के हो त सुगौली सन्धि ? - सोम सापकोटा, पोर्चुगल फेब्रुअरी २२, २००९ नेपालमा १० बर्षे जनयुद् बिभिन्न चरण मा भएको जन् आन्दोलन 13000 भन्दामथि नगरिकहरुको बलिदान बाट २४०बर्ष भन्दा पुरानो राज्यसत्ताको अन्त त भयो तर नेपालि जनताको चाहाना ,हजारौ सहिदहरु को सपना नया नेपाल निर्मान जस्ता बिषय मा कसैको पनि ध्यान जान सकेको छैन। सत्तामा पुग्न को लगि सस्ता नाराहरु जनता मा बाडने राजनैतिकदल र नेताहरु आजआपसी बिबाद र अरोप लगाउन ब्यस्त छन। नेपालमा बडदो बेरजगर्,अशान्ति,राज्यको प्रभाबकारि निति नहुनाले आज नेपालि युबा जनशक्ति बिदेसिन बाध्य छन।देस र जनता को नाम मा वकालत गर्ने राजनितिक दल का नेता आज किन मौन छन।परिवर्तन आजको भोलि त हुदैन तर दिन को परिणाम बिहानिले देखाउछ।दलिय स्वार्थ भन्दा माथि उठेर देस र जनता को हित हुने काम गर्नु आज को अवश्य्कता हो नेपाल सँग भएका असमान सन्धि को बारेमा अहिले किन कुरा उठाइदैन? यस्ता घातक सन्धिहरुको बारेमा समन्धित देस सँग बर्ता गरि यस्ता घातक सन्धिहरुलाइ खारेज गर्नु आजको आवश्य्कता हो सुगौली सन्धि (इ.सं. १८१५ डिसेम्बर २) १. माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ । २. युद्ध हुनु भन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् । ३. नेपालका राजा माननीय इस्ट-इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन् -(काली र राप्ती नदीको बीचकाख सम्पूर्णतल्ला भागहरु, (राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि, (गण्डकी र कोशी बीचको समस्त तल्लो भूभाग, (मेची र टिस्टाबीचको समस्त तल्लो भूमि, (मेची नदीभन्दा पूर्वतर्फकोसम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिन भित्रमा गोर्खाली सेनाले खाली गरिदिनुपर्नेछ । ४. नेपाल राज्यका प्रमुख र भारदारहरु ज-जस्को स्वार्थमा माथि उल्लिखित अभिधाराले हानि पुर्याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिश सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुइ लाख रुपैया पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ । ५. नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरुको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् । ६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरु बीच कुनै मत भिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिश सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नुपर्नेछ । ७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिश सरकारको अनुमतिबिना कुनै ब्रिटिश प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिले पनि राख्ने छैनन् । ८. दुवै राज्यका बीचमा मित्रता र शान्ति-सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् । ९. यो सन्धि जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्धारा आजको मितिदेखि १५ दिनभित्र अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफि्टनेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सो भन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् । यस सन्धिमा बिबादमा नपरेका नेपाल अधिकृत भूभागहरु पनि कम्पनी सरकारलाई सुम्पने प्रावधान भएकाले नेपालले यस सन्धिमा परेका केही अभिधाराप्रति आफ्नो सहमति र असन्तुष्टि प्रकट गरेको हुँदा नेपाल र कम्पनी सरकारका बीच केही तराई फिर्ता गर्ने प्रयोजनका निम्ति अर्को आंशिक सन्धि भयो । ८ डिसेम्बर १८१६ मा भएको पुरक सन्धिबाट कोशी र राप्तीका बीचको तराई फिर्ता भयो तर मूल सन्धिको धारा ४ को प्रावधानलाई खारेज गरियो । १९५० को सन्धि(सन् १९५० जुलाई ३१) १. नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुर गर्छन् । २. कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् । ३. कर्मचारी वर्गहसहित प्रतिनिधिहरुद्धारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरीय राख्न मन्जुर गर्छ । ४. दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाईस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् । ५. नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् । ६. भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ । ७. नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् । ८. जहातक यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ । ९. हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ । १०. यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।
nepalicyko · Feb 24, 2009 11:17 PM · 48,070 views
Another Funny thread, please make, quit, respected, developed, crimeless Nepal with human dignity, respect each other, what greater Nepal, seems good, lot of things in world are good but they are not to touch, not to eat, not to do. Greater Nepal Ha Ha Ha Ha Ha
timer · Feb 25, 2009 11:32 AM
UN is a joke. Nobody cares what UN has to say. India is not gonna give it back. So what option do we have? Go to war aginst India. Do you really wanna create another Palestine-Israel war?
Delta · Feb 25, 2009 4:28 PM
That man (Fadindra Nepal) sucks..... j man ma lagyo tyahi bolda hunchha ??? aile globalization ko jamana ma yo euta rajniti garne bahana matra ho, naya rajnitik chalkhel... malai ta chahindaina tyasta m.u.j.i greater Nepal, aile samma bhayeko Nepal ma ta kehi garna sakeko chaina tyo aaru thau thapera k garnu feri jatibad jhagada? feri naya tarai ra madhesh, chhetriya jhagada.... kati naam fernu nepal le, pohila nepal, maobadi aayera naya nepal aaba yo jatho aayera greater nepal... this kind of f.u.c.k.ing thing is just to gain attention of Nepali people and play with their emotions... Nepal ko lagi bhanne bittikai sabai nepali le support garchha bhanera naya kisim ko prachar ho... I am not against Nepal but this move really sucks, just a f.u.c.k.ing politics.. this is my personal view, I don't support this kinda move, our country need some careful people who can join hands and try something new to establish new trend for development we don't need new politicians with same old thoughts who just knows how to create chaos, and take away the concentration of people from their duty, this is just a move for confrontation, we should think of preserving the land which we have now and make a move for its development and peaceful environment so the daily life of people will be easier.... we can make our Nepal greater by contributing our part and brain in development not by adding some more land to it.... that man is just doing stinky politics and trying to gain popularity and establish himself as a politician or fighter so his name will be preserved... well good move man, because everyone knows Nepali are sensitive with the name Nepal and things related with it, this is just an emotional blackmail, trying to play with our emotions.....
sathi_meroo · Feb 25, 2009 5:30 PM
Greater Nepal movement means borders of Nepal in the time of prithavi narayan shah or before Sugauli Treaty with British India.
maylumaya · Feb 25, 2009 7:29 PM
http://www.youtube.com/watch?v...
maylumaya · Feb 25, 2009 7:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion