WHAT'S UP NAGARIK SMAAJ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

५०० भन्दा बढी लोकतन्त्र पाश्चात मारिए, पर्सामा जातिय द्वन्दको नरकंकाल भेटियो, २० लाख भारतियले नागरीकता पाए , राजदूतले स्वाभिमानी नेपालीलाइ थर्काए तथापि यिनिहरुको मन रोएन ,  केही चासो भएन । जब देश कटवाल र माओवादीको झगडामा बल्झियो, यिनीहरु द्विभाषी नारा लिएर राष्ट्पतिकोमा गए जनगणतन्त्र पनि चाहिदैन सैनिकिकरण पनि चाहिदैन तर कटवाल बरखास्त हुनैपर्छ । कटवाल बर्खास्त हुनु नै जनगणतन्त्र होइन र? तर पनि यी छद्मभेशीहरु आफ्नो खाल खोल्न चाहदैनन । अहिलेको भद्रगोलमा जति गिरिजा दोषी छन यिनिहरु पनि उत्तिकै दोषी छन। ज्ञानेन्द्रलाइ चुनाव लडन सल्लाह दिने अग्रपंत्तिमा यिनीहरु नै थिए तर बुझिनसक्नु कुरो छ यिनीहरु आफनो हैसियत भए चुनाव लडेर किन आउँदैनन?  के ज्ञाने र यिनीहरुको हैसिएत पनि एउटै हो त? होइन भने के हैसियतले तिमिहरु  नागरीकको प्रतिनिधित्वको राग अलाप्छौ ?

MR_TRUTH · Apr 30, 2009 5:40 AM · 15,381 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all