चाह छैन मनको केही, मैले मन मारिसकें मुस्कानलाई आफ्नै मुहारबाट पर सारिसकें आउन सक्ने खुशीलाई नि अब मैले टारिसकें यस्तो लाग्छ आफ्नो जीवनसँग आफैं हारिसकें अँध्यारो छ जताततै, उज्यालोको नाम छैन लाग्छ पुरै संसारमा मेरो केही काम छैन आशा, उत्साह छैन केही मन उहिले मारिसकें यस्तो लाग्छ आफ्नो जीवनसँग आफैं हारिसकें बाँच्न मन छैन तर कायरता हो मर्नु पनि कति सहुँ पल पल आफ्नै नजरबाट झर्नु पनि आँखा अब सुख्खा भए आँशु सबै झारिसकें साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें ।। साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें ।।
cheli · Jan 5, 2009 9:26 AM · 5,219 views
आँखा अब सुख्खा भए आँशु सबै झारिसकें साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें वाह ! चेली , वाह ! मन छोयो, मन रोयो।
rahulvai · Jan 5, 2009 9:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion