Gagan thapa bhasarn -- daroooo cha

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Gagan Le Daro diyera kehi hunne wala chaina yeha माग्दै हिँड्छन् आन्दोलनका घाइते गोपाल संग्रौला (काठमाडौं) प्रहरीको यातनाका क्रममा काटिएको ज्रि्रो, चिराचिरा पारिएका हात अनि गोलीले चुँडिएको खुट्टा तारा खड्काका पीडाहरू हुन्। जनआन्दोलन २०४६ मा दरबारमार्गस्थित महेन्द्रको शालिक तोड्न लागेको शंकामा उनलाई प्रहरीले तीन पटक गोली प्रहार गरी भुइँमा लडाएको थियो। गोलीका कारण खड्काको दाहिने खुट्टा पूरै काटिएको छ। उपचारपछि प्रहरीले हिरासतमा उनको ज्रि्रो काटिदिएको थियो भने हातमा चिराचिरा पारेर काटी नुनचुक दलिदिएको थियो। देशमा ऐतिहासिक जनआन्दोलन सफल भयो, तर उनको बोल्ने र हिँड्ने क्षमता पञ्चायती व्यवस्थासँगै सदाका लागि अन्त्य भयो। उनी अहिले बेसहारा बनेका छन्। ज्रि्रो, खुट्टा र हातले काम गर्न नसक्ने भए पनि क्षतिपर्ूर्ति उनले कहिल्यै पाएनन्। हातमुख जोर्ने अवस्था नभएका खड्का अहिले पत्रिकाका कार्यालय र नेताका घर चहार्दै हिँडे पनि कसैबाट उचित सहयोग पाउन सकेका छैनन्। रुकुम जिल्लाका खड्का आन्दोलनका बेला २० वर्षा जोसिला युवा थिए। अहिले उनी बैसाखीको सहयोगमा माग्न हिँड्ने गरेका छन्। त्यति बेलाको आन्दोलनमा लागेका दलसमेत अहिले पनि सत्तामा भए पनि कसैले खड्काप्रति दया देखाएका छैनन्। प्रहरीको चरम यातनाले खड्काको मानसिक सन्तुलनसमेत गुमेको छ। उनी मासिक १ हजार ८ सय रुपियाँ पर्ने औषधि सेवन गरिरहेका छन्। सो औषधि आजीवन खानुुपर्ने बताइएको छ। २०४६ सालमा नै स्नातक तह पास गरेका खड्का सानो जागिर मिले मागेर हिँड्ने सोच नरहेको बताउँछन्। २०४६ सालमा नेविसंघका सक्रिय सदस्य खड्का तत्कालीन भूमिगत नेता कृष्णप्रसाद भट्टर्राई, मनमोहन अधिकारी, गणेशमान सिंहलगायतको आहवानमा जनआन्दोलनको अग्रपंक्तिमा होमिएका थिए। ँगोली लागेर दरबारमार्गमा लड्दा ठूलै नेता हुने कल्पना गरेको थिएँ’, खड्काले भने- ँतर यस्तो भो।’

himalaya178 · Jan 1, 2009 2:37 PM · 34,977 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all