभागमा एसएसबी क्याम्प राखिएको छ । यसरी नै पशुपतिनगर गाविसमा पर्ने पुलखोलामा पनि नेपाली भूभाग मिचेर क्याम्प खडा गरएिको छ । संविधानसभाको चुनावताका अस्थायी क्याम्प बनाएर राखिएको एसएसबी क्याम्पलाई स्थायी रूपमा निर्माण गर्नका लागि भारतीय वन कार्यालयले नेपाली भूभाग मिचेर क्याम्पलाई दिएपछि अतिक्रमणको रहस्य सार्वजनिक भएको हो । अतिक्रमित क्षेत्रमा राजनीतिक दल, प्रशासनलगायतले अनुगमन गरी सीमा मिचिएको ठहर गरेका छन् । उनीहरूले तत्काल विवादास्पद सीमास्थलमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । हाल अस्थायी क्याम्प रहेको सो स्थानमा स्थायी क्याम्प राख्ने तयारी भइरहेको छ । भारतीय वन कार्यालयले स्थायी क्याम्प निर्माणका लागि नेपालतर्फको भूभाग नापेर दिएको हो । भारतीय वन कार्यालयले भारतीय भूमि भएको दाबी गर्दै नेपालतर्फको भूभागमा नापेर करबि २० रोपनीजति जग्गा बेसक्याम्पलाई छुट्याइदिएपछि क्याम्पले तारबार गर्नका लागि खम्बा-खुट्टीसमेत गरसिकेको छ । ७२/५ नम्बर सीमास्तम्भको नजिकै बेसक्याम्प निर्माणका लागि नेपाली भूभागमा तारबार लगाउन लागिएको हो ।  नेपाली भूभागमा रहेको २९औँ खोपरेल बटालियन 'ए' कम्पनी ओकाइटी एसएसबी पोस्टका इन्चार्ज जेएस सेरावत नेपाली भूभाग भएको बताउँदाबताउँदै वन कार्यालयले सो क्षेत्र नापेर छुट्याइदिएको बताउँछन् । भन्छन्, "हामीले नो म्यान्सल्यान्ड र नेपालतर्फको भूभाग भएको बताउँदाबताउँदै सुकिया रेन्जपोस्टले भारतीय भूभाग भन्दै यही भूभाग छुट्याइदिएको हो ।" वषार्ंैदेखि नेपालतर्फबाट पुनरावलोकन नभएको यहाँका सीमा क्षेत्रमा भारतले तीन किलोमिटरको अन्तरमा दर्जनाँै एसएसबी क्याम्प निर्माण गरसिकेको छ ।  क्याम्पमा ३० जना एसएसबीका सुरक्षाकर्मी तैनाथ छन् । भारतीय पक्षले छब्बीसे क्षेत्रमा मात्र नभएर मेची नदीदेखि सन्दकपुरसम्मको ४४ किलोमिटर क्षेत्रमा दर्जनौँ स्थानहरूमा दसगजा मिचेर घर र अन्य भौतिक निर्माण गरेका छन् । पशुपतिनगरछेउको हिलेमा यसअघि ०५९ सालमा भारतले रातारात नेपाली बस्ती नै भारतमा पारेपछि स्थानीयले कडा प्रतिवाद गरेकाले पछि हटेको थियो । पटकपटक हुने यस्ता गतिविधिले स्थानीयबासी पनि निराश बनिसकेका छन् । स्थानीयस्तरबाट सीमा क्षेत्रको निरीक्षण गर्ने र सम्बन्धित निकायमा जानकारी गराए पनि यस्ता घटना हुन नदिन सरकारी पक्ष उदासीन देखिएको उनीहरूको आरोप छ । छब्बीसेको २६ नम्बरको सीमास्तम्भ नजिकै पनि भारतीय पक्षले दसगजा क्षेत्र र नेपाली भूभाग मिचेर घर निर्माण गरेको छ भने जवाहार नवोदय विद्यालय पनि सञ्चालन गर्दै आएको छ । अतिक्रमित क्ष्ाेत्रको मंसिर २२ मा प्रशासन, प्रहरी र दलका नेताहरूले सीमा क्षेत्रको अवलोकन गरेका छन् । टोलीमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण पोखरेलले एसएसबी क्याम्पका इन्चार्ज जेएस सेखावतलाई निर्माण कार्य तत्काल रोक्न अनुरोध गरे । "गत वर्ष नै क्याम्प हटाउँछौँ भनेका थिए," उनले भने, "अरू निर्णय नआएसम्म कुनै पनि निर्माण कार्य नगर्न भनेका छौँ ।" जिल्ला प्रशासन कार्यालय, इलामले सीमा अतिक्रमण रोकी सीमा क्षेत्रको व्यवस्थापनका लागि गृहमन्त्रालयलाई जानकारी गराइसकेको छ । स्थलगत निरीक्षणमा पुगेको स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलका नेताहरूले नेपाली भूभाग भारतीय पक्षले निरन्तर अतिक्रमण गर्दै आएको बताएका छन् । "हिलेनजिकैको दुई सहायक सीमास्तम्भसमेत हराएको पाइएको छ," टोलीमा संलग्न नेपाल पत्रकार महासङ्घ, इलाम शाखाका अध्यक्ष सटेन्द्र जवेगुले भने । सीमा अतिक्रमण रोक्न जिल्लास्िथत राजनीतिक दलहरूले पनि चासो देखाएका छन् । पुस २३ को सर्वदलीय संयन्त्रको बैठकले तत्काल सन्दकपुरदेखि जिर्मलेसम्मको अतिक्रमित क्षेत्रको समस्या समाधानमा सरकार गम्भीर बन्न आग्रह गरेका छन् । भारतको हेपाहा प्रवृत्तिले सीमा अतिक्रमण रोक्न सरकारले पहल गर्नुपर्ने निरीक्षण टोलीमा संलग्न नेकपा एमालेका उपसचिव नरेन्द्र भट्टराईले बताए । त्यसरी नै नेपाली कांग्रेसका जिल्ला सचिव होम दुलालले सीमा क्षेत्रमा सरकारको निगरानी कम भएकाले नेपाली भूभाग मिचिएको बताउँदै केन्द्रीय तहबाट सीमा व्यवस्थापनका लागि चासो देखाउनुपर्नेमा जोड दिए । पूर्वी क्षेत्रको संवेदनशील सीमा क्षेत्रमा रहेको पशुपतिनगरस्िथत सीमा प्रशासन कार्यालय पनि नाम मात्रको छ । कार्यालयमा एक जना लेखापाल र अरू दुई जना सहायक छन् । कार्यालयमा अधिकृत, सुब्बालगायतका कर्मचारी छैनन् । दुवै पक्षका प्राविधिकहरूको टालीले सीमा समस्या सुल्झाउन पहल गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पक्षलाई पत्राचार गरेको छ ।  नापीको प्रारम्भिक सर्वेक्षणले ११ रोपनी ८ आना जग्गा अतिक्रमण भएको देखाएको छ । "१५ रोपनीजति जमिन अतिक्रमण गरएिको अनुमान लगाएका छौँ । प्रारम्भिक सर्वेक्ष्ाणले यस्तो देखाएको छ," सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने । इलाम उच्च स्थानमा रहेको सन्दकपुर अतिक्रमणको चपेटामा परेको वषौर्ं बित्दा पनि कसैले प्रभावकारी कदम नउठाउँदा समस्यामा छ । माबु गाविस-८ मा पर्ने सन्दकपुरको जग्गा भारतले झन्डै पाँच दशकअघि नै आफ्नो बनाएको छ । पुरानो बाटो छाडेर भारतले नेपालतर्फबाट नै उसको मोटरएबल सडक नेपालतर्फबाट घुसाएर झन्डै एक रोपनी जमिन आफ्नो पारेको छ । "नयाँ खनेको सडकबाट दसगजा छाड्न भनिएको छ," स्थानीय दावातेम्बा शेर्पाले भने । पर्यटकीय महत्त्वको क्षेत्र भएकाले भारतले नेपाली माटोको सक्दो उपयोग गरेर पूर्वाधार विकास गरेको छ । नेपाली क्ष्ाेत्रमा राज्यको उपस्िथति शून्य भएकाले पनि अतिक्रमण भएर पनि कुनै पहल हुन सकेको छैन । नजिकैको ५८/३ -१०) नम्बरको पिलरलाई जोडाएर नै नो म्यान्सल्यान्डको मतलब नगरी उसले मोटर सडक बनाएको छ । पिल्लर र केही माथि मिचिएको थुम्काको बीचमा पर्ने एसएसबी क्याम्प र गेस्टहाउसको भू-भाग पनि विगतमा नेपालतर्फ नै रहेको स्थानीयबासीको भनाइ छ । माबु-८ को कालपोखरी भन्ने स्थानमा रहेको पोखरी पनि विगतमा नेपालकै रहेको र पछि भारतले ६०/२ -१२) नम्बरको पिलर सारेको स्थानीयको भनाइ छ ।   NEPAL mag.

thopa · Jan 11, 2009 7:14 PM · 11,264 views

2 Replies

..enough is enough...politician indian traitors not gonna do nething we gotta do something else will be in trouble

crazy_boi · Jan 12, 2009 3:06 AM

Nepal ra nepali le kehi garna sakdainau. Khaali sajha ma comment garera kehi hudaina Nepali saathi ho. Tyaha jaanu pachha jaha rannndee india le micheko chha.

hos_prasad · Jan 12, 2009 4:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all