संविधानसभा निर्वाचनमा सस्तो प्रचारबाजिमा हिँड्दै आश्वासनको खेती गरेका प्रचण्डलाई अहिले उनकै मतदाताले ढुङ्गा हान्ने दिन आएको छ अरे । निर्वाचनताका कीर्तिपुरको बाघभैरवमा आयोजित सभामा 'विश्वविद्यालय बनाउँदा सरकारले कीर्तिपुरबासीलाई ठगेको' भन्ने प्रचण्ड अहिले कीर्तिपुरवासीका सामु नाजवाफ छन् अरे । प्रचण्डले निर्वाचनताका कीर्तिपुरका सभाहरूमा विश्वविद्यालय स्थापना गर्दा अधिग्रहण गरेको जग्गाको नयाँ मूल्य निर्धारण गर्ने र कीर्तिपुरबासीलाई रोजगार, स्वास्थ्य र शिक्षामा पहिलो प्राथमिकताक्रम निर्धारण गर्ने जस्ता हावादारी आश्वासनहरु बाँडेका थिए अरे । सडकमा छउञ्जेल 'न्याय दिलाउने' भाषण गरेका प्रचण्ड अहिले विश्विद्यालयको कूलपति एवम् मुलुककै शक्तिशाली पदमा पुगेपछि मौन बसेपछि तिनै मागलाई लिएर अहिले कीर्तिपुरबासी आन्दोलनमा उत्रेका हुन अरे र त्यसै कारण देशको प्रमुख शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गत रहेका सिनास, सेडालगायतका अनुसन्धान केन्द्रहरू अनिश्चितकालका लागि बन्द भएको छ अरे । प्रचण्ड महाराजले पहिला स्कुल बन्द गराएर जबर्जस्ति बिद्यार्थी लगेर वाइसियल बनाउथे अब टियु बन्द गराएर, २२ घण्टा लोडशेडिंङ थपेर, महँगी बढाएर, नयाँ नेपाल भनेको विद्युत पनि नचाहिने, शिक्षा पनि नचाहिने, वाइसियल भएसि जे गर्न नि पाउने नेपाल हो भन्ने प्रमाणित गर्न लागि परेका छन भन्दा हुने भएको छ अरे । अब के मतदातालाइ "खुच्चिंङ" भन्ने ?
CT. · Jan 9, 2009 6:06 PM · 3,331 views
Oh ho... C.T. You have wonderfully.... thanks for your contribution.... When people came out in procession to celebrate Maoists victory, it seems those people were born to vote for crooks like Prachanda.. what can you do? This is the problem of Nepal.. janata are stupid, uneducated and these assssssshole prachanda and political leaders easily trick nepalese.
Ved555 · Jan 9, 2009 7:57 PM
k huncha ajai herdai jau na ...........12 barsha ma 12000 lai bhanda badi mache mareko cha. Saabai gau ka dada ra school nagayeka keta keti lai afno army banayera afnai dajju bhai ko bali chadayeko pranchada le katiko k k gardo rahicha. Saata paunu agadi samma ta sabai ko phurti tehi ho ni , paye pachi bhramad ra udghaton haru gardai fursad hudaina. abha kun din dekhi duisai adyaro huncha nepal ma. aja tyo looteko sampati ko ta lekha jokha kasle garosh. Jai nepal
8848m · Jan 9, 2009 8:08 PM
अब देशको प्रधानमन्त्रीले जनविद्रोह गर्ने रे, वाह रे वाह, क्या तगडा नेता छानेछन जनताले,
CT. · Jan 13, 2009 4:53 PM
good job
stopthewar · Jan 13, 2009 5:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion