KAVITAKO DESH - III

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लौन यसको अक्षर कसरि ठिक गर्ने होला?

Birkhe_Maila · Jan 13, 2010 1:51 PM · 144,821 views

11 Replies

वर्षको एकचोटी त यो धागो खोल्नै पर्यो नि-  चिसो बिहानि थियो, मोटरहरु गुडिरहेका थिए र लाग्दथ्यो सबै कुनै नटुङ्गिने यात्रामा थिए! यस्तैमा अनायासै टुङ्गिएको कुनै यात्रा, मनमा सल्बलाए! मेरो सम्झनाले कतै तिम्रो मुटु काँप्छ भने मेरो तर्कनाले कतै तिमीलाई पिडा हुन्छ भने बुझिदेऊ नियती मेरो पनि उस्तै छ! जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ! के भूल के गल्ती छरिएका कयौँ छन् के माया के समर्पण फैलिएका सयौँ छन् दूरीलाई नाप्ने कला मायाले जान्दैन छुट्टिनुको अर्थ 'पराई' समर्पणले भन्दैन मुटु आखिर उहि छ कतै फेरि दुख्छ भने मायामा भक्कानोले कतै आँशू पोख्छ भने बुझिदेऊ नियती मेरो पनि उस्तै छ! जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ! केहि बाटो संगै हामि अन्जान मै हिँडेको केहि बाटो संगै फेरि मुस्कानमा हिँडेको मोडबाट म बिलाएँ बेहोशी बेहोशी! दोबाटोमा तिमीलाई छाडेँ बेहोशी बेहोशी! चिसो हावाले कतै यात्रामा याद थप्छ भने सेतो हिउँले कतै आँशू ढिक्का पार्छ भने बुझिदेऊ नियती मेरो पनि उस्तै छ! जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ! मेरो सम्झनाले कतै तिम्रो मुटु काँप्छ भने मेरो तर्कनाले कतै तिमीलाई पिडा हुन्छ भने बुझिदेऊ नियती मेरो पनि उस्तै छ! जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!!

Birkhe_Maila · Nov 17, 2011 9:34 AM

लौ सात बर्से पुरानो गाठो फेरी फुकालेछन जिम्मालले ! गज्जब छ ! अरुले नि थप्दै गये त हुन्थ्यो नि Last edited: 17-Nov-11 09:57 AM

ritthe · Nov 17, 2011 9:56 AM

 लौ यस्तो राम्रो राम्रो कविताको धागो कहाँ लुकेर बसिरहेको रहेछ । बिर्खे दाईलाई यो धागो बाहिर ल्याइदिनुभएकोमा र मिठो कविता पस्किनु भएकोमा धेरै धेरै धन्यवाद!

Geology Tiger · Nov 17, 2011 9:57 AM

एस्तो राम्रो कबिता लेख्ने मान्छे बर्षउ हराउन भएन नि बिर्खे दाई , साझा का हामी जस्ता कबिता का भोका हरु लाई खुराक पस्कदै गर्न पर्‍यो नि टाईम टाईम मा आएर :) 

amricane · Nov 17, 2011 10:05 AM

birkhe dai..kabitaharu dherai ramro chhan...

sojhoketa1 · Nov 17, 2011 4:30 PM

बिर्खे दाइले यो धागो ब्युताएर ठुलो गुण लाउनु भयो !! यस्तो घच्चिका कविता पढ्ने मौका मिल्यो !! 

bhakte dai · Nov 17, 2011 6:00 PM

 बिर्खे दाई तपाई सग मैले autograph लिनु पर्ने छ, कहिले कतै भेट भयो भने Booking marking this thread now. Regarding poem, as always "THE BEST"

