hi guys, There is one sad news. One more Nepali was killed in Texas Gas Station. His name is JB Rai. टेक्सासमा अर्को नेपालीको हत्या Filed under: समाचार र विचार — Administrator @ 6:33 pm सुरेश चामलिंग/टेक्सास अमेरिकाको टेक्सासमा फेरि अर्का एक नेपालीको हत्या भएको छ। सोलुखुम्बु निवासी ४५ वर्षका जेबी (जसबहादुर) राईलाई मंगलबार बिहान साढे छ बजे अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरेका थिए। बिहान ७ बजे एक पसलेले उनलाई घाइते अवस्थामा फेला पारेका थिए। घाइते राईलाई प्रहरीले नजिकैको जोन पिटर स्मिथ अस्पताल पुर्याएका थिए। त्यहीँ उनले अन्तिम श्वास फेरेका थिए। टेक्सास मै केही समय अगाडि मात्रै विद्यार्थी अशोक भट्टराईलाइ गोली हानी मारिएको थियो। त्यसैगरी नेपाली कांग्रेसका भूतपूर्व सांसद प्रकाश कोइरालालाई पनि टेक्सास कै स्टोरमा जलाएर हत्या गरिएको थियो। त्यसअघि हेटौडाको डीएल श्रेष्ठको हत्या भएको ठाउँ पनि टेक्सास राज्य मै पर्छ। Source: http://www.mysansar.com/?p=354... Last edited: 07-Jan-09 10:01 PM
lonelyguy · Jan 7, 2009 9:55 PM · 7,477 views
Sathi. Gati ali dhilo bhayo. Speed badhauna paryo.
abhagi kale · Jan 7, 2009 10:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion