र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कमरेड, २००८मा सुत्नुभयो र २००९मा उठ्नुभयो र कमरेडले क्रमभंग गर्नुभयो:) सबैलाई नयाँ वर्ष २००९ को शुभकामना!!!

Gautam B. · Jan 1, 2009 6:03 PM · 45,309 views

6 Replies

पूच्छर काट्छु भनेर बर्बराउँदा-बर्बराऊँदै उल्टो पूच्छरमा फुर्कोनै थप्नुभयो र कमरेडले 'क्रमभंग' गर्नुभयो! कमरेडले 'राजा खत्तम!' भनेर डकार्नुभयो र 'राजावादीचाहिं उत्तम!' भनेर खकार्नुभयो र कमरेडले 'क्रमभंग' गर्नुभयो!

Gautam B. · Jan 4, 2009 8:01 AM

कोम्रदे ले १०० मा १२० नम्बर आँफैलाई दिनुभो कोम्रदेले क्रमभङ गर्नु भो

aman · Jan 4, 2009 12:13 PM

भारतीय पुजारी लखेटेर नेपाली पुजारी राख्नु भयो बिरोध गर्ने भण्डारीलाइ गोर्खे लौरी ठोक्नु भयो र कमरेडले 'क्रमभंग' गर्नुभयो! मन्दिरमा पुजारी भारतीय हैन नेपाली चाहिन्छ भन्नु भयो "तरीका मिलेन" भन्नेलाइ "दलाल" उपाधि दिनु भयो र कमरेडले 'क्रमभंग' गर्नुभयो! भैँयाहरुले "के हो यो?" भनेसि सात्तोपुत्लो उडाउनु भयो हैन हैन नेपाली हैन भारतीय नै राखिन्छ भनी बताउनु भयो र कमरेडले 'क्रमभंग' गर्नुभयो!

CT. · Jan 7, 2009 2:01 PM

बिगार्ने भत्काउने बाँदरको जस्तो पुच्छर "माओबादी" झर्को भयो ! बनाउने कसम खाएको हुनाले अब पुच्छर फाल्छु भन्नुभयो !! गीता छोइ शपथ नखाएपनि पशुपतिमा कमरेड पुजारी चाहियो ! धर्मात्मा बनेको हुदै हैन तैपनि टुप्पि "एकिकृत" जोड्नुभयो !! र कमरेडले 'क्रमभंग' गर्नुभयो !!!

CT. · Jan 13, 2009 4:24 PM

अहिले सम्म बौ र दाजु लाई मात्र मारेको ईतिहास मा अबला आसहय छोरी लाई पनि जोड्नु भयो | हत्या हिन्स र तोद्फोड को श्रिन्खला मा एउटा महिला लाई पनि नछोड्नु भयो | टलिबान र अल्काइदआ लाई पनि लाज लाग्ने घटना घटाऊनु भयो | येसरी महान कोम्रेद ले क्रम्भङ गर्नुभयो ||

jhatka · Jan 13, 2009 5:15 PM

एक हफ्ता अगाडि कुनै सभा सम्मरोह र उड्घाटन्  मा जान्न भन्ने काम्रेड ले आज भर्खर ४ वटा  सम्मरोह भ्याउनु भो कम्रेड ले  क्रमभङ गर्नु भो

no_quiero · Jan 14, 2009 9:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all