राछस · Nov 17, 2011 8:45 PM

 ओहो पढेर मन पराऊनुभएछ धेरैले।   रिट्ठे,जीटी भाई,भक्ते साझामा आऊने फुर्सत मिल्यो कि यो धागो सधैँ याद आउँछ,झण्डै दुई वर्ष भैसकेछ नखोलेको पनि। धन्यवाद्!   अम्रिकानेजी  र सोझोकेटाजी -धन्यवाद, पुरानै पस्केको हो नयाँ सकिएको छैन मौका पाऊनासाथ लेखौँला।   राक्षसजी, तपाइँको युनिक नामले हो कि के हो, कहिले हो तपाइँले कतै गजल राख्नुभएकोसम्म याद छ मलाई, त्यतिबेला केहि लेख्न भ्याएको थिईन, तपाइँको कवितामा चाख म बुझ्छु। अटोग्राफको के कुरा गर्नु कतै भेट भयो भने आनन्दसंग गफगाफ गरौँला, लेखहरुको चर्चा गरौँला। साझामा धेरैजना जेनुईन लेखकहरु हुनहुन्छ, म त प्रयास मात्र गर्छु। धेरैजना हराऊनुभयो;ति मध्ये शिरीषदाई कहिलेकाहिँ आएको देखेको छु, उनका गजलहरु बिना आवाज बग्छन् र थाहा नपाईकन निथ्रुक्क सर्वाङ्ग भिजाएर जान्छन्! कुरा गर्दै गरौँला, पढिदिनुभएकोमा धन्यवाद्!   एउटा कुरा; फुरसत, समय र एक्लो हुनुहुन्छ र भने लेख्ने बानि छ भने जति सकेको लेख्नुहोस!यहिँ टाँस्नुभए पनि हुन्छ!

Birkhe_Maila · Nov 18, 2011 8:01 AM

 अबस्य दाई, कविता, गजल तेती लेख्न नजाने पनि पढ्न चाई एक दम आनन्द आउछ. आब केहि लेख्ने बित्तिकै येह टासी हाल्छु, गल्ति सिकाई दिने तपाई हरु हुदै हुनु हुन्छ.   अब तपाई आउनु भो, सिरिश दाइ  र अरु हरु पनि पक्कै आउनु हुन्छ  होला चाडै नै. बेला बेला मा मन लाई तृप्त पर्ने रचना हरु पढ्दै जान पाउ.

राछस · Nov 18, 2011 9:20 AM

 संवेगहरू मनभित्र बर्सौदेखी गुम्सिएका संवेगहरू आज एक्कासी बिस्फोट भएर मलाई गाली गर्न खोज्दैछन अनि प्रत्येक पल प्रस्न गरिरहेछन "त्यो उराठलाग्दो मनभित्र किन कैदी बनाइस हामीलाई बर्सौदेखी सुनौलो किरणको आशा देखाएर अन्धकार परिवेशहरुमा किन भुलाइस हामीलाई तलाई थाहा हुनुपर्थ्यो हामी एकदिन बिस्फोट हुनेछौ अनि ज्वालामुखी ल्याउनेछौ “|   म संवेगहरूसंग केहि बोल्न सक्दिन म तिनिहरुसंगै उठ्छु , तिनिहरुसंगै सुत्छु हो, मलाई मेरा संवेगहरूले आजकल बन्दि बनाएका छन् |   म ज्यादा सोच्दिन, संवेगहरूसंग हिंड्छु म ज्यादा खुल्दीन,संवेगहरूसंग डुल्छु कैयेन् प्रहार र चोटहरुले सिकिस्त घाइते भएर युधभुमिको एउटा सिपहिजस्तो अलिअलि आत्मसमर्पण  अनि अलिअलि आत्मसम्मान भित्रभित्र उमारेर बाचिरहेछु आजकल |   सायद म आजकल बाच्ने कला सिकिरहेछु न बर्तमानको चासो छ ; न भाबिसेय्को चिन्ता बस म यताउति प्रहारहरुलाई पन्छाउदै एउटा जीवनकहानी लेखिरहेछु पत्थरहरुको सहरमा कुनबेला काहानेर कता गएर के गर्छु कुनै पत्तो छैन बस हिडीरहेछु संवेगहरूको  लहरमा  |

sojhoketa1 · Nov 22, 2011 8:34 PM

सोझोकेटाजी, जसरी तपाइँका 'संवेगहरु' उम्लिएर विस्फोट भए, त्यसैगरी यो कविता यो धागोमा छरिएछ! राम्रो  कविता पस्किनुभएकोमा धन्यवाद्! कविताको देशमा स्वागत छ! आशा छ निरन्तरता दिनुहुनेछ! Last edited: 23-Nov-11 07:55 AM

Birkhe_Maila · Nov 23, 2011 7:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all