क्रेजी, गएको तीन हप्ता देखी साझा चिहाउन अनी क्रेजी,फुचचे अादी का कथा हरु पढ्न नपाएर खुल्दुल्ली भईरहेको थियो आज बल्ल मेटियो खुल्दुल्ली। अन्तिम दुई भाग पढि भ्याए,अन्त चाँही खल्लो लाग्यो,अली हतार गरेर सकेको हो कि जस्तो तर अन्तिममा दिनु भएको बिग्यप्ती ले ठिकै हो जस्तो लाग्यो। पाठक भएर हेर्दा त्यो हालमा भएकी साक्षी लाई त्यसरी मध्य रात्मा बहिर धकेलिदा ले मात्र नत्र हो हैन भने साक्षी लाई त्यो सजायँ त कमै होला। जे होस् निकै रोचक प्रस्तुती थियो अनी अन्त्य झनै भिन्न। अर्को कथा को जग हाल्न थालेको हो त ?
बिसà¥à¤Ÿà¥‡ · Jan 13, 2009 3:17 PM · 324,344 views
साँच्चै यो कथा त्यसरी नसकिनु पर्ने हो, जति नै कारण देखाएर रङ न ढङ को समाप्त लेखे पनि पाठकहरुप्रति मैले अन्याय गरेकै हो भन्ने महसुस भएकोथ्यो, अझै भैरहेको छ, एकचोटि फेरि क्षमा गर्नु हुन्छ भन्ने आशामा छु। निरन्तरता दिउ कि भन्ने बिचार छ। के गरु?
crazy_love · Oct 9, 2011 6:31 PM
First of all I am really glad to see you back over here, so welcome. As long as for the continuity of this story, "निरन्तरता दिउ", sodhnai perdaina...Good to see you here crazy jiu.
राछस · Oct 9, 2011 6:34 PM
Thank u rachas Ji! Hope ur dashain is going good! These are the links for the new readers who did not have any clue what happened in the story 3 yrs (999 days) ago. Can't believe it was so old. http://sajha.com/guild/viewuse... http://sajha.com/guild/viewuse... http://sajha.com/guild/viewuse...
crazy_love · Oct 9, 2011 7:23 PM
"त्यो कथाको अन्त्य भएकै थिएन, त्यसलाइ जबर्जस्ती "समाप्त" बनाइएको थ्यो बुझ्नुभो?" एकजना युबक जो कालो पाइन्ट् र सेतो सर्टमा बो टाइ लगाएको थ्यो, चम्कि चम्कि बारमा अर्को मान्छे सङ कुरा गरिरहेको थ्यो। "समाप्त भन्नु उपयुक्त नहोला, नाटकिय बिश्राम थ्यो त्यो। लेखाइको "क --ख " नजानेको लेखक भनाउदाहरुको इमोसनल अत्याचार थ्यो त्यो कथा।" निलो जिन्स र रातो सर्ट लगाउने मान्छेले प्रतिक्रिया पछि एक पेग व्हिस्की स्वाट्ट रित्यायो। "शीर्षक जे पनि हुन सक्छ"! त्यसो भन्दैमा कुनै एक पात्रमाथि दोष लगाएर अर्कोलाइ पानीमाथि ओभानो बनाउन मिल्छ? ल भन्नु त सर!" बो टाइ लाउने युबक शायद ड्युटिमै थियो, उसले कोक मात्र पिइरहेको थियो। "उ" एउटा मानबिय चरित्र थ्यो, उसको चरित्रलाइ धेरै केरमेट गरेको छ लेखकले। त्यो पनि अपत्यारिलो किसिमले।" एकछिन गहिरो मौनता छायो दुबै बिच। "साक्षीलाइ खोज्न उ आएको थ्यो त्यही रात,रिसेप्सनमा मेरो ड्युटी थ्यो, साक्षी आएको १० मिनेटपछि उसले मलाइ सोधेको थ्यो, एकदम आतिएको थ्यो, 'यस्तो आधा रातमा मैले के गरे भन्दै पछुताइरहेको थ्यो'। त्यो रात उ अनिदै काट्यो।" युबकले समाप्त पछिको कथा भन्दैथ्यो। "शायद कथाकार आफै उसको चरित्रलाइ प्रेम गर्न थालेकोथ्यो, वा पाठकहरुको सहानुभुति देखेर आत्तिएकोथ्यो, त्यसैले आधा बाटोमै पूर्णबिराम लगाइदियो।" सर जो युबकको कुरा गम्भिर्तापुर्बक सुनिरहेकोथ्यो, आफै बिचार गर्न थाल्यो। "हुन सक्छ साक्षी आफ्नो कथा आफै लेख्दैथी र अन्त्यमा आफ्नै बर्तमानसङ डराएकी थी। जे होश् कथा सकिएकै छैन।" युबकलाइ कथाको पात्रबारे शायद धेरै जानकारी थियो। "साँच्चै साक्षी कहाँ गइ त त्यो रात?" फेरि अर्को पेग बनायो सरले र युबकले बोतलको कोक रित्यायो। "साक्षीले दिदीसङ फोनमा कुरा गरी रिसेप्सनबाट, त्यसपछि मैले एउटा कोठा उसको लागि दिए, जुन रिसेप्सनभन्दा नजिक थियो र उसको सुरक्षाको जिम्मा म र अर्को स्टाफलाइ सुम्पिएकोथ्यो। "उ" पात्रलाइ साक्षीको बारेमा केहि जानकारी दिन मिल्दैनथ्यो। बिहान नहुदै साक्षीलाइ हामीहरुले अर्कै होटेलमा सारेकाथ्यौ, जहाबाट उ त्यही दिन काठ्मान्डु फर्केकी थी।" युबक आफैले फिलिम हेरेको जस्तो कथामा एउटा सन्तोषजनक मोड दिन चाहन्थ्यो। "अनि उ?" सरलाइ झन कथाको बारेमा बुझ्न मन लाग्यो। "उ" कोठामा चौबिसै घन्टा झोक्राएर बसिरहन्थ्यो, खाना पनि खादैनथ्यो, चिया मात्रै पिउथ्यो रे, त्यस्तै २ दिनपछि फर्क्यो। जानेबेलामा पनि साक्षीलाइ भेटेमा "तुरुन्तै फोन गर्नु भन्नु भन्थ्यो।" "त्यसपछि के उ र साक्षीको फेरि भेट भयो?" सरले फेरि युबकलाइ सोध्यो। "त्यो त कथा लेख्नेलाइ नै थाहा होला नि सर!" युबकले ब्यङ गर्दै हाँस्यो। "मलाइ लाग्छ "उ" बास्तबमा साक्षीलाइ धेरै माया गर्छ, अझै पनि मिस गरिरहेको होला। यदि कथामा उसले साक्षीलाइ अझै भेटेको छैन भने।" सरको कुरा सुनेर युबक झन ठुलो स्वरले हाँस्यो। "कथामा पो पोइला गएकी स्वास्नीको सम्झना धेरै देखाइएको छ, बास्तबिक जीवनमा त्यस्तो कहा हुन्छ र सर? हाम्रो समाजमा छोडेर गैसकेकी स्वास्नीलाइ फेरि स्वीकार्ने लोग्ने कतै देख्नु भएको छ?" अब युबकले कथामा केहि अस्वाभाबिक प्रसङ बढी भएको हो कि भन्ने शंका गर्न थाल्यो। "कथा र जिबन दुबै अलग्गै बिषय बस्तु होइनन्, त्यसैले शायद यस कथामा थुप्रै अध्यायहरु लेखिन बाँकि छन्, जुन लेख्ने मान्छेले इमान्दारीपुर्बक पाठकलाइ बताउनै पर्छ।" सरको कुरा युबकले बुझे जस्तो गर्‍यो। "साँच्चै अब के होला त?" युबकले आकाशमा मडारिरहेको कालो बादललाइ हेर्दै भन्यो।
crazy_love · Oct 9, 2011 8:46 PM
k huncha ta aaba???can't wait...Good read indeed.
राछस · Oct 9, 2011 10:38 PM
Thoroughly enjoyed reading it, Thanks
Homeyji · Oct 11, 2011 2:06 AM
भाग-४ उपत्यकामा बर्षा सकिएर रमाइलो मौसम शुरु भएको थियो, मानिसहरु दशैँलाइ बिदा गरेर तिहारको लागि तयारी गर्न थालेका थिए। सडक सधै झै ब्यस्त देखिन थालेको थियो। त्यस्तै ब्यस्त जिबनको एक साँझ उसको घरमा पारिबारिक बैठक भैरहेको थियो। अरु सदस्यको तुलनामा उ अलि कम बोलीरहेको थियो, धेरै सोचिरहेको थियो। उ त्यति हसिलो पनि थिएन न त दुखी थियो। उसलाइ बाहिरबाट हेर्दा ३ बर्ष अघि जस्तो थियो त्यस्तै देखिन्थ्यो। उसको सानी आमा छलफलमा धेरै उत्साहित देखिनु हुन्थ्यो, बेला बेलामा सुझाबहरु प्रस्तुत गर्नु हुन्थ्यो। "आफन्तहरुको मात्रै लिस्ट ५०० त हुने भयो। कसलाइ नबोलाउने कसलाइ बोलाउने?" सानो आमा अर्थात् उसको बुबाकी दोस्रो स्वास्नीले हातको सानो नोटबुकमा हेर्दै भन्नु भयो। "सबैलाइ बोलाउनु पर्छ!" उसको बुबाले निर्णय गर्नु भयो। "यति ठुलो कार्यक्रम किन गर्नु पर्‍यो?" उसले सानी आमालाइ मात्रै हेरेर सोध्यो। "बिहे जस्तो कुरा नि ठुलो र सानो भन्ने हुन्छ, राम्ररी गर्नु पर्छ एक बारको जिन्दगीमा!" अन्तिम बाक्यमा अलि जोड दिनु भयो सानी आमाले। "तर मेरो त यो पहिलो बिहे हैन नि!" उसले झिजो मान्दै भन्यो। "तेरो नभए नि उषाको त पहिलो हो नि!उ र उसको परिवारको कति रहर होला!" उसको बुबाले तुरुन्तै भन्नु भयो। "उसको र हाम्रो परिबार मात्र मन्दिरमा गएर बिहे सकाए हुन्न? किन सारा संसारलाइ बोलाउनु पर्ने?" उसलाइ कति पनि चित्त बुझेन अहिले। "उषा के चाहन्छे? तिमीले सोध्यौ?" सानी आमाले उसैलाइ हेर्नु भयो। "मैले उसलाइ भनिसके मलाइ बिहेको तडकभडक मन पर्दैन। उसले म जे चाहन्छु त्यही "हुन्छ" भन्छे। उ जिद्दि गर्दिन।" उसको स्वरमा केहि सन्तुष्टी देखियो। "तिमीहरु दुबै मन्दिर गएर बिहे गर्ने र परिबारमात्र बोलाउने भने ठिकै छ, तर बिहे पछि पार्टी गर्नै पर्छ। समाजलाइ बताउनै पर्‍यो नि!" उसको बुबाले अझै पनि ठुलै भोज गर्नु पर्ने कुरामा जोड दिनु भयो। "यो मंसिरमा चाहि नभ्याउला जस्तो छ।" सानी आमाले केहि सम्झे झै भन्नु भयो। "केटा केटी दुबै एक अर्कालाइ मन पराउछन्, मन्दिरमा जान कुन ठुलो कुरा हो र?, पार्टीको लागी अहिले देखि कुनै होटेलमा बुक गरौला। किन नभ्याउने हँ?" बुबाले अलि ठुलो स्वरमा सोध्नु भयो। "हामीलाइ त त्यस्तै लाग्छ नि। तर--" सानी आमा तर पछि भन्न अनकनाउनु भयो। उसलाइ आफ्नो भाग्य प्रति फेरि एकचोटि शंका लाग्यो। बुबाको प्रश्नबाचक हेराइलाइ पन्छाउदै सानीआमाले भन्नु भयो "कानुनी रुपमा बिहेको लागि उनिहरु बाटो खुला छैन कि भनेर डराउछन्।" "कसरी??" उसले बुझेन। " कानुनी रुपमा डिवोर्स त भएको छैन नि। हो त्यही कुरामा बिस्वस्त हुन चाहन्छन्।" "उ आफै लोग्ने छोडेर गएकी स्वास्नीमान्छे अब के खान यत्रो बर्षपछि फर्किन्छे त? त्यत्रो हिम्मत गर्न कानुनी आधार पनि त हुन पर्‍यो। बाटो खुला छ, अब त्यस्तो केहि झन्झट छैन। खुरुक्क उषाको आमासङ कुरा गर।" बुबाले सजिलै समाधान गर्नु भयो समस्याको। बल्ल उ झसङ भयो, साक्षी अझै उसको जिबनसङ कतै न कतै सम्बन्धित भएर बसेकी रहेछ। कानुनी रुपमा भए पनि उसले बिहे गरेकी स्वास्नी रहिछ अहिले सम्म। के अझै पनि उसले साक्षीसङ जिन्दगीको हिसाबकिताब मिलाउन जरुरी छ? "त्यो काम वकिलले गर्छ, हामीले चिन्ता गर्नै पर्दैन, बिहे चाहि केहि महिना पछि सार्नु पर्ला। यत्रो बर्ष त कुरियो भने अहिले किन हतार गर्नु?" सानी आमाले उपाय नि सोचि सक्नु भएको रहेछ। बुबा र सानी आमाको कुरा कसरी डिवोर्स छिटो भन्दा छिटो सकाउने भन्ने बिषयमा केन्द्रित हुन थाल्यो। उ कोठासङै जोडिएको कौसीमा निस्क्यो र अध्याँरो शहरलाइ हेर्दै सोच्यो। साक्षी अहिले कहा होली? कस्ती होली? के गरिरहेकी होली? क्रमश: Thank u rachas jyu and homey ji!
crazy_love · Oct 14, 2011 2:26 PM
भाग-१५ दुइ हप्तापछि वकिलले सीडिओ कार्यालयमा डिवोर्सको प्रक्रिया समाप्त हुने ब्यबस्था मिलायो। धेरै पुरानो सम्बन्धलाइ कानुनी रुपमा अन्त्य गर्नु पर्ने भएकोले सीडिओ आफैले उ र साक्षीसङ कुरा गरेर मात्रै कागजपत्रमा दस्तखत गराउने कुरामा सहमति भयो। तोकिएको मिति र समयमा उनिहरु दुबैजना सिडीओ अफिसमा जानै पर्ने भयो। ३ बर्षपछि एकचोटि फेरि उसले साक्षीलाइ देख्ने भयो। पोखराबाट फर्केपछि उसले धेरै प्रयास गरेको हो साक्षीसङ कुरा गर्न, तर उ असफल भयो। साक्षीको दिदीले पनि धेरै सहयोग गर्न खोजेको थियो उनिहरुको कुरा गराउन तर साक्षी मान्दै मानिन। उसको जिबनले नयाँ मोड लिन लागेको बेलामा उसले साक्षीको नाममा मन डुलाउन बेकार थियो। तैपनि साक्षीलाइ भोलिपल्ट भेट्ने कुराले उ नर्वस जस्तो भैरहेको थियो। उसलाइ देखेपछि साक्षीको कस्तो प्रतिक्रिया होला? उसको आफ्नै कस्तो मनस्थिति कस्तो होला? के उसले साक्षीसङ आमने सामने प्रतक्ष्य कुरा गर्न सक्ला? बिहानै उ अफिस हिड्यो र १२ बजेतिर वकिललाइ लिएर उ सीडिओ अफिस् पुग्यो, हुन त १२:३० मा सीडिओ सङ भेट्ने कार्यक्रम थियो। तैपनि अलिकति अगाडि पुग्नु राम्रो ठान्यो। त्यहा पुग्दा उसले सोचे अनुसार साक्षी देखेन, न त उसको परिवार आएको थियो। घडि हेर्दा पो थाहा पायो उ समयभन्दा १५ मिनेट पहिले पुगेको थियो। सीडिओ साहेब मिटिङमा ब्यस्त हुनुहुन्थ्यो, पिएले मिटिङ सकिन अझै आधाघन्टा लाग्ने कुरा बतायो। भनेपछि यता-उता गर्दा १ बजे मात्रै सीडिओ भेट्ने मौका मिल्ने भयो। वकिल सामान्य रुपमा फाइलहरु पल्टाएर पढ्न थाल्यो, उ स्थिर भएर बस्न सकेन, घरि माथिलो तल्ल घरि तल्लो भरेङ ओहोरदोहोर गर्न थाल्यो। उकुसमुकुस त भैरहेकै थियो, झन त्यहा अनेक किसिमका मानिसहरुको हल्लाले उसलाइ झन दिक्क बनायो। यस्तै १० मिनेटपछि उसले साक्षीको दिदीलाइ ढोकाबाट भित्र पस्दै गरेको देख्यो, साक्षी त आइन कि क्या हो? उसलाइ शंका लाग्यो। उसको मनमा शंकाको बादलले घेर्नु अगाडी उसले साक्षीलाइ पनि देख्यो। उही साक्षी जसले उसलाइ छोडेर गइ र जसलाइ उसले मायाको नाममा अपनाउने भन्दै मध्यरातमा अलपत्र छोडेको थियो। साक्षी अलि परिपक्व देखिएको थिइ, हलुका पहेलो रङको कुर्ता लगाएकी थी, टाढाबाट हेर्दा उसको मुहार शान्त तलाउ जस्तो देखिन्थ्यो। शायद उसले पनि जीबनसङ सम्झौता गरिसकेकी थिइ। "नमस्ते!" साक्षीको दिदी दुइ हात जोडिरहेकी थिइ। "नमस्ते हजुर!" उसले अलि अप्ठ्यारो मान्दै नमस्ते फर्कायो। "हजुरलाइ बधाइ छ है!" दिदी मुस्काइ। "के को हजुर?" उसले बुझेन। "बिहेको नि!" उ अलि लजाएको जस्तो देखेपछि दिदेले सोधी।"अनि परिवारमा सबैलाइ सन्चै?" "सबै राम्रै हुनुहुन्छ! अनि उता बुबा- मुमा सबैलाइ आरामै हजुर?" उसले औपचारिकता निभायो। "सबै बेस हुनुहुन्छ। बुबा हजुरलाइ सम्झिरहनु हुन्छ। के गर्नु आफ्नै छोरीले गल्ती गरेपछि भन्दै अझै दुखी हुनुहुन्छ।" उनिहरु कुरा गर्दा गर्दै साक्षी अलि पर कुनामा एउटा बेन्चमा गएर बसी। उसलाइ देखि कि देखिन उसले थाहा पाएन। तर उसले साक्षीलाइ टाढैबाट भए पनि लुकि लुकि हेरि रह्यो। "कति बेर लाग्छ होला है? मेरो उता एक्दम अर्जेन्ट काम छ। आधा घन्टामा त सकिन्छ होला नि!" साक्षीकी दिदी हतार जस्तो गरिरहेकी थिइ। "सीडिओ साहेब एउटा मिटिङमा ब्यस्त हुनुहुन्छ रे। हाम्रो काम त आधा घन्टा ढिलो हुने भयो।" उसले वकिलतिर हेर्दै भयो। वकिल पुलुपुलु साक्षीलाइ हेर्दै उसलाइ हेर्दै थियो। "लौ मार्यो, मलाइ त १:३० बजे एउटा मिटिङमा नगै हुदैन। त्यो भन्दा अगाडी काम सके हुन्थ्यो।" दिदीले घडि हेर्नु भयो, "एकछिन है" भन्दै साक्षीसङ गएर कुरा गर्नु भयो। उसले दुबै दिदी बहिनीको भाब मात्रै देख्यो, बुझ्नै सकेन। साक्षी टाउको हल्लाइ रहेकी थिइ। उसलाइ साक्षीसङ कुरा गर्ने रहर जाग्यो। "मुख हेर्दा त्यस्तो लोग्ने छोडेर पोइला जाने जस्तो त देखिन्न है?" वकिलले कानैनिर आएर सोध्यो उसलाइ। "त्यतिबेला उ अपरिपक्व थिइ, गाइनेले मोहनी लगाएको थियो रे भन्ने हल्ला छ।" उसले साक्षीको बचाबमा नयाँ कथा थपिदियो। "गाइने!" वकिल छक्क परेर उसको मुखमा हेरिरह्यो। "एउटा पप गायक थियो, प्रख्यात त्यो बेला, अहिले त कुख्यातको लिस्टमा पर्छ!" वकिलले बल्ल बुझ्यो क्यारे अलिकति हास्यो मात्रै। "सर म एकचोटि बुझ्छु है भित्र के हुदैछ?" वकिल फेरि सीडिओको कोठातिर लाग्यो। उसले साक्षीतिर हेर्‍यो, उ कुनै किताब पढ्दै थिइ। उसकी दिदी भने घरिघरि घडी हेर्दैथी। "मिटिङ सकिन अझै टाइम लाग्छ रे सर।" वकिलले भन्यो। "कति टाइम?" उसको पनि अफिस छिट्टै फर्किनु पर्ने थियो। "अझै १ घन्टा लाग्छ रे!" वकिल नि खुशी थिएन, उ पनि ब्यस्त थियो, मोबाइल बजिरहेको थियो। उसले बहाना पायो साक्षी नजिक जाने, खुट्टाहरु लर्बराउन थाले, तर साहस गर्‍यो र पुग्यो। साक्षीलाइ एक नजर हेर्दै दिदीलाइ मिटिङ सकिन टाइम लाग्छ भन्ने सुचना दियो। उसको आवाज सुनेर साक्षी झस्की र किताबबाट नजर उठाएर उसलाइ हेरी, दुबैको नजर जुध्यो, फेरि किताबतिर हेर्न थाली। उसले देख्यो साक्षीको आखाहरु सजल हुन थाले, तप्प- तप्प आँसुका ढिक्काहरु गालाबाट झर्दै किताब भिजाउन थाल्यो। उसको मन अकस्मात नराम्ररी दुख्यो, उ यति नजिक नआउनु पर्ने। जबर्जस्ती उसले मनलाइ अन्तैतिर मोड्ने कोशिस गर्‍यो, साक्षीकी दिदी फोनमा कुरा गरिरहेकी थिइ, उसलाइ मिटिङ्मा उपस्थित हुनै पर्थ्यो। "तिमी यहा बस्दै गर म मिटिङ सकाएर फेरि आँउछु।" दिदी बहिनीलाइ फकाउन थाली। "नाइ, म पनि तपाइसङै आउछु।" साक्षी बच्चा जस्तै जिद्दि गर्न थाली। "तपाइहरुको काम सकिन धेरै बेर लाग्दैन। सीडिओ साहेबको मिटिङ सकिनासाथै बोलाउनु हुन्छ। तपाइ जानु भयो भने हाम्रो काम नै रोकिन्छ। आज जसरी पनि यो काम सकाउनु पर्छ। सीडिओ साहेबले तपाइ दुबैलाइ देखेपछि १-२ कुरा सोध्नु हुन्छ र त्यसपछि तपाइहरु दुबैले साइन गरेपछि सक्यो। प्लिज! तपाइ चाहि नजानुहोस्! आज काम भएन भने अर्को समय मिलाउन धेरै गार्हो हुन्छ।" वकिल आएर साक्षीलाइ सम्झाउन थाल्यो। त्यसपछि बल्ल बल्ल मानी, उसकी दिदी गइ। एकप्रकारले उसलाइ सजिलो भयो साक्षीसङ कुरा गर्न। तर समस्या के पर्‍यो भने वकिल पनि नजिकै बस्यो। साक्षी किताब पढे जस्तो गर्न थाली, उसको नजरबाट टाढा भाग्न चाहन्थी शायद! "चिया- चिसो पिउने कि?" वकिलले साक्षीको अप्ठ्यारो महसुस गर्‍यो र उसलाइ कतै पर लाने बिचार गर्‍यो। उसले साक्षीलाइ सोध्यो, साक्षीले उसलाइ हेर्दै नहेरी "नाइ" भनी। उ पनि केहि नखाने भयो। वकिल आफै निस्क्यो त्यहाबाट चिया पिउने बहानामा। "साक्षी!" उसको स्वर सुने पनि नसुने झै गरी साक्षीले। "साक्षी! मलाइ माफ गर!" साक्षी मौन थी। उसलाइ कहा बाट त्यो आँट आयो कुनी उसले किताब समाइरहेको साक्षीको हात समातेर भन्यो "साक्षी! त्यो रात मैले जे गरे, त्यसको लागि म तिमीसङ माफी मागिरहेछु। प्लिज! मलाइ माफ गर!" साक्षीले हत्त न पत्त आफ्नो हात तानी। "म बिगतबारे केहि कुरा गर्न चाहन्न।" साक्षी किताब पढ्न थाली। "त्यसो भए हामी बर्तमानको कुरा त गर्न सक्छौ नि? हैन?" उसले साक्षीलाइ अपलक हेरिरह्यो, साक्षीको आखामुनि काला धर्साहरु थिए। उसमा पहिले जस्तो आकर्षण थिएन, ओइलिएकी जस्ती थी। "मेरो बिगत र बर्तमानमा केहि फरक छैन।" साक्षीले उसलाइ ब्यङ गर्दै सोधी।"तपाइको नि?" "अँ, मेरो पनि त्यस्तै हो, तर केहि परिबर्तन जस्तो हुन लागेको छ।" उसले बिहेको कुरा निकाल्न चाहेन। "यतिपछि मलाइ यहाँ ल्याउन किन जरुरी थियो?" साक्षीले रुँला रुँला जस्तो गरी भनी। "साक्षी! यो मेरो इक्षाले हैन। म जसलाइ बिहे गर्दैछु, उसको परिवारको चाहना हो। मलाइ पनि यो सबै झन्झट गर्ने मन थिएन।" उसले "बिहे" शब्दले साक्षीको अनुहारमा कस्तो प्रभाब पर्छ हेरिरह्यो। "म बाट तपाइको जीबनमा कुनै हस्तक्षेप हुने छैन। अझै पनि तपाइलाइ त्यो कागजको प्रमाण चाहिन्छ?" निधार खुम्च्याउदै सोधी साक्षीले। "त्यो मलाइ थाहा छ!" त्यसपछि के भन्न लागिरहेको थियो, वकिल उनिहरु नजिकै आइरहेको देखेर उ चुप लाग्यो। "आज काम नहुने भयो!" निराश हुदै वकिलले भन्यो। "के रे?" उ केहिबेर साक्षीसङ कुरा गर्ने मौका चाहन्थ्यो। "यो मिटिङ सकिनासाथ सीडिओ साहेब मन्त्रालय जाने रे। अर्को जरुरी मिटिङ छ रे। आजै सकाउन पाए कस्तो हुन्थ्यो?" वकिल अझै दिक्क थियो। साक्षी जुरुक्क उठी र जाने लागेको देख्नासाथै उसले रोक्यो। "एकछिन!" भनेर वकिलबाट अलि पर गएर उसले साक्षीलाइ भन्यो। "साक्षी, तिमीसङ मैले केहि कुरा गर्नुछ! हामी दुबैको मनमा धेरै कुराहरु अनुतरित छन्। ती कुराहरु प्रष्ट्याउनु पर्छ। मनलाइ दमन गरेर कहिले सुखी हुन सकिदैन, साक्षी। न तिमी, न म।" साक्षी उसको कुरा वास्तै नगरी भरेङ्तिर लागी, उ पछि पछि लाग्यो। ढोकाबाट बाहिर निस्केर साक्षी खुरुखुरु बस-स्टपतिर लागी। उसले हतार हतार एउटा टुक्रा कागजमा केहि लेख्यो र साक्षीको हातमा राखिदियो। उसले केहि भन्नु अघि नै बस आयो र साक्षी उसले दिएको कागजको टुक्रा हेर्दै बस चढी। क्रमश:
crazy_love · Oct 22, 2011 1:57 PM
Interesting extension to a story that I thought had ended!! Waiting to find out what he could have written on that picece of paper!!
ma_lure · Oct 28, 2011 12:00 PM
भाग-१६ एकहप्तापछि उ अफिसमा केहि काम गर्दैथियो, मोबाइलको घन्टी बज्यो, नम्बर चिनेन, "हलो!" उताबाट आएको स्वर एक्दम मधुरो थियो, डराएको जस्तो! "हलो को?" उसले तुरुन्तै सोध्यो। "साक्षी!" एकछिन फोनको लाइन काटिएको जस्तो स्तब्ध भयो। उसलाइ साक्षीले यसरी फोन गर्ली भनेर एकरति पनि आशा थिएन, ३ बर्ष अघि भने कुरा बेग्लै थियो। "अनि तिमी कहाँ?" उसले सोध्यो। "घरमै!" साक्षीले एक्कासी सोधी"तपाइलाइ मैले बिहे नगर्नु कहिल्यै भने?" "के रे?" उसले बुझेन। "तपाइले अस्ति कागजमा के लेख्नु भएको थियो?" साक्षीको स्वर अलि ठुलो भयो। उसले बल्ल सम्झ्यो त्यो कुरा, "तिमी चाहदैनौ भने म यो बिहे गर्दिन साक्षी!", उसले त्यही लेखेको थियो हतारमा। "मेरो मतलब के भने---" उ कुरा बुझाउने प्रयासमा थियो, अफिसको अर्को फोन बज्न थाल्यो, तर ३-४ घन्टीपछि रोकियो। "मेरो भनाइको तात्पर्य के भने यदि तिमीलाइ यसरी सिडिओ अफिस आएर साइन गर्ने काम झन्झट लाग्छ भने मलाइ बिहे गर्नु छैन। डिवोर्सको कागज नदेखाइ मेरो बिहे हुनै सक्दैन। ठिकै छ, तिमीलाइ मन नपरेको काम किन गराउने मैले?" उसले भनेको कुरा साक्षीले मौन भएर सुनिरही। "डिवोर्सको लागि साइन गर्ने कुरा मेरो लागि ठुलो हैन, तर फेरि एकचोटि मैले गरेको गल्तीको लागि म समाजको अगाडी कति चोटि दोषीको रुपमा उभि रहु? त्यहा सोधिने प्रश्नहरुको जवाफ दिदै म कति चोटि आफ्नो आँखाबाट आफै गिरुँ? के म एउटा गल्तीको कारण जिन्दगीभरि दण्डित हुनु पर्छ भन्ने छ?" साक्षी स्वाशै नरोकी बोलीरहेकी थिइ। "हेर साक्षी! यो सबै कुरा मलाइ थाहा छ। मलाइ पनि तिमीलाइ अरुले त्यसरी ब्यबहार गरेको मन पर्दैन-----------" उसको कुरा नसकाउदै फेरि अफिसको फोन बज्न थाल्यो। उसले एकछिन कुर्‍यो, तैपनि अफिसको फोन बज्न रोकिएन। "यो कुरा म तिमीसङै भेटेर गर्छु। अहिले अफिसमा धेरै कामहरु छन्, यहाँ डिस्टर्ब् हुन्छ। तिमी साँझतिर एक्चोटि बाहिर आउन सक्छौ?" उसको मनमा फेरि साक्षीलाइ भेट्ने कारण जन्म्यो। "मलाइ कहि जाने अनुमति छैन।" साक्षीको स्वरमा उदाशी थियो। "किन?" उसले बुझेन। "दिदीसङ बाहेक म कहिले पनि एक्लै बाहिर जान पाउदिन। मैले भने नि म सँजाय अझै भोगिरहेछु।" साखीको कुरा सुन्रेर उ छक्क पर्यो। "त्यसो भए म आफै आँउछु तिम्रो घरमा!" उसले निर्णय गर्‍यो। "प्लिज, नआउनुस्! मलाइ झन् धेरै कुरा सुन्नु पर्छ। तपाइ बिहे गर्नुस्, मबाट केहि समस्या हुने छैन।" साक्षी फोन राख्ने बिचार गर्दैथी। "तिमी दिदी कहा हो अहिले?" उसले अड्कल लगायो। "हजुर?" साक्षीले जवाफ नदिदै नेपथ्यमा "कसको फोन साक्षी?" भन्ने एउटा नारी स्वर सुनियो, त्यतिकैमा "रङ नम्बर!" भन्दै साक्षीले फोन राखिदिइ। ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ ३ चोटि फोनमा साक्षीको दिदीसङ अनुरोध गरेपछि उसले बल्ल बल्ल १०-१५ मिनेटको लागी दिदीकै घरमा भेट्ने मौका पायो। उसले केहि यस्तो बिबशता सुनायो, साक्षीसङ सल्लाह नगरी नहुने बतायो। वकिलको सुझाब अनुसार भनेर भेट्नुको उदेश्य डिवोर्सको प्रक्रिया बनायो। खोइ, कसरी हो? उसले झुठ माथि झुठ बोल्नै पर्‍यो। अन्त्यमा साक्षी र उसलाइ बैठक कोठामा कुरा गर्ने बाताबरण दिइयो, जहाँ सुनसान थियो र उनिहरुलाइ कुरा गर्न कुनै अबरोध थिएन। तर बेलाबेलामा भने चिया र अनेक बहानामा कोहि न कोहि उनिहरुको कुरा सुन्न भित्र आइरहेका हुन्थे। "साक्षी, तिमीलाइ त्यहा आउन गार्हो लाग्छ भने वकिलले अरु कुनै उपाय बताएको छ।" उसले कुरा शुरु नै त्यसरी गर्‍यो, जसले गर्दा साक्षी गम्भिरता पुर्बक उसको कुरा सुन्न तयार भइ। "जहाँ गए पनि मैले आखिरमा जे सोधिन्छ त्यसको उत्तर दिनै पर्छ। यदि वकिलले जहा गएर छिट्टो काम सकाउछ, म त्यही आँउछु। मलाइ गार्हो भए पनि तपाइको जिबनको लागि म अबरोध त बन्नु भएन नि।" उसले पनि सहानुभुति देखाइ उ प्रति। "हैन, हैन। मैले त्यस्तो केहि सोध्नै पर्दैन, खुरुक्क डिवोर्स पेपरमा साइन मात्र गर्ने भनेको छु।" उसको घाँटीबाट एकप्रकारको हलुका आवाज निस्क्यो, अप्ठ्यारो खालको। "कहिले? कहाँ जानु पर्‍यो त म?" उसले उसको अनुहारमा प्रत्यक्ष हेरी, उसले देख्यो साक्षीको आँखामा गहिरो उदाशी छ र निधारमा तनाबको रेखाहरु देखिन्छन्। "शायद यो हप्ताभित्रै! सकेसम्म छिटो!" त्यसोभन्दा उसले साक्षीको आँखामा हेर्न सकेन। "अनि कहाँ?" साक्षीलाइ यो प्रश्नको जवाफ चाहिएको थियो। "आज बेलुकी मलाइ वकिलले फोन गर्छ, अनि म तिमीलाइ भन्छु।" उसले गहिरो स्वाश फेर्‍यो। साक्षी चुप लागी, चिया चिसो भैसकेको थियो। चिया पिउने मन कसलाइ थियो र त्यहा? "चिया लिनुस्न!" साक्षीको दिदी भान्छातिर पस्ने बहानामा कोठाबाट फेरि भित्र पसी। उसले चियाको कप उठायो, एक घुट्को पियो। "आजभोलि के गर्दैछौ?" उसले साक्षीलाइ सानो स्वरमा सोध्यो। "घरमा बस्छु!" साक्षीले सटिक उत्तर दिइ। "कलेज जाँदैनौ?" यस्को जवाफमा साक्षीले "जान्न" भनेर टाउको मात्र हल्लाइ। "पढ्न मन लाग्दैन? मास्टर्स त गर्नु पर्ने, आजकाल एकदम कम्पिटिशन छ जब मार्केटमा। क्वालिफिकेशन त नभइ हुदैन।" उसले अलि जोड दियो शिक्षामा, उ कुरा नसकोस् भन्ने चाहन्थ्यो। "मलाइ काम गर्ने अनुमति पनि छैन। किन पढ्नु पर्‍यो?" साक्षीले अरुले नसुन्ने गरी बिस्तारी भनी। "काम गर्ने हो? म कुरा गरु?" उसले अनायासै साक्षीप्रति उसको आधिपत्य अझै छ झै जस्तो सोच्यो। "अब कसैको कुरा सुन्नु हुन्न उहाँहरु! म आजिबन कैद हुनेछु यस घरमा! एउटा गल्तीको सँजाय मैले म्रित्युसम्म भोग्नै पर्छ!" साक्षीले आफ्नो मनको दुख पोखी। उसङ साक्षीलाइ त्यहाबाट स्वतन्त्र बनाउने कुनै जुक्ति छैन, साँच्चै एउटा गल्तीको सँजाय कति धेरै, कति कठोर! "कहिले कहि-- यस्तो लाग्छ कि!" साक्षीले उसको सोचाइलाइ भङ गर्दै हेरी र सुस्तरी भनी "यदि मिल्ने भए मेरो जिन्दगीको त्यो अध्याय मेटाउन पाए कस्तो रमाइलो हुन्थ्यो! त्यही एउटा अपरिपक्व भुलले मेरो जिन्दगीको सबै खुशी खोसेर लग्यो।" "कहिलेकहि -- मलाइ पनि त्यस्तै लाग्छ साक्षी, जिन्दगीको त्यो एउटा पाना च्यातेर फाल्न पाए-- हाम्रो "आज" कति फरक हुँदो हो?" उसको मनको बह पोखियो। दुबै सोचाइमा मग्न भए, उसको मोबाइल बज्यो। नम्बर हेर्दै उसले फोन उठायो "ए, अँ म यहाँ एउटा सानो मिटिङमा छु। आधाघन्टा लेट हुन्छु होला।" साक्षी भान्छामा गइ र फेरि चिया बनाएर ल्याइ। उसलाइ त्यहाबाट उठ्नै मन लागेन, कुरा भन्दा धेरै उनिहरु बिगतमा डुब्न थाले, फेरि फोनको घन्टि बज्यो। "उषा, म तिमीलाइ १५ मिनेटमा पिक अप गर्छु।" भन्दै उ उठ्यो, साक्षीले नसुने जस्तो गरी। उ बाहिर निस्किदा साक्षी भित्तामा घडी हेरिरहेकी थिइ, घडीको सुइ फनफनी घुमीरहेको थियो। उसलाइ साक्षी कतै बाहिर निस्किन्छे कि भन्ने आशा लागिरह्यो। "ढ्याम्म!" मुलढोका बन्द भएको आवाज सुनेर साक्षी झस्की। उ हिडिसकेको थियो। क्रमश: Last edited: 30-Oct-11 08:36 PM
crazy_love · Oct 30, 2011 8:24 PM
ma_lure jyu! Thank u very much for your patience!
crazy_love · Oct 30, 2011 8:34 PM
Yo keta lai ni k bhaa bhanya!! Kati nachhodeko tyo gaine sita poila jaanelai pani!! Bichara Usha ko po maya laagna thalyo malai!!
ma_lure · Oct 31, 2011 10:47 PM
भाग-१७ उषालाइ देख्नासाथै उ झस्क्यो, उसको वालेट साक्षीकै छुट्यो। खोज्दा खोज्दै पकेटमै पायो। तर अझै पनि केहि उतै छुटेको जस्तो भान भैरह्यो। उषालाइ लिएर उ न्युरोडको कुनै एउटा रेस्टौरेन्टमा गयो। त्यहा उनिहरु धेरै पहिले देखि जान्थे, त्यसैले त्यहा प्राय स्टाफले दुबैलाइ चिन्थे। चिसो अर्डर गरेपछि उसले थाहा पायो, आज उषाले हलुका मेक-अप गरेकी छे, उ अलि सधै भन्दा फरक देखिएकी छे। कलेजी रङको कुर्तामा हलुका गुलाबी रङको लिपग्लस, अनि आखाँमा पनि निलो हो कि कालो रङको स्याडो लगाएकी छे। उसको अनुहार नै बेग्लै देखिएको थियो। छालाको रङ त गहुँगोरो हो र पनि अरुबेला उषाको अनुहारमा कमै मेक-उप् देखिन्छ। उसले गहिरिएर हेरेको थाहा पाएर उषा अलिकति लजाइ। "आज के हो?" उसले बुझ्नै सकेन। "के होला? भन्नुस् त!" उषा मुस्काइ। "आज तिम्रो मुड एक्दम राम्रो छ जस्तो छ।" उसले जिस्कायो। "मेरो त सधै राम्रो हुन्छ, तपाइ त हो नि सधै ब्यस्त हुने।" बेलामा ब्यङ गरी उषाले। "सरी! हेर न! केहि दिनदेखि अलि तनाबमा छु।" उसले कुरा लुकाउन सकेन। "त्यो त म पनि देख्दैछु। मेरो कारण त हैन है?" उ ब्यर्थैमा चिन्ता गर्छे। "तिमीले मलाइ कहिले पो टेन्सन दिएकी छौ र? बरु म नै उल्टो तिमीलाइ बेकारमा दुख दिरहेको हुन्छु।" उसले आफैलाइ धिक्कार गर्‍यो मनमनमा। "एउटा कुरा सोधुँ?" उषाले के सोध्न लागि भनेर उ सतर्क भयो तर सामान्य जस्तो बन्यो। "सोध न!" उसले चिसो पियो। "तपाइलाइ बिहेको बारेमा धेरै टेन्सन छ कि क्या हो?" उषाले उसले नसोचेको बिषय निकाली। "त्यो त तिमीलाइ पनि होला नि। अलि अलि जसलाइ पनि हुन्छ, हैन र?" उसले सकेसम्म हो जस्तो गर्‍यो। "मलाइ त त्यस्तो चिन्ता लिनु पर्छ जस्तो लाग्दैन। बिहेलाइ ठुलो मुद्दा बनाउनु हुदैन। मलाइ त धुमधामसङ बिहे गर्ने रहर पनि छैन। आखिरमा बिहे हामी दुइ जनाको हो, अरुलाइ खुशी बनाउनु पर्छ जस्तो लाग्दैन।" उषाले उसको मनको कुरा गरी। सोचेको त उसले पनि त्यस्तै हो, तर बिचमा अरु कुराहरु निस्क्यो। "उषा, साँच्चै तिमीलाइ बिहेसङ डर लाग्दैन?" उ सिरियस भयो। "डर? किन?" उषा झस्की। "मेरो पहिलो बिहे असफल भयो, कहिलेकहि दोस्रो बिहे पनि त्यस्तै होला की भन्ने डर लाग्छ।" उ भाबुक भयो। उसको हात आफ्नो हातमा लिएर उषा एक्छिन चुप लागी। "एउटा सम्बन्ध बिग्र्यो भन्दैमा सबै सम्बन्ध नराम्रो हुदैन। तपाइले मलाइ यति बर्षदेखि चिन्नु भएको छ। के तपाइलाइ म प्रति बिश्वाश छैन?" उषाको हातको न्यानो स्पर्शले उसमा अनौठो अनुभुति भयो। तर यताउता हेर्दै उसले आफ्नो हात बिस्तारै तान्यो। "के भयो?" उषा छक्क परी। "अरुहरुलाइ किन हाम्रो प्रेमको रमिता देखाउने भनेर। पब्लिक प्लेसमा मलाइ अप्ठ्यारो लाग्छ।" उसले भनेपछि उषाले दायाबाया हेरी, सबै जना आ-आफ्नै कुरामा ब्यस्त थिए। कसैले उनिहरुलाइ हेरेका थिएनन्। "अनि बुबा मुमालाइ सन्छै छ?" उषाले कुरालाइ अर्कैतिर मोड्ने प्रयास गरी। "साँच्चै उषा! मलाइ मेरो पहिलो बिहे बिग्रनुको कारण आफै हुँ कि जस्तो लाग्छ। हेर न! मलाइ त्यस्तो प्रेम ब्यक्त गर्ने तरिका केहि आउदैन। म एकदम सरल छु। कतै तिमीलाइ पनि मेरो यस्तो ब्यबहारले दुखी त बनाउदैन?" उसको मन ढुकढुक गर्न थाल्यो। "मलाइ थाहा छ, तपाइ कस्तो हुनुहुन्छ भनेर! तर बिहे पछि त हामीहरु अरु नजीक हुन्छौ। दुइ भिन्दै ब्यक्तिहरु कहिलै समान हुन सक्दैनन्, त्यसमा पनि नारी र पुरुष त स्वाभवैले फरक हुन्छन्। लोग्ने वा स्वास्नी दुबैमा कमी कमजोरीहरु हुन सक्छन्, त्यसैलाइ समस्या बनाएर होइन कि, बरु स्वीकार्दै सुधार्ने कोशिश गर्नु पर्छ। कुनै पनि मानिस १००% असल त हुनै सक्दैन। त्यसो हुने भए त यो संसारको नाम नै फरक हुनु पर्थ्यो।" उषा अलि नजिकै आइ। "तिमी मलाइ सधै यसरी नै सकारात्मक बिचारहरुले मुग्ध पार्छौ। मलाइ तिम्रो यही बानी मन पर्छ, सधै पोजिटिव!" उ दङ पर्‍यो, फेरि उ भित्र उषा र उसको खुशी जिबनको तस्बीरहरु कोरिन थाल्यो। "पहिलेको बिहे असफल हुनुमा तपाइको कुनै गल्ती छैन, त्यसको बारेमा सोचेर आफुलाइ दोषी नबनाउनुस्!" उषाको कुराहरु सुन्दा उसले समय बितेको थाहा पाउदैन। "कसको गल्ती त?" उसले उषाको मुखबाट साक्षीको नाम सुन्ने आशा गर्‍यो। "अभिभाबकको!" उषाको जवाफ सुनेर उ छक्क पर्‍यो। "तिमीले कसरी थाहा पायौ?" "मैले अरुबाट सुने अनुसार साक्षीको परिबारलाइ उ र गाइनेको प्रेमबारे पहिले नै थाहा थियो। तर उनिहरु गाइनेलाइ मन पराउदैनथे। हाम्रो समाज नै त्यस्तो, सम्पन्नता, शिक्षा, पारिबारिक प्रिष्ठभुमि, जातपात, दुइ मुटुको प्रेमभन्दा बलियो हुन्छ। त्यसैले उनिहरुले गाइनेसङ छुट्टाएर साक्षीको हतार हतार तपाइसङ बिहे गरिदिएका रे। म त त्यो सरासर साक्षीको अभिभाबकको ठुलो गल्ती मान्छु। त्यस्तो कलिलो उमेरमा बिचरीको जीबन बर्बाद भयो!" उषा तर्क दिएर मेनु हेर्न थाली। "उनिहरुको नाटकको फाल्टु जोकर चाहि म भए है?" उ आफै हांस्दै भन्यो। "के खाने? अर्डर गरौ न है? मलाइ भोक लाग्यो।" उषाले उसको कुरा सुनिन कि क्या हो, मेनुतिर केन्द्रित भइ। "तिमीलाइ जे मन पर्छ त्यही अर्डर गर। मेरो खासै चोवाइस हुदैन। तिमीलाइ थाहै छ।" उ अध्याँरोले ढाक्न लागेको काठमान्डुलाइ हेर्न थाल्यो। "तपाइले अघि नै मलाइ के सोध्नु भएको थियो नि? फेरि सोध्नु न!" उषा खुशी हुँदै उसको अध्याँरोलाइ बिथोल्न आइ। "के भने हँ??" एक्छिन सोच्यो, अनि सम्झ्यो "अँ, आज तिमी बेग्लै देखिन्छौ। अलि अलि नक्कली जस्तो!" भन्नै नहुने भने कि भनेर उसलाइ भित्रभित्र पछुतो लाग्यो। "हो त म नक्कली तपाइ नक्कले।" उषा मुस्काइ। "हेर! म जस्तो बिचरालाइ नक्कले रे! दारी नकाटेको पनि आज कति दिन भैसक्यो?" भन्दै उसले आफ्नो चिँडो छाम्न थाल्यो। "सोध्नु न भन्या!" उषा जिद्दी गर्न थाली। "के रे? तिमी आज किन नक्कली भएकी हँ?" उसले फेरि जिस्काउन खोज्यो। "भनु??"उषा पनि जिस्किन थाली। "भन न!" उसलाइ खासै त्यस्तै जिस्किनु पर्ने कुरा होइन कि जस्तो लाग्यो। "आज मेरो बुबा ममी दुबैले अब हाम्रो बिहेको तयारी गर्ने भन्नु भयो! छिट्टै रे!" उषाको खुशी उसको पनि खुशी थियो। "अनि डिवोर्सको कुरा नि?" उसले सम्झ्यो, साक्षी र सीडिओ अफिस! "त्यो त उहाँहरुले अहिले बुझ्नु भयो रे! त्यस्तो कुनै समस्या नहुने भयो रे!साइत मिल्नासाथै तपाइको परिवारसङ कुरा गरेर सबै तयारी गर्ने रे!" उषा जोक गरिरहेकी थिइन। "यो त धेरै राम्रो कुरा हो! अघि नै किन नभनेकी?" उषालाइ अंगालोमा बाँध्न खोज्यो, फेरि वरिपरि हेरेर रोकियो। "अब तपाइले टेन्सन लिनै परेन। अब त मलाइ फोन नगरी बिजि भन्न पाइदैन है।" उषा फेरि उसङ नजिकिइ। "फोन!" बल्ल उसले सम्झ्यो, पकेटबाट बाइकको साँचो झिक्दा उसले फोन त सोफामा छोडेछ। के उसले साक्षीलाइ फोनको बहानामा एक्चोटि फेरि भेट्न पाउला? क्रमश: ma_lure jyulaai ni kati tension ushako?
crazy_love · Nov 8, 2011 8:55 PM
K sachi uniharuko bihe hola ta?? Malai ta yo kta ko bhar nai chhaina!!!
ma_lure · Nov 8, 2011 11:13 PM
भाग-१८ उ र उषा केहि बेर काठ्मान्डौमा दिन प्रतिदिन च्याउ जस्तै बनिरहेका नयाँ हलहरुको बारे कुरा गर्न थाले। उषाले नयाँ हिन्दि फिल्म हेर्ने इक्षा गरी, उसले अर्को पटकको लागि योजना बनायो। उसलाइ खासै फिल्म हेर्ने मन छैन तर उषाको मन राख्नको लागि ३ घन्टा बिताउन उसलाइ ठुलो कुरा लाग्दैन। केहि समय बिताए पछि उसले उषालाइ घरमा पुर्‍याइदियो। सधै झैं उषा घरभित्र आउन अनुरोध गरिरहेकी थी। तर उसले त्यो दिन भित्र पसेर औपचारिकता निभाउन उपयुक्त ठानेन, बरु सकेसम्म छिट्टै फिल्म हेर्ने दिन केहि बेर छिटो आएर उषाको आमाबुबासङ भेट्ने बाचा गर्‍यो। घर पुग्नासाथै उसले फोन सम्झ्यो, २-३ वटा नम्बरहरु नभै नहुने थिए कामको लागि। घरको फोनबाट उसले आफ्नो मोबाइलको नम्बर डायल गर्‍यो। पहिलो चोटि पुरै रिङ गएर पनि फोन उठेन, दोस्रो चोटि तेस्रो रिङ्मा साक्षीले "हलो!" भनी। "साक्षी! तिमी निदाइरहेको?" उसले घडि हेर्‍यो, भर्खर पौने दश भएको थियो। "भर्खरै ढल्केको थिए, झपक्कै निद्रा लागेछ।" साक्षीले आधी निद्रा बाट ब्युँझे जस्तो स्वरमा भनी, कता कता मदहोसी जस्तो, उसलाइ आनन्द लाग्यो। मनभित्र दबिएका चाहनाहरु सलबलाए। उसले कल्पना गर्‍यो, पारदर्शी नाइटीमा मस्त निदाइरहेकी साक्षी र उसको अनुहारमा फैलेका सुन्दर केशराशी। "तपाइ फोन कहिले लिन आउने?" उसको कल्पनालाइ भङ गर्दै साक्षीले सोधी। "अहिले आँउ?" उ जिस्किन खोज्यो। "किन अहिले? राति भएन?" साक्षी आतिइ। "दश बजेको छैन, के को राति?" उसलाइ उडेर जाउ जस्तो नभएको हैन, तर रातले उसलाइ छेक्यो। "भोलि बिहान म दिदीको स्कुलको स्टाफको हातमा फोन तपाइको अफिसमा पठाइदिउ?" साक्षीलाइ डर लाग्यो। "किन? तिमीलाइ निद्रा लाग्यो?" "काम केहि छैन, त्यही भएर निदाउन लागेको! तपाइलाइ फोन भोलि बिहानै पठाइ दिन्छु हुन्न?" साक्षीलाइ फोनकै चिन्ता धेरै थियो। "मलाइ फोन भन्दा पहिले केहि नम्बरहरु चाहिएको छ। म नाम भन्छु, तिमी उनिहरुको नम्बर मलाइ देउ त! कामको लागि एकदम महत्वपुर्ण नम्बरहरु छन्। म भनु?" उसले साक्षीलाइ नामहरु दियो, साक्षीले नम्बरहरु उसलाइ दिइ। "खाना खाइसक्नु भयो?" साक्षीले सोधी। "आज मैले बाहिर खाएको! उषासङ!" उसले साँचो कुरा भन्न्यो। "ए--" साक्षी फेरि चुप लागी। "उषा देखेकी छौ?" साक्षीको प्रतिक्रियाको पर्खाइमा थ्यो उ। "अहँ!" साक्षीले छोटो उत्तर दिइ। "एकदिन म तिमीलाइ उषासङ परिचय गराइदिन्छु। उ असाध्यै असल छे।" "मलाइ थाहा छ, उषा असल छे।" साक्षीले रुखो उत्तर दिइ। "कसरी थाहा पायौ?" उ आश्चर्य भयो। "यो संसारमा म एक जना बाहेक सबै केटिहरु असल छन्।" साक्षीले आफैलाइ दोषी देखि। "सरी साक्षी! मैले त्यस्तो अभिप्रायले भनेको हैन। उषा एकदम मिजासिली छे, उ जो सङ पनि साथी बन्न सक्छे, तिमीसङ पनि।" उसलाइ नराम्रो लाग्यो साक्षी फेरि बिगतमा पुगी। "हुन्छ नि त! तपाइको बिहेमा चिनाइदिनु होला नि त!" ब्यङ हो वा साँच्चै, साक्षीको कुरा उसले बुझेन। "तिमी आँउछौ मेरो बिहेमा?" उसलाइ रमाइलो लाग्यो। "अबश्य!" साक्षीको मधुरो हाँसो सुनियो फोनमा। "के लगाउछौ?" उसको मन फेरि हलचल गर्न थाल्यो, राति आफ्नो प्रेमिकासङ रुमानी कुरा गरेजस्तो। "कुर्ता!" साक्षी फेरि मुस्काइ उता। "गुलाबी रङको कुर्ता लगाउ है?" उ पनि जिस्किन थाल्यो। "किन गुलाबी?" साक्षीलाइ अचम्म लाग्यो। "तिमीलाइ मैले पहिलो चोटि देख्दा तिमी गुलाबी कुर्ता लाएर मन्दिरमा पुजा गरिरहेकी थियौ। तिमीलाइ याद छ?" उ फेरि अतितमा पुग्यो। "हो र? अनि मैले कसरी तपाइलाइ देखिन त?" साक्षीले बिर्सिसकी शायद। "त्यो दिन तिमिलाइ हेर्न हाम्रो मन्दिरमा भेट्ने कार्यक्रम बनेको थियो। म र बिबेक पहिले नै आएर कुरिरहेका थियौ, बिहेको लमी पनि हामीसङै थियो। केहिबेरमै तिमी र तिम्रो दिदी मन्दिरमा पुजाको थाली लिएर आयौ। दिदीलाइ सबै थाहा थियो। लमीसङ हाँसेर मात्र उहाँ तिमीसङ जानु भयो। बास्तबमा तिमीलाइ हेर्न म आएको थिए त्यो दिन। तिमी गुलाबी कुर्तामा उज्याली देखिएकी थियौ, झन् मन्दिरको रातो टिका लगाएपछि त त्यो मन्दिरभरिको केटिहरु मध्य तिमीमा अलग्गै तेज देखिएको थियो। त्यो दिन त तिमी मलाइ फिल्मको हिरोइन जस्तै लागेकी थियौ। तर तिमीले एकचोटि पनि मलाइ हेरेनौ। तिमीलाइ याद छ?" उसको अनुहारमा फेरि आनन्दको लहर फैलियो। "मलाइ त केहि थाहा थिएन त! शनि कि के हो ग्रहको पूजा भनेर दिदीले मलाइ मन्दिर लानु भएको थियो। मैले तपाइलाइ देखेकै थिइन।" साक्षी उस्तै निर्दोष पारामा भनिरहेकी थी। "त्यहि दिन तिमीले मलाइ नहेर्दै मैले बुझ्नु पर्ने! यो केटिले मलाइ मन पराइन भनेर। म सोझो मान्छे, दङ पर्दै बिहे गरे, आखिर तिमी गइ हाल्यौ!" घुमिफिरि त्यही आयो बिषयबस्तु। "मलाइ त बिहेको बारे पनि थाहा थिएन। छोड्नुस यो कुरा! जे हुनु भैसक्यो। मेरो भाग्यमा जे लेखिएको थियो, त्यही भयो। तपाइको त उषा जस्ती असल केटिसङ बिहे हुदैछ। सबै राम्रो हुन्छ। अब पहिलेको कुरा नगरु।" साक्षीको आग्रहलाइ उसले टाल्न सकेन। "छ नि! सानी हुँदा तिमी कस्ती थियौ?" उसलाइ रात नबितोस् जस्तो भयो कुराको सिलसिला जारी गर्नु थियो। "म त एक्दम नक्कली थिए रे, गीत गाउने, नाच्ने, सानो कुरामा पनि दिल खोलेर हाँस्थे रे! त्यही भएर मेरो हजुरआमाले जहिले पनि मलाइ यो "छिट्टै पोइला जान्छे" भन्नु हुन्थ्यो। त्यस्तो सानोबेलामा पनि हजुरआमाले सधै "उत्तावली" भनेर गाली गर्नु हुन्थ्यो। आखिरमा उहाँले भनेको जस्तै भयो।" साक्षीले आफ्नो मनको दुख उ सङ पोखी। "म कस्तो थिए होला भन त!" उसले फेरि बिषयबस्तु बदल्न खोज्यो। "तपाइ त घुस्घुसे हुनुहुन्थ्यो होला, सधै ठुस्स परेर बस्ने!" साक्षी यसरी हाँसी मानौ उ र साक्षी बर्सौ पुरानो साथीहरु धेरै पछि फोनमा भेटेर कुरा गर्दैछन्। "तिमी त कस्ती बाठी!" उ पनि हाँस्यो एकछिन र भन्यो। "हो म त्यस्तै थिए। मेरो स्कुलमा साथी नै थिएन। घरमा पनि बुबासङ कुरा गर्न डर लाग्थ्यो। तिमीलाइ थाहै छ आमा मलाइ छोडेर अरुसङ जानु भएको थियो। मलाइ जो सारी लगाएको स्वास्नीमान्छे देखे पनि मेरो आमा त्यही हो कि भन्ने लाग्थ्यो। पछि म अलि ठुलो भएपछि बुबाले फेरि बिहे गर्नु भयो। सानी आमा मसङ नजिकिन खोज्नु हुन्थ्यो तर त्यतिखेरसम्म म एक्लै बस्न रुचाउने भैसकेको थिए।" "तपाइसङ कुरा गर्नै डर लाग्थ्यो पहिले पहिले मलाइ पनि!" साक्षीले कहिले भन्न नसकेको कुरा बताइ। "तिमीले कुरा गर्ने प्रयास नै गरिनौ!" आफ्नै बचाब गर्‍यो उसले। "तपाइले पनि त कहिले राम्ररी कुरा गर्नु भएन म सङ।" साक्षीको पनि गुनासो थियो। "अहिले कसरी तिमी म सङ कुरा गर्दैछौ त? पहिला पनि हामी यसरी कुरा गर्न सक्थ्यौ होला नि!" पहिले र अहिलेको समयमा आकाश जमीनको फरक भैसकेको थियो। "तपाइ भोली काममा जानु पर्दैन? हेर्नु त १२ बजिसक्यो!" साक्षीले प्रसङ बदली। "बजोस्, आफ्नै काम त हो नि! तिमीसङ कुरा गर्दा कस्तो रमाइलो लागिरहेको छ। अहिलेमा बाँचौ, भोलीको के चिन्ता?" उ रोमान्टिक हुन खोजीरहेको थियो। "अब हामीले यस्तो ब्यबहार गर्नु हुन्न जसले तपाइ र उषाको बिहेमा असर परोस्। मलाइ निद्रा लागिसक्यो।" साक्षीले हाइ गरी फोनमा। "सुन त!" उसले हत्त न पत्त रोक्यो साक्षीलाइ। "फोन लिन म आफै आँउछु, कसैको हातमा नपठाउ।" "कहिले?" "मलाइ जहिले अनुकुल हुन्छ" उसले सोच्नै पर्छ त्यो त। "ल, त्यसो भए म सुत्न गए।"साक्षीले फोन राखी, उसलाइ फेरि फोन गरु गरु लाग्यो तर मनलाइ सम्झाउदै बस्यो। उसको आँखामा धेरै बेरसम्म भर्खरै नुहाएर आफ्नो केशराशी रुमालले झटकाइरहेकी साक्षीको गुलाबी मुस्कान नाचि रह्यो। क्रमश: ma_lure jyu, uniharuko bihe hundaina ki kya ho hai? yo keta ko malai pani bhar laagdaina. Just kidding! Thanks for commenting!
crazy_love · Nov 15, 2011 7:46 PM
Bajya strilampat!! HEHE!! Nice read but too short!! Keep it coming!!
ma_lure · Nov 15, 2011 11:29 PM
भाग-१९ भोलिपल्ट पनि उसले फोन गर्‍यो, तर साक्षीले उठाइन, ब्यस्त हो कि के हो ३ चोटि पनि फोन नउठेपछि उसले फेरि प्रयास गरेन। त्यसपछि २-३ दिन उ अफिसको काममा यति ब्यस्त भयो, चाहेर पनि साक्षीलाइ फोन गर्न सकेन। सधै घर फर्किदाँ ढिलो हुन्थ्यो। ५ दिनपछि जब उसको कामहरुको डेडलाइन सकियो र केहि राहत भयो। उसले बेलुकी साक्षीलाइ फोन गर्‍यो, यसपाली ४ घन्टीमा साक्षीले फोन उठाइ। "साक्षी!" "हजुर!" साक्षीको स्वर निदाएर भर्खर ब्युँझेको जस्तो थिएन। "अस्ति किन फोन नउठाको?" ५ दिन अघिको कुरा सोध्यो उसले। "कहिले?" साक्षीको प्रश्नले उसलाइ रिस उठ्यो। "५ दिन अघि, मैले यतिखेरै कति फोन गरे, तिमीले उठाएनौ।" समय यति नै बेला हो कि हैन भनेर उसले घडि हेर्‍यो। "ए- त्यो दिन हामी बाहिर गएका थियौ, दिदीको साथीले सबै परिवारलाइ खाना खान बोलाउनु भएको थियो। मैले फोन यही छोडेको थिए।" साक्षीले साँचो कुरा गरी कि गरिन उसले ठम्याउन सकेन। "अनि कस्तो भयो त डिनर?" उसलाइ मन त लागेको होइन तै पनि सोध्यो। "ठिकै भयो!"छोटो जवाफ दि साक्षीले। "तपाइको काम कस्तो हुदैछ?" उसले के सोध्ने भनेर सोच्दा सोच्दै साक्षीले सोधी। "त्यस्तै त हो नि!" उसले नि छोटै जवाफ दियो। "ब्यस्त हुनु भयो जस्तो लाग्यो।" साक्षीले किन फोन नगरेको भनेकी हो कि जस्तो लाग्यो उसलाइ। "अँ-- केहि कामहरु सकाउनु पर्ने थियो, त्यसैले तिमीलाइ फोन गर्नै सकिन।" उसलाइ खुशी लाग्यो साक्षी उसको फोनको प्रतिक्षामा बसेकी रहिछे। "अहिले काम छैन त?" साक्षीले सोधी। "छन त छ तर त्यस्तो महत्वपुर्ण छैन। तिमीले खाना खायौ?" उसैले सोध्यो आज। "खाइसके! तपाइले नि?" साक्षीले उसैलाइ सोधी। "मैले पनि खाँए भर्खरै!" आज उसलाइ कुराको सिलसिला नमिलेको जस्तो लाग्न थाल्यो। "आज पनि डेट थियो कि?" साक्षीले नसोचेको प्रश्न गरी। "हैन, आज मैले घरैमा खाए। ठुल्दिदीको हातको खानाको स्वाद नै अर्कै हुन्छ। उषा पनि अचेल ब्यस्त छे, बिहेको शपिङमा। हाम्रो कुरा सधै हुन्छ। मैले उसलाइ मेरो मोबाइल हरायो भनेको छु। उसले मलाइ कि अफिस कि घरमा फोन गर्छे।" उसलाइ कुन बिषयबाट कुरा सुरु गर्ने भन्ने अन्यौल भै रह्यो। "एउटा कुरा सोधुँ?" शायद साक्षीलाइ बिहेको कुरा राम्रो लागेन, उसले मनमनै यहि सोच्यो। "के? भन न!" अलि अलि डर राख्दै उसले भन्यो। "तपाइ रिसाउनु त हुदैन?" साक्षी पनि डराइरहेकी छे। "किन रिसाउने? सोध न!" उसले मन दरओ गर्‍यो। "अस्तिदेखि मलाइ तपाइको आमाको बारेमा कस्तो खुल्दुली लागिरहेको छ। अहिले उहाँ कहाँ हुनु हुन्छ?" साक्षीको स्वर अलि सानो भयो अन्त्यमा! उसले लामो स्वाश फेर्‍यो, एकैछिन चुप लाग्यो अनि भन्यो, "उहाँ माथिबाट तिमी र मलाइ हेरिरहनु भएको छ।" "सरी! मैले तपाइलाइ यो कुरा नसोध्नु पर्ने थियो।"साक्षीले गल्ती महसुस गरी। "तिमी र म मा त्यस्तो सोध्न नहुने कुरै के छ र? परिबेश यस्तो भैदियो कि हामी अहिले अलग अलग छौ। तर तिमी मेरो जिबनको पहिलो प्रेम हौ, पहिलो स्पर्श, पहिलो सम्बन्ध! तिमीले मेरो सबै पक्ष देखेको छौ, प्रेम, अबसाद, आबेश, घ्रीणा। तिमीसङ लुकाउनु पर्ने कुरै केहि छैन मेरो। तिमीसङ म जति खुल्न सक्छु, अरुसङ सक्दिन।" उसको कुराले साक्षीमा केहि साहस आयो। "उषासङ पनि?" सम्हाल्दा सम्हाल्दै यो प्रश्न कसरी निस्क्यो, साक्षीले थाहा पाइन। "हो! उषासङ पनि! उषाको जिन्दगीमा हाम्रो जस्तो उतारचढाब छैन। उ सुखी परिबारमा हुर्की, जहाँ माया, प्रेम, बिश्वाशभन्दा अरु केहिको भुमिका रहेन। उसको संसार सबै कुराले भरिपूर्ण छ। उसलाइ जिबनको अरु पक्षबारे केहि अनुभव छैन। त्यसैले उ पर्फेक्ट छे, उसङ सबै कुराको समाधान छ। म उसङ मेरो दुखको कुरा गरेर दया कमाउन चाहदिन।" उसले उषासङ मनमनै माफ माग्यो। "तपाइको जिन्दगीमा कति ठुलो पहाड रैछ दुखको, त्यसमाथि मैले झन चोट थपिदिए। मलाइ तपाइ ह्रिदयदेखि नै माफ गरिदिनुस् है।"साक्षी फेरि भाबुक भइ। "पहिला मलाइ त्यस्तै लाग्थ्यो। तर अहिले महसुस गरे। मेरो जिन्दगीको दुखमा कसैको पनि हात छैन सिबाय परिबन्दको। आमाले पाएको दुखमा मैले के नै गर्न सक्थे र? उहाँ आफैले दुखबाट मुक्त पाउने बाटो रोज्नु भयो त उहाँको के गल्ती भयो? उहाँलाइ पनि त सुख सङ बाँच्ने अधिकार छ नि! सबैले उहाँलाइ स्वार्थी र चरित्रहिनको उपमा दिए, तर उहाँलाइ त्यस्तो बनाउनुमा यही समाजको हात छ भनेर अहिले बुझ्दैछु। दिनहुँ भोकै दासी जस्तो घरको काममा पेलिनु अनि उल्टो राति नन्द, सासुको कुरा सुनेर बुबाको कुटाइ खानु। कति हुन्छ सहनशीलताको सीमा? उहाँले जे गर्नु भयो ठिकै गर्नु भयो!" आज बल्ल उसले आफ्नो मनको कुरा खोल्यो साक्षीसङ। "ठुल्दिले पनि कहिले कहि यस्तै भन्नु हुन्थ्यो। तपाइले कहिल्यै भेट्नु भएन उहासङ?" साक्षीसङ धेरै प्रश्न थिए शायद। "अहँ! सानोमा एकचोटि आमा मलाइ भेट्न स्कुलमा आउनुभएको थियो रे, मलाइ त याद पनि छैन। त्यो कुरा थाहा पाएपछि बुबाले मेरो स्कुल नै सारि दिनु भयो र मलाइ चेतावनी दिनु भयो "अबदेखि आमासङ भेटेको सुनिएमा मलाइ स्कुल जान पनि बन्द गरिदिने।"तिमीलाइ थाहै छ, बुबा मेरो अन्नदाता, उहाँको निगरानीमा मेरो जिबन बाँचेको। म नाथेबाट त्यत्रो दुस्साहस् गर्ने के आँट? हाम्रो बिहे अघि मैले आमाको ठेगाना खोज्दा मात्र थाहा भयो उहाँ यो अर्कै संसारमा जानु भैसकेको रहेछ।" उ उदास भयो। "तपाइलाइ फोन चाहिदैन?" साक्षीले उसको मुड चेन्ज गर्ने बिषय निकाली। "पुरानो सेट थियो, त्यसैमा नयाँ सिम कार्ड हालेर चलाउदै छु। खासै आबश्यक छैन।" उसलाइ फोन फिर्ता लिएपछि साक्षीसङ कुरा गर्ने माध्यम हुदैन भन्ने कुरा थाहा थियो। "हिजो दिदीले सोध्दै हुनुहुन्थ्यो। फोन किन लिन नआउनु भएको भनेर?" साक्षीको दिदीलाइ पनि कति कुराको टेन्सन! "तिमीले के भन्यौ?" उसलाइ पीर लाग्न थाल्यो, यही एउटा फोन त छ साक्षीसम्म पुग्ने उसको आधार। "समय मिलाएर आउनु हुन्छ भने। दिदीले डिवोर्सको प्रक्रिया कहिले सकिन्छ भनेर पनि सोध्दै हुनु हुन्थ्यो। मलाइ थाहा छैन भनिदिए।" दोस्रो प्रश्न अलि शँकास्पद थियो। "साक्षी! तिमी मलाइ नढाँटि भन। अहिले आएर किन तिम्रो दिदीलाइ डिवोर्सको चिन्ता लाग्दैछ?" उसलाइ साक्षीप्रति बिस्वाश कहिल्यै लागेन। "मलाइ के थाहा?" साक्षीले गैरजिम्मेवारीपुर्बक भनी। "तिमीलाइ थाहा नभए कसलाइ हुन्छ? तिमीलाइ चिन्नै सक्दिन म कहिले पनि। यत्रो बर्ष तिमीहरुले डिवोर्सको कुरा पनि गरेको थिएनौ। अब जब मैले उषाको परिवरको लागि यो कदम उठाउदै छु, तिम्रो दिदीलाइ पनि चिन्ता लाग्न थाल्यो। जरुर केहि कारण छ साक्षी!" उसको स्वर काम्न थाल्यो। साक्षी बोलीन, केहि बेरपछि अलि शान्त हुँदै उसले सोध्यो, "साक्षी कतै तिम्रो बिहे हुन लागेको त छैन?" "तपाइ दिदीसङ आएर कुरा गर्नुस्! मलाइ यो बारेमा केहि थाहा छैन। मेरो जिन्दगीको निर्णय मैले कहिले गर्न पाँए र?" साक्षी रुन थाली। "सरी! साक्षी म त्यस्तो आबेशमा आउनु हुन्थेन। किन हो किन तिम्रो बिहेको कुरा सुन्न गार्हो हुन्छ। मैले त्यस्तो सोच्नु हुदैन, तैपनि अझै मलाइ यस्तो लाग्छ तिमी मेरो हुन नसके पनि अरु कसैको नहोस्। मेरो मन अझै स्वार्थी छ साक्षी म के गरु?" उसलाइ नराम्रो लाग्यो। "अस्तिको डिनरमा दिदीको साथीको भाइ पनि थियो, बाहिरबाट आएको भन्ने कुरा हुदैथियो। बारम्बार म सङ कुरा गर्न आँउथ्यो, भन्थ्यो उसलाइ कसैको बिगतसङ केहि लिनुदिनु छैन। किन भने उसको पनि बिगत छ, उसको पनि डिवोर्स भइसक्यो रे। दिदी भन्नु हुन्छ उसले मलाइ मन पराउछ र बिहे गर्न चाहन्छ। मेरो मनको कुरा कसले बुझ्छ? म के चाहन्छु कसले सुन्न चाहन्छ?" साक्षीले बल्ल फुकाइ आफ्नो मनको उकुसमुकुस! "तिम्रो मनले के भन्छ? तिमी के चाहन्छौ साक्षी?" उसले सोध्यो। "म आफ्नो जिन्दगीको निर्णय आफै लिन चाहन्छु। म स्वतन्त्र बाँच्न चाहन्छु। कसैको सहानुभुतिबिना म पनि एक्लै जिउन चाहन्छु।" साक्षी भन्दै थिइ, फोनको लाइन अनायास काटियो, उसले फेरि फोन गर्‍यो तर रिङ गएन, १५ मिनेटसम्म फेरि फेरि प्रयास गरेपछि मात्र उसले मोबाइलको चार्जर देख्यो टेबलमा। साक्षीसङ फोन मात्रै छ, चार्जर त छैन, शायद ब्याट्री चार्ज गर्ने बेला भयो होला। कस्तो राम्रो कुरा हुदै थियो, अहिले फोन बन्द हुनु पर्ने। रातभरि उसलाइ छटपट भैरह्यो, उ निदाउन सकेन। उसको र साक्षीको जिबनको दोबाटो अबश्य छुट्टिन लागेको छ, शायद छिट्टै! के उसले यो खलनायक र परिबेशलाइ एक्लै रोक्न सक्छ? क्रमश: ma_lure jyu! u tyasto ta haina holaa bhanne hamilai laagi raacha! Thank you for your comment!
crazy_love · Nov 20, 2011 1:19 PM
Khalnayak?? Malai ta tyo nayak ani yo khalnayak laagna thalyo hai!!!!!!
ma_lure · Nov 26, 2011 11:29 AM
test - If I can post
crazy_love · Dec 2, 2011 12:28 PM
भाग-२० दुइ हप्तापछि उसले एक चोटि फेरि साक्षीलाइ भेट्ने मौका पायो, तर एक्लै हैन वकिलको साथमा। परिस्थिति यति गम्भिर भयो कि उनिहरुले कानुनी रुपमा पारपाचुके गर्नै पर्ने भयो। अहिले साक्षीको परिबारको दबाब थियो, उसको लागि बाध्यता। शायद साक्षीसङको यो अन्तिम भेट नै हो भन्ने कुराले उसलाइ पिरोलीरहेको थियो। साक्षीको दिदीलाइ उ र साक्षीको बीच केहि हुन गइरहेको छ भन्ने कुराको आभास भइसकेको थियो। यो बेला साक्षीको मनमा अरु परिबर्तन हुनु ठिक थिएन। उसको लागि राम्रो केटाको प्रस्ताब थियो, जसलाइ साक्षीको बिगतसङ कुनै चासो थिएन। २-३ दिनदेखि उ सामान्य हुन सकेको थिएन, उ बेला बेलामा हडबडाउने, अहिले गरेको कुरा एक छिनमै बिर्सिने गरिरहेको थियो। यसपटक वकिलले सबै काम मिलाइसकेको थियो, मात्र दस्तखत गर्न थियो त्यो पनि वकिलकै कार्यालयमा। समय भन्दा केहि अघि पुग्ने सल्लाह गरेको थियो उसले साक्षीसङ। त्यसैले आधा घन्टा अघि जस्तो साक्षीलाइ उसकी दिदीले ड्रप गरी। आज पनि जरुरी काम परेकोले साक्षीकी दिदी तुरुन्तै हिडि हाली। जाने बेलामा साक्षीलाइ के के सम्झाएकी जस्तो टाढाबाट उसले देख्यो। साक्षी सानो नानी जस्तो टाउको हल्लाइरहेकी थिइ। उसले सोच्यो साक्षी अझै उस्तै सरल छे, जसले जे भने पनि आज्ञाकारी बालक जस्तो मानीदिन्छे। साँच्चै नै उसको आफ्नो बिचार छैन, रहर छैन। साक्षीले सेतो र कालो बुट्टा भएको कुर्ता लगाएकी थिइ। उसको लुगाको रङले हो कि आजको दिन नै त्यस्तो हो उ असाध्यै उज्याली देखिएकी थिइ। उसले साँच्चिकै आफ्नो भावनालाइ लुकाएकी हो वा उ शान्त नै देखिएकी हो उसले छुट्याउन सकेन। यति धेरै घटनाहरु घटिसकेपछि पनि उसले साक्षीलाइ आफ्नो जिबनबाट हटाउन सकेको थिएन। शायद यो उसको मात्र भ्रम थियो, साक्षी त पहिले जस्ती थिइ, अहिले पनि त्यस्तै छे। लामो स्वाश तानेर उसले साक्षीलाइ सोध्यो। "के तिमीलाइ एउटा हस्ताक्षर ले सम्बन्ध सकिने वा शुरु हुने कुरामा बिश्वाश लाग्छ? शुरुमै अचम्मको प्रश्न सुनेर साक्षी एकछिन उसलाइ हेरिरही, त्यसपछि उ सङैको मेचमा बसी, कोठामा पत्रिकाहरु थिए, तर कोहि थिएनन्। वकिल पनि आइपुगेको थिएन शायद। ढोका खुल्लै थियो, बाहिरबाट जसले पनि उनिहरुको संबाद सुन्न सक्थ्यो, ढोका नजिकै माथि जाने र तल झर्ने भरेङ् थियो। मानिसहरु ओहोरदोहोर गर्दैथे। "किन यस्तो प्रश्न? जे हुनुछ, भइहाल्छ।" साक्षीले मधुरो स्वरमा भनी। "तिमीले त यही चाहेकी थियौ, तिमीलाइ के फरक पर्छ र?" उसलाइ रिस उठ्यो। "तपाइलाइ नि?" साक्षीले तुरुन्त सोधी। "थाहा छैन!" "त्यसो भए फरक त कसैलाइ नि पर्ने रहेनछ।" साक्षीले थ्यौरी जस्तो सुल्झाउन खोजी। "म २-३ दिनदेखि बेचैन छु, न केहि कुरामा ध्यान दिन सक्छु, न त काममा मन लाग्छ। यस्तो लागिरहेछ, कोहि तिमीलाइ म बाट छुटाएर लादैछ सधैको लागि। किन यस्तो भइरहेछ?" उसको अनुहारमा तनाब देखिन्थ्यो। "अब भावनाको भुमिका रहेन, बास्तबिकतासङ सामना गर्नु पर्छ, म त आफुसङै छैन।" साक्षी सकेसम्म उसलाइ सम्झाउने पक्षमा थि। "तिमीलाइ के लाग्छ? आजको दिनपछि मेरो मानसपटलबाट तिमी अचानक हराउछौ? के हामीसङ स्मरणयोग्य त्यस्तो कुनै पल छैन जीबनको? जसले कहिले कहि मिठो अनुभुति दिन्छ?" "त्यसको केहि अर्थ छैन, हाम्रो सम्बन्ध धेरै पहिले समाजले अमान्य घोषित गरिसक्यो। अहिले हामी नजिकिन खोजेका छौ किन भने हामी सम्बन्धको घेराबाट हामी पराइ भैसक्यौ।" "साक्षी! तिमी यति असंबेदनशील छौ भन्ने कुरा मैले किन सोचिन।" उ उठ्यो र कोठामा एक कुनाबाट अर्को कुनातिर हिंड्नथाल्यो। "बाहिर पानी पर्न थाल्यो जस्तो छ।" साक्षीले झ्यालबाट पर पर हेर्दै केहि बेरपछि त्यति मात्र भनी। "तिमी खालि बाहिर देख्छौ भित्र पनि त्यस्तै छ।" उसले ब्यङ गर्यो। "म के गरुँ ??" साक्षीको मनको बाँध भत्कियो। उ बस्यो साक्षी सङै, केहि भन्न सकेन, त्यतिकैमा वकिल आइपुग्यो। वकिललाइ काम सकाउनु थियो, फाइल खोज्न थाल्यो, कहा कहा साइन गरे पुग्छ बताउन थाल्यो। एकैछिनमा साक्षी र उसले प्रत्यक कागजमा हस्ताक्षर गर्न थाले। त्यहा कुनै प्रश्न थिएन न त जवाफ नै। समय छिटोछिटो दौडिरह्यो। "ल काम सकियो।" वकिल हाँस्यो, उ हाँस्न सकेन, साक्षी उठी, नमस्ते गर्दै भरेङबाट वर्ली। उ पनि वकिलसङ बिदा मागेर साक्षीको पछि पछि गयो। बाहिर सिमसिमे पानी परिरहेको थियो, साक्षी भिज्दै भिज्दै बाहिर निस्किरहेकी थि, एकैछिन एउटा पसलको आडमा उभिइ, शायद दिदीलाइ कुरीरहेकी थि। उ पनि पुग्यो त्यही। वरिपरि मानिसहरु छाता ओढेर हिडिरहेका थिए, कोहि ट्याक्सी रोक्दै थिए। कोहि पसलमा किन्दै थिए। यो सबै कुराबाट बेखबर उसको आफ्नै अन्तिम इक्षा थियो। "साक्षी! म तिमीलाइ घर पुर्याइदिन्छु।" "दिदी एकछिनमा यही आउनु हुन्छ।" "अब म तिम्रो कोहि हैन।" "यो संसारमा कोहि पनि कसैको हुदैन।" "तिमीसङ यो कोहि पनि हैनले चिया पिउने अनुरोध गर्न सक्दैन?" उसले नजिकैको एउटा चियापसल देखायो। "यो अन्तिम चिया हो तिमीसङको!" उसले फेरि अनुरोध गर्‍यो। "दिदी, आइहाल्नु भयो भने?" साक्षीले डर ब्यक्त गरी। नभन्दै साक्षीको दिदीको मोटर वकिलको अफिस अगाडी रोकियो, साक्षी बाटो काटेर उतै जान थाली। उ पनि साक्षीसङै भिज्दै बाटो काट्यो। पानीमा रुझ्दै उसले सङै हिँडेकी साक्षीलाइ भन्यो। "यस्तो लाग्छ साक्षी! तिमीलाइ अन्तिमपटक अङालुँ, तिम्रो निधारमा मिठो स्पर्श गरुँ। तिमीलाइ कहिले टाढा जान नदिउ। तर यो परिस्थितिमा अब म मा त्यो सामर्थ्य पनि रहेन!" पानीको थोपा हो वा आँसु साक्षीको गालाबाट झरिरह्यो, त्यसपछि उसले यति मात्रै भन्न सक्यो। "कहिले कहि मलाइ पनि सम्झ है साक्षी!" साक्षीले फेरि एकचोटि "हुन्छ" भने जस्तै गरी टाउको हल्लाइ। उसले परबाटै देख्यो साक्षीको दिदी उनिहरुतिरै आइरहनु भएको थियो, उसलाइ त्यहाबाट अघि जान मन लागेन । सम्बन्ध टुटिसकेको थियो, अब औपचारिकताको के अर्थ? समाप्त! ma_ lure Jyu! Thank u for commenting after each part! khalnayak chahi ko bhayo hola end maa? Thanks a lot!
crazy_love · Dec 2, 2011 2:48 PM
Biyoganta bhanau ki samyoganta bhanau ta antya lai?? Anyways thanks for a nice read!!!
ma_lure · Dec 4, 2011 1:17 AM
क्रेजी, समाप्त भएछ त ?? सदाझै उत्क्रिस्ट लेखाइ .... पुनर्मिलन गराउने छाट निकालेर एथार्थपरक बनाएछौ खुसि लाग्यो (तर अन्त्यमा खल्लो पनि भो बियोग ले )
bhakte dai · Dec 4, 2011 10:44 AM
उत्कृष्ठ कथाको लागि धन्यवाद्! यो सबै भागलाई एउटै मालामा उन्न नबिर्स है!छरिएका रचना थाहा नपाईकनै कतिबेला हराउँछन चाल पाइँदैन। जीवनको कुनै बिश्राममा सम्झिएर खोतल्दा भेटिएनन बने बडा नमिठो लाग्छ!
Birkhe_Maila · Dec 6, 2011 12:08 PM
यो कथा जनवरी २००९ मा सुरु भएको रहेछ ! शायद साझाको ईतिहासमा सबै भन्दा लामो चलेको श्रिन्खला नै यही होला ! क्रेजी को लेखाइ सदैव उत्कृष्ट ! धन्यवाद क्रेजी ! फेरी फेरी यस्तै मिठो रचनाहरु पस्किदै गर्नु !
ritthe · Dec 6, 2011 12:21 PM
म_लुरे ज्यु! कथा बियोगान्त भयो, सरि है, कहिलेकहि बियोग अर्को नया शुरुवात पनि हुन सक्छ जस्तो लाग्छ मलाइ। प्रत्येक भाग पछि आफ्नो अमुल्य समय खर्च गरेर दिनु भएको प्रतिक्रियाको लागि फेरि पनि धेरै धेरै धन्यबाद! भक्ते दाइ, नमस्ते! यतिका दिन पछि देख्दा खुशी लाग्यो। प्रतिक्रिया को लागि धन्यबाद! अनि सन्चै हुनु हुन्छ? बिर्खे, म पनि त्यस्तै सोचिरहेको छु, सबैलाइ कतै उनेर राख्नु पर्ला। कमेन्टको लागि धन्यबाद साथी! रिट्ठे, प्रंशसाको लागि मुरि मुरि धन्यबाद!
crazy_love · Dec 8, 2011 12:34 PM
यो कथाको शिर्सक " च्यात्न नसकेको चिट्ठी " राखे कसो होला ?
bandedv2023 · Feb 18, 2024 6:25 PM
thank you for the support . old is always gold . कतिले त यो लेखि पनि छद्मभेषमा मेरै हो भने तर crazy_love म हैन . वहाको लेखि हरु माली एकदम राम्रो लग्छ
bandedv2023 · Feb 19, 2024 12:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion