By-polls will show parties’ scores: GPK Kantipur Report BIRATNAGAR, April 10 - Nepali Congress President Girija Prasad Koirala on Friday said the ongoing by-election will show the scores of the political parties. Speaking briefly to the media after casting his ballot at Adarsha Higher Secondary School polling station of Morang Constituency-7 in Biratnagar Sub-Metropolitan-9 today morning, the former prime minister said the result of the by-election will be the reflection of performance of the political parties. Koirala cast his ballot at around 8.15 this morning soon after the voting started. Koirala expressed his belief that the election today will help strengthen the democracy that is moving through a transitional phase at present. Koirala who reached Biratnagar yesterday is set to return to the capital today. Posted on: 2009-04-09 23:24:42
shirish · Apr 11, 2009 6:43 AM · 73,804 views
काँग्रेस अव सामूहिक नेतृत्वमा/सभापति कोइराला अल्पमतमा कुलचन्द्र न्यौपाने कोइरालाले अन्तिम समयसम्म सभापतिको अधिकार कटौति गर्न नहुने पक्षमा अडान लिएका थिए । काठमाडौ, २०६६ कार्तिक १८ - काँग्रैसको महासमिति बैठकले सभापति गिरिजाप्रसाद कोइरालाको अडान विपरित 'सामूहिक नेतृत्व'मा जाने निर्णय गरेको छ । चार दिनसम्मको छलफल पछि पार्टीको नेतृत्व सामुहीक हुने गरी विधान मस्यौदा पारित भएको हो । डेढ दशकदेखि सर्वशक्तिमान रहेदै आएका सभापति कोइराला बैठकको यो निर्णयसंगै पार्टी भित्र कमजोर सावित भएका छन । कोइरालाले अन्तिम समयसम्म सभापतिको अधिकार कटौति गर्न नहुने पक्षमा अडान लिएका थिए । उनको अडानमा कार्यबाहक सभापति सुशिल कोइरालाले महासमिति बैठकमा 'लबिङ' गरेपनि दुई तिहाई बढी सदस्य सामूहिक नेतृत्वको पक्षमा उभिएपछि कोइराला पछि हटन बाध्य भएका हुन् । छोरी सुजातालाई सरकारको नेतृत्व र उपप्रधानमन्त्री बनाएपछि पार्टीभित्र तिव्र आलोचना खेपेका कोइरालाले महासमिति बैठक समेत स्थगित गर्न दबाव दिएका थिए । महासमिति बैठकमा समेत केन्द्रीय समितिले प्रस्तुत गरेका तीन 'मोडलमा' बरिष्ट नेताहरु बीच नै मतक्यता हुन नसकेपछि पदाधिकारीहरु बीच सहमती कायम गरेर ल्याईएको बीचको 'बैकल्पिक मोडल' बैठकले पारित गरेको हो । यसअघि पदाधिकारी सहित पचास प्रतिशत सदस्य मनोनित गर्न पाउने सभापतिको अधिकारलाई पारित विधानले कटौति गरेको छ । पारित मस्यौदाबाट एक महामन्त्री, कोषाध्यक्ष सहित ७५ प्रतिशत सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छभने उपसभापति, एक महामन्त्री र सहमहामन्त्री सहित २५ प्रतिशत सदस्य माध सभापतिले मनोनित गर्न पाउने अधिकार दिइएको छ ।
shirish · Nov 4, 2009 12:55 PM
Aba Koiralo ko din Gayo. Uhile fain fuin dekhayar Ganeshman lai pakha layako thiyo. Ahile Prakashman le Dekhai diyo. Kahile sasuko palo kahile Buhariko.
aman · Nov 4, 2009 4:25 PM
i will give the government to king and if its not possible then I will do kaal raatri-II.
devilwithin999 · Nov 4, 2009 5:28 PM
Look around the world political history, who ever wants to be a leader and gets the position then his/he philosophy and motto changes. He or she want to keep all power on him/her and want to pass to his/her generation.Why you bringing it again? You know , I know and every body knows it is wrong but part of human nature and psychology. Who has not done that ? Look all around the world, Americans elected Bush junior twice, was he groomed to be next president?
NayaSadak · Nov 5, 2009 10:13 AM
संविधानसभा हाजिरीपुस्तिकामा ३ मंसिरको बैठकमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको किर्ते हस्ताक्षर गरिएको छ । जब कि, त्यस दिन कोइराला सिंगापुरको ग्लेनिगल्स अस्पतालमा उपचार गराउँदै थिए । नयाँ पत्रिका काठमाडौं, २६ मंसिर संविधानसभा हाजिरीपुस्तिकामा कांग्रेस सभापति तथा सभासद् गिरिजाप्रसाद कोइरालाको किर्ते हस्ताक्षर गरिएको भेटिएको छ । ६ सय एक सभासद्कै हस्ताक्षरको नमुना राखेको संविधानसभा सचिवालय र कोइरालाकै दल कांग्रेसलाई भने हाजिरीपुस्तिकामा नेता कोइरालाको किर्ते हस्ताक्षर गरिएको पत्तै छैन । गत ३ मंसिरमा बसेको संविधानसभा बैठकमा कोइरालाको किर्ते हस्ताक्षर गरिएको नयाँ पत्रिकाले फेलापारेको छ । जब कि, कोइराला त्यस दिन सिंगापुरमा उपचार गराउँदै थिए । गत २८ कात्तिकमा उपचारका लागि सिंगापुर गएका कोइराला ७ मंसिरमा मात्रै स्वदेश फर्किएका थिए । फोक्सोमा लाग्ने क्रोनिक ब्रोन्काइटिसबाट पीडित कोइरालाको दाहिने फोक्सोको तल्लोभागमा देखिएको निमोनियाको इन्फेक्सनमा कमी नआएपछि थप उपचारका लागि उनलाई सिंगापुर लगिएको थियो । झन्डै डेढहप्ता सिंगापुरको ग्लेनिगल्स अस्पतालमा भर्ना भएका कोइरालासित २ मंसिरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले त्यही पुगेर वार्तासमेत गरेका थिए । संविधानसभामा कोइराला अहिलेसम्म दुई/तीनपटक मात्रै उपस्थित भएका छन् । त्यो पनि गतवर्षका बैठकहरूमा । तर, संविधानसभा सचिवालयले राख्ने सभासद्को हाजिरीपुस्तिकाको रेकर्डअनुसार त सभापति कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित देखिँदैनन् । बैठकमा उपस्थित भएर पनि हाजिरीपुस्तिकामा हस्ताक्षर नगर्ने उनी ६ सय एक सभासद्मध्येका एक्ला हुन् । संविधानसभा सचिवालयका कर्मचारीका अनुसार कोइराला संविधानसभाको पहिलो बैठक बसेको गतवर्षको १५ जेठ, राष्ट्रपतिको चुनाव भएको गतवर्षकै ६ साउन र अर्को एक बैठकमा उपस्थित थिए । तर पनि, उनले सचिवालयको हाजिरीपुस्तिकामा हस्ताक्षर गर्ने 'कष्ट' भने गरेनन् । मंसिरमा बसेको संविधानसभा बैठकमा उपस्थित हुन त परै जाओस्, कोइराला बानेश्वरस्थित संविधानसभा भवनसमेत छिरेका छैनन् । फेरि पनि उनको उपस्थिति जनाउन कसले र किन किर्ते हस्ताक्षर गर्यो भन्ने कसैलाई थाहा छैन । हाजिरीपुस्तिकामा कोइरालाको किर्ते हस्ताक्षर गरिएको प्रस्ट बुझिन्छ । कोइरालाले हस्ताक्षर गर्दा आफ्नो पूरा नाम लेख्ने गर्छन् । उनको हस्ताक्षरमा गिरिजा प्र. कोइराला लेखेको प्रस्ट देखिन्छ । तर, किर्ते गरिएको हस्ताक्षरमा कोइरालाको पूरा नाम लेखिएको छैन । हस्ताक्षर हेर्दा गिरिजामात्रै लेख्न खोजिएको अनुमानमात्रै लगाउन सकिन्छ । सचिवालय कर्मचारीका अनुसार झुक्किएर वा नियतवश जसरी गरे पनि कुनै सभासद्ले नै कोइरालाको हस्ताक्षर गरेको हुनुपर्छ । किनभने कर्मचारीले हस्ताक्षर गर्ने कुरै भएन, गैरसभासद् हाजिरीपुस्तिका राखेको ठाउँसम्म जानै पाउँदैन । 'हाजिरीपुस्तिका राखेको ठाउँमा सभासद्बाहेक केही कर्मचारी मात्रै हुन्छन् । कर्मचारीले उहाँ (कोइराला) को नाममा हस्ताक्षर गर्ने कुरै भएन, झुक्किएर वा नियतवश जसरी भए पनि कुनै माननीयज्यूबाटै त्यस्तो भएको हुनसक्छ,' सचिवालयका एक कर्मचारीले नयाँ पत्रिकासित भने । हाजिरीपुस्तिकामा कोइरालाको क्रमसंख्या १०६ छ । उनको अगाडि क्रमसंख्या १०५ मा नेपाली जनता दलकी सभासद् गायत्री साहको नाम छ भने पछाडि क्रमसंख्या १०७ मा माओवादी सभासद् गिरिराजमणि पोखरेलको नाम छ । सभासद्द्वय साह र पोखरेल ३ मंसिरको बैठकमा उपस्थित देखिँदैनन् । हाजिरीपुस्तिकामा त्यस दिन दुवैजनाको हस्ताक्षर छैन । संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले कोइरालाको किर्ते हस्ताक्षर गरिएको बारेमा आफूलाई जानकारी नभएको बताए । 'यससम्बन्धमा मलाई जानकारी छैन, त्यसो त नहुनपर्ने हो,' प्रवक्ता शर्माले नयाँ पत्रिकासित भने । किर्ते हस्ताक्षर गरिएको पाइए सचिवालयले गम्भीरतापूर्वक छानबिन गर्ने उनले बताए । कोइरालाका स्वकीय सचिव शेखर थापाले पनि त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । 'त्यो मिति (३ मंसिर) मा त सभापतिज्यू (कोइराला) सिंगापुरमा हुनुहुन्थ्यो । किर्ते हस्ताक्षर गरिएको बारेमा त हामीलाई केही थाहा छैन,' उनले भने । कोइरालाका नाममा किर्ते हस्ताक्षर गरिएको भए कसले र कुन नियतले गर्यो भन्ने संविधानसभा सचिवालयले छानबिन गर्नुपर्ने स्वकीय सचिव थापाले बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले कुनै सभासद्ले झुक्किएर कोइरालाको ठाउँमा हस्ताक्षर गरेको हुनसक्ने बताए । 'अब उहाँ (कोइराला) को नाममा कसैले झुक्किएर हस्ताक्षर गरेको भए थाहा भएन, नत्र कसले त्यस्तो गर्यो होला र ?' उनले भने । कुनै सभासद्ले नियतवश कोइरालाको किर्ते हस्ताक्षर गर्ने सम्भावना पनि आफूले कमै देखेको घिमिरेले बताए । संविधानसभा बैठकमा लगातार अनुपस्थित भएकै कारण संविधानतः कोइराला लगायत प्रमुख दलका शीर्ष नेताहरूको सभासद् पद खारेज हुने समाचार नयाँ पत्रिकाले गत १६ भदौको अंकमा छापेको थियो । अन्तरिम संविधानको धारा ६७ को 'ग' मा संविधानसभालाई जानकारी नदिईकन लगातार १० वटा बैठकमा अनुपस्थित हुने सभासद्को पद खारेज हुने व्यवस्था गरिएको छ । संविधानसभा सचिवालयको हाजिरीपुस्तिकाको रेकर्डअनुसार कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित छैनन् । उनले अनुपस्थितिको जानकारी पनि सचिवालयलाई गराएका थिएनन् । नयाँ पत्रिकाले संविधानतः सभासद् पद खारेज भएको समाचार प्रकाशित गरेको भोलिपल्ट १७ भदौमा कोइरालाले बिदा स्वीकृतिका लागि सचिवालयमा निवेदन दिएका थिए ।
shirish · Dec 13, 2009 2:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion