भ्रमको पृथकता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दीपा छोटो स्कर्टमा थिइन्।त्यो कुनै फेसन हैन,मालीकको छोरी रोजीले दिएकी छोटो भयो।उमेर र उचाई उस्तै थियो दुबैको।हुन तरोजीले त्यो भन्दापनि छोटो स्कर्ट लगाउँथिन् तर त्यसलाई फेसन भनिन्थ्यो।दीपा छोटो स्कर्ट लगाउँदा सबै केटाहरुले हेर्छन्‌ की भन्ने सोँच्दथी भने रोजी स्कर्ट लगाउँदा अब केटाहरु कसो नहेर्लान् भन्ने सोँच्दथी।दुबै त्रसित थिए स्कर्टबाट।दीपाको त्रासमा सङ्कोच थियो,रोजीको त्रासमा उत्साह। रोजी +२ मा पढ्दैथिई।दीपाले २ पनि पढेकी थिइन।रोजीको भोलिपल्ट परिक्षा थियो।रोजीलाई अबको परिक्षामा उत्तीर्ण हुनु थियो।सबै प्रश्‍नको उत्तर लेख्‍न सकिएला नसकिएला द्वविधा थियो।दीपा भोलिपल्ट नयाँ काम गर्दैथिई। दीपाले मालिकको नयाँ घरको बगैँचामा विदेशी दुबो रोप्नु थियो।सवै दुबो रोप्न सकिएला नसकिएला द्वविधा थियो।त्यस दिन रोजीको घरमा काउलीको तर्कारी पाकेको थियो।“छि!,ममी पनि।हजुरलाई मैले भनेको हैन काउली मन पर्दैन भनेर?कस्तो होइसिन्छ”।अचार देखेपछि रोजी फेरी बोली, “आहा!,आँपको अचार?,कस्तो मीठो लाग्छ”।खाना थोरै लिएर वसेकी थिई ऊ;मोटाएर नराम्री भइन्छ भनेर।भोक लागि लागि पनि खाना नखानुलाई रोजी ‘डाइटिङ्’ भन्थी।खाना खाएर खाटमा गए पनि रोजी नानाथरी सोँच्दै बस्थी,निद्रा लागिहाल्थेन।धेरैपछि दीपाको घर पनि काउली पाक्दैथियो।“छि!,यि आमा पनि कस्ति हुन्,मोटो चामल नै पकाइछन्।बाले मन्सुलि ल्याका हैनन्?”।काउलीको तर्कारी देखेपछि दीपा फेरि बोली,”आहा!,काउली?ठिक छ”। खाना थोरै लिएर वसेकि थिई ऊ;आमाले थोरै नै पस्किएकि थिई।भोक लागि लागि पनि पेटभर खान नपाउनुलाई ऊ पीडा ठान्थी।खाना खाएपछि ऊ भूँईमा पल्टिई।बाले रक्सि खाएर हल्ला गरिरहेका थिए,निद्रा लागिहाल्थेन। राति रोजिको महल र दीपाको टहरा मौन भयो। केहि वर्ष वित्यो।खासै नौलो घट्ना केहि घटेको थिएन।रोजीले जेम्सलाई मन पराई।ऊनिहरुको जात नमिलेकाले घरबाट स्विकृति मिलिरहेको थिएन।रोजीको बाबुले जेम्सले चुरोट उडाउँदै रक्सि पिएको देख्‍ने गर्र्थयो।त्यस्तो शौखिनलाई उसले कुनै पनि हालतमा छोरी नदिने विचार गरेको थियो।फलत: रोजी पोइल गई।जीवन सामान्य नै थियो।दीपाले राजुलाई मन पराई।घर खर्च पनि धान्न धौ भइरहेको बेला दीपाको बिहे खर्च जुटाउनु दीपाको बाबुलाई साह्रो काम थियो।भागेर जा भन्ने बाबुको अप्रत्तक्ष भनाई दीपाले बुझेकी थिई।फलत:दीपा राजुसङ्ग भागी।परिवर्तन केहि महशुस भएन। बेग्लावेगलै परिस्थिति भए पनि सन्तान जन्माउने र हुर्काउने मसिनको रुपमा रोजी र दीपा प्रयोग भए।बिहानको अलिकति कामपछि दिउसो कसैकोमा बसी साथीहरुसङ्ग तास खेल्न र गफ गर्न रोजीलाई भ्याइनभ्याइ थियो।स्कुलवाट केटाकेटी फर्कने समयमा सबै सहेलिहरु आ-आफ्नो घर जान्थे।काम गर्ने केटोलाई छोराछोरिकोलागि खाजा बना भनेर टि.भि. खोल्यो हेर्यो।केही बेरमा लोग्ने पनि आउछ।थकित लोग्नेलाई हर तरहले खुसी पार्यो वस् दिन गयो।दीपा बिहानको चटारो काम सकि काममा जान्थी,ऊ घरघर कपडा धुने,भाँडा माझ्ने र बडार्ने काम गर्थी।विदेशीको अनुदानमा वनेको प्राथमिक स्कूल जहाँ केही स्वयम्सेवकहरुले पढाउने गर्थे,त्यहाँ दीपाका केकाकेटी जाने गर्थे।दीपा लोग्नेभन्दा केहि छिटो घर पुग्थी।घर पुग्दा केटाकेटिले केहि न केहि बद्‍मासी गरेकै हुन्थे,उनीहरुलाई गाली गर्दा गर्दै लोग्ने प्रायजसो रक्सि खाएर आउथ्यो तर दीपालाई र केटककेटीलाई माया गर्थयो।दीपाको त्यस दिनको अन्त्य पनि लोग्नेलाई खुसी पार्दैमा बित्थ्यो।बूढेसकालमा रोजी एक्लै परी।छोराछोरी सवै अमेरीका गए।श्रीमान्‌को मृत्यु भैसकेको थियो।मुटुको रोग थियो,ऊनि पनि हृदयघातको कारणले संसारलाई छोडिन्।दीपा पनि एक्लै परी।छोरो साउदिमा थियो,छोरीको त चाँडै नै विवाह गरिदिएकि थिई।वाथको र दमको रोग थियो,उनि पनि कालको मुखमा रोजीसँगै गइन्। पशुपतिमा दुबैको लास सँगै जल्दैथियो।

nirapeksya samaya · Jan 2, 2009 12:03 PM · 13,198 views

4 Replies

oho kasto sad story. lekhdai garam aru pani.

सान्नानी · Jan 7, 2009 11:59 AM

छोटो तर अर्थपूर्ण कथा। एक दिन मर्नु छ भन्ने भुल्नेहरुको ब्यथा। मृत्‍यु अबसंभाब्य हो नै तर मृत्‍यु जीवन्त भयो कि भएन भन्ने महत्वपूर्ण कुरा हो। लेख्दै गर्नुस्, पढ्ने हामी छदै छौ।

rahulvai · Jan 7, 2009 2:19 PM

चार हरफे कथामा उपन्यास लुकेको छ्। गरीबी र अय्यास अनी बाल्यकाल देखी मृत्‍यु सैय्या सम्म को राम्रो प्रस्तुती छ्। अरु पनि लेख्दै गर्नु होला।

बिस्टे · Jan 14, 2009 8:31 AM

Nice Philoshophical touch in 4 paragraph..........full marks to selection of a plot...............remembered salinako aina u rocked in that too....but i personally felt it little short ।हुनसक्छ नरपेक्ष जिको कार्यब्यस्तता नै होला यो कथा थोरै लामो बनेको भए चाहिँ गजबै हुन्थ्यो जस्तो लाग्यो ..............eagerly waiting for ur classic touches!!!!!!!!

fucheketo · Jan 14, 2009 8:42 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all