Anguish of the four

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Latest : Uma singh murder appears to be family feud related but govt. somehow declared her as martyr. phew ..who knew? but here is the real story of true martyr who willingly die for country (and yes two  of them were newars !! debunking  usual sajha threads myth)  not at like who die randomly. a tribute to sahid diwas बेहोस पारेर झुन्ड्याइएछ रेणुदेवी श्रेष्ठ मुमा पहिले नै बित्नुभएको थियो । म तीन वर्षको हुँदा बुबा -धर्मभक्त माथेमा) पनि मारनिुभयो । म अबोध बालिकालाई बुबालाई किन र केका     लागि मारयिो, थाहा हुने कुरै भएन । माहिलो बुबा ध्रुवभक्तले सुनाउनुभएको जति कुरा मात्र थाहा पाएँ । माफी मागे बुबा छुट्नुहुन्छ भन्थे । फुपूकी छोरीले किन माफी नमागेको भनेर उहाँलाई सोध्नुभएछ । तर, बुबा त्यस मामिलामा कडा हुनुहुन्थ्यो । उहाँले भन्नुभएछ, "हामीले राजाका निम्ति काम गरेका हौँ, प्रजातन्त्रका निम्ति काम गरेका हौँ । के बिराएका छौँ र माफी माग्ने ?" पछि मैले सुनेको र बुबालाई झुन्ड्याउने कार्यमा नरशमशेर राणाका साथ खटिने गोदावरी किटनीका तत्कालीन लप्टन कृष्णबहादुर थापाले बताए अनुसार, वि.सं. १९९७ माघ १२ गते दिउँसो उहाँलाई सिंहदरबार स्कुलघरबाट सेन्ट्रल जेल ल्याइयो । र, त्यसै दिन नातेदारहरूलाई भेट्न आउन भनियो । हजुरबुबा यहाँ हुनुहुन्थेन । उहाँ पनि राणा शासककै कारण कलकत्तामा थुनिनुभएको थियो । फुपूकी छोरीलगायत छरछिमेकी र टोलका केही उत्साही युवाहरू सेन्ट्रल जेल गएछन् । बुबालाई खुट्टामा नेलसिक्री र हात पछिल्तिर फर्काइ फलामे हतकडी लगाएर राखिएको रहेछ । उहाँलाई त्यही बेलुुकी ८ बजे डिल्लीबजार-ज्ञानेश्वरतिरका पसल बन्द गर्न लगाएर १० बजे कालोपुल हुँदै सिफल लगिएछ । लप्टन कृष्णबहादुरलाई २० जनाजति सिपाहीलाई लिएर फाँसीका निम्ति सबै सामग्री तयार गर्न लगाइएको रहेछ । नरशमशेरले आँखामा पट्टी कसिएको बुबालाई हात पछाडिपट्ट िबाँधेर फाँसीको फन्दामा उभ्याई अन्तिम इच्छा के छ भनी सोधेछन् । उहाँले राणाशासन अन्त्यको इच्छा व्यक्त गर्नुभएछ । त्यसपछि रूखमा झुन्ड् याइएछ । तर, डोरी उल्टो परेकाले र वजनदार शरीर भएकाले हाँगो लच्किएछ । यसरी पहिलो प्रयास असफल भयो । त्यतिबेलाको कानुन अनुसार एकपटक फाँसीबाट उम्किएको व्यक्तिलाई जीवनदान दिइन्छ भनिन्थ्यो । तर, मेरो बुबाले मुक्ति पाउनुभएन । त्यस्तो सम्भ“mदा कताकता दुःख पनि लाग्छ । दोस्रोपटक फाँसीमा झुन्ड् याउँदा डोरी नै चुँडिएछ । त्यसपछि अति नै आत्तिएका नरशमशेर 'ए छिटो गर' भन्दै आफैँले चक्कुले डोरी काट्न खोज्दा हडबडमा बुबाको गालादेखि चिउँडोसम्म काटिदिएछन् । त्यसबेला अत्यन्तै रसिाएका बुबाले लात्तीले हान्दा नरशमशेर पर हुत्तिएछन् । अनि, नरशमशेरको आदेशमा भएभरका सिपाही बुबामाथि खनिएछन् । लात्ती र मुड्कीले भकुरेर बेहोस बनाई तेस्रोपटक फाँसीमा झुन्ड् याएछन् । यसरी मारएिछ ३१ वर्षको उमेरमा मेरो बुबालाई । बुबाका दाजुभाइ सबै कलकत्तातिर हुनुहुन्थ्यो । उहाँको लास उठाउने मान्छे पनि भएनन् रे ∕ कसोकसो लमजुङतिरका एक ब्राह्मण भेटिएछन् । उनैले दागबत्ती दिएर दाहसंस्कार गरयिो । बुबाको यस किसिमको सहादतको कथा सुन्दा/सुनाउँदा गर्व लाग्छ । म उहाँको एक्लो सन्तान हुँ । दुनियाँका मानिसलाई सबैभन्दा प्यारो सन्तान नै हुन्छ । तर, एक्लो सन्तानका लागि जीवनको भीख माग्नुभन्दा देशका खातिर उहाँ झुन्डिन तयार हुनुभयो । त्यसैमा गर्व लाग्छ । तर, यस्तोमा पनि अहिलेका नेता र राजनीति देख्दा निराश लाग्छ ।  मलाई त पछिसम्मै टुहुरी रहिछु भन्ने पनि थाहा थिएन । बुबाआमा नभएको पनि थाहा भएन । माहिला बुबाले आफ्ना अन्य पाँच सन्तानसँगै हुर्काउनुभयो । कहिल्यै फरक व्यवहार गर्नुभएन । मलाई त धेरै पछिसम्म पनि माहिलोबुबाकै छोरी हुँजस्तो लागेको थियो । शिक्षाको उज्यालो फैलाउने बुबाको इच्छाले छोएकाले पनि हुनसक्छ, मैले २० वर्षसम्म महेन्द्र आदर्श विद्यालयमा सहायक प्रधानाध्यापक भएर काम गरेँ । त्यसपछि बुबाकै नाममा स्कुल खोलेर असहाय र गरबिगुरुवाका छोराछोरीलाई पढाउन मन लाग्यो । २०३८ सालमा नख्खु भैँसेपाटीमा करबि ४ रोपनी ६ आना जग्गामा सहिद धर्मभक्त विद्यालय स्थापना गरेर ट्रस्ट अन्तर्गत सञ्चालन गरेँ । ०५४ सालसम्म संस्थापक प्रधानाध्यापक भएर काम गरेँ । अहिले संरक्षक मात्र बसेकी छु । मैले धेरै परविर्तन देखेँ । तर, यसपटकको राजनीतिक परविर्तनपछि कतै सुरक्षा छैन । जनता अनाहकमा मारएिका छन् । सक्कली सहिदहरूले आजको नेपाल देखे भने रुन्छन्जस्तो लाग्छ । देश यस्तो परििस्थतिबाट गुज्रेको देख्दा भित्रभित्रै कहाली लाग्छ । सरकार केही कर्मचारीको तलब बढाउँछ । कतै महँगीभत्ता भनेर दिन्छ । तर, साढे दुई करोड जनतालाई महँगीले नै आहत बनाएको छ । यो कस्तो सरकार हो ? अर्कोतिर, दण्डहीनता उस्तै छ । जनताले ठूलो आशा राखेर माओवादीलाई जिताएका थिए । तर, हेर्नूस् त हालत कस्तो दिक्कलाग्दो भएको छ ? शिक्षा मात्र भएर पुग्दो रहेनछ । अनुशासन पनि चाहिँदो रहेछ । देशका प्रत्येक नागरकि सबै प्रकारले शिक्षित र अनुशासित हुनुपर्‍यो । सबैमा देशभक्तिको भावना हुनुपर्‍यो । अनि मात्र देश सपि्रने हो । मेरो बुबालाई रुद्रशमशेरले कलकत्ताबाट ल्याएर आफ्नो तबेलामाथिको एउटा कोठामा राखेका थिए । दशरथ चन्द पनि त्यहीँ अर्को कोठामा बस्दा रहेछन् । मेरो बुबा र चन्दको त्यहीँ भेट भएको थियो रे ! मेरो बुबाको व्यायाम कौशल देखेर औधी प्रभावित भएका राजा त्रिभुवनले उहाँलाई राजदरबारमा व्यायाम शिक्षक नियुक्त गरे । तर, पछि रुद्रशमशेरलाई पाल्पा धपाएपछि बुबा ओमबहालस्िथत फुपूको घरमा बस्न थाल्नुभयो । त्यही घरमा व्यायामशाला निर्माण गरी सहरका युवकहरूलाई कसरत सिकाउनुहुन्थ्यो । गणेशमान र गंगालाल श्रेष्ठ पनि उहाँका शिष्य थिए । सुने अनुसार, नरशमशेरलगायतका राणा युवकहरू पनि त्यहाँ व्यायाम सिक्न आउँथे रे ! १९९७ कात्तिक २ गते बुबालाई त्यहीँबाट पक्राउ गरी खानतलासी गर्दा त्रिभुवनसँग भएका लेखापढी र पत्रहरू बरामद गरेछन् राणाजीहरूले । सायद त्यही कारण बन्यो बुबालाई झुन्ड्याउने ! - nepal kantipur.com

MR_TRUTH · Jan 30, 2009 6:08 AM · 13,810 views

6 Replies

Chyame kanchha ko didi bahini laai rape garechan ki kya ho YCL le? Khubai karaaunchha ta yaar. Timro attitude herdai YCL le thoknu parne jasto rahechha mitra, khai ke bhannu. Timilaai sabhya language use garna pani aaudaina ki kya ho?

pokhreli29 · Jan 30, 2009 7:55 AM

mero aafnai didi bahini nabhyepani, sabai nepali mahila haru didi bahini hun, ta machhikn* prachanda ko najayaj aulad rand*  ko chor*

CHYAME KANCHA · Jan 30, 2009 8:02 AM

Chyame, Ma tero baau hu. Ta chikni laai YCL le thik garnai parne pakkai ho. I don;t give a f uck about YCL. U deserve to be kicked in ur fuc king chyame ass by them. Serve u right, as s hole.

pokhreli29 · Jan 30, 2009 8:20 AM

it sound like you are YCL prabhakta (refugee staus in US) working in a dhoti gas station.

CHYAME KANCHA · Jan 30, 2009 12:20 PM

Chyame, Ta baru refugee holas, ma ta hoina. Taile mero status naapna khojeko rahechhas. Yati bhandinchhu ta bhanda better job and better status ma chaahin chhu. Ta baru dhotiko kaam garchhas hola or kun khaireko chaakadi garchhas hola; I have a decent job, u S.O.B. Usually I feel sorry for people who suffer at the hands of YCL. U would be one of them I wouldn't feel sorry for at all.

pokhreli29 · Jan 30, 2009 12:47 PM

Yo mujiharu pakkai pani dui janai dhoti ko gas station ma kam garchhan, dubaijana refugee hun. Eautalai maobadile thokechha ani arko lai army le thokechhan PIDIT haru yeha aayera halla garchhan

mandale murdabad · Jan 30, 2009 2:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all