पुन्टेदमाइ,रिठे,ट्रान्स्क्रिप्सन्,mysteryman2005,filyly,कान्छा०१,सब्जेक्ट र नयाँ सडक ,तथा तमम बिराटनगरका साथी हरुलाई बधाई छ। अब via दिल्ली र जोगबनी $५००= return बिराटनगर आउन जान सकिन्छ।लौ मोज गरौ साथी हो। नेपाली यात्रु र उद्यमी व्यवसायी लाभान्वित हुने् जोगवनी-दिल्ली रेलसेवा सुरु विनोद भण्डारी जोगवनी, पुस २१ - भारतले मोरङको सीमावर्ती जोगवनीबाट सोमबार दिल्ली सीधा रेल सेवा सुरु गरेको छ । यो सेवाले नेपाली यात्रु र उद्योगी व्यवसायी बढी लाभान्वित हुनेछन् । सीधा रेल सेवाअन्र्तगत जोगवनी लिंक एक्सप्रेसको भारतीय रेलमन्त्री लालुप्रसाद यादवले सोमबार उद्घाटन गरे । उक्त रेलले ५ सय यात्रु लिएर दिल्ली प्रस्थान गर्यो । यादवले जोगवनीबाट पटना हँुदै मुगलसरायबाट सीधै दिल्ली पुग्ने बताए । उनका अनुसार शनिबार र आइतबारबाहेक साताको ५ दिन यो सेवा उपलब्ध हुनेछ । सीधा रेलसेवाले जोगवनीवासी मात्र नभएर छिमेकी नेपाली र उद्योगी व्यापारी बढी लाभान्वित हुने उल्लेख गर्दै यादवले रेलसेवाले जोगवनी र विराटनगरमा उद्योगमा लगानी बढ्ने विश्वास व्यक्त गरे । उनले भारतको ६४ हजार किलोमिटर क्षेत्रमा रेल सेवा चालू भएको जानकारी दिँदै विहारभरिका सबै मिटर गेजलाई चाँडै ब्रोडगेजमा परिणत गर्ने र जोगवनी कटिहार ब्रोडगेजलाई चाँडै विद्युती करण गर्ने बताए । यसअघि जोगवनीबाट स्थानीय रेलमा कटिहार पुगेरमात्र दिल्लीको सवारी समात्नुपर्ने बाध्यता थियो । सेवा सञ्चालनपछि नेपाली उद्योगी व्यवसायीले रेलमन्त्री यादवलाई धन्यवाद दिएका छन् । मोरङ व्यापार संघका अध्यक्ष महेश जाजुले मन्त्री यादवलाई सोमबार ज्ञापनपत्र दिए । पत्रमा जोगवनी दिल्ली सीधा रेल सेवाले नेपाली यात्रु र उद्योगी व्यवसायी बढी लाभान्वित हुने उल्लेख गर्दै जोगवनीबाट धरानसम्म रेल सेवा विस्तारका लागि आग्रह गरिएको छ । पत्रमा यो सेवाले विराटनगरमा उद्योग स्थापनाका लागि लगानीकर्तालाई आकषिर्त गर्न र यहाँको व्यापारमा सहुलियत पुग्ने उल्लेख छ ।
Morange · Jan 6, 2009 3:45 AM · 872,316 views
रिठ्ठे, उधारो को प्रसङग आएकोले एउटा काहानी याद आयो । कुरा २०४८ साल तिर को हो , हामी आठ क्लास मा पढ्थ्यौ । एउटा मिल्ने साथीले मेन रोड घर भकी एउटी केटी लाई मन पराएर हैरान। सधैं स्कुल बाट घर आएपछी साईकल लीएर घर आईपुगी हाल्थ्यो । अनी त के छ र , त्यो केटी को घर अगाडि चट्पटे र झ्यालमुरी खाँदै घण्टौ बस्यो । उधारो खान थालियो , हुँदा हुँदा १५०- २०० रुपिया सम्मा पुग्थ्यो । पछी त्यो केटी ले अर्कै केटा भेटेपछी हामी त्यहा जान छोड्यौ । त्यो चट्पटे वाला को १५० जती पनि कसैले दिएन । पछी हामी मैन रोड बाट हिंड्नै छोड्यौ । होस्पिटल रोड भएर एकै पटक जलजला हल , अनी त्यहा बाट मेन रोड पक्डेर गूद्री ।
mysteryman2055 · Mar 6, 2009 10:57 AM
>>>उधारो खान थालियो , हुँदा हुँदा १५०- २०० रुपिया सम्मा पुग्थ्यो । पछी त्यो केटी ले अर्कै केटा भेटेपछी हामी त्यहा जान छोड्यौ <<< हरे त्यसरी मन पराएको केटीलाई सिजन खेल्न जाँदा नि उधारो चटपटे खाएर हुन्थ्यो त ! तेइ भर त्यो केटीले अर्कै खोजिछे नगद खानि !
ritthe · Mar 6, 2009 11:19 AM
Long time ago... I think it was 1999 batch. Last batch to give SLC exam on old curriculum.
SaagRaSisnu · Mar 6, 2009 11:43 AM
SaagRaSisnu, If 1999 is considered long time ago ... LOLI must say 1995 was la ong. long , long time ago : )
Transcription · Mar 6, 2009 8:10 PM
hi, i am also from Biratnagar. near stadium. Is Bajeko Pasal still exist? havent been to BRT since 1988.
veronica_kanchii · Mar 7, 2009 4:01 PM
Any sajha mitra haru from Bargachi-Chandani chowk(Biratnagar) area?
marlboro · Sep 3, 2014 2:43 PM
Hi I grew up in Brt as well. Went to Budhanilkantha School till 9. I used tio live near Kanya School. I think its Moti Chowk. Have not been to BRT since 1991. Kundan ghimire
kundan · Sep 4, 2014 9:46 AM
सबै बिराटनगर बासीलाई नमस्कार | यो पुरानो धागोमा नासलाई बोका बनाए जस्तै कति जनालाइ सानले सिक्री लगाई दिएको होला | त्यहा एउटा नया हाल बन्दै थियो के, माल अड्डाको छेउमै , सडककै छेउ भएकोले रोकिएको थियो : के अझै पनि पर्खाल मात्रै जिन्ग्रिंग ठहरिएर बसेको छ कि चल्न पनि थाल्यो ? Last edited: 04-Sep-14 12:38 PM
magorkhe1 · Sep 4, 2014 12:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion