२०६६ साल ११ महिनाको मात्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

lau barbad aba mero bday ta dui barsa pachi matra aauncha jasto cha..........:( http://72.167.53.34/kolnepalin... ------------------------------------------------------------------- २०६६ साल ११ महिनाको मात्र मैना धिताल काठमाडौं, पुस २१ - यो चैतमा तपाईंको जन्म दिन छ भने धुमधामसँग मनाउने तयारी गर्नुस् । अर्को वर्ष तपाइर्ंले यो अवसर पाउनु हुने छैन । किनभने आउँदो वर्षको क्यालेन्डरमा चैत महिना हुने छैन । अर्थात् २०६६ सालमा ११ महिना मात्रै हुनेछ ।हामीले मनाउने चाडपर्व र अन्य सांस्कृतिक गतिविधि पनि एक महिनाअघि सर्नेछन् । यसैलाई ऋतुसँग तालमेल मिलाउन मन्त्रिपरिषद्ले क्यालेन्डर परिवर्तन गर्न स्वीकृति दिएको छ । पर्व सुधार राष्ट्रिय कार्यदलले गत वर्ष बुझाएको प्रतिवेदन अनुसार २०६६ साल ११ महिनाको मात्र हुनेछ र फागुनपछि वैशाख सुरु हुनेछ । 'सुरुको एक वर्ष परिवर्तन गरेपछि अरू वर्ष स्वतः मिल्ने भएकाले परिवर्तन गरिराख्न पर्दैन,' प्रतिवेदन कार्यान्वयन समितिका सदस्यसचिव हरिनारायण मल्लले भने । मितिका हिसाबले चैत नभए पनि तिथिको आधारमा जन्म दिन निश्चित गर्न सकिने मल्लको सल्लाह छ । गत वर्ष कार्यदलले प्रतिवेदन तत्कालीन संस्कृति तथा पर्यटनमन्त्रीलाई बुझाएको थियो । कार्यदललाई कार्यान्वयनको जिम्मा पनि मन्त्रीले दिएका थिए । कार्यान्वयन समितिअन्तर्गत ज्योतिष, धार्मिक, वैदेशिक समन्वय र वैज्ञानिक उपसमिति गठन भएको उनले बताए । संस्कृति तथा पुनर्संरचना मन्त्रालयका प्रवक्ता जलकृष्ण श्रेष्ठले मन्त्रिपरिषद्ले यसको कार्यान्वयन गर्न बुधबार सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए । उनका अनुसार पञ्चाङ्ग निणर्ायक समिति र सरोकारवालासँग परामर्शपछि मन्त्रालयले यसलाई कार्यान्वयनमा ल्याउनेछ । 'जनतामा भ्रम हटाउन र कार्यान्वयन गर्दा कठिनाइ नआओस् भनेर जनचेतनामूलक कार्यक्रम गर्दैछौं,' श्रेष्ठले भने । त्यसका लागि मन्त्रालयले चालू वर्ष ५ लाख रुपैयाँ बजेट छुट्टयाएको छ । यसबारे भारतलाई समेत खबर गरिने उनले जनाए । आवश्यक तयारीका लागि गृह मन्त्रालयलाई पनि पत्राचार गर्ने उनले जानकारी दिए ।    'निर्धारित समयभन्दा हामी एक महिना पछि परिसकेका छौं,' मल्लले भने, 'समयअनुसार काम गर्न नसकेकाले राजनीतिक, आर्थिकलगायत सबै क्षेत्रमा सफलता पाउन सकेका छैनौं ।' कार्यदलका अनुसार १ हजार ६ सय ५६ वर्षयता क्यालेन्डरमा परिवर्तन नभएकाले समायोजन गर्न एकैचोटि एक महिना सार्नुपरेको हो । मल्लका अनुसार २ हजार १ सय ५० वर्षमा ऋतु एक महिना वर सर्छ । तर हामीले पुरानै मितिअनुसार पर्व मनाइरहेका छौं । हाम्रा पर्व ऋतुमा आधारित छन् ।  'नेपालमा पुस र मंसिर पूणिर्मा गरी दुईवटा उत्तरायण भयो,' मल्लले भने, 'एउटै देशमा दुइटा उत्तरायण मान्नु भएन, ज्योतिष हिसाबले मंसिर पूणिर्मा ठीक देखियो, त्यसलाई मिलाउन क्यालेन्डर परिवर्तन गर्न लागिएको हो । ज्योतिष भाषामा सूर्य उत्तर लाग्नुलाई उत्तरायण र दक्षिण लाग्नुलाई दक्षिणायण भनिन्छ । त्यसैअनुसार हाम्रा पर्वका मिति तय हुने गर्छन् । नेवार समुदायले मनाउने योमरी पूणिर्मा र राईहरूको उधौली पूणिर्मा भने ठीक समयमा मनाउने गरिएको उनको भनाइ छ । 'तीन-चार सय वर्षअघिदेखि उपत्यकामा योमरी पूणिर्मा एक महिनाअघि सारेर मनाउन थालिएको हो,' उनले भने । योमरी मंसिर पूणिर्माको दिन मन्ााइन्छ । पञ्चाङ्ग सुधारको निर्णय धार्मिक आधारमा मात्र नभई वैज्ञानिक रूपमा पनि उचित रहेको कार्यदलको दाबी छ ।

dd_sh · Jan 5, 2009 9:53 PM · 17,307 views

13 Replies

I know about daylight saving in Europe.... but a season saving that also forwarding calander by a month... it can only happen in my country..... However, I am satisfied with the scientific reasoning behind the cause..... May the almighty Allha save our country

gyanguru · Jan 6, 2009 1:53 AM

lau barbaad.........mero birthday ta marne bho.

no_quiero · Jan 6, 2009 2:09 AM

How about shifting it for a decade. After 2066, go straight to 2076.See we won't even need Time Machine for that. And that way we can save at least 10 birthday expenses and lose on 10 birthday gifts.

prabhat k · Jan 6, 2009 9:01 AM

Guys, note that in Bangladesh and many parts of India, people still use Bikram Sambat calendar although their official calender is English. When I heard that Indian and Bangladeshi have their first day of new year (Baisakh 1) one month earlier - in Chaitra in our calendar, I used to debate and question their calender and argue that we are right because we are the only country based on Bikramaditya calander and our astrologists know the proper time and use of the calendar. Now, I got the answer and know why I was wrong.

ctal · Jan 6, 2009 10:04 AM

काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर भनेको एही होल?? गर्नु पर्ने कुरा धेरै छन , यो calender मा किन समय बर्बाद ?

syanjali · Jan 6, 2009 11:39 AM

वाह ! अरु सबै कुरामा पछाडि धकेलिए पनी  क्यालेन्डर मै मात्र भये नि अघी बढीने भयो ! खुशी लाग्यो मलाई त !

ritthe · Jan 6, 2009 12:51 PM

क्रम भङग को नयाँ कडि हो कि ? बैज्ञानिक आधार छ भने स्विकार्नै पर्छ। तर एकै चोटि एक महिना नै गयाप ? अली हजम भएन सर। के थाहा? कुन सन्काह ले २०६७ साल अलक्षिण हुन्छ भन्देला, ६७ साल नै गयाप होला। पशुपती नाथको कल्याण गरुन।

rahulvai · Jan 6, 2009 1:02 PM

Rahul Dai ko naya punch line mann paryo "पशुपती नाथको कल्याण गरुन।"

mysteryman2055 · Jan 6, 2009 3:03 PM

It will be another good reason for government employee going for strike and  Nepal Banda asking for 12 minths salary even though the year has 11 months and I will not be surprised at all if my poor country's rich government announces that it will provide lost month's salary to its employee, and in return tax the public for everything for whole year.    

nepali.chicago · Jan 6, 2009 3:23 PM

I am sure the maoist led govt will delay constitution drafting and this will be a good reason to blame for. They will say that they didnot have 12 months in 2066 BS so the constitution drafting is delayed by ??? years

CHYAME KANCHA · Jan 6, 2009 3:37 PM

To conclude their press release they will say the PRATIKRIYABADI and YETHASTITIBADI made us to delay the schedules

CHYAME KANCHA · Jan 6, 2009 3:39 PM

Good Point nepali.chicago It may happen. Lets see.

abhagi kale · Jan 6, 2009 4:58 PM

dammit! i was born in chait. but again, i've always used the english calendar to celebrate my birthdays. i'm sure a lot of people are the same. i'll rue the loss of chait nevertheless.

_bored · Jan 6, 2009 8:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all