पशुपतीनाथ को कल्याण गरुन !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पशुपतीनाथ को कल्याण गरुन !!!!!!!!!!!!! एक हुल जंगली शहर पसे यता डसे उता डसे  जताततै पसे नयाँ जोगिले बेसमारी खरानी धसे। यता ठोके, उता भुके जनता को नाम मा मनपरी खोके। प्रेसलाई सप्रेस गरे, न्यायलय लाई शौचालय बनाए। रामहरी मारिए, निर्मल , पुष्कर सेरिए, तै पनि पशुपती नाथ बोलेन पीडितजनको कल्याण गरेन आज धर्म माथि आस्था माथि बर्बर प्रहार गर्दा आँफै निरही बनेकाछन कैलाश तिर बसाइ सरुं कि यो ठण्डा मा तराइ झरुं कि सोच्दै थिए महादेब गम्दै थिए महादेव बाहिर डण्डावाला को बिच मा झन्डावाला पनि देखे तिनकुने सनातन झन्डा फेर्ने नमाने चारै तिर घेर्ने भाषण गर्दै थिए । शम्भू तर्से आफ्नै तम्बू मा फर्के ४ दिन भो नित्य पूजा छैन, ४ दिन देखी पेटमा भूजा छैन कामरेड पूजारी ठोसे देखी ढुकुटी को सांचो खोसे देखी    पशुपतीको शिरमा मुकुट छैन रे मुकुट त सामन्ती राजाशाहीको प्रतिक रे हसिया हठौडा र रातो झन्डा नमाने लाई तातो डण्डा काम्रेड पुजारी, ॐ जय शंकर सट्टा ॐ जय प्रचन्ड भात्याउदै सुन, मणी ,money रित्याउदै चन्दन हैन रक्त चन्दन लाल सलाम गर्ने लाई लाल गुलाम गर्ने लाई बाड्दै छन जनता भाड्दै छन असत्तीहरु त्यही को आर्यघाटमा अर्ध जलुन,  पशुपतिनाथ को सबैले कल्यान गरुन ।  Last edited: 06-Jan-09 10:22 AM

rahulvai · Jan 6, 2009 9:18 AM · 42,811 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

वाह वाह ठुलदाइ। गजब को गयो। दोहर्याइ तेहिर्याइ पढेँ राम्रो लागेर। यो त उतातिर पनि छपाउन पठाउनुस् न दाई।

बिस्टे · Jan 9, 2009 9:35 AM

Pashupati Nath le Mero Kalyan garoon........hey bhagwan malai euta job chadai miledou na.... khana bashna garyoo paryooo..timi lai ma Nepal gayacha paisa chadhouchou!!

stolen_thoughts · Jan 21, 2009 3:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all