बन-बास घोर निन्द्रामा थिएँ। एक्कासी निन्द्रा खुल्यो। सिरानीसंगै राखेको मोबाईल बजेको रहेछ। बिहान कलेजको पढाई र दिन भरिको कामको थकाईले लोलाएका आँखा बिस्तारै उघारी हेरे अन नोन कलबाट फोन आएको रहेछ। नेपालबाट दाईले फोन गर्यो भनी हत-पत फोन उठाएँ। साथीले गरेको रहेछ। सन्चो-बिसन्चो आधान-प्रधान भयो। कुरा-कानिको सिलसिला क्रममा देशको स्थितिकोबारे बेलि-बिस्तार ला’यो। "हलो! सुनी रा'छ" उताबाट साथी बोल्यो "भन" मैले जवाफ दिएँ "आज-भोली नेपालमा त खत्तम छ" "हो र? के भयो र त्यस्तो? " मेरो प्रश्न "कुन बेला बत्ती जान्छ थाहै हुँदैन।दिनमा २० घण्टा बत्ती जान्छ। धारामा त कहिले कही मात्र पानी आउछ। हलो ! सुनी रा'छ" "हलो! अँ अली ठुलो स्वरले भन। अली सुनिएन" "हलो! अब सुन्यो" "हलो! अँ सुने भन" "स्कुल क्याम्पस बन्द छ। तराइ बन्द भएको २ हप्ता भयो।राज्-मार्ग पनि बन्द छ। भोली चक्काजाम छ। पर्सी उपत्यका बन्द छ। हलो! सुनी रा'छ" "अँ" करिब ५ मिनट लामो नेपालको खबर पछी सोद्यो "अँ साच्चै तिमी नेपाल कहिले आउने?" " म बन-बास अहिले नै आउन्न" मैले भने। यत्तिकैमा कोनेक्सन कट भयो। म फेरी निदाउन खोजे,तर पटक्क निद्रा लागेन। एता पल्टिएँ उता पल्टिएँ। नाना भाती कुराहरु खेल्न थालयो मनमा।जुरुक्क उठेर एक गिलास पानी खाएँ ।अनी फेरी पल्टिएँ। कुन बेला भुसुक्क भयो थाहै भएन।
lopchanlama · Mar 20, 2009 9:10 PM · 16,372 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion