बाबा धेरै ग्याप पो भएछ- साझामा एउटा गजल शुरु गर्न ठाल्या छु - नंया बिचार, हालत पूरानै नंया नेपाल, भारत पूरानै !
SHIRISH · Feb 1, 2009 7:41 PM · 222,286 views
वाह ! वाह ! वाह ! शिरिष दाई । धेरै समय पछी गतिलो खडिलो रचना पढ्न पाइयो ।
rahulvai · Nov 29, 2010 3:01 PM
मेरो पहिलो प्रयास :-) बानी बिग्रेको छ यहाँ भाले नबास्दै जाग्नेहरुको एउटा दानी ले कहाँ पुग्थ्यो र भीड लागेको छ माग्नेहरुको बेइजती के देखनु परयो यो हलो छोडि भाग्नेहरुको -------------------------------------- अल्छि लागेको बेला परै बाट हात बढाएं मन्दिरमा भींड होला कि भनेर बाटैमा फूल चढाएं -------------------------------------- सभ्यताका गजुरहरू ठाऊँठाऊँमाँ ध्वस्त छन मन्दिरमा लाम लागेका भद्रहरू ठेलमठेलमै ब्यस्त छन तक्मा लगाउनेको दांजोमा अनपढ़हरु चुस्त छन भिटामीन भन्दा भ्याकुर खानेहरू बरु तंदुरुस्त छन इच्छा गरेर मागेका बरदानहरु सबै दुरुस्त छन रुनु ब्यर्थ छ छाती ठोकेर भगवान् आफैमा मस्त छन Last edited: 29-Nov-10 04:17 PM Last edited: 30-Nov-10 12:14 AM
jira · Nov 29, 2010 4:12 PM
हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो सबभन्दा पहिले welcome welcome and again heartly welcome..... Time to celebrate for me.....i m gone celebrate tonight for your back in sajha.com आशिर्बाद लिने दिने साईतमा एक्लो परें कस्तो पिडा देखाउनु भयो sirish dai...एक line मा नै ...सदा जस्तै येस्पाली पनि अति उत्तम ....आशा छ यो माया सधै येसरी दि राख्नु हुनेछ Thank you for coming back....
राछस · Nov 29, 2010 5:02 PM
jira ji tapai lai pani swagatam..nikkai samaya haraune bhayo tapai pani....
राछस · Nov 29, 2010 5:37 PM
देख्दा खेरिमा अर्कै, चिन्दै जाँदामा अर्कै म ! खोज्ने बेलामा अर्कै, भेट्ने बेलामा अर्कै म ! जस्तो चाहियो उस्तै गरि प्रयोग भएछु तृप्त मनमा अर्कै, प्यासी आँखामा अर्कै म ! सानो उचाई तर ठूलो रहेछ अन्तर तल भुईंमा अर्कै, माथी हांगामा अर्कै म ! तिम्रा नजर छोपी प्रीत लाएको भन्दिएँ चोखो मायामा अर्कै, छक्का पञ्जामा अर्कै म ! तिम्रो कथाको पात्र जस्तै छ मेरो चरित्र सार अंशमा अर्कै, पूर्ण ब्याख्यामा अर्कै म ! बष्टन जनवरी २०११
shirish · Jan 19, 2011 2:11 PM
सार अंशमा अर्कै, पूर्ण ब्याख्यामा अर्कै म yo line lai ru ru lagyo dai.....kasto prasta sandesh.... uttam aati uttam jai hosh sirish dai....:D
राछस · Jan 19, 2011 2:59 PM
tapai haru phari aaunu huncha bhaner aarko thread start gare ko thiye...tesai ko aaba yeha rakhnechu......tyo thread ta kata jancha kata jancha पुरानो धागो को ठेगाना : http://biz.nepaltrekkinginform... मेरो पहिलो पहिलो पर्यास भए को कारण ले गल्ति देखाई दिनु हुन्छ भन्ने आशा गर्दछु. ल हजुर हरु को पनि तातो तातो गजल सुन्न पाउ है चाडो. आधामै सधै घांटी मा अड्किने सास कता गयो आत्मीय दलदलको खै बास कता गयो अपरिचित हुल देखें तिमिसंग त्यो चिता अगाडी सर्दान्जली पनि नभेटी मेरो लास कता गयो वाकिएका डङ्गुर मा तिम्रै जुठो खोज्दै हिड्छु बाकीं घृणा भेट्टाउने आस कता गयो हसिलो मुहार अझै जुन्याउनु पर्ने रे खोज्नु पर्यो मेरा छटपटीका रास कता गयो
राछस · Jan 19, 2011 3:04 PM
Dn wanna let this thread die....wana read more
Dukhe · Jan 20, 2011 1:05 AM
रूप बद्ली रहें | आँफै छक्क परें | भेडै मान्नु पर्‍यो पछी मात्र लागें | असली रूप हेर फेरी बाचा तोडें | नियत् स्पष्ट पारें मैले गति छाडें | सँगै पाप गर्नु मेरो धर्म ठानें | कति थियो आशा त्यसै मन मारें |
shirish · Feb 15, 2011 10:28 AM
तिमीलाई उज्यालोमा देख्दा घाम ठानें आफूलाई ।। बहारमा रमाउँदा बसन्ती याम ठानें आफूलाई ।। जब जब नाङ्गा पाईलाले आगो टेक्न बाध्य पार्छु तिम्रो सत्यतामा गर्ब गर्ने राम ठानें आफूलाई ! हटाउने कोशिश जारी देख्छु घावै घाउ हुनै गरि सबैले के हो यो भनि सोध्ने डाम ठानें आफूलाई ! अन्धकार जस्तै जहां न त घाम थियो न त याम भ्रममा बाँच्न बाध्य पार्ने नाम ठानें आफूलाई ! Last edited: 04-Apr-11 09:33 AM
shirish · Apr 4, 2011 9:33 AM
http://nepalighazal.com/en/com...
shirish · Oct 4, 2011 11:49 AM
"भिटामीन भन्दा भ्याकुर खानेहरू बरु तंदुरुस्त छन" hahahaha!
sabaiko satru · Oct 4, 2011 10:37 PM
@ Shirish: Great creations. Loved it. :)
samikshya · Oct 4, 2011 10:43 PM
Good to see you here sirish dai...i been following nepaighazal.com too and yes they have too good collection. But i am wondering why you have stopped posting your writing in sajha..all of so many good users stopped publishing it, i bet you haven't stop writhing yet. i and other users would be really glad if all of you can come back..jada jadai dinesh raj gywali ko yo ghajal.. गएपछि होश अँ पिएँ शायद । भरी गाग्रो थिएँ पोखिएँ शायद । आँसु रत्न भेटें यी बन्द कोठामा । हिजो अस्ति घर मैं थिएँ शायद । पानापाना मन, फलेंथे गजल । ढिलो गरी आयौ, टिपिएँ शायद । अब आऊ हेर, बेरङ्ग मनमा । यति चोट छ्यापे, रङ्गिएँ शायद ------दिनेश राज ज्ञवाली
राछस · Oct 5, 2011 7:36 AM
sirish ji, gahkila gahakila gajal ko lagi dhanyabad dasain ko subhakamana
_____ · Oct 5, 2011 11:18 AM
I have not left sajha. I can not leave Sajha, thats why (once a while) I post ghazals. Definitely the frequency has decreased significantly. Thanks for the attention shown towards Shirish.
shirish · Oct 5, 2011 12:26 PM
good to hear you from sirish dai..i miss deep, nepe and birkhe maila too..anyway i hope future ma pani tapai ko ramara rmara sristi haru sunna paiyos..dashain ko shuvkamana.
राछस · Oct 5, 2011 12:40 PM
Byakaran Lyrics, composition: Lochan Rijal from album- Maanis मेरो कोठामा एक्लै ढोका थुनेर बस्न मन लाग्छ अस्थिर मानसिकता, असन्तुलित शरिर लिएर मस्त भइ हराउन मन लाग्छ बाहिर निस्क्यो चारकोसे झाडी झै मान्छेको भिड एकान्तको यहाँ कुनै मौलिकता रहेन सत्यता शितलता, मौनता, अनुकरणात्मक शब्द जस्तो सस्तो लाग्न थाल्यो विशेषणको खोजीमा क्रिया किन गर्थे र म नाम र सर्वनाम छुट्याउनाले भेदभाव बढ्यो भावना त चट्याङ्गमा पनि हुन्छ शायद मौलिकताका लागि विरूवाले गमला फुटाउँछ शायद
ramshyam123 · Dec 4, 2011 12:54 AM
आफन्त माझ दूरी निकै बढेको छ । घर घट्दै गयो, धुरी निकै बढेको छ ।। कुटो कोदाली बन्ने फलाममा खिया मुखै टल्किने छुरी निकै बढेको छ । सूर्यमुखीको खुशिे फिर्ता कैले होला बादलको चुरि फुरी निकै बढेको छ । तिम्रो यादमा दीयो बाल्न सकिएन छातिमा आंधी हूरी निकै बढेको छ ।
shirish · Jan 3, 2012 2:18 PM
हाम्रो बारे बजारमा तिम्रो किताब आयो गल्ती गरें भन्नुपर्ने कस्तो दवाव आयो ! मेरो भोजमा आउनेलाई लाज भयो होला मेरो लागि उपहारमा सधैं नकाब आयो । एकपल्ट बाध्यताले कांडा के बनेथें तिम्रो यादमा संधैभरि उस्को गुलाब आयो । खोट खोज्ने बानी मेरा नौला हैन कुनै ऐना हेर्दा पनि तिन्कै गाढा प्रभाब आयो ! किनारा नै लागे पछि बहाब घट्नु पर्थ्यो शायद हाम्रो सम्बन्धमा नँया लगाब आयो !
shirish · May 25, 2012 8:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion