BHOJPUR

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भोजपुर-चिहानडाँडा सडक सुचारु भोजपुर, पुस २८ - खोटाङसँग सदरमुकाम जोड्ने भोजपुर-चिहानडाँडा मोटरबाटो मर्मत सकिएको छ । सात महिनाअघि निर्माण पूरा भएको कृषि सडक वषर्ायाममा भत्किएकाले ग्रामीण पहुँच कार्यक्रमले मर्मत गराएको हो ।बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग -डीएफआईडी) को सहयोगमा उक्त सडक ४२ किलोमिटर र टक्सार-भोजपुर ६ किलोमिटर मर्मत पूरा भएको कार्यक्रमले जनाएको छ । यसका लागि १४ लाख ८० हजार रुपैयाँ खर्च भएको कार्यक्रमका टोली प्रमुख तुलसीराम सापकोटाले बताए । कच्ची सडक बनेपछि मर्मतसम्भारका लागि जिविस गठित सडक मर्मत-सम्भार समितिको सक्रियतामा सम्भव भएको हो । हिले-भोजपुर ९२ किलोमिटर कच्ची सहायक राजमार्ग निर्माणपछि सदरमुकाममा सवारी आवागमन हुने भएको छ । Source: http://kantipuronline.com/koln...

BKMailo · Jan 13, 2009 9:12 AM · 274,887 views

57 Replies · Showing 41 - 57
Page 3 of 3

जीवन र कला» कोसीमा मोटरबोट • उद्यमीको पहलले पूर्वका तीन जिल्लामा जलयातायात कोसीको कञ्चन पानीमा अमेरकिी प्रविधिका मोटरबोटमा चतरादेखि त्रिवेणीसम्म हुइँकदा सुनसरीका दुई सय जना लब्धप्रतिष्ठितहरूले आफ्नै नदीमा थाई बीच पत्ताया वा फुकेटको आनन्द लिए । सहरको प्रदूषण र होहल्लाबाट निस् केर कोसीको जल सयर गर्नेमध्ये एक जना लेखक तथा सञ्चारकर्मी भवानी बराल पनि थिए । उनी भन्छन्, "अरुण, दूधकोसी र तमोरमा यस् तो जलयात्राको सम्भावनालाई अहिलेसम्म तुहाइएको थियो ।" हुन पनि यी नदीहरूमा जलयात्राको व्यवस् थापन र सञ्चालन गर्न सरकारकै मुख ताकिबसेको भए अहिले नै यो सम्भव हुने थिएन । तर, चतरादेखि अरुण, दूधकोसी र तमोरको संगमस् थल त्रिवेणीसम्मको मोटरबोट सेवा निजी क्षेत्रका कर्नल रभिर ट्रान्सपोर्ट र नेपाल रभिर ट्रान्सपोर्टलेको अग्रसरताबाट सुरु भएको छ । रभिर ट्रान्सपोर्टका सञ्चालकमध्येका एक अमर थापा भन्छन्, "कोसीमा दैनिक बगेर जाने हजाराँै क्युसेक पानीबाट नेपालीले लोडसेडिङ् र तिर्खा त मेटाउन सकिरहेका छैनाँै, कमसेकम यात्रा त होस् भनेर प्रयास गरेका हौँ ।" उनका अनुसार, मोटरबोटले धनकुटा, भोजपुर, संखुवासभा र उदयपुरका विकट पहाडी डेढ दर्जन गाविसका यात्रा छोटो बनाएको छ, तीन महिनादेखि । आन्तरकि पर्यटनमा यसले पुर्‍याउने योगदान छुट्टै हुनेछ । त्रिवेणीको सौन्दर्य देखेर आनन्दित भएका सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया पूर्वको पर्यटन विस् तारको सम्भावना औँल्याउँदै सुरक्षाको व्यवस् था गर्ने जिम्मेवारी आफूले लिने बताउँछन् । सुनसरी होटल व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन सुब्बा सप्तकोसी जलमार्गको आनन्द पूर्वी नेपाल आउने आन्तरकि र बाह्य दुवै खाले पर्यटकले उठाउने बताउँछन् । भन्छन्, "यसका लागि स् तरीय होटल र रेस् टुरेन्ट संख्या भने बढाउनैपर्छ ।" कोसीको अक्करे भीरमा पैताला मात्र अटाउने बाटोमा हिँड्दा लाग्ने चार घन्टाको यात्रा अब चतरा-त्रिवेणी जलमार्गबाट १३ मिनेटमा झरेको छ । फराकिलो र दृश्यावलोकनका लागि उपयुक्त त्रिवेणी टारमा होटल र अन्य व्यापारको राम्रो अवसर खुलेको छ । त्यसो त यो स् थान र्‍याफि्टङ्का लागि पनि उत्ति नै उपयुक्त छ ।  सञ्चालक अमर थापा कोसीमा पर्यटन र सर्वसाधारण यात्रुलाई लक्षित गरेरै मझौला खाले मोटरबोट सेवा सञ्चालन गरेको बताउँछन्, जुन अहिले परीक्षण कालमा छ । उनी निकट भविष्यमा नै दुईवटा ठूला आकारका बोट ल्याउने तयारी भइरहेको जानकारी पनि दिन्छन् ।  उनका अनुसार, ४५ जना यात्रु बोक्ने मोटरबोटको मूल्य करबि १ करोड ४० लाख रुपियाँ पर्छ । यत्रो लगानीमा जोखिम हुने भए पनि मोटरबोट थप्ने प्रक्रिया थालेको उनी बताउँछन् । भन्छन्, "हामी त तीन जनासम्म चढेर चलाउन सकिने आधा दर्जन स् कुटरबोट पनि ल्याउने तयारीमा छौँ, जुन वषर्ायाममा पनि चल्छन् ।" उनले आगामी चार वर्षमा अरुण नदी हुँदै चतराबाट ३५ किलोमिटर उत्तरमा रहेका भोजपुरको रानीबास र लेगुवाघाटसम्म मोटरबोट पुर्‍याउने योजना पनि सुनाए । उदयपुर, धनकुटा र भोजपुर जिल्लाका विकट गाविसमा कालोपत्रे सडक पुग्न अझै २५ वर्ष कुर्नुपर्ने अवस् थामा निजी क्षेत्रको यस प्रयासलाई सराहनीय मानिएको छ । हिमालय पग्लेर दक्षिण बगेको सप्तकोसीमा जलमार्ग बनाउने कल्पना राजधानीमा बसेका योजनाविद्हरूले गरेका थिएनन् । तर, निजी क्षेत्रको प्रयासमा तीन जिल्ला र तीन नदीको संगमस् थल वरपिरकिा गाउँहरूको नयाँ भविष्य निर्धारण भएको ठोकुवा उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष अशोक ताम्राकार र इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलाल गर्छन् । ताम्राकार भन्छन्, "कोसीमा एक दर्जन मोटरबोट सञ्चालन भएमा ठूलो संख्यामा पर्यटकहरूले बराहक्षेत्र मन्दिर मात्र होइन, त्रिवेणी र उत्तरी पहाडका रमणीय दृश्यावलोकन पनि गर्न पाउने छन्, यससँगै धरान, इटहरी र विराटनगरले प्रगतिका नयाँ दिन देख्न पाउने छन् ।"  जलमार्गका जानकारहरूका अनुसार, सरकारी पहल भएमा यस जलमार्गलाई चतरादेखि ओखलढुंगा र खोटाङको बीचमा पर्ने प्रसिद्ध धार्मिकस् थल हलेसीसम्म सजिलै पुर्‍याउन सकिने छ । चतराबाट हलेसी पुग्न करबि ४० किलोमिटर जलयात्रा गर्नुपर्छ । यसैगरी, अरुण जलमार्गलाई संखुवासभाको तुम्लिङटारसम्म सञ्चालन गर्न सकिने छ । ठूला मोटरबोटका लागि १५ देखि २० फुट चौडा नदीमा चार फिट पानी भए हुने तीन महिनाको परीक्षणले देखाएको सञ्चालक थापा बताउँछन् । Source: http://www.ekantipur.com/nepal...

BKMailo · Feb 18, 2010 10:44 AM

परम्परा जोगाउन फेरी लोपोन्मुख फेरी बजाउदै भोजपुरको याङपाङ गाबिस ५ मैनपुरका भलमान जोगी । उनी स-साना झोलाको झुप्पो बोकेर बिहान सिधा संकलन गर्दै आए । तर रातभर फेरी बजाएकाले तन्द्रासरी डुलिरहेका थिए । आँखा चिमचिम गर्दै सदरमुकाममा आइपुगेका भलामान जोगीले पुख्र्यौली पेशालाई निरन्तरता दिएको बताए । परम्परा लोपोन्मुख भएपछि आफूपनि लोप हुनै लागेको महसुस हुन थालेको बताउँदै कान्तिपुरसित उनले भने, 'पुख्र्यौली पेशा धान्न आएको हु ।' करिब डेढ दशकदेखि जोगी समुदायले गाउँघरमा फेरी बजाउन छाडिसके । गाउँघरमा फेरी बजाउन छाडेपछि भूतप्रेत धपाउने परम्परा लोपोन्मुख छ । तर यहाँका भलामान जोगीले भने निरन्तरता दिने प्रयत्न गरेका छन् । भोजपुरको याङपाङ गाबिस -५ मैनपुरका भलामान जोगी पाँच बर्षको अन्तरालमा फेरी बजाउँदै सदरमुकाम आएका हुन् । बटारिएको जरायोको एउटा सिङ झोलाबाट निकालेर देखाउँदै उनले थपे, 'यो बाबुले दिएको अंश हो ।' जोगी समुदायले फेरी बजाउने पेशा पुख्र्यौली ठानेका छन् । समयको परिवर्तनसँगै अन्य पेशामा लाग्न थालेपछि फेरीवाला जोगी गाउँघर डुल्न छाडेको उनी बताउछन् । आफ्ना छोराहरुलाई एक एक थान फेरी (जरायोको सिङ) र फेरी बजाएर सिधा संकलन गर्ने भौगोलिक क्षेत्र अंशको दिने जोगी समुदायको चलन हराएको छ । भोजपुरको दक्षिण मानेभन्ज्याङदेखि पश्चिम सेराखोला, पूर्वमा जरायोटार हुदै उतरमा हेलौंछासम्म र तराईमा फत्तेपुर गाईघाटसम्म बाजेको पालामा अंश पाएको जोगी भलामानले बताए । अचेलका जोगीहरु फेरी बजाउने पेशा अन्धविश्वास ठान्छन् । जोगीका पूर्खाहरुले फेरी बजाएवापत गाउँघरबाट नुन, तेल, दाल, चामल, खुर्सानी लगायत बिभिन्न सामाग्री र पैसा समेत संकलन गर्दै आएका थिए । यसबाट पूर्खाले जीवीकोपार्जन गरेकाले परम्परालाई निरन्तरता दिने प्रयत्न गरेका छन् । जिल्लाको बोया, याङपाङ, सिद्धेस्वर गाबिसमा जोगीको बस्ती छ । Source: http://www.ekantipur.com/np/ne...

BKMailo · Feb 23, 2010 7:05 AM

नयाँ पत्रिका राजनीतिमा सक्रिय नेताहरूको दिनचर्या सभा-सम्मेलन, मिटिङ, भाषण, आन्दोलनआदि मात्र होइन, उनीहरूको व्यक्तिगत जीवन पनि हुन्छ, जहाँ जहान-परिवार र घरायसी व्यवहारका 'झमेला' ले पछ्याउने गर्छन् । यद्यपि, कतिपय नेताहरूले जीवनको यस पाटोलाई उपेक्षा गर्दै अविवाहित जीवन बिताइरहेका छन् । जयन्ती राई कयौँको जोडी बाँध्न मुख्य भूमिकासमेत खेलेकी एमाले केन्द्रीय सदस्य जयन्ती राई आफैँ भने अविवाहित छिन् । विवाहप्रति मोह नै नभएर जीवनभर अविवाहित बस्ने सोच बनाएकी हुन् उनले । एमाले नेतृ राईकै पहलमा ६ जोडीले घरजम गरिसकेका छन् । 'मलाई बिहे गर्ने इच्छा लागेन, तर अरूका लागि जोडी खोजिदिने काम गर्दै आएकी छु,' उनले नयाँ पत्रिकासँग भनिन् । बालबच्चाको च्याँच्याँ र म्याँम्याँ झेल्दै राजनीतिक र सामाजिक भूमिका निर्वाह गर्न अप्ठेरो होलाजस्तो लागेर बिहे नगरेको उनको भनाइ छ । ४६ वर्षीया राईले भनिन्, 'मैले जीवनभर बिहे नगर्ने पक्का गरिसकेकी छु ।' बिहे नगरी बस्दा पनि उनलाई कुनै अप्ठेरो लागेको छैन । 'केको अप्ठेरो हुनु नि ? आफ्नो काम आफैँ गरिहाल्छु, बाँकी समय राजनीतिक कामका लागि दिएकी छु,' उनले भनिन् । भोजपुर जिल्ला विकास समितिको पूर्वसभापतिसमेत रहेकी राई भोजपुर सदरमुकाममा भदिनीसँगै बस्छिन् । भदिनी कलेज जाने भएकाले बिहानबेलुकाको खाना उनीहरू मिलेर पकाउँछन् । एमाले नेतृ राई आफ्नो लुगा आफैँ धुन्छिन् । सदरमुकाममा भदिनी तथा गाउँको घरमा बाबुआमा र दाजु-भाउजू उनका परिवार हुन् । पतिका बारेमा त उनले जीवनमा कल्पना पनि गरेकी छैनन् रे । 'बिहे नै गर्दिनँ भन्ने निधो भएपछि कस्तो पति होला भनेर के कल्पना गर्नु ?' उनले भनिन् । Source: http://www.nayapatrika.com/new...

BKMailo · Feb 28, 2010 7:15 AM

Nice to know that this thread has survived all the way and is providing recent information about Bhojpur; special thanks to BKMailo. Here is a pic of Bhojpur Bazar, stolen from a friend's friend's facebook. Sorry!  

balaram · Feb 28, 2010 4:55 PM

WELCOME WELCOME WELCOME WELCOME

dummali · Mar 16, 2010 11:13 PM

Last month I visited Deurali, it is more greener than last visit. But all the young generation are out of town and left behind spouse, children and parents.

syanjali · Mar 17, 2010 2:48 PM

http://www.facebook.com/note.p...

BKMailo · Mar 23, 2010 6:12 PM

http://www.ekantipur.com/np/ga...

BKMailo · Mar 28, 2010 7:32 AM

नवबर्ष बिक्रम सम्बत् २०६७ को हार्दिक शुभकामना !

BKMailo · Apr 13, 2010 8:01 PM

Tyamke http://www.ekantipur.com/np/ga...

BKMailo · Apr 15, 2010 6:31 AM

Tyamke Source: http://www.ekantipur.com/np/ga...

BKMailo · Apr 15, 2010 6:32 AM

चटयाङले एकको मृत्यु/पाँच घाइते [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ] src="http://googleads.g.doubleclick...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); भोजपुर , वैशाख १४ - सोमबार राति परेको चटयाङले भोजपुरको बोया गाबिस-५ घलेगाउँमा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । सदरमुकामदेखि ८ कोस उतर बोया गाबिसको घलेगाउँबासीले उज्यालोको निम्ति जडान गरेको पेल्टि्रक सेटमा चट्याङ लागेपछि घटना भएको हो । बोया गाबिस-५ का २० बर्षीय यादव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चटयाङ लागेर सख्त घाइते श्रेष्ठको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जनाएको छ । पेल्टि्रक सेटमा लागेको चटयाङले सोही गाउँका ९ बर्षीय मुकेश श्रेष्ठ, ३० बर्षिय बुद्ध तामाङ, मनमाया तामाङ र नाम नखुलेको कुलबहादुर श्रेष्ठको श्रीमति घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चटयाङले उठेको आगोले स्थानीय बुद्धि दाहालको एउटा माउ भैंसी पनि मरेको छ । Source: http://www.ekantipur.com/np/20...

BKMailo · Apr 27, 2010 6:15 AM

भोजपुर एक महिनादेखि अखबारबिहीन भोजपुर , वैशाख २६ - काठमाडौं र बिराटनगरबाट नियमित हवाई उडान नहुँदा एक महिनादेखि भोजपुर अखबारबिहीन भएको छ । उसै त ढिलो गरी आउने पत्रपत्रिका लामो समय नआएपछि हजारौं पाठकहरु अखबारबाट बञ्चित भएका छन् । बषौंदेखि एक छत्र उडान भर्दै आएको नेपाल वायु सेवा निगमले नियमित सेवा दिन नसक्दा सर्बसाधारणले सास्ती खेप्नु परेको छ । यातायात सेवा नियमित भइनसकेको अवस्थामा अखबार ल्याउने हवाईमार्ग एक मात्र माध्यम हो । भोजपुरमा कान्तिपुर, गोरखापत्र, राजधानी, समाचारपत्र, अन्नपूर्ण, नागरिक, राइजिङ नेपाल, द काठमाण्डु पोष्ट, द हिमालयन, नयाँपत्रिका दैनिक, साप्ताहिक कान्तिपुर, जनआस्था, जनादेश, नेपाल म्यागेजिन, हिमाल पाक्षिक, शिक्षक मासिक, नेपाली टाइम्स, युवामञ्च, वेभ लगायत बिभिन्न पत्रपत्रिका आउने गरेका छन् । नेपाल वायु सेवा निगमका कर्मचारीले जहाजमा अखबार नियमित लोड नगरिदिंदा एकै दिन तौल धेरै हुनाले हवाइमार्गबाट ढुवानीमा कठिनाई भएको छ ।    पत्रपत्रिकाको ग्राहक संख्या कम रहेपनि पाठकको संख्या हजारौं रहेको बिक्रेता पार्वती श्रेष्ठले बताइन् । उनले सबैको रुचि कान्तिपुर, कान्तिपुर साप्ताहिक र नेपाल पाक्षिकको माग बढी रहेकोले धान्न गाह्रो भइरहेको बताइन् । समयमा ढुवानी नहुने भएकोले मागअनुसार अखबार बिक्री गर्न नसकेको अर्का बिक्रेता राजेन्द्र प्रधानले बताए । 'पाठकसंख्या बढदैछ, पत्रिका ल्याउनै कठीन छ,' उनले कान्तिपुरसित भने -'यातायातको असुबिधाले अखबार ढुवानी गर्न सकिएको छैन ।' यो महिना तीन दिनको मात्र पत्रिका ढुवानी भएको छ । हवाइमार्गबाट पत्रपत्रिका ढुवानी गर्न महङ्गो पर्ने गरेको छ । जहाजमा कम्पनीले व्यहोरे पनि टक्सार बिमानस्थलदेखि भोजपुरको मुख्य बजारसम्म आइपुग्दा भरियालाई प्रतिकिलो सात रुपैंयाँका दरले ज्याला दिनुपर्ने भएकोले महङ्गो हुने गरेको हो । भोजपुरमा बिद्युतको असुबिधाले टेलिभिजन, इमेल, इन्टरनेटको पहुँच राम्रो छैन । छिटो संचारको निम्ति बिद्युतीय माध्यमको रुपमा रेडियो नेपाल, एफएम रेडियो प्रभावकारी भएपनि बिश्लेषणात्मक लेख, रचना, समाचारको निम्ति सर्बसाधारणले अखबार नै खोज्ने गरेका छन् । स्थानीय पत्रपत्रिका नियमित प्रकाशन नभएकोले राष्ट्रिय अखबार नै पर्खिनुपर्ने यहाँको बाध्यता छ । सबै अखबार नपुगेपनि ठूला आकारका मुख्य अखबारहरु भने भोजपुरमा बिक्रेताहरुले ल्याउने गरेका छन् ।    सबै पत्रिकाको ग्राहक बन्न नसक्ने पाठकहरुले सार्बजानिक केन्द्रहरुमा अध्यायन गर्दै आएका छन् । जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयमा सबै पत्रपत्रिका नपाइने भएकोले नेपाल पत्रकार महासंघद्वारा संचालित सूचना तथा संचार केन्द्रमा पाठकहरुको घुईंचो लाग्ने गरेको छ । केन्द्रमा सबै किसिमको अखबार पत्रपत्रिका अध्ययन गर्न सकिन्छ । नियमित अखबार नकिन्ने पाठकहरुले चाहेको दिन पत्रिका पसलबाट किन्न पाउदैनन् । त्यस्ता पाठकहरु हरेक दिन संचार केन्द्रमा बिहान ७ देखि बेलुकी ६ बजेसम्म पत्रपत्रिका अध्यायन गर्न आउने गरेको महासंघले जनाएको छ । पत्रपत्रिका ढुवानीमा वायु सेवा निगमले पाठकको निम्ति सहज बनाइदिनुपर्ने पत्रिका बिक्रेताहरुले माग गरेका छन् । Source: http://www.ekantipur.com/np/20...

BKMailo · May 9, 2010 3:59 PM

डढेलोले तीनवटा सामुदायिक वन नष्ट / गाउँ खतरामा भोजपुर , वैशाख २९ - दक्षिणी भोजपुरको बैकुन्ठे गाबिसको तीन वटा सामूदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नआएपछि गाउँ जोखिममा परेको छ । अज्ञात समुहले मंगलबार बिहान आगो लगाइदिएपछि फैलिएको डढेलोले सामुदायिक वन नष्ट भएको छ ।  भोजपुर सदरमुकामदेखि ८ कोस दक्षिणमा पर्ने बैकुन्ठे गाबिस- १, २ र ३ नं वडाका गंगाखोला, मुरालीडाँडा र बाक्पासल्लेनी सामुदायिक वन डढेलोले सखाप भएको हो । डढेलोले चिलाउनेटार, खानीगाउँ, सिरिसे, बाक्पा र भालढुङ्गा गाउँ डढेलोको खतरामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । पूरै गाउँ डढेलोको खतरामा परेपछि नियन्त्रणका लागि स्थानीय बासिन्दाहरु गएरातीदेखि नै सक्रिय भएका छन् । हावा हुरीले गर्दा डढेलो जताततै बढेको स्थानीय बासिनदाले बताए । डढेलो नियन्त्रणमा आइनसकेको बैकुन्ठे -२ का हरी नेपालले जनाए ।     'मंगलबार अपरान्ह वनमा धुँवा मात्र देखिन्थ्यो, राती त हावा हुरीले जताततै फैलिएछ,' बैकुन्ठे गाबिस -३ का जयन्द्र राईले भने - 'गाउँलेले नियन्त्रण गर्न असम्भव छ ।' डढेलो नियन्त्रण गर्ने खडेरीमा हरियो बोटबिरुवा, पानी र जनशक्तिको अभावले डढेलो नियन्त्रणमा आउन नसकेको हो । गाउँको सक्रियताले अहिलेसम्म गाउँलाई क्षती हुनबाट जोगिएको स्थानीय हरी नेपालले बताए । उनका अनुसार डढेलोले रुख, बोट, बिरुवा, पातपतिङ्गर, पशुपंक्षि र जनावरहरु नष्ट भएका छन् । डढेलोले दाउरा, घाँस, पातपतिङ्गर नष्ट भएपछि सर्बसाधारण सुबिधाबाट बञ्चित हुने भएका छन् । जिल्ला वन कार्यालयले अनभिज्ञता जनाएको छ । खोला छेउमा खेतबारी हुने व्यक्तिहरुले पातपतिङ्गर जलेको खरानी आकाशे पानीले खेतमा झारेपछि मल बनाउनका लागि डढेलो लगाउने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् । 'तर कसले आगो लगायो भन्ने चाँही थाहा भएको छैन,' स्थानीय थमानसिं राईले कान्तिपुर सित भने -'दुनियाँलाई संकटमा पार्ने व्यक्तिलाई सप्रमाण चिन्न सके कारबाही गर्नुपर्छ ।' कतिपयले डढेलोले पातपतिङ्गर र पूरानो बोटबिरुवा मरेपछि छिट्टै हरियो घाँस पलाउने आशा वनमा आगो लगाउने गरेको गाउँलेको भनाई छ । सर्बसाधारणलाई आगलागी र डढेलोको जोखिमबाट जोगाउन हरेकबर्ष जनचेतना अभियान संचालन गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । यसबर्ष कोट, बोखिम, दलगाउँ, याकु, टक्सार, बास्तिम, मानेभन्ज्याङ्, च्याङ्ग्रे, जरायोटार, सिद्धेस्वर, गुप्तेस्वर, रानीबास लगायत एक दर्जन गाबिसको सामुदायिक नष्ट भइसकेका छन् ।  छ । डढेलोले ठूलठूला साल, सल्ला, सिसौ, खयर, चिलाउने, पात्ले, ढाल्ने, कटुस लगायत बिभिन्न बोटबिरुवा नष्ट भएको छ । सामुदायिक वनमा पाइने बिभिन्न जडिबुटी नष्ट भएको छ । सामुदायिक वनमा मयुँर, कालिज, डाँफे लगायत हजारौं चराचुरुङ्गी र पशुपंक्षिको बासस्थान नष्ट भएको छ । सामुदायिक वनमा हरिण, मृग, झारल, घोरल, ब्वाँसो, बाँदर लगायत बिभिन्न जनावर पाइने गरेको छ । सामुदायिक वनमा आगलागी भएपछि जनावरहरु अन्यत्र बासस्थान खोज्दै पलायन भएका छन् । वनमा हुने सर्प, गोहोरो, छेपारो, भ्यागुता लगायत प्राणीहरु सुरक्षित वासस्थान खोज्दै अन्यत्र पलायन भएको स्थानीय बासिन्दाले बताएका छन् । Source: http://www.ekantipur.com/np/20...

BKMailo · May 12, 2010 4:51 PM

भोजपुर सदरमुकाममा बम भोजपुर, वैशाख ३० - एक बर्षघि नेपाली सैनिकले बिष्फोटक पदार्थ मुक्त बनाएको भोजपुर सदरमुकाममा बम फेला परेका छन् । सदरमुकामस्थित टुँडिखेल वरिपरीको क्षेत्रमा तीन वटा बम फेला परेको भोजपुरस्थित नेपाली सैनिकको कालीध्वजले जनाएको छ । कालीध्वज गणका अनुसार दुई थान प्रेसर कुकर र एक थान पाइप बम फेला परेको छ । द्वन्द्वको बेला संयुक्त सुरक्षा फौजले जिल्ला प्रहरी कार्यालयको सुरक्षार्थ राखिएका ती बमहरु प्रहरीले रेकर्ड नराखेको कारण खोजी गर्दा नभेटिएका हुन् । घरेलु प्रबिधिबाट निर्मित बिष्फोटक पदार्थ निश्त्रिmय पार्न उपल्लो निकायसित स्वीकृति मागिसकेको गणका प्रमुख सेनानी नारायण रायमाझीले बताए । गत बर्ष सैनिक बिशेषज्ञ टोलीले माइन डिटेक्टर उपकरणद्वारा सर्च गर्दा समेत फेला नपरेका बिष्फोटक पदार्थहरु सैनिकले निस्क्रिय पार्न सुरक्षित स्थानमा राखेको छ । सदरमुकामको बीच बजारमा रहेको टुँडिखेल वरिपरी बिष्फोटक पदार्थ मुक्त भइनसकेकोले सैनिकले काँडेतार हटाइसकेको छैन । डेढ दशकअघि सैनिकको नाममा दर्ता टुँडिखेललाई सरकारले सार्बजानिक घोषणा गरेपछि खुल्ला गरिएको छ । तर बिष्फोटक पदार्थको खतरा रहेकोले सर्बसाधारणलाई जथाभावी प्रबेश गर्न, केटाकेटीलाई खेल्न मनाही गरिएको छ । यसअघि सैनिक बिशेषज्ञ टोलीले ५० वटाभन्दा बढी साना ठूला बिष्फोटक पदार्थहरु निस्क्रिय पारेका थिए । माओवादी आक्रमणबाट सुरक्षार्थ जिल्ला प्रहरी परिसरमा पर्ने टुँडिखेल वरिपरी घरेलु बिष्फोटक पदार्थ राखेको हो । तर तथ्यांक राखेको छैन । टुँडिखेल वरिपरी सडक बिस्तारको क्रममा डोजरले खन्दा ती बमहरु बाहिर देखिएपछि फेला परेका हुन् । भोजपुर स्थित कालिध्वज गणले सर्बसाधारणलाई सचेत गराउने उदेश्यले खतराको चिन्ह राखिदिएको छ ।   Source: http://www.ekantipur.com/np/20...

BKMailo · May 12, 2010 10:38 PM

http://www.ekantipur.com/np/ga...

BKMailo · Jun 5, 2010 11:13 PM

http://www.ekantipur.com/np/ga...

BKMailo · Jun 5, 2010 11:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all