https://www.ratopati.com/story... काठमाडौं । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा नै लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड बढेको छ । प्रशिक्षण लिन चाहनेको लाम लाग्न थालेपछि चैतदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनादेखि प्रशिक्षण दिन थालिएको हो । समितिमा आफैँ खोजी गर्दै करिब तीन दर्जन प्रशिक्षार्थी आएका समितिले जनाएको छ ।
Khaobaadi_Netaa · Mar 18, 2025 10:26 AM · 464 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion