एक फरक कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माइतिघर निर को त्यो चोक मा धेरै नै भिड जम्मा भएको थियो, त्यो बिहान। एउटा निलो गाडी को बरिपरी जम्मा भएको त्यो मान्छे को भिड भित्र सबै जना के भएको होला भन्ने अनुमान गर्दै थिए। त्यो भिड भन्दा केही किलोमिटर पर वीर अस्पताल को आकश्मिक कक्षमा अनुज सौरभ को बेड छेउमा उभिरहेको थियो। बितेका सात घण्टामा अनुजले आफ्नो नजिकै को एक जना त्यही माइतिघरको दुर्घटनामा गुमाइ सकेको थियो, श्रेया। केही पर श्रेयाका नातेदारहरु भने अन्तिम संस्कारको तयारी गर्दै थिए। तर बिधी को बिडम्बना, त्यस्को एक हप्ता अगाडी मात्र श्रेयाको बिहाको कुरा छिनिएको थियो। अनुज को सम्पूर्ण ध्यान अचेत अवस्थामा रहेको सौरभ माथी थियो। ************************************************************************************ दुई बर्ष अगाडी ठमेलको ब्यस्त सडकमा एउटा नवयुबक भिड को बिचमा देखा पर्‍यो। उ हातमा नाङो खुकुरी लिएर भिडमा कसैलाई खोजिरहेको थियो। निमेश भर मै एउटा ठुलो भिड उसको वारी पारी जम्मा हुन पुग्यो। आफ्नो सिकार हात बाट फुस्केको भान भए पछी त्यो मान्छे को मुख बाट एउटा शब्द निस्कियो - "साला" अनी हावामा खुकुरी नचायो। तमासेहरु ले डर ले मुख फेरे। त्यतिकैमा एउटा कालो मोटरसाइकल त्यही आएर रोकियो, तमासेहरु को भिड सँगै त्यो नवयुबक पनि त्यहा बाट हरायो।                                                             ************************************ काठमाडौं बाट पोखराको लागि उडेको अन्तिम उडानले सौरभलाई नियमित समय भन्दा ५ मिनेट छिटो पोखरा ल्याइ पुर्यायो। त्यस्को केही समय पछी नै जोमसोम बाट त्यो दिन को काम सकेर फर्केको अनुज को हेलिकप्टर पनि केही पर अवतरण गर्‍यो। अनुज एक हेलिकप्टर कम्पनी मा कार्यरत थियो। अनुज बसेको होटलको लबीमा सौरभलाई उभिरहेको देख्दा आश्चर्यमा पर्‍यो। "फेरी के गरिस?" अनुज को पहिलो प्रश्न सौरभलाई त्यही नै थियो। "बुढाले घरमा बस्न दिएनन, अस्ती ठमेलमा अलिकती हानाहान परेको थियो।" "खाना खाइस?" "छैन" आफ्नो फुपुको छोरा सौरभ जन्मिदा अनुज ले बामे सर्न थालि सकेको थियो। दुबै सँगै हुर्केका भए पनि दुइ जनाको स्वभावमा भने आकाश पाताल को भिन्नता थियो। सानै देखी शान्त, सुशिल, सोचेर बोल्ने, सबै को कुरा सुन्ने बानी भएको अनुज भन्दा सौरभ भिन्न थियो। अरु को कुरा न सुने पनि, अरु ले भनेको न माने पनि सौरभ ले हरेक समस्यामा गुहार्ने ब्यक्ती उसको सबै भन्दा नजिक को साथी अनुज नै थियो। कहिले काही त सौरभ दोधारमा पर्थ्यो, आफु ले अरु लाई न बुझेको हो कि अरु ले उस्लाई बुझ्ने कोशीश न गरेको हो? "तर अनुज ले त मेरो कुरा राम्रो सँग बुझ्छ त, अरु ले चाँही किन मेरो कुरा बुझ्दैनन?"आज पनि घरको किचकिच छल्न लाई सौरभ अनुज को शरण मा आएको थियो। अनुज पनि सौरभ लाई आफ्नै सहोदर भाई जस्तै गरी माया गर्थ्यो, शायद बाल्यकाल देखी को त्यो बन्धन समय सँगै अझ मजबुत हुँदै थियो। "ल हिड। खान जाउ बाहिर, तलाई भोक लागेको होला। मेरो पनि डिनर खान बाँकी नै छ। "  दुबै लेक साइड मा रहेको अनुजको मन पर्ने ठाउँ मा खाना खाइ सकेर नजिकै को बार तर्फ लागे जहाँ अनुज र सौरभ को भेट एक युबती सँग हुन पुग्यो। हेर्दा राम्री, MBBS गरी रहेकी उक्त युबती को ब्यक्तित्व ले अनुजलाई पहिलो भेटमै प्रभावित गर्‍यो। हुन त अग्लो, गोरो, सलक्क परेको  पाइलट अनुज को ब्यक्तित्व पनि केही कम थिएन। पहिलो भेट बाट सुरु भएको मित्रता बिस्तारै घण्टौ सम्म फोनमा कुरा गर्ने माध्यम हुन पुग्यो। अनुज को ब्यस्त दिनचर्याले सौरभलाई पहिला भन्दा अली टाढा पुराएको थियो। अनुज ले यो कुरा को आभाश पायो कि पाएन, तर सौरभ भने आफु पहिला भन्दा एक्लो हुँदै गएको महसुस गर्न थाल्यो। ************************************************************************************************ केही समय पछी अनुज को घर मा बिहेको गाईगुइ चल्न थाल्यो। अनुजको दुई बर्ष को त्यो प्रेम कथा लाई विवाहको बन्धनमा बाध्ने बेला आइ सकेको थियो, श्रेया पनि पढाई सकेर काठमाडौं मै काम गर्न थालि सकेकी थि। दुबै को परिवारको सहमती ले बिहे को कुरा पनि छिनियो। केही दिन पछी अनुज को घरमा पारिवारिक जमघट थियो। काम बिशेष ले बाहिर जानु परेको हुँदा अनुज भने त्यो जमघटमा सरिक हुन पाएन तर  अनुज को प्रतिनिधि को रुप मा श्रेया लाई भने आमन्त्रण गरिएको थियो। भेटघाट, खानपिन को क्रम केही घण्टा चलेर त्यो जमघट सकियो। श्रेयालाई घर सम्म पुराउन सौरभ जाने भयो। अली कती मदिरा को नशा अनी मनमा चली रहेको आधीबेरी ले सौरभको गाडी को गती अचानक बढायो, सडक छेउ मा रहेको बिजुली को पोल अनी पर्खालमा ठोक्किएर गाडी स्थिर भयो। आफ्नो कुरा सुन्ने, सल्लाह दिने अनुजलाई आफु बाट टाढा पुर्र्याउने श्रेया भएको निस्कर्ष अनी अनुज को विवाह पछी आफु झन एक्लो हुने डर को मानसिक द्वन्दमा अल्झिरहेको सौरभ शायद त्यही मौका को खोजी मा थियो।       समाप्त: Last edited: 12-Jan-09 12:02 PM

Nepal Ko Chora · Jan 11, 2009 4:00 PM · 47,384 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

नितान्त आफ्नो स्वार्थ मात्र सोच्ने निर्दयी साथी हुन्छ त?!! कुरो त निकै गहिरो जस्तो लाग्यो --- कथा सिध्याउन हतार गरेको त हैन नेप्चे भाइ? जे होस पढिसक्दा  शब्द संगै मन पनि स्तब्ध भयो!! :)

shubha · Jan 20, 2009 11:25 PM

शुभा दिदी, खै स्वार्थ त मित्रता बिचको द्वन्दमा कहिले काही स्वार्थ ले पनि जित्दो रहेछ क्यारे। कथा सकाउन हतार त गरेको त हैन। पढेर दुई शब्द लेखी दिनु भयो, त्यही मेरो लागी ठुलो कुरा भयो।  :-)

Nepal ko Chora · Jan 22, 2009 9:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all