साझामा पहिलो पोस्ट मार्च २७, २००५ , नियो लाई धन्यबाद ! वैंश ! ******** माहूरीको उन्माद जस्तो क्षणिक पनि होइन । भूकम्पको कम्पन जस्तो अथाह पनि होइन । न सुस्केरा न आहत न समय न साइत । कसले भन्न सक्छ र ? कसले किट्न सक्छ र ? कहां कहिले किन आउंछ यो वैंशको घनघोर वर्षा जिन्दगी नै हरा भरा हुने गरी या जिन्दगीको अस्तित्व नै मेटिने गरी । खै, किन हो, यो वैंशले कसैको उमेर हेर्दैन अलि चांडो वा अलि अवेर भो भन्दैन । जुंगा रेखीको विहानीमा पनि फक्रदोे रहेछ मृत्यु शैयाको जवानीमा पनि पल्किदो रहेछ । धेरै सोंचे धेरै खोंजे वैंशको सारा इतिहास फोरें वर्षौ देखि एक्लै एकै ठांउमा कोल्टे फेरी रहें यसपालीको शिशिर याममा मात्र निस्सासिंदै चिसो रात संगै कोल्टे फेर्दा पो वल्ल थाहा पाएं । वैंश, थाहै नपाई, वूढो भैसकेको रहेछ वैंश, दुखेको मुटुलाई सुस्सुम्याइ रहेको रहेछ वैंश, एक्लै एक्लोपनमा भुनुभुनाइ रहेको रहेछ । अस्तु ! Last edited: 09-Mar-15 02:58 PM
rahulvai · Mar 9, 2015 2:53 PM · 11,151 views
वाह ....वाह ...you make my day ...thanx Rahul vai
samvoo · Mar 9, 2015 3:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion