तिमी यस्तो रुखो छौ भन्ने थाहा भएकोभए शायद सारा संसार छोडेर तिम्रो पछी यती धेरै दौडिन्न थिए होला। हिजो आज सोच्दै छु, मेरा कती रात र दिनहरु तिम्रै नाममा बालुवामा पानी झै बगेछन्, मेरा आँखाका सारा सपनाहरु बोकेर। तिमी यस्तो निस्ठुरी छौ भन्ने थाहा भएकोभए शायद मुटुको हरेक धुकधुकिसँगै तिम्रो नाम जप्दिन थिए होला। तिमीलाई आफ्ना हरेक खुशी र पिरहरु सुनाइरहँदा थाहा थिएन मलाई,तिम्रो हृदय त पुरै पत्थरले बनेको छ भनेर। तिमीले आफ्नो जीवनको पानाहरुबाट यसरी मेरो नाम मेटीदिन्छौ भन्ने थाहा भएको भए शायद मुटुभरी तिम्रो नाम लेख्दिन थिए होला। धेरैपटक र धेरै ठाउँहरुमा तिमीलाई आफ्नो भनेर सम्बोधन गरिरहँदा थाहा थिएन मलाई त्यो त केबल दिवास्वप्न हुनेछ भनेर। मैले त आफूलाई तिम्रो सुखदुखमा साथ दिने साथी र अफ्ठ्याराहरुमा आड दिने साहारा बनाउन खोजेको थिए, तर थाहा थिएन मलाई मेरो हरेक आगमनले नै तिमीलाई त्रसित बनाउन थालिसकेको छ भनेर। मनको कुनै कुनामा आसा थियो मलाई शायद एकदिन तिमी समाजको सारा बन्धन तोडेर मेरो हुनेछौ। तर थाहा थिएन तिमी त पूर्णरुपमा कायान्तरित र यन्त्रवत् भईसक्यौ भनेर। अन्तिम शब्द तिमीलाई यही नै छ मेरो अब निश्चित नै तिमी मबाट भाग्नु पर्ने छैन, किनकी थाहा भईसक्यो मलाई तिम्रो साथको प्यास त केबल म्रिगत्रीष्णा हो भनेर।
Geology Tiger · Jan 6, 2009 8:52 PM · 15,501 views
K ho Geology Tiger lai pani bichhod ko pida pare jasto chha ni. K garne maya matra garne sansarma u bahek aru kohi pani chhaina bhanthanera crazy bhayera maya priti gasyo, kt ka jat haru kanha chinchhan ra chokho maya garne lai. Kun use and throw ko phela parchhan ani phursadma pachhutaunchhan. Yestai ho sathi sansarko rit..... Bujhne le kura nabujhi diyepachhi kasko k lagchha ra. Any way God bless u.....
ramupure kanchho · Jan 6, 2009 9:14 PM
Alley mero dai lai kina yesto satako hola bhauju le hehehe.. dont worry dai... uhmid ma duniya kayam cha.. so juss keep hoping.. ;)
girly_gurl · Jan 6, 2009 10:56 PM
धन्यवाद रामपुरे मित्रलाई अनी धन्यवाद मेरो प्यारी बैनिलाई! कहिलेकाहीँ आँखाले पनि धोखा दिदो रहेछ, दिमागले पनि गलत सोच्दो रहेछ अनी मन पनि नचाहिँदो चिन्ताले ग्रसित हुँदो रहेछ। धेरै साथीहरुले मेरो आँखाबाट तुरुक्क आसुँ चुहिएको देखेका रहेछन, अब देखियो भने सोच्नु होला यो हर्शको आसुँ हो।
Geology Tiger · Jan 13, 2009 3:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion